Category: समाचार

  • पाल्पामा  महोत्सवको तयारी  चल्दै

    पाल्पामा महोत्सवको तयारी चल्दै

    रानिमहल   पाल्पा फागुन ७

    पाल्पा जिल्लाको टुँडीखेल खेलमैदानमा यही फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने नारा सहित हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ । मेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेला बाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यका लागि खर्च गरिने जानकारी दिनुभयो ।

    पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोवार हुने अनुमान गरिएको छ टुँडीखेल मैदानमा यस अघि अन्य संघ संस्थाबाट सम्पन्न मेला महोत्सवबाट तानसेन नगरपालिकाले मनोरन्जन शुल्क बापत मात्रै ३५ र ४० हजार सेरोफेरोमा आम्दानी गरेको स्मरण गर्दे तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले नगर सरकार आफैले मेला आयोजना गर्दा ६१ लाख बढीको राजश्व बचत भैसकेको जानकारी दिनुभयो । मेला सम्पन्न गर्न नगरपालिकाले टेन्डर मार्फत आब्हान गर्दा बढी रकम दिने समुह वाट सो रकम बुझिसकेको ज्ञवालीको भनाई छ ।

    पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रर्वद्धनका लागि तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले सघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाडी बढ्न समेत सहयोग मिल्ने मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

    महोत्सवमा विभिन्न औधोगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्र्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने लघु तथा साना उद्योगको प्रर्वद्धन, साना उद्यमी एवम विषयगत प्रदर्शनी गरिने जनाइएको छ ।

     

  • आज फागुन ७ गते प्रजातन्त्र दिवस

    आज फागुन ७ गते प्रजातन्त्र दिवस

    फागुन ७
    आज फागुन ७ गते । प्रजातन्त्र स्थापना भएको दिन । मुलुकभर नै ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । वि सं २००७ फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सफल भएकै कारण यो दिन नेपालीमाझ स्मरणीय छ । जनक्रान्तिकै फलस्वरूप जहानियाँ राणा शासनको पतन भएर मुलुकमा प्रजातन्त्र सम्भव भएको हो । यसका निम्ति महान् शहीदहरूको ठूलो शहादत छ भने हजारौँ हजार क्रान्ति योद्धाले पसिना खर्चेका छन् ।

  • भोलि हुने पुनर्मिलन कार्यक्रम को सम्पुर्ण  तयारी  पुरा

    भोलि हुने पुनर्मिलन कार्यक्रम को सम्पुर्ण तयारी पुरा

    चुरामणि तिमिल्सिना  फागुन   ६ रिडी

    रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा फागुन ७ गते अर्थात भोलि हुने पुर्व बिद्यार्थी बिच हुने पुनर्मिलन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।
    स्थापना कालदेखि हालसम्म यस विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहदै आएको कार्यक्रम अभियानता राजु मल्लले जानकारी दिनुभयो। बिहान बाजा गाजा सहित प्रभातफेरि कार्यक्रम , यस्तै औपचारिक कार्यक्रमको आयोजना, पुर्व वर्तमन शिक्षक र कर्मचारीहरु लाई सम्मानको कार्यक्रम पनि आयोजना गरिएको पुर्व बिद्यार्थी तथा रिडी माध्यमिक बिद्यालयका प्रधानाध्यापक रोहित भण्डारीले जानकारी दिनु भयो।
    कार्यक्रममा बढी मात्रामा राष्टसेवक कर्मचारी, बैंक तथा संस्थाका कर्मचारीहरु, इन्जिनियर, सामाजिक अभियानताहरु , शिक्षकहरू, कर्मचारी वर्गहरु शिक्षा प्रेमिहरुको पनि यस कार्यक्रममा आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ।

  • भोलि  हुने पुनर्मिलन कार्यक्रम को सम्पुर्ण तयारी पुरा

    भोलि हुने पुनर्मिलन कार्यक्रम को सम्पुर्ण तयारी पुरा

    चुरामणि तिमिल्सिना  रिडी फागुन ६

    रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा फागुन ७ गते अर्थात भोलि हुने पुर्व बिद्यार्थी बिच हुने पुनर्मिलन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।


    स्थापना कालदेखि हालसम्म यस विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहदै आएको कार्यक्रम अभियानता राजु मल्लले जानकारी दिनुभयो। बिहान बाजा गाजा सहित प्रभातफेरि कार्यक्रम , यस्तै औपचारिक कार्यक्रमको आयोजना, पुर्व वर्तमन शिक्षक र कर्मचारीहरु लाई सम्मानको कार्यक्रम पनि आयोजना गरिएको पुर्व बिद्यार्थी तथा रिडी माध्यमिक बिद्यालयका प्रधानाध्यापक रोहित भण्डारीले जानकारी दिनु भयो।


