Category: समाचार

  • रुरु धाममा लाग्ने मकर सक्रान्ति   मेलाको तयारी  पुरा

    रुरु धाममा लाग्ने मकर सक्रान्ति मेलाको तयारी पुरा

    चुरामणि तिमिल्सिना   पुस  २९  रुरु धाम

    पाल्पा गुल्मी र स्याङ्जाको सङ्गम स्थल विश्वकै धार्मिक , पौराणिक , एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्य एक धाम रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ।

    तिन जिल्लालाई केन्द्र बिन्दु बनाइ यो मेला लाग्ने गर्दछ ।यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिन्छ । प्रत्येक वर्ष लाग्ने यो मेला तिन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ। पाल्पा जिल्ला तर्फ धार्मिक कार्यक्रम भजन कृतन ,पुजा पाठ ,भण्डारा , दान पुन्य , जस्ता कार्यक्रम बढि मात्रामा गरिन्छ।

    यस्तै गुल्मी तर्फ रुरु फ्रेन्डस कलब र फ्रेन्डस क्लब तथा स्थानिय आधा दर्जन भन्दा बढि संघ सस्थाको सहयोग र वडा र पालिका संग समन्वय गरि बृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी समेत पूरा गरिएको रुरु फ्रेन्डस क्लबका अध्यक्ष सोभित थापाले जानकारी दिनु भयो।

     

    यस्तै स्याङ्जा तर्फ यस वर्ष पनि युवाहरुको साथ सहयोगमा दोस्रो पटक वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी पूरा भएको वडा अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताउनु भयो। यो मेला पौराणिक मेला भएकोले कुनै पनि मेलाको आयोजना गर्न नपरेता पनि ब्यवस्थापन संरक्षण सुरक्षाका कारणले मेला लाई रौनकताका साथ आयोजना समेत गरिदै आइयको रुरु क्षेत्र गाउँ पालिका वडा न १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो । अध्यक्ष नवराजले मेला लाई ब्यवस्थापन र पुर्ण रुपमा सुरक्षाको प्रत्याभुति भक्तजनलाइ दिलाउन्को निम्ति वडा मार्फत पालिका जिल्ला प्रशासन जिल्लाका सुरक्षा निकाय सित सहकार्य गरेर अगाडी बढेको बताउनु भयो।

    मेलामा पाल्पा , गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, रुकुम, रोल्पा, काठमाडौ, दाङ , परासि , झापा , र इटहरी बाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने पौराणिक महत्त्व यो क्षेत्र तिन जिल्लाको संगम भएकोले कालीगण्डकी नदिमा स्नान गरि भगवान ह्षीकेशको दर्शन गर्ने दान पुन्य गर्ने जप तर्पण मार्जन गर्नाले देव ऋण पितृ ऋण र ऋषि ऋण बाट मुक्त हुने कुरा बराहा पुराणमा उल्लेख भए अनुसार यहाँ तीर्थ यात्रीहरु आउने गर्दछन। प्राय :गरि यसै दिन आफ्नो ग्रह शान्ति ग्रह दान , जोगिलाई दान गर्नको लागि यहाँ आउने पनि गर्दछन ।यसरि यहाँको यस दिन्को महत्त्व झलकाउन सकिन्छ ।

    यहाँ रुकुम बाट रुकुमेलिहरु भेडाका उन बाट बनेका चार पाटे काम्ला, लम्बरि काम्ला जुम्लाका अग्रजहरुहरुले जुम्लेलि सुइटर , टोपि, उनका सुइटर , राडि पाखि , उन्का आस्कोट, बिक्री गर्न आउने गर्दछन।

