गाउँपालिका द्वारा उपचाररत खत्रीलाई सहयोग हस्तान्तरण
श्रावण -३,२०८०
प्युठान।
प्युठानको माण्डवी गाउँपालिकाले वडा नं.-१ उपल्लो सिमलचौर निवासी ७६ वर्षिय खगि देबी खत्रीको घरमा पुगि सहयोग रमक हस्तान्तरण गरेको छ ।आज गाउँपालिका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,१ नं.वडा अध्यक्ष बाम बहादुर बुढा,वडा सदस्यहरु खिम बहादुर राहु मगर ,ऋषि अधिकारी लगायतको उपस्तिथिमा जलेर उपचाररत खत्रीलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । बिरामीलाइ उपस्थित जनप्रतिनिधि र व्यापारी गगन ठेडि,लक्ष्मन ठेडि लगायतले आर्थिक सहयोग गर्नु भएको वडा नं.-१ का अध्यक्ष बुढाले बताउनु भयो। खत्रीको गत बैशाख १८ गते घरायसी कामको क्रममा आगोले पोलेर मुनिको भाग जलेको थियो । आर्थिक सहयोग हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले स्थानीय सरकार सधै जनताको साथमा रहेको समेत बताउनु भयो ।
Category: समाचार
-

गाउँपालिका द्वारा उपचाररत खत्रीलाई सहयोग हस्तान्तरण श्रावण
-

डेङ्गु सङ्क्रमण बढ्यो,एक हप्तामा एक हजारभन्दा डेङ्गुका बिरामी भेटिए ।लुम्बिनी प्रदेशमा एक सय ३४ जनालाई सङ्क्रमण ।
डेङ्गु सङ्क्रमण बढ्यो,एक हप्तामा एक हजारभन्दा डेङ्गुका बिरामी भेटिए ।लुम्बिनी प्रदेशमा एक सय ३४ जनालाई सङ्क्रमण ।
डेङ्गु सङ्क्रमण बढ्यो,एक हप्तामा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिए ।लुम्बिनी प्रदेशमा एक सय ३४ जनालाई सङ्क्रमण ।साउन ३
पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको छ। पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो। एक हप्ता यता सङ्क्रमण बढेको बताईएको छ।
लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ। पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको बताईएको छ।
डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु सङ्क्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन्।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकोमा साउन १ गते सम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।
यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा सङ्क्रमण देखिएको छ।
-

जंगली च्याउ खादा एक जनाको ज्यान गयो
जंगली च्याउ खादा एक जनाको ज्यान गयो
रोल्पामा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो ।
उनको हिजो मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीय बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीय दिलमाया विक, ६ वर्षीय आकृति विक र २३ वर्षीय ऋतु विक बिरामी भएका थिए ।
बिरामी भएपछि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल रिफर गरिएको थियो ।
-

सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीलाई नि शुल्क तीन वर्षे प्राविधिक विषय अध्यापन गराउने
डिबी खड्का -साउन २ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका ८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराउने भएको छ । एसईई पछि पशु तथा बाली विज्ञान क्षेत्र तर्फ डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि गाउँपालिकाले सो अवसर प्रदान गरेको हो । जुन अवसर लिन साउन १० गते भित्र आवश्यक कागजात सहित पालिकामा उपस्थित हुनु पर्नेछ ।
कृषि र पशुपालन क्षेत्र तर्फ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादन भएको जनशक्तिलाई गाउँमै परिचालन गर्ने उद्देश्यले योजना अगाडि सारेको गाउँपालिकाका पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले बताए ।
यस आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरि गाउँपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएर कार्यान्वयनको चरणमा पुगेको अध्यक्ष टिकाराम पाण्डेले बताए ।
साथै यस कार्यक्रमको प्रतिफल अनुसार आगामी दिनमा पनि थप नयाँ ढंगले परिमार्जन गर्दै लागू गर्ने आफुहरुको योजना रहेको अध्यक्ष पाण्डेले उल्लेख गरे ।
प्राविधिक शिक्षा अध्ययन पछि विद्यार्थीले समयमै रोजगार पाउनुका साथै कृषि र पशुपालन क्षेत्रमा सहयोग पुराउने अपेक्षा गाउँपालिकाले लिएको छ ।
विद्यार्थीको प्राप्त अङ्गका आधारमा प्रत्येक वडा बाट एक/एक जना पर्ने गरि छनोट गरिनेछ, यद्यपि कुनै वडा बाट विद्यार्थी सहभागी नभएको खण्डमा भने समग्र प्राप्त अङ्गको आधार विद्यार्थी छनोट हुने गाउँपालिकाले जनाएको छ।
विद्यार्थीको जाँच चन्द्रकोट गाउँपालिका स्थित तुराङ्ग बहुप्राविधिक शिक्षालयले लिनेछ भने विद्यार्थीले तीन वर्षे प्राविधिक कोष पनि सोही शिक्षण संस्थामा अध्ययन गर्नेछन । -

