Category: समाचार

  • नेपाल पुस्तक व्यवसायी संघ गुल्मीले ब्यसायीहरु लाई एकिवद्धता गर्दै

    नेपाल पुस्तक व्यवसायी संघ गुल्मीले ब्यसायीहरु लाई एकिवद्धता गर्दै

    चुरामणि तिमिल्सिना। नेपाल पुस्तक तथा स्टेस्नरी ब्यबसायी महासघ जिल्ला साखा गुल्मीले गाउँटोल तथा बजारी क्षेत्रमा आबद्ध नभइ सन्चालन गरेका ब्यबसाय हरु , नवीकरण तथा घर दैलोमा परिचय पत्र र प्रमाणपत्र बितरण कार्यक्रम समपन्न गरेको छ ।
    जिल्ला शाखाले बलेटसार, तम्घास, धुर्कोट,पुर्कोट,मदाने, मालिका, मुसिकोट, चन्द्रकोट ,सत्यवत्तिमा प्रमाणपत्र बितरण गरेको हो। जिल्लामा झन्डै १०० को हाराहारीमा ब्यबसायी सन्चालनमा रहेका छन।

    सस्थाले सन्चालाकहरुको गुनासो सुन्ने सम्बन्धि निकाय सम्म पुर्याउने पुस्तक छापाखाना सम्म आफ्ना ब्यबसायिकहरु लाई चिन्जान गराउने दर भाउ तथा अंतरकृया कार्यक्रम गर्दै आयको साखा अध्यक्ष सुबर्णलाल कक्षपतिले जानकारी दिनु भयो।
    घुम्तेटोलिमा जिल्ला अध्यक्ष सुबर्ण लाल कक्षपती , उपाध्यक्ष राम बाह्दुर श्रेष्ठ , सचिब गोपाल बस्नेत र कोषाध्यक्ष पदम बा थापा रहनु भएको थियो ।ब्यबस्थायिहरुको हक र हित्को लागि खोलियको महासङ्गघले शैक्षिक बर्ष सुरु हुँदा कुनै पनि बिद्यार्थीलाई पुस्तक तथा सैक्षिक सामाग्रीमा कमि नहोसभनेर टोलिले परामर्श पनि गर्दै हिडेको हो बाकी रहेका गाउँपालिकामा पनि अब लगत्तै टोलि गयर काम गर्ने शाखाले जानकारी दियको छ ।

  • रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ

    रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ

    रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ भएको छ ।जनचेतना युवा मंच पाल्पाको आयोजना र तानसेन नगरपालिका पाल्पाको सहकार्यमा मेला आयोजना गरिएको हो।
    मेलालाइ सम्बोधन गर्दै लुम्बिनी प्रदेशका कृषि मन्त्री सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा प्रदेशका कार्यक्रमहरु निरन्तर संचालन भएकाले आफ्नो कार्यालयबाट अनुगमन गरिरहेको , किसानको मागको आधारमा बजेट बिनियोजन गरिएको , हरेक युवा बर्गहरु लाई स्वदेशमा नै रोजगार दिलाउन कृषि कार्यक्रमका लागि ठुला ठुला बजेटको ब्यबस्थापन गरिएको बताउनु भयो ।
    समारोहमा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष कमल राना वडा सदस्यहरु बिष्णु रेग्मी सीता ज्ञवाली रमेश न्यौपाने विशिष्ट अतिथी रहनु भएको थियो कार्यक्रममा ,राजनैतिक दलका प्रमुखहरु पत्रकार सुरक्षा निकाय महिला समुह विभिन्न संघ सस्थाका प्रमुखहरु धार्मिक अभियानताहरुको आथित्यता रहेको थियो
    कार्यक्रममा वडा न १४ का वडा अध्यक्ष कमल रानाले मेलाको विषयमा प्रष्ट पार्दै धार्मिक पौराणिक महत्त्वपूर्ण तथा यश भेगमा कृषिमा भएका उप्लब्धी माथी चर्चा गर्नु भएको थियो।
    उत्घाटन सत्रमा सस्कृती झलकने पाल्पाको फागु गित रचुडका भजन प्रस्तुत गरियको हो । मेलालाई आकर्षक बनाउनको लागि कृषि प्रदसनी राष्टिय कलाका स्थानिय कलाकाको बेजोड प्रस्तुति रहने छ महोत्सव चैत्र २७ गते सम्म सन्चलन हुने छ ।कार्यक्रमको सन्चालन पत्रकार भुवन भुसालले गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य वडा न १४ का वडा सदस्य बिष्णु रेग्मीले गर्नु भएको थियो , कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष अर्जुन कौसलले गर्नु भएको थियो।
  • टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

    टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

    काठमाडौं– पछिल्लो समय नेपालमा पनि टर्किस नाटकहरु लोकप्रिय बन्दै गइरहेका छन् । नेपाली युवापुस्ताको एउटा जमातमा टर्किस ड्रामाको खुबै फ्यान फलोइङ छ ।