    कार्यक्रममा बढी मात्रामा राष्टसेवक कर्मचारी, बैंक तथा संस्थाका कर्मचारीहरु, इन्जिनियर, सामाजिक अभियानताहरु , शिक्षकहरू, कर्मचारी वर्गहरु शिक्षा प्रेमिहरुको पनि यस कार्यक्रममा आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ।

  • पाल्पाको चापपानीमा अखण्ड  हरि कृतन चल्दै गाइ भैसिमा  रोगब्याधि नलाउस  भन्ने  कामनाका साथ   ४८ औं  वर्षमा  प्रवेश

    पाल्पाको चापपानीमा अखण्ड हरि कृतन चल्दै गाइ भैसिमा रोगब्याधि नलाउस भन्ने कामनाका साथ ४८ औं वर्षमा प्रवेश

    चुरामणि  तिमिल्सिना , पाल्पा फागुन  ५

    पाल्पाको बगनासकाली गाउँपालिका वडा ९ चापपानी खहरेखोलामा बिहान ९ .५० देखी अखण्ड हरिकृतन सुरु भएको छ । ४८ औं अखण्ड हरि कृतनमा स्थानीय झन्डै ३० घर धुरिको आयोजनामा कार्यक्रम गरिएको हो। गाइ भैसि बाख्रा गोरु लाई कुनै पनि प्रकारको रोगहरु नलाउस र बाघहरुले गाउँघरमा आतंक नमच्चाउन भनेर यसरी अखण्ड हरिकृतन गरिएको मन्दिर समितिका अध्यक्ष टिकाराम तिमिल्सिनाले जानकारी दिनुभयो। भजनमा तानसेन, दर्लमडाडा, बझादि, सिखरे दरुङ्गाका भक्तजनको सहभागीता रहेको छ ।

    बिहान बिधिवत रुपमा आदि शक्ति भगवती माताको पुजाआजा गरि थालीएको कृतन राति १० बजे सम्म सन्चालन हुनेछ । बिगतका वर्षहरुमा २४ घन्टे भएता पनि १२ वर्ष यता देखि भने १२ घन्टा नै कायम राखीएको स्थानीय मुक्तिराम तिमिल्सिनाले जानकारी दिनुभयो। यस्तै अखण्ड कृतन यस गाउँमा प्रत्येक वर्ष ३ वटा मन्दिरमा फरक फरक समयमा गरिन्छ।

  • जनबोध माध्यमिक बिद्यालय रानिबास गुल्मीको ५२ औं बार्षिक उत्सब सम्पन्न,प्राबिधिक धार अभिभावक लाई बुझाउनु अवस्यक

    जनबोध माध्यमिक बिद्यालय रानिबास गुल्मीको ५२ औं बार्षिक उत्सब सम्पन्न,प्राबिधिक धार अभिभावक लाई बुझाउनु अवस्यक

    चुरामणि तिमिल्सिना
    रुरुक्षेत्र गाउँपालिका
    फागुन ३

    जनबोध माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउँपालिका ४,५ रानिबास गुल्मीको ५२ औं बार्षिक उत्सब तथा अभिभावक दिवस हिजो सम्पन्न भएको छ ।

    बिद्यालय ब्यवस्थापन समितिकाका अध्यक्ष हरि प्रसाद ज्ञवालीको अध्यक्षमा सम्पन्न कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो ।

    प्रमुख अतिथि अध्यक्ष ज्ञवालीले शिक्षाको गुणस्तर वृद्धि गर्न र प्राबिधिक धारमा आकर्षण बढाउन,शिक्षक बिद्यार्थीले अभिभावकलाई प्राबिधिक धार बुझाउन आग्रह गर्नु भयो । उहाँले अवका बिद्यार्थी प्रविधि सित नजिक रहेकाले हरेक बिद्यार्थीलाई प्रविधि मैत्री कक्षाहरु आवस्यक रहेको बताउनु भयो ।

    समारोहमा गाउँपालिकाका उपाध्यक्ष मिना देवि गौतम , प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डे विशिष्ट अतिथि रहनु भएको थियो। । कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ वडा न ३ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक शेषनारायण पौडेल समाजसेवि तोयनारायण ज्ञवाली शिक्षा शाखाका तेज बहादुर कुमाल राजनैतिक दल, चन्दा दाता समाजसेवि लगायतले कार्यक्रममा शुभकामना राख्नु भएको थियो ।