जन्मदिनमा दृष्टिविहिन विद्यार्थीलाई सहयोग
विजयकुमार बौडेल –
साउन – तानसेन १० तेल्घा निवासी पत्रकार खेमराज पाण्डेयले जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।
पत्रकार पाण्डेयले दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडाका दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । पाण्डेयले यस बर्ष दृष्टिविहिन विद्यार्थीहरुको उत्प्रेरणाका लागि आफ्नो जन्मदिनमा सामाजिक काम गरेर मनाउन पाउँदा निकै खुशी लागेको पाण्डेयले बताउनुभयो । पाण्डेयले आफुले गरेको सानो कामले दृष्टिविहिन विद्यार्थीहरुको पढाई र जिवनयापनमा सहयोग होस् भनेर विद्यालयमा अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
पाण्डेयले ५ हजार ७ सय २५ रुपैंया दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । दमकडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले विभिन्न पार्टी र भोजहरुमा गर्ने खर्च दृष्टिविहिन विद्यार्थीहरुका लागि हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । सापकोटाले अक्षयकोषको रकम उचित र प्रभावकारी कामका लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पाण्डेयले आगामी जन्मदिनहरु पनि सामाजिक कार्य गरेर मनाउने प्रतिवद्धता जनाउनुभएको छ
-

जन्मदिनमा दृष्टिविहिन विद्यार्थीलाई सहयोग
विजयकुमार बौडेल –
साउन – तानसेन १० तेल्घा निवासी पत्रकार खेमराज पाण्डेयले जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।
पत्रकार पाण्डेयले दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडाका दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । पाण्डेयले यस बर्ष दृष्टिविहिन विद्यार्थीहरुको उत्प्रेरणाका लागि आफ्नो जन्मदिनमा सामाजिक काम गरेर मनाउन पाउँदा निकै खुशी लागेको पाण्डेयले बताउनुभयो । पाण्डेयले आफुले गरेको सानो कामले दृष्टिविहिन विद्यार्थीहरुको पढाई र जिवनयापनमा सहयोग होस् भनेर विद्यालयमा अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
पाण्डेयले ५ हजार ७ सय २५ रुपैंया दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । दमकडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले विभिन्न पार्टी र भोजहरुमा गर्ने खर्च दृष्टिविहिन विद्यार्थीहरुका लागि हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । सापकोटाले अक्षयकोषको रकम उचित र प्रभावकारी कामका लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पाण्डेयले आगामी जन्मदिनहरु पनि सामाजिक कार्य गरेर मनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
-

बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
श्रावण १, २०८०
बैतडी,साउन १ गते । बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दशरथचन्द नगरपालिका –६, सनकट्यामा सोमबार बेलुकी दुर्घटनामा परेको ट्याक्टर सनट्या भिरमा खस्दा चालक सुलेन चौधरीको मृत्यु भएको हो ।
सोमाबर अपरान्ह दशरथचन्द नगरपालिका–२, देहिमाण्डौंबाट निर्माण सामग्री बोकेर दशरथचन्द नगरपालिका–६ तर्फ जाँदै गरेको सुप प्र ०१००–२ प ६३८९ को ट्याक्टर बेलुकी ६ः ४५ बजे दुर्घटना हुँदा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताउनुभयो ।
ट्याक्टर सनकट्या भिरबाट करि तीन सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली खटिएको छ । -

गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु
साउन १, २०८०
गुल्मी – गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आज साेमवारदेखि साउने मेला शुरु भएको छ । साउन महिनाको पहिलो दिन सोमवारे औँसी पर्वको अवसरमा आज बिहानैदेखि रेसुङ्गामा श्रद्धालुहरूको भिड लागेको छ ।साउन महिनामा रेसुङ्गामा पुगेर महापोखरीमा स्नान गरी यज्ञशाला मन्दिरमा पूजाआजा गर्नेहरूको घुइँचो लाग्ने गर्दछ । विशेषगरी साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा एक महिने धार्मिक मेला सञ्चालन गर्दै आएकाे छ । अन्य महिनाको तुलनामा साउन महिनाको सोमवारका दिन श्रद्धालुकाे भिड लाग्ने गर्दछ ।
त्रेता युगदेखि यस क्षेत्रको महत्त्व अहिलेसम्म पनि कायम रहेको हुँदा यसको महत्त्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयाे । त्यही आस्था र विश्वासका कारण रेसुङ्गा क्षेत्रमा गुल्मीसहित पाल्पा, बाग्लुङ, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाहरूबाट आउने श्रद्धालुहरूको बर्सेनि घुइँचो लाग्ने गर्दछ । साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहुँ हवन, रुद्री, गीता र चण्डी पाठका साथै रातभर भजन किर्तन हुने गर्छ ।
रेसुङ्गा नगरपालिकाले शुरु गरेको ‘जाउँ हिडौँ रेसुङ्गा’ अभियानसँगै विगतका वर्षहरूको तुलनामा यस पटक साउन महिनाभर ५० हजारभन्दा बढी श्रद्धालु रेसुङ्गा क्षेत्रमा भित्र्याउने योजना रहेको नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयाे ।
जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटर दुरीमा रहेको रेसुङ्गा पुग्न पक्की सडक बनेपछि झनै सहज भएकाे छ ।
-