    यस्तै बाग्लुङको जलजला तथा पाल्पाको रैना देवि,अर्घाखाँचीको निहालि पटौति , गुल्मीको लुम्पेक , सत्यवती खैरेनि बाट डाला , सुपा , नाम्ला , चाल्ना हरु ब्यापार गर्न तथा हस्त सामग्रीको प्रदसनि गर्न रिडी मेलामा आउने गर्दछन । मेलामा रुकुम र रोल्पा बाट आउने हाजि , ओखर यहाँ किन बेच पनि हुने गर्दछ। यस्तै मेलामा पाल्पाको रिब्दीकोट ख्याहा बाट ख्यालि बन्चरो , हसिया उदाउने उधिन ढुंङगो , लघुवेलि तावा, हसिया सेल रोटि निकाल्ने जिर लगायतका सामाग्रीहरु यहाँ बिक्री स्थलमा राख्ने गरिनछ ।

    यहाँ धेरै जसो बुटवल लगायतअन्य स्थानबाट विभिन्न प्रकारका ताता कपडा लता कपडाहरु भान्सामा प्रयोग हुने सामग्रीहरु, गलैचा, तथा घरेलु ढाका तथा ढाका बाट बनेका अन्य सामग्रीहरु बाट ब्यापारीहरुले लाखौको आम्दानी गर्ने गर्दछन ।यति मात्र हैन यहाँ यस क्षेत्रकै पाहुरको रुपमा पठाइने गुल्मेलि गुड खुदो गुल्मेलि कफि लेकको टिमुर , बन्पाखाको बाको , पैचोको उत्पादन सिन्कि अचार ग्रामीण भेगमा पाइने महत्त्वपूर्ण तथा आर्युर्बेदिक औसधि पनि यहाँ ठुलो मात्रमा किन बेच हुने गर्दछ।

    यस वर्ष स्थानीय ब्यापारीहरु झविलाल ढकाल , कृष्ण ज्ञवाली बिष्णु सापकोटा र खिम प्रसाद गौतमले करिव ३० लाख भन्दा माथिको गुड तथा खुदोको ब्यापार हुने बताउनु भयो ।गाउँ घरबाट आउने सुन्तलाको मात्र करिव २५ लाखको सेरोफेरोमा ब्यापार हुने सन्केत देखिएको छ। मेला लाई आकर्षक बनाउन गुल्मी बाट आयोजना हुन गैइरहेको बृहत सास्कृतिक कार्यक्रमा राष्टिय कलाकार बाट बेजोड प्रस्तुती स्थानिय कला सस्कृति मौलिक परम्परा चर्के पिङ बचाका लागि रेल तथा जादु घर समेत तयारी गरिरहेको सहआयोजका तर्फबाट प्रयास कसजुले बताउनु भयो । मेला लाई लक्षित गर्दै नेपाल प्रहरीले शान्ति सुरक्षाको ब्यबस्थापनको निम्ति आफनो कार्यालय लाई आएको जिम्मेवारी पुरा गर्ने र ढुक्क सित मेला भर्न आउने भक्तजनलाई सुरक्षामा कमि हुन नदिने ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक अनिल थापाले बताउनु भयो । यस्तै मेलामा बढि मात्रमा ठुला देखि साना सवारी साधनहरुको अध्याधिक चाप हुने हुँदा अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडीका प्रहरी सहायक निरीक्षक नन्द बहादुर शाही ले बताउनु भयो।

    खालि स्थानमा पार्किङ को ब्यबस्थापन गरिने सडकका दाया बाया सवारी साधन लाई मिलाइ राख्ने आउने भक्तजनलाई कुनै पनि किसिमको झन्झट बेहोर्न नपर्ने बताउनु भयो। मेलामा गाउँमै कुदियका गिठिका ठेका टुनिका ठेका ठेकि यस्तै गिठिकै आरि बास्बाट बनेका बासका काइया मुडा , ढकिया , स्थानिय महिला समुहले बनायका अगबति विभिन्न परकारका अचार गुल्मी पाल्पा र स्याङ्जाको प्रसिद्ध आलु बाट बनेको चुकौनि बटुक फापरका परिकारहरु यस्तै सखर खन्ड पनि यहाँ किन बेच राम्रो भएको देखिन्छ । यता तीर्थ यात्री लाई मन्दिरमा दर्शनको निम्तो लाइनको प्रबन्ध मिलाइने मन्दिर क्षेत्रमा सिसि केमराको ब्यबस्थापन गरिएको सोधखोज तथा परामर्श सेवा दिने तयारी पनि पुरा गरेको मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराईले जानकारी दिनु भयो ।

