Category: समाचार

  • पाल्पामा डेंगी संक्रमणबाट ३ जनाको मृत्युु

    पाल्पामा डेंगी संक्रमणबाट ३ जनाको मृत्युु

    पाल्पामा डेंगी संक्रमणबाट ३ जनाको मृत्युु ।
    असोज ९
    पाल्पामा डेंगी संक्रमणबाट ३५ वर्षीष युवकको मृत्युु भएको छ । यो संगै पाल्पामा डेंगीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरी जानकारी दिनुभयो ।
    उहाँको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । असोज ५ गते अस्पतालमा भर्ना हुनुभएका उहाँलाई डेंगीका साथै स्क्रबटाइफससमेत देखिएको थियो ।केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उहाँ लाई स्वास्थ्य उपचारका लागि अस्पताल लगिएको पारिवारीक स्रोतले जनाएको छ ।
    हाल जिल्लामा डेंगीका २ सय ८५ जना भन्दा बढी संक्रमित छन् भन जिल्लामा केही समय यता स्क्रबटाइफसका बिरामीसमेत बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म १ सय ८२ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ ।

  • गुल्मीमा  पहिरोमा परी एक जनाको  मृत्यु , दुई  घाइते

    गुल्मीमा पहिरोमा परी एक जनाको मृत्यु , दुई घाइते

    गुल्मीमा पहिरोमा परी एक जनाको मृत्यु, दुई जना घाइते ।
    असोज ८,
    गुल्मी

    गुल्मीमा पहिरोमा परी मजदुरको मृत्यु भएको छ ।
    जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर तीन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधिन घर माथिबाट पहिरो खस्दा मजदुर प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।
    यस्तै पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
    शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
    घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  • चन्द्रकोटमा चाडपर्व  नजिकिदै गर्दा बजार  अनुगमन

    चन्द्रकोटमा चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन

     

    कमल खत्रीअसोज  ७

    चन्द्रकोट गाउँपालिकाले गाउँपालिकाको वार्ड नं ३ र ४ मा संचालित विभिन्न पसल तथा व्यवसायहरूको अनुगमन गरेको हो । बजार अनुगमनमा चन्द्रकोट गाउँपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक (उपाध्यक्ष ) विष्णु प्रसाद भण्डारीज्यूको संयोजकत्वमा भएको अनुगमनमा चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, अनुगमन टोलीका संयोजक प्रकाश पन्थी, बजार व्यवस्थापन समितिका अध्यक्ष एबम उद्योग वाणिज्य संघ शान्तिपुरका प्रतिनिधि इश्वरी सापकोटा, इलाका प्रहरी कार्यालय शान्तिपुर का प्रमुख  राम विलास यादव लगायत को टोलि , कृषि शाखा प्रमुख, स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु, स्थानीय पत्रकार कमल खत्री लगायतको टोली ले अनुगमन सम्पन्न गरेको
    अनुगमन टोलीले बजार क्षेत्रका ५० ओटा पसलमा अनुगमन गरेकाे  हो।

    अनुगमनमा  १८ ओटा पसल बाट १० हजार रुपैयाँ बराबरको म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएको प्रकाश पन्थीले जानकारी दिनुभयो। यो कार्य पहिलो पटकमा लिखित निर्देशन सहित सचेत गराइएको र दोस्रो पटकमा जरिवाना समेत गरिने प्रमुख प्रशासकीय अधिकृत ले जानकारी दिनुभयो।
    व्यावसायीहरुलाई सचेत बनाउँदै उपभोक्ता हित संरक्षणमा जोड दिने कुरा उपाध्यक्षज्यूले समेत जानकारी गराउनु भयो साथै गाउँपालिका बाट गर्नु पर्ने साथ सहयोग व्यवसायीहरुलाई सधै रहिरहने कुरा समेत बताउनु भयो। 