    प्रधानाध्यापक बामदेव ज्ञवालीले प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिक्षक सन्दिप गौतमले कार्यक्रममा स्वागत गर्नु भएको थियो। जनबोध माध्यमिक बिद्यालय नमुना बिद्यालयमा छनौट भएको यस क्षेत्रको राम्रो नतिजा ल्याउने सामुदायिक बिद्यालय हो । बिद्यालयमा साधारण र कृषि प्राबिधिक बिषयको अध्यापन हुदै आएको छ ।

  • आज देश भर सरस्वती माताको पुजा  गरिदै

    आज देश भर सरस्वती माताको पुजा गरिदै

    फागुन  २

    वसन्त पञ्चमी

    सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
    हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥

    सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं ।
    जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

    सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनाै वा वसन्त पञ्चमी अाज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा अाराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।

    वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारीक आयामहरु छन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो है ।

    ‘ब्रह्मा भिभर्त पूराण’मा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

    विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ ।

    विद्यार्थीहरुकालागि अाजको अर्को रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।

    काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विधाको केन्द्र विधालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलार्इ वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

    नेपालको परिवेशमा कुरागर्ने हो भने हामी नेपाली साँच्चीकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ, नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विद्यालयहरुमा कहिँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकौ छ । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विधासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विधादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

    आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् ।

    आजको वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए, सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ । त्यसपश्चात आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रुपमा मनाउन थालिएको हो ।

    तपाई हामी जुनै धर्म या संस्कृती या विश्वाब भएका ब्यक्ति हौ तर विधा हामीसबैलाई आवश्यक छ , सिर्जना र सर्जकको कदर हामीसबैले गर्न जरुरी छ ।

    लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।

    बिधा की देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही बर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा बिभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय पुस्क दिवस मनाउने गरिन्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा बिधा की देवी सरस्वतीको बास  छ  ।

  • पाल्पामा जिप दुर्घटना  कम्तिमा  ८ जनाको   मृत्यु  उद्दार कार्य  चल्दै

    पाल्पामा जिप दुर्घटना कम्तिमा ८ जनाको मृत्यु उद्दार कार्य चल्दै

     

    मिलन  बिक   पाल्पा

    पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

    उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ।

    दिउँसो साढे बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्वारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ।

    डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्। प्रहरी र स्थानीयले घटनास्थल पुगेर उद्वार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

  • रुरुक्षेत्र  गाउँपालिकामा किसान  सित अन्तरकृया

    रुरुक्षेत्र गाउँपालिकामा किसान सित अन्तरकृया

    चुरामणि  तिमिल्सिना  माघ  २९

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा कृषक तथा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१/८२ को निति तथा कार्यक्रमका लागि अन्तक्रिया कार्यक्रम गरिएको हो । रुरुक्षेत्र गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय कृषि तथा पशुविकास शाखा बलेटक्सार गुल्मीको आयोजनामा कार्यक्रम गरिएको हो। गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली को अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पुर्व विशेष अधिकार समितिका सभापति कमल राज श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि पुर्व माननिय श्रेष्ठले गाउँको जिवनस्तर उकास्नका लागि कृषि नै मुख्य पेसा भएकोले कृषि लगातार गर्नुपर्ने ,जग्गाको छनोट गरि कृषि गर्नुपर्ने , भुगोल छनोट गर्नुपर्ने ,समाज र परिवेश अनुसार कार्यक्रम छनोट हुनुपर्ने ,ब्यवसायिक खेति गरिनुपर्ने, अनुदान वितरण गर्दा अनुगमन गरेर मात्र वितरण गर्नु पर्ने जोड दिनुभयो। (more…)

  • सत्यवती गाउँपालिकामा दुई दिने  निशुल्क बृहत स्वास्थ्य  शिविर   बस्दै

    सत्यवती गाउँपालिकामा दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर बस्दै

    चुरामणि तिमिल्सिना  माघ २८

    गुल्मीको सत्यवती गाउँपालिकामा निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । आउँदो फागुन ७ र ८ गते हुने शिविरको सञ्चालन सत्यवती गाउँपालिका गुल्मी, लायन्स क्लब अफ काठमाडौ देउराली को आयोजनामा गर्न लागीएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो। कार्यक्रममा लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपाल स्वास्थ्य प्राविधिक संघ गुल्मी, थाप्ले सत्यवती मेडिटेल्स बुटवलको सह- आयोजनामा कार्यक्रम गर्न लागीएको हो।

    शिविरमा विभिन्न सेवा उपलब्ध  गराउने    , शिविर लाई प्रभावकारी बनाउन टोल टोलमा प्रचारप्रसार पनि गरिएको र सकेसम्म धेरै बिरामीको सहभागी हुने पालिकाकी उपाध्यक्ष निरमाया तरामुले बताउनु भयो l