Category: समाचार

  • एसईईको नतिजा सोमबार प्रकाशन हुने

    एसईईको नतिजा सोमबार प्रकाशन हुने

    काठमाडौं ।
    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।

    उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेकाले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम सकिने क्रममा रहेको बोर्डले जनाएको छ ।

    प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको जनाएको छ । दुई हजार सात परीक्षा केन्द्रबाट चार लाख ८८ हजार ७४२ परीक्षार्थीले परीक्षा दिएका छन् ।

  • लुम्बिनी मेडिकल कलेज प्रवासमा स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध सेवा स्थगित

    लुम्बिनी मेडिकल कलेज प्रवासमा स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध सेवा स्थगित

    पाल्पा ।
    लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमबाट दिँदै आएको सबै खालका सेवा स्थगित गरेको छ ।

    नेपाल सरकारले आव २०७९÷०८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय बमोजिम ओपिडी र इमर्जेन्सीलगायतका स्वास्थ्य बीमा कार्यक्रमबाट हुने सवै सेवा स्थगित भएको अस्पतालले जनाएको छ ।

    अस्पतालले विज्ञप्ति प्रकाशित गर्दै हालसम्म स्वास्थ्य बीमा कार्यक्रमबाट रेफर बिरामीका लागि मात्र सेवा दिइरहेकोमा अबदेखि स्वास्थ्य बीमाबाट रेफर भएर आएका बिरामीलाई कुनै पनि सेवा दिन नसकिने जनाएको छ ।

    आगामी दिनमा नेपाल सरकारबाट निजी अस्पतालबाट समेत स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भन्ने निर्देशन प्राप्त भए पुनः स्वास्थ्य बीमाका बिरामीको उपचार गर्न सकिने अस्पतालले जानकारी दिएको छ ।

    अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीलाई सेवा नदिने भनेपछि विरामीहरु भने मर्कामा परेका छन् ।

  • मौसम सामान्यदेखि पूर्ण बद्ली : धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान

    मौसम सामान्यदेखि पूर्ण बद्ली : धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान

    काठमाण्डौ ।
    देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ ।

    आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ भने अन्य धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै, राति पनि वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

    भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अर्थात नेपालतर्फ रहेको छ ।

    यसले गर्दा मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा ठूलो पानी पर्ने सम्भावना हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

  • तपाईको आजको राशिफल ( साउन ४ गते बुधवार )

    तपाईको आजको राशिफल ( साउन ४ गते बुधवार )

    तपाईको आजको राशिफल ( साउन ४ गते बुधवार )

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=mBfsTWEbh74&t=48s

  • लामो रस्साकस्सीपछि तिलोत्तमाको बजेट पारित

    लामो रस्साकस्सीपछि तिलोत्तमाको बजेट पारित

    बुटवल ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको छ ।
    आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित गर्न समस्या भएको थियो ।

    मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ ।

    नगरसभाले आर्थिक वर्ष २०७९÷८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।

    मंगलबार बसेको नगरसभा बैठकले बजेट पारितसँगै विभिन्न चार वटा समितिका संयोजक र सदस्य चयन गरेको छ ।
    बैठकले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ ।

    यस्तै,लेखा समितिमा एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उपेन्द्र बस्याल (एमाले) र पूर्णप्रसाद आचार्य (माओवादी केन्द्र) सदस्य छन् ।

    काँग्रेसबाट निर्वाचित वडा नं १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति पनि गठन भएको छ ।

  • लुम्बिनीको मायादेवी मन्दिर थाइ संस्थाले मर्मत गर्ने

    लुम्बिनीको मायादेवी मन्दिर थाइ संस्थाले मर्मत गर्ने

    बुटवल ।
    लुम्बिनीको मायादेवी मन्दिर थाइल्याण्डको बुद्धिष्ट संस्था थाइपुङ थाइले मर्मत गर्ने भएको छ ।

    वर्षौँदेखि पानी चुहिएर महत्त्वपूर्ण सम्पदा क्षति हुने क्रममा रहेकै समयमा मायादेवी मन्दिर मर्मतको काम सुरु हुन थालेको हो ।