  • कालीगण्डकी गाउँपालिका धगौती  बगरमा लाखौको  पुरस्कार  राशिको  भलिबल  प्रतियोगिता  हुँदै

    कालीगण्डकी गाउँपालिका धगौती बगरमा लाखौको पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

    माघे संक्रान्तीको अवसरमा कारीकोट स्पोर्ट्स क्लबद्वारा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्दै

    पुस -२९
    माघे -संक्रान्तीको अवसरमा कारीकोट स्पोर्ट्स क्लब कारिकोट स्याङ्जाद्वारा दोस्रो पालिका स्तरीय वडा अध्यक्ष पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। गुल्मी , पाल्पा र स्याङ्जाको संगमस्थल पवित्र स्थल रुरुक्षेत्रधाम अन्तर्गत ढगौतीबगरमा माघ १ गते देखि उक्त प्रतियोगिता हुने स्थानीय बम लामिछाने मगरले जानकारी दिनु भयो।

    उक्त पवित्र धार्मिक तथा पर्यटकीय स्थलमा कारिकोट स्पोर्ट्स क्लबले गत वर्ष देखि पालिका स्तरीय वडा अध्यक्ष पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको लामिछाने मगरले जानकारी दिनु भयो।

    उक्त प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरुस्कार रु १,११,१११ शिल्ड , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार रु ६६,६६६ शिल्ड , मेडल र प्रमाणपत्र , तृतीय पुरस्कार ३३,३३३ शिल्ड , मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार १७,७७७ शिल्ड , मेडल र प्रमाणपत्र रहेको छ। साथै खेल अवधिभर विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनुका साथै म्यान अफ द म्याचको समेत छनोट गरि पुरस्कृत र सम्मान गरिने लामिछानेले जानकारी दिनु भयो। प्रतियोगितामा सहभागिता हुनको लागि प्रत्येक समूहले रु ६,००० दर्ता शुल्क तोकिएको छ।

    यस्तै गरि महिला तर्फ प्रथम पुरस्कार रु ३०,००० शिल्ड , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार रु २०,००० शिल्ड , मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार १०,००० राखिएको छ। महिला समूह तर्फ शुल्क रु ३,५०० तोकिएको छ।

    उक्त प्रतियोगिताका लागि हिजो एक अनौपचारिक कार्यक्रम मार्फत पुरस्कार तथा ट्रफी सार्वजनिककरण गरिएको थियो। उक्त पुरस्कार तथा ट्रफी सार्वजनिककरण कार्यक्रममा राष्ट्रिय जनमुक्तिपार्टीका श्री बम लामिछाने , वडा अध्यक्ष कृष्ण लामिछाने , सचिल केहर राज कोइराला , वडा सदस्य मणिकलाल श्रेष्ठ , दिपा सिंजाली , स्थानीय समाजसेवी मोतीलाल घर्ती मगर लगायतको उपस्थिति रहेको थियो ।

  • सत्यवती गाउँपालिका गुल्मीको हिउँदे अधिबेशन शनिबार  बाट सुरु

    सत्यवती गाउँपालिका गुल्मीको हिउँदे अधिबेशन शनिबार बाट सुरु

    चुरामणि तिमिल्सिना   पुस  २९ गुल्मी

    गुल्मीको सत्यवती गाउँपालिकामा गाउँसभाको १४ औं अधिबेशनको पहिलो बैठक सम्पन्न भएको छ ।गाउँसभाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामु सचिव कमल प्रसाद भुसाल यस्तै वडाका अध्यक्षहरु कार्यपालिका सदस्यहरु वडा सदस्यहरु , पालिकाकाका कर्मचारीको सहभागीता रहेको थियो।