  • अर्घाखाँची मा एक युबा ले एकल लगानी मा बनाए १३ तले मन्दिर

    अर्घाखाँची मा एक युबा ले एकल लगानी मा बनाए १३ तले मन्दिर

    अर्घाखाँची मा एक युबा ले एकल लगानी मा बनाए १३ तले मन्दिर
    माधब पौडेल , अर्घाखाँची
    असोज ७
    अर्घाखाँची जिलाको छत्रदेब गाउँपालिका को वडा न ७ बाहिगाउ ताराखसे मा १३ तले आकासेदेबी मन्दिर निर्माण भएको छ ।
    सुरुमा बि .स २००८ साल मा खर को छानो बाट यश मन्दिर को सुरुवात भएको थियो हाल पुन निर्माण हुँदै अर्घाखाँची जिल्लाकै अग्लो १३ तले मन्दिर निर्माण भएको हो ।यति ठूलो महत्त्व बोकेको यश मन्दिर पछिल्लो समय ओझेल मा पर्न थालेको छ ।
    लेवस को गाज बाट सुरु भएको यश मन्दिर अर्घाखाँची छत्रदेब गाउँपालिका निवासी ४० बर्शिय हिरामणि न्यौपाने ले एकल लगानी मा यश मन्दिर निर्माण गरेका हुन ।पौराणिक मान्यता अनुसार सोही ठाउँ मा तारा खसेको ले नामान्कन गर्दा ताराखसे राखीएकाे सोही मन्दिर ब्यबस्थापन समिता का सचिब मनिलाल न्यौपाने ले बताउनुहुन्छ ।

    पराबुर्बकालमा उल्कापात हुदा उक्त स्थानमा एक प्राकृतिक पोखरी स्थापना भएको थियो सोही उल्का को एऊटा टुक्रा केही तल गइ अर्को प्राकृतिक पोखरी बनेको थियो उक्त पोखरिलाइ चुरनपोखरी नामान्करड गरिएको जनबिस्वास छ ।
    मन्दिर परिसर भित्र विभिन्न देबि का साथै शिव , गणेश र नाग का मुर्ति हरु रहेका छ्न ।यश मन्दिर मा तिज , सिबरात्री , रामनबमी , बालाचतुर्दसी , जन्माअष्टमि मा ठूलो मेला लाग्ने गर्दछ ।

    पछिल्लो समय यश मन्दिर को विभिन्न माध्यम बाट प्रचार प्रसार पनि भइरहेको छ भने पर्यटक हरु भित्राऊनकाे को लागि बाटो को समस्या रहेको छ l

    यश मन्दिर मा आइ दर्सन गर्ना ले मनोकामना पूरा हुने धार्मिक बिस्वास रहदै आएको छ ।अर्घाखाँची जिल्ला मा ६ वटा स्थानिय तह हरु रहेका छ्न जस मध्ये ३ वटा गाउँपालिका र ३ वटा नगरपालिका हरु रहेका छ्न जस मध्ये पर्यटकिय हिसाब ले छत्रदेब गाउँपालिका अब्बल रहेको छ ।यश कारण ले पनि एतिहासिक महत्त्व बोकेका ठाउँ को संरक्षक र प्रर्बर्दन गर्न सके यो गाउँपालिका पर्यटन को हिसाब ले देस कै पहिलो बन्ने निश्चित छ ।

