Category: समाचार

  • प्याब्सन गुल्मीको अंतरक्रिया  कार्यक्रम  सम्पन्न

    प्याब्सन गुल्मीको अंतरक्रिया कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना भदौ  ८

    प्याब्सन,गुल्मी द्वारा आयोजित संघीय शिक्षा विधेयक माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा सम्मान कार्यक्रम समपन्न भएको छ । उक्त विधेयकले निजि विद्यालयलाई कसरी सम्बोधन गरेको छ भन्ने जानकारी गराइएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्याब्सन केन्द्रीय उपाध्यक्ष,दिपिका थापा, विशिष्ट अतिथिको रुपमा सावित्रा ज्ञवाली, उपाध्यक्ष, छत्रकोट गाउँपालिका लगायत अतिथिहरुमा प्याब्सन केन्द्रीय सदस्यहरु,प्याब्सन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेको उपस्थिति रहेको थियो।

    सम्मान कार्यक्रममा रेन्वो ईङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुलबाट SEE २०७९ मा ३.९५ जि पि ए ल्याउन सफल विद्यार्थी निरज श्रेष्ठ र विद्यालय सम्मानित भएका थिए। गुल्मी जिल्ला प्याब्सनमा आवद्ध सबै १९ वटा निजि विद्यालयका प्रिन्सिपल वा प्रतिनिधिहरु सहभागि कार्यक्रमको अध्यक्षता प्याब्सन गुल्मीका अध्यक्ष राजु कुवरले गर्नु भएको थियो। प्याब्सन गुल्मीका उपाध्यक्ष योजन खत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा छत्रकोट गा पा उपाध्यक्ष सावित्रा ज्ञवालीले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा प्याब्सन प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेले र प्याब्सन केन्द्रीय उपाध्यक्ष दिपिका थापाले वर्तमान शिक्षा विधेयकको वारेमा स्पष्ट पार्नु भएको थियो।

    उहाँहरुले यदि राज्यले निजी विद्यालयको घाँटी निमोठ्न खोजे आफुहरु चुप लागेर नबस्ने र निजि विद्यालय पनि राष्टकै अंग भएकाले सरकारलाई अभिभावकको भुमिका खेल्दिन अनुरोध गर्नु भएको थियो। साथै, सरकारले निजि विद्यालय विना नेपालको शिक्षा पुर्ण हुन नसक्ने हुदा निजि विद्यालयका मागहरु सम्बोधन गरेर मात्र विधेयक संसदमा पेस गरिने आश्वासन प्रधानमन्त्रीले दिनु भएको जानकारी समेत उपाध्यक्ष थापाले दिनुभएको थियो । प्याब्सन प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेले यदि गुणस्तरीय शिक्षा दिन सके नेपालमा निजि विद्यालयको भविष्य राम्रो रहेको हुदा, समयको माग अनुसारको शिक्षा प्रदान गर्न सबै विद्यालयलाई अनुरोध गर्नु भएको थियो।

    छत्रकोट गाउँपालिकाको चोयगामा संचालित कार्यक्रम प्याब्सन गुल्मीका कोषाध्यक्ष सन्तोष चुडालीले गर्नुभएको थियो भने कार्यक्रममा रेन्वो ई.से.बो.स्कुल, बलेटक्सार र ग्रिनबड बोर्डिङ्ग स्कुल,विरवासका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए।

  • हराउनु भएकी पम्फा  झुन्डिएको  अवस्थामा मृत्यु  फेला

    हराउनु भएकी पम्फा झुन्डिएको अवस्थामा मृत्यु फेला

    भदौ  ८  रिडी चुरामणि तिमिल्सिना

    दुखद:खबर फलोअफ मात्र गरेका हौ धेरैले खोजी कार्यमा सहयोग गर्नु भयो तर उहाँ आजझुन्डिएको अवस्थामा फेला पर्नु भएको हो।

    रिमुवाकी पम्फा घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला

    गुल्मी जिल्ला रुरुक्षेत्रगाउँपालिका वडा ६ रिमुवा वर्ष ५५ कि पम्फा कुमारी पछाई केही दिन अगाडी देखि हराइ रहेको समाचार प्रकासन तथा प्रसारण गरेका थियौ तर उहाँ लाई आज स्थानीयले घर नजीक झुन्डिएको अवस्थामा देखेर घर परिवारलाई जानकारी गराएका हुन अहिले ईलाका प्रहरी कार्यालय रिडीको टोलि घटना स्थलमा पुगेको छ ।