    सभामा बोल्दै सभाका अध्यक्ष टिकारम पाण्डे ले सभाका सदस्यहरुले राखेका जिज्ञासा लाई चित्त बुझ्दो जवाफ प्रदान गर्नुभएको थियो।
    सभामा छुट्टाछुट्टै समितिका संयोजकहरुले गत६ महिना अवधिमा गरेका कार्य प्रगति यस्का समस्या का विषयमा सम्मानित सभामा प्रस्तुत गर्नु भएको थियो।सभामा प्रस्तुत भएका विभिन्न प्रतिबेदनहरु सर्वसहमति रुपम पास समेत भएको हो ।

    यता सभाका अध्यक्ष टिकाराम पाण्डेले पछिल्लो समयमा यस पालिकामा हरेक बिकास निर्माणका कार्यहरु तीब्र रुपमा अगाडी बढेको , संघका कर्मचारी र प्रदेशका कर्मचारीहरु कम हुँदा कार्य सम्पदान गर्न असजिलो भएको , सडक पुर्वधार निर्माण खानेपानी जस्ता बिकास निर्माणका कार्य हरु लाई आर्थिक मसान्त भन्दा एक महिना अगाडी नै कामको मुल्यकन गरि भुक्तानी समेत प्रदान गरिने बताउनु भयो।

  • नाम गोप्य  राख्दै  सामाजिक  सेवामा   काम गर्दै   सत्यवतीका एक जन्प्रतिनिधि

    नाम गोप्य राख्दै सामाजिक सेवामा काम गर्दै सत्यवतीका एक जन्प्रतिनिधि

     गुल्मी…
    नाम गोप्य राखेर सामाजिक काम गर्दै गुल्मीका एक जनप्रतिनिधि ………..
    गुल्मी ,२८ पौष । सत्यवती गाउँपालिकाको कुनै एक वोडाका जनप्रतिनिधिले आफ्नो परिचय गोप्य राखेर आफुले निर्वाचनपछि राज्यबाट प्राप्त गरेको सेवा सुविधा मा आउने रकमको ५ प्रतिसत आफ्नो कार्यकाल अबधीभर सामाजिक सेवामा खर्चिने भएका छन् । गाउँपालिकाको अस्लेवा चौरमा अबस्थित श्री जनता मा बि को ५७औं बार्सिकोत्सबको अबसरमा गरिब तथा असाय, बालबालिका लाइ पठन पाठनमा सहज होस् भनी अक्ष्यकोष बाट संचालन हुने गरी बिद्यालयको खातामा ४५०० रुपैया जम्मा गरेका छन्। उनले आफ्नो कार्यकाल अबधीभर प्रतेक बर्ष यसरीनै बार्सिकोत्सबको अवसर पारेर बिद्यालयको खातामा ५ प्रतिसत रकम जम्मा गर्ने बिद्यालय लाई बाताएका छन्। तपाइँले आफ्नो परिचय किन गोप्य राख्न चाहनुहुन्छ भन्ने प्रस्नमा, उनि भन्छन, ”सामाजिक काम देखाउन भन्दा पनी तन र मनले गर्ने काम हो। आफ्नो मनको सन्तोषको लागी गरिने काम हो। म मेरो नाम भन्दा पनी काम संग सरोकार राख्ने व्यक्ति हु, मेरो परिचय गोप्य राख्दिनु होला ” उनि बताउछन। यी जनप्रतिनिधिबाट अन्य जनप्रतिनिधिले पनि केहि सिक्ने की ?

  • बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, नौ जना घाइते

    बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, नौ जना घाइते

    पुस २८, बाग्लुङ ।

    बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।

    दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

    दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा  पठाइयको छ ।

  • सम्पर्क  समाजले आयोजना  गरेको रनिङ  शिल्ड ज्ञवा मा  .वि ले   हात  पार्यो

    सम्पर्क समाजले आयोजना गरेको रनिङ शिल्ड ज्ञवा मा .वि ले हात पार्यो

    चुरामणि  तिमिल्सिना  पुस २८  गुल्मी

    बलेट्क्सार रुपन्देही सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको दोस्रो रुरु क्षेत्र गाउँपालिका माध्यमिक तह बिच रनिङ शिल्ड हाजिरी जवाफ प्रतियोगिता जनबोध माध्यमिक बिद्यालय मा सम्पन्न भएको छ । ६ माध्यमिक बिध्यालय बिच भएको शिल्ड प्रतीयोगिताम ज्ञवा बलेट्क्सार माध्यमिक बिद्यालय बलेट्क्सार गुल्मीले प्रथम स्थान हासिल गरेको हो।