  • चरम मुल्य बृद्धिका बिरुद्धमा एमालेका २२ संगठन आन्दोलनमा

    चरम मुल्य बृद्धिका बिरुद्धमा एमालेका २२ संगठन आन्दोलनमा

    चरम मुल्य बृद्धिका बिरुद्धमा एमालेका २२ संगठन आन्दोलनमा

    टोपलाल अर्याल
    गुल्मी, ७ असोज
    गुल्मीमा नेकपा एमाले निकट २२ जनबर्गीय संगठनले मुल्य बृद्धि लगायतका १० बुँदे माग राखेर सरकारको ििबरुद्धमा उत्रिएका छन् । आइतबार जनबर्गीय संगठनका नेताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणको लागि ज्ञापन पत्र पेश गरेका छन् । देश अत्यन्त संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु नजिक आइरहेको बेला आर्थिक मन्दीको चपेटामा परेका जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य बस्तुहरुमा भएको मनपरी मुल्य बृद्धिको बिरोध संगठनहरुले गरेका छन् । त्यस्तै सरोकारवालासँग परामर्श नगरी ल्याइएको शिक्षा विधेयकका कारण शिक्षकहरु आन्दोलित भएको, जनप्रतिनिधी र जिम्मेवार व्यक्तिहरुबाटै स्वास्थ्यकर्मीहरु माथि कुटपीट हुँदा गुल्मी अस्पतालसहित देशकै स्वास्थ्य क्षेत्रमा अस्तव्यस्त देखिएको बिषय ज्ञापन पत्रमा उल्लेख गरिएको छ । साथै बेरोजगारीको समस्या झन बिकराल बन्दै गएकाले राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा सरकार पूर्णरुपमा असफल भएको संगठनका नेताहरुको आरोप छ । कृषि क्षेत्र सरकारको चरम उपेक्षामा परेको छ । शान्ति सुरक्षा र मानवअधिकारको रक्षाको स्थिति समेत अहिले निराशाजनक रहेको छ । सरकारी क्षेत्रमा भ्रष्टाचार व्याप्त भएकाले घुसबिना कुनै काम नहुने स्थितिले जनतामा चरम आक्रोस पैदा भएको अनेरास्वाबियु गुल्मीका अध्यक्ष शोभाखर गिरीले बताए । उद्योगी व्यापारीहरुमा चरम आर्थिक संकट भई बैंकका व्याज समेत चलाउन नसक्ने अवस्थामा व्यवसायीहरुको ऋणको बिलम्ब हर्जाना नलगाउने तथा आर्थिक मन्दीको अवधिको व्याज मिनाह गर्ने व्यवस्था गर्नका लागि जोडदार माग गरिएको गिरीले बताए । मनपरी मूल्यवृद्धिमा सरकारले रमिता हेरेर बसेकोले तत्काल बजार अनुगमन गर्न आग्रह गर्दै सर्वोच्च अदालतले जघन्य अपराधमा जन्मकैद फैसला गरेका व्यक्तिलाई राजनीतिक पहुँचका आधारमा आममाफी दिने सरकारका गलत निर्णयका कारण सरकारप्रति जनताको विश्वास टुटदै गएको राष्ट्रिय युवासंघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले बताए । उनले आफुहरुका माग तत्काल संबोधन नभएर आन्दोलनको चेतावनी समेत दिए ।

  • सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा सम्पन्न

    सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा सम्पन्न

     

    सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा सम्पन्न
    कृष्ण पौडेल
    बुटवल
    सिरसिरे वचत तथा ऋण सहकारी संस्थाको १३ औँ साधारसभा बुटवलमा सम्पन्न भएको छ।
    राम कृष्ण शर्माकाे अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमकाे प्रमुख अतिथी राष्ट्रिय सहकारी बैङ्क लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासे कार्यक्रममा बोल्दै सिरसिरे बचत तथा ऋण सहकारीको संस्थाको प्रतिवेदन प्रति खुसी ब्यक्त गर्दै देशैभरीका सहकारी डुब्ने अबस्था रहेको बेला सिरसिरे बचत तथा ऋण सहकारीको संस्थाकाे प्रगति प्रति ढुक्क भएर शेयर लगानी गर्न आग्रह गर्नु भयो।
    बिशिष्ट अथिति वरिष्ठ फिजिसियन पुष्पराज जोशी,सरद ओलि, लगायत काे उपस्थिति कार्यक्रममा रहेको थियो।