रुरुक्षेत्र गाउँपालिका गुल्मीले एक साथ गर्यो १० उत्कृष्ट फरक फरक बिधाका कृषकलाई सम्मान , सम्मान पाउदा कृषकमा खुशीयाली
भुवन भुसाल, गुल्मी / चुरमणि तिमिल्सिना असार १
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । पालिकामा व्यवसायिक रुपमा कृषि गरिरहेका किसानहरु मध्य बाट उत्कृष्ट छनोट गरी सम्मान गरिएको हो ।

किसानहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सम्मानित सबै उत्कृष्ट किसानहरुलाई बधाई दिनुभयो । वहाँले हामी अल्छी बन्दा रोगी पनि बनिरहेको उल्लेख गर्दै श्रम गरेर उत्पादन पनि बढाउन र शरीर समेत स्वस्थ बनाउन समेत आग्रह समेत गर्नुभयो । अझैपनी कृषिका केही बिधा छुटेकाले आगामी दिनमा सबै क्षेत्रका कृषि कर्मगरिरहेकालाई सम्मान गर्ने गरि योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष ज्ञवालीले सकेसम्म एक गाउँ एक उत्पादन गरि बजार नै आफै खरिद गर्न गाउँ आउने गरेर उत्पादन गर्न किसानलाई सुझाव दिंदै किसानले मागेका हरेक सुबिधा उपलब्ध गराउन गाउँपालिका तयार रहेको बताउनुभयो । वहाँले उत्पादनमा आधारित अनुदान, मागका आधारमा कार्यक्रम बनाउन पालिका तयार रहेको उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम ले कृषिलाई अझै व्यवसायीक बनाउँदै अझै धेरै किसानहरु बनाउँदै बजारीकरणलाई सहज बनाउन सकिने बताउनुभयो । उत्पादन बढाउन र आवस्यक सहयोग माग गर्न पालिकामा आउन वहाँले आग्रह गर्नुभयो । वहाँले काम सानोठुलो नहुने बताउँदै प्रतिष्प्रधात्मक रुपमा काम गर्न सुझाव समेत दिनुभयो । बिदेश गएर १८ घण्टा श्रम गर्नुभन्दा आफ्नै खेत खरिया खनेर आम्दानी गर्न सकिने वहाँको भनाई छ ।

आर्थिक शाखा संयोजक घनस्याम अर्यालले उत्पादनको आधारमा किसान छनोट गरेर सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं २ का वडा अध्यक्ष समेत रहनुभएका आर्थिक संयोजक घनस्याम अर्यालले उत्पादनलाई कसरी मापन गर्ने भन्ने बिषय भने समस्या रहेको बताउनु भयो । आर्थिक समितिले सिफारिस गरेको र पालिकाको टिमले निर्णय गरेर सम्मान गरिएको वहाँको भनाई छ ।
वडा नं ३ का वडा अध्यक्ष शेषनारायण पौडेलले किसानलाई उत्पादनको आधारमा अनुदान दिन उपयुक्त हुने भएपनी बंघाको दुधको बाहेक अन्य कृषि उपजको बजारीकरणको तथ्यांक पाउन गार्हो भईरहेको उल्लेख गर्नुभयो । अब हरेक वडामा उत्पादन सहकारी बनिरहेको र त्यसले काम सुरु गरेपछी यो समस्या नहुने बताउनुभयो ।

सम्मान ग्रहण पछि उत्कृष्ट माछा पालक किसान कृष्ण प्रसाद ज्ञवालीले किसानहरुलाई सम्मानको माध्यमबाट उर्जा थपेकोमा गाउँपालिका परिवारलाई धन्यवाद दिनुभयो । वहाँले किसान सम्मान कार्यक्रमलाई निरन्तरता दिन र अझै भव्य कार्यक्रमको आयोजना गर्न समेत सुझाव दिनुभयो ।
त्यस्तै अर्का उत्कृष्ट किसान कुलचन्द्र ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकाले किसानहरूलाई प्रेरणा दिने काम गरिरहेको बताउनुभयो । वहाँ आगामी कार्यक्रम बनाउँदा किसानहरु संग अन्तर्कृया गरि मागका आधारमा अनुदानको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