     

    यस्तै प्रतियोगितामा रेन्बो इङलिस बोडिङ स्कुल बलेट्क्सारले दुत्तिय र रिडी माध्यमिक बिद्यालय रिडीले तृतीय स्थान हासिल गरेको हो। सर्म्पर्क समाजका अध्यक्ष कपिल ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो।

    ।समाजका उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवालीले कार्यक्रममा स्वागत मनतब्य राख्दै कार्यक्रममा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष ज्ञवालीले बिद्यार्थीको सर्वाङ्ग बिकासको लागी बौद्धिक प्रतिभाका कार्यक्रमहरु आवस्यक रहेकाले हरेक संघ सस्था ले बेला बखतमा आयोजना गर्नु पर्ने हरेक कार्यक्रम लाई आयोजक संघ पालिकाले हातेमालो गर्ने शिक्षा जस्तो महत्त्वपूर्ण विषयलाई गाउँपालिकाले पनि महत्त्वपूर्ण विषयका साथ बजेट को बिनियोजन गरेर अन्य बिद्यालय मा फरक धारका कार्यक्रमहरु सन्चालन गरिरहेको र नयाँ अभ्यासमा पनि आफ्नो टिम नै अगाडी बढेको बताउनु भयो।

    कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष तथा गाउँपालिका प्रभक्ता हरि प्रसाद ज्ञवाली वडा न ४ का वडा अध्यक्ष मोति प्रसादश्रेष्ठ , बिद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवाली अक्सफोर्ड स्कूलका बिर बहादुर क्षेत्री समाज सेवि मुक्त प्रसाद श्रेष्ठ ,ले आयोजक लाई रचनात्मक कार्यक्रम गरेर जन्मुमि लाई माया संगै सहयोग गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो।

    प्रतियोगितामा आयोजकले नै सुर्य प्रसाद ज्ञवाली र लक्ष्मी ज्ञवाली लाई प्राबिधिक टोलि साथै सचिवालयको जिम्मेवारी प्रदान समेत गरेर कार्यक्रमको आयोजना गरिएको थियो।
    अक्स्पोड सेकेन्डरी इस्कूल बुटवल रुपन्देही को प्रायोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमम्म सहभागी तथा बिजेता टिमलाई नगद सम्मान पत्र शिल्ड प्रदान गरिएको थियो कार्यक्रमको सन्चालन सचीव डिल्लिनारायण गौतम र सदस्य बरुण ज्ञवालीले गर्नु भएको थियो ।

  • दाङको भालुबाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

    दाङको भालुबाङ बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

    पुस २८

    दाङ

    दाङको भालुबाङ्मा बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

    बाँकेको नेपालगन्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजे पुलबाट राप्ती नदीमा खसेको हो । दुर्घटनामा अन्य १७ जना घाइते छन् ।

    दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

    धेरै जनाको बसले च्यापिएर मृत्यु भएको बताईएको छ । घाइतेहरुलाई उपचारका लागि लमही र राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीमा पठाइएको छ ।

    इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन ।

    बस पुलको रेलिङ भाँच्दै राप्ती नदीमा खसेको छ

  • छत्रकोटमा आत्मबोधले लगातार ५ औं पटक जित्यो रनिङ्ग शिल्ड, पालिकाले ब्यवस्थापनमा सहयोग गर्ने

     

    छत्रकोटमा आत्मबोधले लगातार ५ औं पटक जित्यो रनिङ्ग शिल्ड, पालिकाले ब्यवस्थापनमा सहयोग गर्ने
    पुस २६