    उहाँले घर बाट निस्किदा पत्र लेख्दै आफ्नो आर्थिक कारोबार मिलाउन नसकेको भन्ने पत्रको ब्य्वहारमा उल्लेख गर्दै मैले अन्तिम बिकल्प रोजेको पनि पत्रमा उल्लेख गरिएको वडाले जानकारी दिएको छ।

  • रुरु क्षेत्र  गाउँपालिकाले अब देखि  नगर प्रहरी राख्ने

    रुरु क्षेत्र गाउँपालिकाले अब देखि नगर प्रहरी राख्ने

    रुरुक्षेत्र गाउँपालिकामा भर्ती खुल्यो ।
    चुरामणि  तिमिल्सिना  भदौ ८
    रुरुक्षेत्र गाउँपालिका गुल्मीले नगर प्रहरी भर्ती गर्ने भएको छ ।

    पालिकाको नगर प्रहरी ऐन २०७९ र नगर प्रहरी संचालन कार्यबिधी २०७९ अनुसार हिजो बिहिबार बिभिन्न पदमा ५ जना नगर प्रहरीको पदपूर्तीको लागि सुचना जारी गरेको हो ।

    पालिकाले १ जना नगर प्रहरी सहायक निरिक्षक र खुल्ला,आदीबासी जनजाती,महिला र दलित कोटामा ४ जना नगर प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको सुचनामा उल्यख गरिएको छ । १५ दिने दरखास्त आह्वानन गरिएको सुचनामा भदौ २१ गते सम्म दरखास्त दिन सकिने उल्यख छ ।

    पालिकाका हरेक गतिविधिमा सहज पुर्याउन   पालिकाको   सम्पत्ति  संरक्षण  सचेतना जगाउन टोल बस्तीमा हुने विभिन्न  समस्याहरु बुझ्न   तथा हरेक गतिविधि लाई  सहजको लागि  नगर प्रहरीको अभ्यास  गरेको गाउँपालिकाका अध्यक्ष  यदु ज्ञवालीले  बताउनु भयो।

     

    यो पालिका सानो भएता पनि   भुगोल  तेति नमिल्दा गाउँघरमा हुने  विभिन्न  समस्याहरु बुझ्न  नेपाल  प्रहरी सित  नगर प्रहरीले   पनि सघाउने  हुँदा  यो आवस्यक    रहेको र गाउँका कुना कुनामा  सचेतना जनचेतना जगाउन पनि महत्त्वपूर्ण  भुमिका   आवस्यक  रहेकोले  नगर प्रहरी राख्न लागीएको पालिकाका प्रमुख  प्रशासकीय अधिकृत  लक्षमण पाण्डेले  रुरु सन्चार अन्लाईन  मिडिया लाई जान्कारी  दिनु भयो।

  • स्वास्थ  सस्थाहरुको  रुरुमा समिक्षा  कार्यक्रम

    स्वास्थ सस्थाहरुको रुरुमा समिक्षा कार्यक्रम

    चुरामणि तिमिल्सिना   भदौ  ७

    रुरुक्षेत्र गाउँपालिकमा स्वास्थ्य कार्यक्रमहरुको एकिकृत वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । आर्थिक वर्ष २०७९ /८० मा गरेका कामको जानकारी गराइएको थियो ।
    गाउँपालिकाका प्रत्येक वडाका स्वास्थ्य शाखाहरु, आयुर्बेद शाखा र सिङ्गो स्वास्थ्य शाखाले आर्थिक वर्ष भित्रगरेका विभिन्न कार्यक्रमहरुको जानकारी गराइरहेको थियो । प्रगति विवरण प्रस्तुत गर्दै स्वास्थ्य प्रमुखहरुले हाल भएका समस्याहरु पनि पालिका अध्यक्ष, उपाध्यक्ष र अधिकृत समक्ष जानकारी गराउनु भएको थियो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको थियोे । यस्तै उपाध्यक्ष मिना देवि गौतम वडा नं. २ का वडा अध्यक्ष घनश्याम अर्याल, वडा नं. ३ का वडा अध्यक्ष शेषनारायण पौडेल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, शिक्षा शाखा प्रमुख झविलाल बि.क., जनस्वास्थ्य अधिकृत सम्झना अधिकारी, तथ्यांक अधिकृत मदन पाल कार्यपालिका परिवार लगायतको आतिथ्यता रहेको थियो। जनस्वास्थ निरीक्षक इन्द्रदेव पौडेलले स्वागत गर्नुभएको थियो ।
    कार्यक्रममा अधिकृत पौडेलले हरेक नागरिकले स्वास्थ्य संस्थाबाट राज्यले प्रदान गरेका निशुल्क औषधिहरु सजिलै उपलब्ध गराइने , साना तिना समस्यालाई पालिकाले सहजीकरण गर्ने, मासिक बैठकमा विषयबस्तुका साथ प्रतिबेदन तयार गरि पालिकामा पठाउने काम लाई निरन्तर दिन आग्रह गर्नु भयो ।
    कार्यक्रम लाई समापन गर्दै अध्यक्ष ज्ञवालीले स्वास्थ्य जस्तो बिषयमा खेलवाड नगरि गम्भीरताका साथ लाग्नुपर्ने औषधि कुनै पनि समयमा कमि हुन नदिने गरेका हरेक काम लाई प्रतिबेदन सहित तयारी गर्ने नागरिकका हरेक समस्याहरुको समाधान गर्न सिङ्गो पालिका लाग्दै आएको बताउनु भयो ।कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा हेल्थ असिस्टेन्ट अमृत ज्ञवालीले गर्नु भएको   थियो।