त्यस्तै कुखुरा पालन तर्फ उत्कृष्ट किसान चिरञ्जीवी अर्यालले किसान भन्नेबित्तिकै हेयको दृष्टिले हेर्ने समाजमा किसान र कृषि सम्मानित पेशा हो भन्ने बनाईदिएकोमा रुरुक्षेत्र गाउँपालिकालाई धन्यवाद दिनुभयो ।
सम्मानित हुने किसानहरुमा उत्कृष्ट तरकारी किसान तर्फ वडा नं ४ का कुलचन्द्र ज्ञवाली, दूध तर्फ वडा नं ५ का बाबुराम श्रेष्ठ, बाख्रा तर्फ वडा नं १ का राजेन्द्र थापा, सुन्तला तर्फ वडा नं ४ का युवराज ज्ञवाली,मौरी तर्फ वडा नं ६ का टेक बहादुर पचभैया रहनुभएको छ ।
छुट्टाछुट्टै बिधाका किसानहरुलाई गरिएको सम्मान अन्तर्गत कुखुरा पालक किसान तर्फ उत्कृष्ट किसानको रुपमा रुरुक्षेत्र २ का चिरञ्जीवी अर्याल, माछा तर्फ वडा नं ५ का कृष्ण प्रसाद ज्ञवाली, बंगुर पालन तर्फ वडा नं २ कि सिर्जना प्रजा सार्की, उँखु तर्फ वडा नं ३ का चोलानाथ ज्ञवाली, लिची तर्फ वडा नं १ का टेक बहादुर कामीले प्राप्त गर्नुभएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेल, सहकारी बिभाग प्रमुख दामोदर ज्ञवाली, कृषि शाखा प्रमुख पबित्रा गौतम, लगायत किसानहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पशु शाखा प्रमुख अमित ज्ञवालीले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
-

गुल्मीमा आजदेखि रातो पिलेट्मा सवारी बोके कडा कारबाही गरिने, जनचेतना मुलक कार्यक्रम गरि जानकारी
चुरामणि तिमिल्सिना रिडी असार १
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ रिडी बसपार्कमा सवारी न्यूनीकरण सम्बन्धि एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय रिडी गुल्मीको आयोजनामा उत्साहका बिच कार्यक्रम सम्पन्न भएको छ ।
जनचेतना मुलक कार्यक्रममा ईलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले ब्यवसायी समितिको टिकट काउण्टर बाट यात्रुले टिकट काट्नु पर्ने, यातायात ब्यवसायी र कर्मचारी बिच शिष्ट भाषा, शिष्ट ब्यवहारको प्रयोग गर्नुपर्ने, निर्माण ब्यवसायीले सडक निर्माण गरिरहेको अवस्थामा सडक निर्माण गर्ने उपकरणहरु तयारी अवस्थामा राखेको हुनुपर्ने, यातायातका साधन जुन प्रयोजनका लागि अनुमति लिइयको हो तेहि प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने , रातो प्राइभेट सवारी साधनले यात्री बोक्न नपाउने , चालक सहचालक तथा यात्रामा रहेका यात्रीले पुर्ण रुपमा ट्राफिक नियमको पालना गर्नुपर्ने, अवधी नाघेका सवारी साधनहरु गुडाउन नपाउने बताउदै कुनै पनि नियमको उल्लंघन गरि सवारी साधन चलाएमा कानुनको दायरामा ल्याइ कडा कारबाही गरिने बताउनु भयो ।
उहाँले मादक पदार्थ सेवन गरि , लागू पदार्थ सेवन गरेर जुनसुकै साना तथा ठुला सवारी चलाएको खण्डमा कानुन बमोजिम कारबाही गरिने बताउनु भयो ।
यता पश्चिम नेपाल बस ब्यवसायी प्राइभेट लिमिटेड रिडीका इन्चार्ज ज्ञानेन्द्र रावलले हरेक सवारी साधनमा तोकिए को भाडा दर टासिने , यात्रा गर्दा कालो पिलेटमा यात्रा गर्नु पर्ने सवारी धनिले तोकिएको भाडा भन्दा बढी लिइएमा आफ्नो कार्यालय वा प्रहरीलाई तत्काल खबर गर्न समेत सबै लाई आग्रह गर्नुभयो।
कार्यक्रममा जनप्रतिनीधि, महिला समुह, युवा क्लब, स्थानीय ,चालक, सह चालक, यात्रीहरु पत्रकार सुरक्षा निकाय तिर्थ यात्रीहरुको समेत उल्लेखनीय सहभागीता रहेको थियो। कार्यक्रममा सवारी रोकेर सवारी साधनको विभिन्न पाटपुर्जाको मेकानिक बाट चेकजाच समेत गरिएको थियो ।