सुरेश घरब्जा माघ १६
बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित पाण्डवखानी माध्यमिक विद्यालयद्वारा शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयबाट हालै शिक्षक सेवाबाट अवकास लिनुभएका नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीको सम्मान तथा सार्वजनिक अभिनन्दन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य एवं पाण्डवखानी माध्यमिक विद्यालयका संरक्षक निरज पुन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको अवसरमा रमुवा देखि विद्यालयसम्म बाजागाजासहितको सम्मान यात्रा निकालिएको थियो। नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीलाई विद्यालय प्राङ्गणमा सम्मानपूर्वक अभिनन्दन गरिएको हो।
सम्मान कार्यक्रममा विभिन्न संघ–संस्था, वडा कार्यालयका प्रतिनिधि, भूपू विद्यार्थी, आमा समूह, टोल सुधार समिति, नेपाल प्रहरी तथा शिक्षक–कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नन्द बहादुर पुन बुढाले विज्ञान तथा गणित विषय अध्यापन गर्दै आउनुभएको थियो भने गिरीप्रसाद थापा घर्ती सूचना अधिकारी तथा अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत रहनुभएको थियो। कार्यक्रमको सञ्चालन नवीन भावुकले गर्नुभएको थियो भने काशीराम विकले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि निरज पुनले शिक्षकहरूले विद्यालय तथा समाजको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै अवकासपछिको जीवन सफल र स्वस्थ रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। सम्मानित शिक्षकद्वय नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीले आफ्नो कार्यकालका अनुभव सुनाउँदै विद्यालय, सहकर्मी तथा विद्यार्थीप्रति आभार व्यक्त गर्नुभएको थियो।













।






















कार्यक्रमका अध्यक्ष गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे रहनुभएको थियो। समापन मन्तव्य राख्दै अध्यक्ष पाण्डेले यस्ता रचनात्मक गतिविधि सञ्चालनका लागि बजेट पर्याप्त भए पनि केही सानातिना समस्या र झन्झटहरू रहेको बताउनुभयो। ती समस्याहरू समाधान गर्दै स्थानीय सरोकारवाला, विद्यालयका प्रधानाध्यापक तथा जनप्रतिनिधिहरू थप सक्रिय हुन सके खेलको स्तर वृद्धि हुने र नयाँ खेलहरू समेत समावेश गर्न सकिने बताउनुभयो। उहाँले प्रतियोगिता विवादरहित रूपमा सञ्चालन गर्न शिक्षक, गाउँपालिका कर्मचारी तथा खेल शिक्षकहरूलाई आग्रह गर्नुभयो।