  • बस दुर्घटनामा ८जनाको ज्यान गयो

    बस दुर्घटनामा ८जनाको ज्यान गयो

    काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका २ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

    धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए।

    मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् । घाइते ८ जनाको उद्धार भएको छ।

    गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन् । ‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्।

  • दीपमा नवगन्तुक विद्यार्थीलाई  स्वागत

    दीपमा नवगन्तुक विद्यार्थीलाई स्वागत

    दीपमा  नवगन्तुक विद्यार्थीलाई स्वागत
    भदौ–२, बुटवल ।
    पुरुषोत्तम पाण्डेय

    बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमबिच स्वागत गरिएको छ ।

    विद्यालयको कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सिद्धार्थ कटेजमा गरिएको स्वागत कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनोसहित स्वागत गरिएको हो ।
    सो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा १२ को बोर्ड परीक्षामा विज्ञान सङ्कायबाट ३.७५ जिपिए ल्याई प्रथम हुने शर्मिला पन्थी, ३.६६ जिपिए ल्याई द्वितीय हुने अनिल घिमिरे, ३.६५ जिपिए ल्याई तृतीय हुने प्रवीन भट्टराई तथा व्यवस्थापन सङ्कायबाट ३.७२ जिपिए ल्याई प्रथम हुने सुस्मिता थापा र तारा सुनार, ३.६६ जिपिए ल्याई द्वितीय हुने सुजल थापा मगर र ३.६५ जिपिए ल्याई तृतीय हुने कृति न्यौपानेलाई पुरस्कृत गरिएको थियो भने आफ्नो विषयमा शतप्रतिशत र अब्बल नतिजा ल्याउन योगदान पु¥याउनुहुने शिक्षकहरूलाई सम्मान गरिएको थियो । विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीमध्ये १० जनाले ए प्लस, ५४ जनाले ए, १०१ जनाले बि प्लस, २७ जनाले बि र १ जनाले सि प्लस ग्रेडसहित ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले दीप बोर्डिङले गुणस्तरीय विद्यार्थी उत्पादन गरी शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो भने अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली र वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनीले विद्यालयको शैक्षिक उन्नयनको शुभकामना व्यक्त गनुृभएको थियो ।
    विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी बिराज पौडेलको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको प्रमुख आतिथ्यता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही ध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का ध्यक्ष यज्ञप्रसाद पङ्गेनी, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य वसन्तकुमार जोशी, वि.स.समिति सदस्य तथा लेखा प्रमुख रेखा श्रेष्ठ, प्रवीन श्रेष्ठ, विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ११ र १२ का सहसंयोजक अमर खत्री लगायत तहगत संयोजकहरूको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ११ की अविप्सा आचार्यले स्वागत, कक्षा ११ की कसिस पाठकले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

    हास्यव्यङ्ग्य कलाकार विष्णु जी पाण्डे माइलाबाको विशेष प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन र विविध रमाइला प्रस्तुति दिएका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थी द्वय आशिका भुसाल र वसन्त पौडेलले गरेका थिए ।

  • मुसिकोट नगरपालिका  गुल्मी वडा न १ का वडाध्यक्ष  घिमिरे मृत  अवस्थामा

    मुसिकोट नगरपालिका गुल्मी वडा न १ का वडाध्यक्ष घिमिरे मृत अवस्थामा

    रिडी भदौ २ / गुल्मीको मुसिकाेट नगरपालिका वडा नं १ का वडाध्यक्ष माेहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

    बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    सुक्रवार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केकाे पारिवारिक श्राेतले जनाएकाे जिल्ला प्रहरी कार्यालयले बताएको छ।