    छत्रकोट गाउँपालिका गुल्मीको छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता हिजो सम्पन्न भएको छ ।

    छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड पनि आत्मबोध माध्यमिक बिद्यालय छत्रकोट गाउँपालिका ५ मानकोटले जितेको छ । यो संगै आत्मबोध माध्यमिक बिद्यालयले लगातार ५ औं पटक राष्ट्रपति रनिङ्ग शिल्ड जितेको हो ।

    पुस २३ गतेबाट बुढाचौर भेडुवामा संचालित प्रतियोगीतामा १२ स्बर्ण ९ रजत २ कास्यपदक प्रमाण पत्र र नगद रु २० हजार सहित आत्मबोध माध्यमिक बिद्यालय लगातार पाचौ पटक प्रथम, ४ स्बर्ण ३ रजत ४ कास्यपदक प्रमाण पत्र र नगद १६ हजार सहित श्रृङ्गा जनता माध्यमिक बिद्यालय छत्रकोट ४ दोस्रो र  ३ स्बर्ण १ रजत १ कास्यपदक प्रमाण पत्र र नगद रु १३ हजार ४ सय सहित सरस्वती माध्यमिक बिद्यालय छत्रकोट ३ तेस्रो भएका छन ।

    समारोह एवं गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बिजयी सबैलाई बधाई तथा धन्यबाद दिदै प्रतियोगितामा सहभागी सबै बिद्यालयलाई यातायत तथा खेल ब्यवस्थापनको लागि नगद रु ३० हजार सम्म उपलब्ध गराउने बताउनु भयो ।

    १४ बिद्यालय सहभागी प्रतियोगीतामा एथलेटिक्स र भलिबलका गरि २६ खेल खेलाईएको थियो ।

     

  • रुरु धाममा माघ  १ गते बाट गण्डकी  आरति हुदै

    रुरु धाममा माघ १ गते बाट गण्डकी आरति हुदै

    चुरामणि  तिमिल्सिना रिडी

    पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक तथा पर्यटकीय पवित्र तीर्थ स्थल रुरु क्षेत्र रिडीमा माघ १ बाट गण्डकी आरति हुने भएको छ । समाजसेवि ताराचन्द्र भट्टराईको अध्यक्षमा आरति सन्चालन ब्य्वस्थापन समिति गठन गरिएको छ जस्को सचिवमा चिरञ्जीवी ज्ञवाली रहनु भएको छ । समग्र रुपमा यहाँको प्रचारप्रसार गर्न आन्तरिक र बाह्य पर्यटक लाई अलि लामो समय भुलाउन यहाँको चिनारी गराउन धार्मिक पर्यटन प्रवर्धन गर्नक लागि यो अभियान लाई अगाडी सारिएको रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो । गङगाको महिमा र रुरुको महिमा बिस्वभरि परिचित हुँदा थप प्रचारप्रसारमा टेवा पुग्ने धर्म कर्म गर्न आउँदा भक्तजन्हरुले पनि सिको गर्ने हुँदा यस गण्डकी आरति लाई हाल पशुपति धर्मशाला लामो चौपारि बाट सन्चालन गरिने रुरु टोल बिकास समितिका संयोजक प्रेम भण्डारी ले जानकारी दिनु भयो।

  • गुल्मीमा ३० वर्षीय युवा मृत अवस्थामा फेला  १

    गुल्मीमा ३० वर्षीय युवा मृत अवस्थामा फेला १

    तिलाचन पाण्डे, पुस २४ गुल्मी ।

    गुल्मीमा ३० वर्षीय युवा मृत अवस्थामा फेला परेका छन् । चन्द्रकोट गाउँपालिका–१ का ३० वर्षीय प्रकाश खत्री मङ्गलबार मृत अवस्थामा फेला परेको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।

    सोमबारदेखि घरको सम्पर्कमा नरहेका खत्री घरदेखि दुई सय मिटर पश्चिममा आफ्नै खरवारीमा मृत फेला परेको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

    प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको र पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।