    संस्थाका अध्यक्ष रामकृष्ण शर्माले प्रतिवेदन पेश गर्नुहुदै सिरसिरे सहकारीलाई नमुना सहकारीको रुपमा लैजाने बताउनु । उहाँले भन्नु भयो , सहकारी क्षेत्रमा निकै समस्याहरु देखिएको बेला समेत सिरसिरे सहकारीले अपेक्षित मुनाफा कमाउन सकेको सकारात्मक पक्षले हो भन्दै ०८०/०८१ मा संस्थाले अझ गति लिने बताउनु भयो ।
    उक्त साधारणसभाले अध्यक्ष रामकृष्ण शर्मा , कोषाध्यक्ष शिवलाल पौडेल , लेखा समिति संयोजक हरि प्रसाद पौडेलले पेस गर्नु भएको प्रतिवेदन पास गरेको थियो।

    संस्थाका सचिव गिरिराज भुसालले संचालन गर्नुभएको उक्त साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष टेकराज शर्माले राख्नु भएको थियो ।
    उक्त साधारणसभामा सबैभन्दा जेष्ठ सदस्य ८३ बर्षिय मनधरा उपाध्याय , ७३ बर्षिय संस्थाका सल्लाहकार समेत रहनु भएका प्रेम लाल गहिरेलाई संमान समेत गरिएको थियोे । उक्त कार्यक्रममा सिरसिरे बचत तथा ऋण सहकारी सस्थाले २०८० को पत्रकारिता पुरस्कार पत्रकार सुशील खनाल लाई दिइएको थियो उनले लामो समय देखि सहकारी को ठाउँमा रहेर संचार माध्यम बाट सहकारी को लागि समाचार एवम रिपोर्ट तयार पार्दै आयका थिय।

  • बजारमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि,गुल्मीका नागरिक पनि मारमा

    बजारमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि,गुल्मीका नागरिक पनि मारमा

    बजारमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि,गुल्मीका नागरिक पनि मारमा ।
    हुमाकान्त पोख्रेल
    असोज ७
    गुल्मी
    चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि भएको छ । पछिल्लो केहि दिन यता दैनिक उपभोग्य खाद्यान्नमा भएको मूल्य बृद्धिले गर्दा गुल्मीका नागरिक पनि मारमा परेका छन् ।
    चाडपर्व नजिकिएसँगै दैनिक भान्सामा प्रयोग हुने चामल, चिनी, दाल, मैदा, आटा, मसला लगायतका वस्तुको मूल्य आकासिएको छ । केहि दिन अघि चिनीको मूल्य १०५ प्रतिकेजी थियो । अहिले बढेर १२५ भन्दा वढि पुगेको छ । जिरा, चामल, लगायतका खाद्यान्नमा मूल्य वृद्धि भएको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार लगायत ग्रामीण क्षेत्रका बजार दैनिक उपभोग्य सामाग्रीको मूल्य बृद्धि भएको छ । अहिले बजारमा सबै दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिको मारमा सर्वसाधारण नागरिक मर्कामा परेका छन् ।
    नेपालमा उत्पादन हुने खाद्यान्नले नपुग्ने हुँदा छिमेकी देश भारतबाट आयतको भर पर्नु पर्ने हुन्छ पर्छ ।तर पछिल्लो केहि दिन यता छिमेकी देश भारतले दैनिक उपभोग्य खाद्यान्न चामल लगायतका वस्तुमा मूल्य बृद्धि भएको देखाउँदै नेपालका उद्योगी व्यवसायीहरूले नेपालमै उत्पादन हुने खाद्यान्नको समेत मूल्य वृद्धि गरेका छन् । बजारमा अहिले दैनिक उपभोगय वस्तुको मूल्य थरिथरिका छन् । चाडपर्वमा अन्य समयमा भन्दा दैनिक उपभोग्य वस्तुको खपत वढी हुन्छ । त्यसैले पनि व्यवपारिहरु यहि मौका छोपेर खाद्यान्नको कृत्रिम अभाव सृजना समेत गर्ने गर्दछन् । यसैलाई मध्य जनर राखेर प्रशासनले चाडपर्व लक्षित बजार अनुगमन पनि गर्ने गर्दछ ।
    गाउँदेखि शहरसम्म दैनिक उपभोग गर्ने वस्तुको मुल्यवृद्धिले सर्वसाधारणलाई समस्या निम्ताएको छ । पछिल्लो समय दैनिक उपभोग गर्ने वस्तुको मूल्य आकासिदै गएपछि दैनिक ज्याला मजदूरी गरेर दैनिकी चलाउने अवस्था अझ कष्टकर बन्दै गएको छ ।

  • आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदै

    आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदै

    आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदै ।
    असोज ५

    शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदैछ। हिजो बिहिबार भएको वार्ता निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको हो।

    कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुंगो लागेको बताए।

    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए।

    शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द भएका छन्।

    आन्दोलनरत शिक्षकका १७ वटा माग छन्। शिक्षकहरुको प्रमुख माग नै विद्यालयलाई स्थानीय तह मातहत राख्न पाइन्न भन्ने रहेको छ। जबकि संविधानले नै माध्यमिक शिक्षामा स्थानीय तहको एकल अधिकार रहने भनेको छ। संविधानले दिएको माध्यमिक शिक्षाको अधिकारलाई नमान्ने शिक्षकहरुको तर्क छ।

    महासंघका अन्य मागहरुमा राहत, करार लगायतका अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई स्थायी गरिनुपर्ने भनिएको छ। स्थायी हुने शिक्षकलाई अस्थायी अवधिको गणना गरेर पेन्सन दिइनुपर्ने र पुरानै प्रणाली अनुसार पेन्सन पाउनुपर्ने माग छ।

    विद्यालयमा कर्मचारीहरुको दरबन्दी कायम गरी स्थायित्वको प्रक्रियामा लानुपर्ने र प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचना अन्तरगत ल्याइनुपर्ने माग छ।

    त्यस्तै, शिक्षकहरुको आवधिक बढुवा हुनुपर्ने, योग्य शिक्षकलाई माथिल्लो तहमा पद समायोजन गरिनुपर्ने, निजामती सेवामा जस्तै विशिष्ट श्रेणी तोकिनुपर्ने र ग्रेड तथा तलवको विभेद हटाइनुपर्ने, प्रधानाध्यापकको नियुक्ति स्थानीय तहबाट नभई शिक्षा आयोग मार्फत नै गरिनुपर्ने माग अघि सारेर शिक्षकहरु सडकमा आएका हुन्।

    प्रस्तावित शिक्षा विधेयकमा शिक्षण काउन्सिलको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ। द्वन्द्वको मारमा परेका र आन्दोलनमा लागेर सेवाबाट विमुख बनेका शिक्षकहरुलाई उपदान, पेन्सन लगायतका सुविधा दिन माग गरिएको छ।

    शिक्षकलाई दुर्गम भत्ता दिन र निजी विद्यालयका शिक्षकको तलव पनि सरकारी सरह बनाउन माग गरिएको छ। शिक्षकहरुले पेशागत संघसंस्था खोल्न पाउनुपर्ने भन्दै विधेयकमा त्यसमाथि रोक लगाउन खोजिएको गुनासो गरेका छन्।

    शिक्षकहरुले पाउँदै आएको औषधि उपचार खर्चसमेत विधेयकले कटौती गरेको शिक्षक महासंघको आरोप छ। विगतमा पाएको सुविधा कटौती हुने गरी कानुन बनाउन नपाउने शिक्षकहरुको माग छ।

    प्रधानाध्यापकको नियुक्ति स्थानीय तहलाई दिन नहुने महासंघको मागमा उल्लेख भए शिक्षकहरुले आपत्ति जनाएको यो विषयमा नयाँ शिक्षा विधेयक स्थानीय तहलाई पक्षपोषण गर्ने खालको छैन।

