Category: समाचार

  • दुर्घटनाको  पहिचान  खुलो

    दुर्घटनाको पहिचान खुलो

    पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ ।

    दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका–१६ की पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेकाे युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ ।

    पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको जीप आज आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो ।

  • पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

    पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

    पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेकाे परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

    अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

    पर्यटकीय स्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट जीप खाेलमा खसेकाे प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।

  • आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै

    आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै

    आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै ।
    कार्तिक ३

    आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ।

    पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्।

    यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

  • दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ

    दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ

    दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ९२ बर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर थापाले जानकारी दिए ।

    नगरपालिकाको वडा नम्बर १४ स्थित पराल्मीको टानेटादेखि टापु जाने मोटरबाटो सफा गर्ने क्रममा डोजरले फालेको ढुंगाले लागेर बुधबार दिउँसो साढे १ बजे घटनास्थलमै सुनारको मृत्यु भएको हो । अहिले शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको । घटनामा संलग्न डोजर चालक पाल्पाका अन्दाजी ३२ बर्षिय कृष्ण बहादुर लामिछानेलाई गुल्मी प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

    दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

    दशैँको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै ।

    असोज २

    बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ।

    गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ।

    नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

  • आजको मौसम कस्तो रहने छ

    आजको मौसम कस्तो रहने छ

    कार्तिक २ गतेको मौसम ।

    देशका पहाडी भूभागमा आज आंशिक बदलीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ ।

  • रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने

    रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने

    रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने ।
    कार्तिक २
    रुरुक्षेत्र गाउँपालिका गुल्मीको थोर्गा बलेटक्सार लगायतका स्थानमा आज बिद्युत सेवा अवरुद्ध हुने भएको छ । थोर्गा प्रशारण लाईनको ११ केभिएको अनुगमन र बिद्युत लाईन नजिकको रुख कटान गर्नको लागि बिद्युत सेवा अवरुद्ध हुने भएको हो । बिहान देखि बेलुका सम्म थोर्गा, बलेटक्सार,बम्घा,हर्दिनेटा लगगायतका स्थानमा बिद्युत सेवा अवरुद्ध हुने बताईएको छ ।

  • आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ ।

    आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ ।

    आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ ।
    कार्तिक १

    आज कात्तिक १ गते बुधवार बडादशैँको चौथो दिन, आज शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।

    कुष्माण्डा मातालाई शुभ कर्म थालनी अथवा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

    यी देवीको स्वरुप वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ ।

    देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

    कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

    शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

  • आजदेखि नयाँ नोट साट्न पाईने

    आजदेखि नयाँ नोट साट्न पाईने

    असोज २९

    चाड पर्वको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्ने दिने भएको छ ।

    राष्ट्र बैङ्कको कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

    राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

    एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

  • आजदेखि नयाँ नोट साट्न पाईने

    आजदेखि नयाँ नोट साट्न पाईने

    आजदेखि नयाँ नोट साट्न पाईने ।
    असोज २९

    चाड पर्वको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्ने दिने भएको छ ।

    राष्ट्र बैङ्कको कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

    राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

    एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।