    यस्तै ‘एर्तुग्रुल’ नामक टर्किस ड्रामाले केही वर्षअघि पाकिस्तानी टेलिभिजन क्षेत्रमा पनि ठूलो चर्चा कमाएको थियो । उस्मानी साम्राज्यका संस्थापक ओसमान गाजीका बाबु भनी विश्वास गरिने एर्तुग्रुल गाजीको जीवनीमा आधारित यो ऐतिहासिक टर्किस ड्रामा उर्दू भाषामा पाकिस्तानी टेलिभिजनमा रिलिज भएपछि यसको चर्चा अझ चुलिन पुग्यो ।

    यो टर्किस ड्रामा फेरि चर्चाको शिखरमा छ । तर अहिले यो चर्चामा आउनुको कारण भने केही अपत्यारिलो छ । एर्तुग्रुलमा एर्तुग्रुल गाजीकी श्रीमती हालिमे हातुनको भूमिका निभाएकी अभिनेत्री एर्जा बिल्गचले भित्री वस्त्रको विज्ञापन खेलेपछि एर्तुग्रुलका पाकिस्तानी फ्यानहरु आक्रोशित भएका हुन् ।

    उनले फेसन ब्राण्ड भिक्टोरिया सिक्रेटको भित्री वस्त्रको विज्ञापन खेलेकी थिइन् । यसबारे उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेपछि सामाजिक सञ्जालका पाकिस्तानी प्रयोगकर्तामाझ उनले खेलेको विज्ञापनलाई लिएर खैलाबैला नै मच्चियो ।

    ‘हे ईश्वर ! एर्तुग्रुल भाइको नाक काट्यौ’ एकजना पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘समुदायको इज्जत तिम्रै हातमा थियो, हालिमे’ लेखेका छन् ।

    अर्का प्रयोगकर्ताको टिप्पणी छ, ‘हालिमे यो के गर्दैछौ ? एर्तुग्रुल सरदारले तिमीसँग यसैका लागि बिहे गरेका थिए ? तिम्रा छोरा ओसमान बेले अविश्वासीहरुसँग बहादुरीपूर्वक लडेका थिए र तिमी यहाँ यो गरिरहेकी छौ ? ईश्वरले माफ गरुन्, ईश्वरले माफ गरुन् ।’

     

  • माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर

    माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर

    डडेल्धरा- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए ।

    ‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले भने, ‘माओवादी र समाजवादीलाई बनाउनका लागि कार्यकर्ताको भावना विपरीत काम गर्ने कुरा पनि भएन ।’ उनले अरूका लागि आफ्नो घरमा आगो नलगाइने बताए ।

    ‘केन्द्रले जस्तोसुकै निर्णय गरे पनि सबैले त्यसलाई मान्नु पर्छ भन्ने हुँदैन,’ उनले भने, ‘अन्य ठाउँमा गठबन्धन गर्नुपर्ने स्थिति हुन पनि सक्छ । तर, सुदूरपश्चिममा गठबन्धन घातक हुने छ । यहाँ कांग्रेस एक्लै चुनाव लड्छ र पहिलो पार्टी बन्छ ।’

    पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारमा दुई पार्टीले मनोमानी गरेको आरोप लगाए । पार्टीको केन्द्रीय निर्णय अनुसार सुदूरपश्चिममा कांग्रेसले सरकारलाई समर्थन दिएको भए पनि हाल सम्म दुई पार्टी माओवादी र समाजवादीले मनमानी गरेर सरकार चलाएको भन्दै उनले कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा हेरिएको बताए ।

    ‘केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धनको तालमेल भनिएको छ,’ उनले भने, ‘तर हाम्रो प्रदेशमा कांग्रेसलाई बाहिर राखेर दुई दलको एकलौटी छ, कांग्रेसले उनीहरूलाई चुनाव जिताउन मात्रै किन तालमेल गर्ने ?’

    उनले दुईदलको मनमानी यस्तै भए प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता दिने दाबी समेत गरेका छन् । सभापति बलायरले यसअघि पनि पटक–पटक सुदूरपश्चिममा कसैसँग चुनावी तालमेल नहुने बताइसकेका छन् ।

    बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए । ‘प्रचण्ड र माधव जीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं,’ उनले भने, ‘हामी कार्यकर्ताको भावना अनुसार अघि बढ्ने छौं ।’

  • पहिलो खेलमा नेपालको शानदार जीत, पपुवा न्युगिनी १५ रनले पराजित

    पहिलो खेलमा नेपालको शानदार जीत, पपुवा न्युगिनी १५ रनले पराजित

    काठमाडौं- त्रिकोणात्मक टि ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ ।

    नेपालले दिएको १८४ रनको लक्ष्य भेट्टाउन नसकेपछि पपुवा न्युगिनी पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । नेपालका लागि असिफ शेखले ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

    १८४ रनको लक्ष्य लिएर मैदान उत्रेको पपुवा न्युगिनीले खेल सकिन ४ बल बाँकी छँदै सबै विकेट गुमाएर केबल १६८ रनमात्र जोड्न सक्यो ।

    नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । त्यस्तै, अविनाश बोहोराले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

    मलेशिया समेत सम्मिलित श्रृङ्खलाको दोश्रो खेल भोलि मलेशिया र पपुवा न्युगिनीबीच कीर्तिपुर मैदानमा हुनेछ ।