    विद्यालय व्यवस्थापन समितिको गठन, शिक्षकको दरबन्दी, सरुवा र कार्यसम्पादन मूल्यांकन जस्ता विषयलाई स्थानीय तहको मातहत राख्न नहुने महासंघको अडान छ। तर, प्रस्तावित विधेयकमा उनीहरुले दाबी गरेजस्तो स्थानीय तहलाई त्यतिधेरै अधिकार दिइएको छैन।

    प्रस्तावित विधेयकले जिल्ला शिक्षा कार्यालयसमेत ब्युँताएको छ, यसले स्थानीय तहको अधिकार कुण्ठित गर्ने भन्दै नगरपालिका र गाउँपालिका महासंघले असन्तुष्टि जनाइसकेका छन्।

    शिक्षक र स्थानीय तह दुबैतर्फको विरोधका बावजुद सरकार भने विधेयक पारित गर्ने पक्षमा छ।

  • संविधान दिवसको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका तिज  गीत  प्रतियोगिता

    संविधान दिवसको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका तिज गीत प्रतियोगिता

    चुरामणी तिमिल्सिना भाद्र ४

    संविधान दिवसको अवसरमा गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा तिजगीत प्रतियोगिता आयोजना गरिएको हो । ७ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रगतिशिल आमा समुह बलेट्क्सार प्रथम रेन्बो इंग्लिस बोडिङ स्कुल द्वितिय प्रगतिशिल स्वास्थ आमा समुह ले तृतीय स्थान हासिल गरेको हो । प्रतियोगितामा रुरु २ कि रोस्मी कुवरले उत्कृष्ट नृत्य हासिल गर्नुभएको हो ।


    गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवि गौतमको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथी रहनु भएको थियो । समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्वागत मन्तब्य राख्दै कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो। प्रतीयोगितामा जन प्रतिनिधि , राजनितिक दल बौद्धिक बर्ग सुरक्षा निकाय, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन दामोदर ज्ञवालीले गर्नु भएको थियो।

  • प्राविधिक समस्या  नभए आज रुरु कालीगण्डकी  अन्लाईन  तीज  नृत्यको नतिजा   सार्वजनिक  गरिने

    प्राविधिक समस्या नभए आज रुरु कालीगण्डकी अन्लाईन तीज नृत्यको नतिजा सार्वजनिक गरिने

    भाद्र  ३०

    महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा बिगत ३ वर्ष देखि रुरु क्षेत्र बाट सन्चालन भएको तेस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० को नतिजा आज साझ कुनै प्राबिधिक समस्या नआयमा अन्लाईन मार्फत सार्वजनिक गरिने रुरु सन्चारका अध्यक्ष तथा कार्यक्रम संयोजक चुरामणि तिमिल्सिनाले बताउनु भयो। तिमिल्सिना ले हिजै देखि नै भिडियो राख्ने समय सकिएको , सनिवार बिहान ७:बजे सम्मको लाइक कमेन्ट सियर र भ्युज मापन गरिएको बताउनु भयो।साझ करिव् ५ बजे सम्म सम्पुर्ण कार्य सकियो भने साझ नै नतिजा प्रकाशन गरिने समाचारमा उल्लेख गरिएको छ । यश प्रतीयोगितामा बिगतका भिडियो हरु भन्दा   धेरै परिमार्जन  सहित  सहभागी भएका मौलिक  प्रतिभाहरमा वृद्धि  भएको  र ६० जना नृत्यरहेको  अन्लाईन  खबरका सम्पदाक बिष्णु  प्रसाद पाण्डेले जान्कारी दिनु भयो  । यस्तै कालीगण्डकी  पोष्ट  डट्कमका   सन्चालक  तथा सम्पदाक यम सोमैले  पर्व लगत्तै  समय मिलाएर  औपचारिक  कार्यक्रमका साथ पुरस्कार वितरण  गर्ने  बताउनुभयो।