    लुम्बिनी विकास कोषका अनुसार भदौबाट मर्मतको काम सुरु हुने भएको छ ।मन्दिर मर्मतका लागि कोषले प्राविधिक सहयोग गर्ने भएको छ ।

    लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पानी चुहिने भएपछि प्राचीन संरचना मक्किने,ढुसी लाग्ने,खिइने,धुलो बन्नेजस्ता समस्या
    रोक्न मर्मत गर्न थालिएको बताए । उनका अनुसार मर्मत खर्च थाइ संस्थाले नै व्यहोर्ने छ भने पुरातत्व विभागका इन्जियिरहरुले निगरानी गर्नेछन् ।

    लुम्बिनी विकास कोषको पुरातत्व महाशाखाका अनुसार मन्दिर चुहिन थालेको पाँच–छ वर्ष भएको छ ।
    त्यसअघि पनि पानी चुहिने समस्या भएको तर मर्मतपछि केही समय समस्या समाधान भए पनि फेरि उस्तै भएको महाशाखाले जनाएको छ ।

    कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार मन्दिर चुहिन थालेको १८ वर्ष अघिदेखि हो ।यो बीचमा दुई पटक मन्दिरको छतलाई वाटरप्रुफिङ(पानी चुहिन नदिन प्रविधिको प्रयोग गरी मर्मत) गरिएको उनले बताए ।

    अहिले मर्मत गर्नका लागि ७ करोड रुपैयाँ जति खर्च आउने अनुमान गरिएको छ ।

  • बाँके जिल्ला अदालतका न्यायाधीश अधिकारी सर्वाेच्चमा तानिए

    बाँके जिल्ला अदालतका न्यायाधीश अधिकारी सर्वाेच्चमा तानिए

    नेपालगञ्ज ।
    बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वाेच्च अदालतमा तानिएका छन् ।

    सर्वाेच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको निर्णयबाट न्यायाधीश अधिकारीलाई मंगलवार सर्वाेच्चमा काज सरुवा गरिएको सर्वाेच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

    न्यायाधीश अधिकारीबारे न्याय परिषद्मा छानबिन भइरहेको जनाइएको छ । न्याय परिषद्ले अन्य न्यायाधीशबारे पनि छानबिन र कारवाही गरिरहेको छ ।

  • महिला सहकारीलाई बोलेरो जिप हस्तान्तरण

    महिला सहकारीलाई बोलेरो जिप हस्तान्तरण

    रामकृष्ण कडेल, गुल्मी ।
    गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारी संंस्थालाई गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्टको अनुदानमा प्राप्त गाडी हस्तान्तरण गरेको छ ।

    कृषि सहकारीको सदस्यहरुले उत्पादन गर्ने तरकारी कृषि उपज ढुवानी गर्न सहज वनाउने उद्धेश्यले गाडी खरिद गर्न
    एकमुष्ट ५०% आर्थिक सहयोग गरेको हो ।

    उक्त सहयोग रकम बाट महिन्द्रा बोलेरो पिकअप क्याम्पर एस.सि फोर ह्विल डि. सिङ्गल क्याविन खरिद गरि सहकारीको
    व्यवस्थापनलाई गाउँपालिका अध्यक्ष सरोज थापाले हस्तान्तरण गर्नुभएको हो ।

    चारपाला र यस आसपासका क्षेत्रको कृषि जन्य उत्पादनको उत्पादकत्व वृद्धि भइ वजार पहुँच वढ्ने र सहकारीको सदस्यहरुको आयस्तर वृद्धि
    गराउन सहकारीको विशेष भुमिका रहने र आजैको मितीबाट सो गाडी सहकारीकै पुर्ण स्वामित्वमा रहने जनाइएको छ ।
    हेफर प्रोजेक्टले देशको विभिन्न जिल्लामा काम गरिरहेको छ ।