    घिमिरे नेपाली कांग्रेस मुसिकाेट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन।

  • आफैले बोकेको भरुवा बन्दुक पड्कीदा एक जनाको अर्घाखाँचीमा मृत्यु

    आफैले बोकेको भरुवा बन्दुक पड्कीदा एक जनाको अर्घाखाँचीमा मृत्यु

    घनश्याम पौडेल
    अर्घाखाँची, २६ साउन । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा एक जनाको ज्यान गएको छ । आफैले बोकेको एकनाले भरुवा बन्दुक पड्कीदा एकको मृत्यु भएको हो ।

    भुमिकास्थान नगरपालिकाको वडा नं. ७ पानडाडाँमा बस्ने वर्ष ४५ का पदम केसी आफैले बोकेको भरुवा बन्दुक एक्कासी पड्कन गई दाहिने कोखामा लागेको थियो ।

    बन्दुक पड्कीएपछि घाईते भएका केसी उपचारको लागी सन्धिखर्कमा आएका थिए । अर्घाखाँची अस्पतालमा ल्याईएका केसीलाई अर्घाखाँची अस्पतालले मृत घोषणा गरेको स्वास्थ्यकर्मी तथा पत्रकार अशोक चौहानले जानकारी दिए ।

  • तेस्रो रुरु कालीगण्डकी अनलाइन तिज गित नृत्य प्रतियोगिता हुने  आउँदो शनिवार  बाट

    तेस्रो रुरु कालीगण्डकी अनलाइन तिज गित नृत्य प्रतियोगिता हुने आउँदो शनिवार बाट

    तेस्रो रुरु कालीगण्डकी अनलाइन तिज गित नृत्य प्रतियोगिता हुने

    साउन -२५
    रुरु धार्मिक सेवा सञ्चार प्राइभेट लिमिटेड र कालीगण्डकी पोस्ट डटकमले आउदो श्रावण २७ गते देखि तेस्रो रुरु -कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिताको शुभार्म्भ गर्ने भएको छ । रुरु क्षेत्र धाममा प्रधान कार्यालय राखेर विभिन्न कार्यक्रम गर्दै आएको प्रालिले यश बर्ष पनि बिगतका बर्षहरुमा जस्तै सामाजिक सन्जालबाट खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने प्रालिका अध्यक्ष चुरामणि तिमिल्सिनाले बताउनु भयो। तिमिल्सिनाले गाउँमा लुकेका प्रतिभाहरु लाई सामाजिक सन्जाल बाट प्रचारप्रसार गर्न र नयाँ-नयाँ खोजी प्रतिभाको बिकास कला सस्कृतीको संरक्षण मौलिक प्रतिभा लाई स्थान दिन बिगतका दिनमा गरिएको कार्यक्रमले निकै नै सफलता प्राप्त गरेकोले बिगत बर्ष जस्तै यश बर्ष पनि यो कार्यक्रमको आयोजना गर्न लागीएको बताउनु भयो।

    महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आउँदो शनिवार कार्यक्रमको उद्घाटन गरि भाद्र २९ सम्म कार्यक्रम सन्चालन गरिने र तिजकै आसपासमा नतिजा प्रकाशन प्रसारण पनि गरिने कालीगण्डकी पोस्टका सम्पदाक यम सोमैले जानकारी दिनु भयो । अनलाईन तिज कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र समेत बितरण गरिने र विभिन्न बिधाका पुरस्कारहरु राखी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गरिने मौलिक प्रतिभालाई मध्य नजर गरि विशेष पुरस्कर प्रदान गरिने, नतिजाका आधार हरु पनि केही दिन्मा सार्वजनिक गरिने रुरु सञ्चार अनलाइन खबरका सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो।

  • पाल्पामा डेङ्गु संक्रमणबाट १ महिलाको मृत्यु

    पाल्पामा डेङ्गु संक्रमणबाट १ महिलाको मृत्यु

    पाल्पा । डेङ्गु संक्रमणका कारण पाल्पामा १ जना महिलाको निधन भएको छ । डेङ्गुकै कारण तानसेन नगरपालिका– ६ की ६९ वर्षीया महिलाको आइतवार निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    मिसन अस्पतालमा उपचारको क्रममा उहाँको आइतवार साँझ निधन भएको हो । उहाँमा एकसाताअघि डेङ्गु संक्रमण पुष्टि भएको मिसन अस्पतालले जनाएको छ ।

    पछिल्लो एक महिनायता पाल्पामा १५ जना भन्दा बढी मानिसमा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले बताउनुभयो ।