जबर्जस्ती करणी अभियोगमा गुल्मी मुसिकोटका एकजना पक्राउ

गुल्मी । जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका १ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका छन् । गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार…

मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ हटियामा लु ६ प २०२० नम्बरको मोटरसाइकल दुर्घटना हुादा २६ वर्षीय लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार सोमबार…

साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीड

काठमाडौँ । साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ। आज बिहानैदेखि पशुपति लगायत देशभरका शिव मन्दिरमा भक्तालुजनहरूको पूजाअर्चनाका लागि भीड लागेको हो। काठमाडौँको पशुपतिनाथको मन्दिरमा पनि भक्तजनहरूको उल्लेख्य भीड रहेको छ। साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव)…

न्याय परिषद्को बैठक बस्दै

काठमाडौं । आज सोमबार न्याय परिषद्को बैठक बस्दै छ। न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो। बैठक दिउँसो १ बजेका लागि तय भएको न्याय परिषद् सचिवालयले जनाएको छ। प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने…

भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

काठमाडौं । भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सत्तारूढ दलकी साझा उम्मेदवार अगाडि देखिएकी छन्। सत्तारूढ…

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

बुटवल । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन। लुम्बिनी…

आज देखि नयाँ आर्थिक वर्ष सुरु : यस्ता व्यवस्थाहरु लागु हुदै

काठमाडौं । आज देखि नयाँ आर्थिक वर्ष २०७९ ८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्। आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू…

आज साउने संक्रान्ति :लुतो फाल्ने दिन

काठमाडौं । आज साउने संक्रान्ति पर्व हरेक नेपालीको घरघरमा मनाइँदैछ। सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउन लागिएको हो। सूर्यले मिथुन राशिको भोग पूरा गरी…

आइतबार : सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

काठमाडौं । हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको…

पछिल्लो तीन महिनामा विपदका कारण १२१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१ जनाको मृत्यु भएको हो । यो तीन…