    गुल्मीदरबार गाउँपालिका भित्र रहेको उक्त महिला सहकारीले कृषि र पशु जन्य उत्पादनको वजारको पहुचसम्म पु¥याउन गाडी सहयोग
    पाउनु भनेको गाउँपालिकाकै उपलब्धी भएको कार्यक्रममका प्रमुख अतिथी तथा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज थापाले वताउनुभयो ।

    कार्यक्रममा बोल्दै थापाले यसलाई जुन उद्धेश्यको प्रयोजनका लागी ल्याइएको त्यसैमा प्रयोग गर्नुपर्ने, व्यक्तिगत प्रयोजन तथा गलत नियतले प्रयोग नगर्ने र यसको अनुगमन सदैव गाउँपालिकाले गर्ने कुरा पनि कार्यक्रममा वताउनुभएको थियो ।

    त्यस्तैगरि यो सफलता सँगै चुनौती र जिम्मेवारी पनि थपिएको र यसलाई इमान्दारिताका साथ निरन्तर प्रयास गरे

    सुखी र समृद्ध गाउँपालिका बनाउने लक्ष्य हासिल गर्ने समेत वताउनुभयो ।

    सोहि कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका वित्तीय पहुँच अधिकृत नरेश सिह धामीले ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारीले

    एउटा अवसर तथा उपलब्धी हासिल गरेको छ ,यसलाई वचाइराख्न र यसको प्रयोगबाट समुदायका सदस्यहरुले प्रत्यक्ष लाभ लिन सक्ने वताउनुभयो ।

    गुल्मीदरबार गाउँपालिका र हेफर प्रोजेक्टको साझेदारी नवप्रभात युवा सघ गुल्मीको सामाजिक परिचालनमा कृषि तथा पशु उद्दमशिलता विकास
    परियोजना अन्तरगत गाउँपालिकाका महिला सशक्तीकरण वित्तीय पहुँच ,कृषि तथा पशुपन्छी उद्दमशिलताका अन्य कार्यक्रमहरु पनि संचालन भैरहेका छ्न ।

    कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका कानुनी सल्लाहकार हरि प्रसाद अर्याल,वडा नम्बर ७ का वडाध्यक्ष शालिकराम टण्डन,परियोजना सम्योजक हरिकृष्ण बि क,नवप्रभात युवा सघका कार्यक्रम फोकल प्रशन धातानन्द भुषाल लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    शुभकामना मन्तव्य दिदै वक्त्ताहरुले यो कार्यक्रम ल्याउन विशेष योगदान गर्नुहुने भुतपुर्व अध्यक्ष अशोक कुमार थापा रप्रमुख प्रशासकीय अधिकृत
    लक्ष्मण पाण्डेलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    सहकारी अध्यक्ष बिष्णु बस्नेत खत्रीको अध्यक्षता,सल्लाहकार तुल्सा अर्यालको स्वागत र सहकारी ब्यवस्थापक कल्पना उपाध्यायको सन्चालन रहेको कार्यक्रममा जनप्रतिनिधिह ,सहकारीका सञ्चालक समितीका पधादिकारीहरु,शेयर सदस्य लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

  • तपाईको आजको राशिफल (साउन ३ गते मंगलबार  )

    तपाईको आजको राशिफल (साउन ३ गते मंगलबार )

    तपाईको आजको राशिफल (साउन ३ गते मंगलबार )

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=8vTJEBz67Os

  • आज मंगलबार :गणेश भगवानलाई कसरी खुसी बनाउने ?(जानी राखौं)

    आज मंगलबार :गणेश भगवानलाई कसरी खुसी बनाउने ?(जानी राखौं)

    बुटवल ।
    आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ।
    हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

    गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।
    मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो।

    गणेश भगवानलाई कसरी खुसी बनाउने ?

    विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने।
    त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने। विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ। त्यसकारण व्रत बसी विधिवत रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ।

    गणेश भगवानको पूजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ।
    यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ।
    गुलियो खाने कुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ।

    त्यतिमात्रै हैन गणेशलाई खुसीबनाउने पुजागर्दा वस्त्र पनि चढाउनुपर्छ।
    यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पूजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ।