Category: समाचार

  • भट्कुवाको बेसारलाई  अब देखि बजारमा  प्याकीङको रुपमा लैजाने  किसानको आय श्रोतमा वृद्धि गरिने

    भट्कुवाको बेसारलाई अब देखि बजारमा प्याकीङको रुपमा लैजाने किसानको आय श्रोतमा वृद्धि गरिने

    चुरामणि  तिमिल्सिना  असार २६

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र रुरु क्षेत्र गाउँपालिकाको व्यवस्थापनमा तालिम आयोजना गरिएको हो । समापन कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथी रहनुभएको थियो। घरेलुु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीका उद्योग अधिकृत सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न तालिममा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय भैरहवाका निर्देशक दामोदर भण्डारी, वडा नं १ का वडा अध्यक्ष नवराज बि.क. पालिका प्रशासनका शाखा प्रमुख राम प्रसाद ज्ञवाली वडा सचिव राम प्रसाद ज्ञवाली टोल संयोजक प्रेम भण्डारी, महिला नेतृत्व लक्ष्मी ज्ञवालीको विशिष्ट आतिथ्यता रहेको थियो ।


    गाउँघरमा अत्यधिक रुपमा जङगली जनावर बादर, राते, मृग, दुम्सी, कालिजले बाली लगाउदा लगाउदै माटोबाट नै निकाल्ने मकै हुनसाथ मकै नै भाचिदिने जस्ता क्रियाकलापले आफुहरु निकै नै हैरानीमा परेकोले घरेलु कार्यलयलाई यो तालिम उक्त क्षेत्रमा ल्याउदाभट्कुवा बासी नै खुसी भएको कार्यक्रमका बक्ताहरुले बताउनु भयो ।

    कार्यक्रममा भनाइ राख्दै कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष यदु ज्ञवालीले अब यो तालिम पछी यस भट्कुवा क्षेत्रमा बैकल्पिक बालिको रुपमा अदुवा बेसारलाई प्रशोधन गरेर सानै भएपनि उद्योग संचालन गरि लेभलिङ गरेर बजारीकरण गर्ने गाउँका कुना कुना बाझो बारिमा सबैले यो अभियान सन्चालन गरेर बेसार लगाउन आग्रह गर्दै आगामी दिनमा पालिकाले उत्पादन कर्ताले उत्पादन गरेको सामग्री नबिकेको अवस्थामा पालिकाले नै बजारमा पुर्याइदिने जिम्मेवारी लिने बताउनु भयो। उहाँले थुप्रै युवाहरु बिदेश भएको र गाउँघर सुन्य अवस्था हुनै राख्दा भट्कुवाका दिदी बैनिले यो कार्यक्रम सन्चालन गरेको देख्दा आफुलाइ खुशी लागेको पालिकाले आवस्यक सहयोग समेत बताउनु भयो ।

    यस क्षेत्रमा धेरै किसिमका नगदे बालीको सम्भावना भएता पनि अहिले सम्म कुनै पनि उद्योग सन्चालन नभएकोले यो तालिम पश्चात् सबैको सहयोगमा उद्योग नै सन्चालन गरेको लक्ष्य समेत यो भट्कुवा ले गरेको देख्दा आफु लाई खुशी लागेको रबेसार बाट वर्षमा लाखौं कमाउन सकिने हुदा नेपालमै केही गरौ भन्ने उद्देश बोकेर गाउँका कुना कुनामा आफ्नो कार्यालय र आफू निरन्तर लागेको निर्देशक भण्डारीले बताउनु भयो। । गाउँ घरमा प्रशस्त मात्रामा कच्चा पदार्थ पाइने र यसलाई प्रशोधन गरेर बजारमा पुर्याउन सकेमात्र पनि किसानको जीवन स्तरमा वृद्धि हुने र राम्रो आम्दानीको श्रोत हुने कुरामा आफु ढुक्क रहेको तालिम प्रशिक्षणणको रुपमा सहभागी भएर कार्यक्रम लाई सहजीकरण गर्नुभएका घरेलुका त्रिबिक्रम ज्ञवालीले बताउनु भयो कार्यक्रम समापन सत्रमा भट्कुवाका महिला समुह लाई बेसार बनाउने विभिन्न उपकरण र नापतौल गर्ने उपकरण पनि घरेलुले हस्तान्तरण गरेको हो । तालिममा महिला समुह स्थानीय बौद्धिक महानुभावहरु समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

  • लियो क्लब अफ बुटवल मेट्रोसिटीमा पद हस्तान्तरण

    लियो क्लब अफ बुटवल मेट्रोसिटीमा पद हस्तान्तरण

    सुशील खनाल ।

    – लियो क्लब अफ बुटवल मेट्रोसिटिको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका निबर्तमान अध्यक्ष मित्रजन भन्डारिले नवनिर्वाचित अध्यक्ष सन्जिब सुनारलाइ पद हस्तान्तरण गर्नुभएको छ ।
    नवनिर्वाचित अध्यक्ष सुनार एक सफल व्यावसायि हुनुहुन्छ । आफ्नो पदभार ग्रहण गर्दै अध्यक्ष सुनारले आफ्नो कार्यकालमा क्लबलाई सामाजिक क्षेत्रमा थप उचाइमा पुराउने बताउनुभएको छ ।

    लियो जिल्ला परिषद 325 पि नेपालका अध्यक्ष लियो सरोज महत्तोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लायन्स जिल्ला परिषद 325 पि नेपालका एरिया चिफ बिनोद सुवेदी, क्लबका मुख्य सल्लाहकार लायन उमेश अधिकारी र लियो जिल्ला परिषद 325 पि नेपालका उपाध्यक्ष लियो श्रद्धा कुवरको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा एम जे एफ लायन राम बेलबासे , लायन नवराज बन्जाडे , एम जे एफ लायन इन्जिनियर गोबिन्द लामिछाने, , लियो श्रीधर बस्याल, लियो त्रिबिक्रम पुरी, लायन प्रदिप जिसि , लियो श्रीधर कुवर , लियो सुनिल गुप्ता, लियो सुनिल कुवर, लियो जीवन थापा छेत्री, लियो दिपेन्द्र पौडेल सहित लियो लायन लिडरहरुको आतिथ्यता रहेको थियो

    आफ्नो मन्तव्य राख्दै निवर्तमान अध्यक्ष भन्डारिले आफुलाइ समाजसेवा गर्ने अवसर यही क्लबको माध्यमबाट गर्न पाएकोमा खुसी भएको बताउनुभयो । आफ्नो कार्यकाल उत्कृष्ट र सहज बनाउन सहयोग गर्नुहुने सम्पुर्ण लियो लायनलाई मायाको चिनो समेत वितरण गर्नुभएको थियो । प्रमुख अतिथि सरोज महतो, बिनोद सुबेदी,उमेश अधिकारी, श्रद्वा कुवर, राम बेलाबासे,गोबिन्द बन्जाडे,मनोज गौतम, दिपेन्द्र पौडेलले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रममा क्लबले 15 जना नया सदस्यहरुलाई जोडेको छ | मेट्रोसिटी बौद्धिक युवाहरूको एक सगठित सस्था हो । युवाहरूको नेतृत्व बिकास सगै सामाजिक सेवामा अग्रसर मेट्रोसिटी दुखी, गरिबको मनमनमा बस्न सफल सस्था हो ।

  • विद्युतीय चुल्हो वितरणलाई प्राथमिकता दिंदै रेसुङ्गा नगरपालिका

    विद्युतीय चुल्हो वितरणलाई प्राथमिकता दिंदै रेसुङ्गा नगरपालिका

    चुरामणि तिमिल्सिना  असार२५

    गुल्मीको रेसुङ्गा नगरपालिकाले वडा न. ५ भुवनपानीमा वातावरणीय सरसफाई तथा जनचेतना मुलक कार्यक्रम अन्तर्गत विधुतिय चुल्हो वितरण गरेको छ।कार्यक्रम मार्फत ४३० घर धुरीलाई विद्युतीय तुल्हो वितरण गरिएको नगरपालिकाले जनाएको छ।

     

     यो कार्यक्रमलाई नगरका १४ वटै वडामा क्रमश सञ्चालन गर्दै लगिने नगरप्रमुख खिलध्वज पन्थीले बताउनु भयो ।नगरपालिकाले परम्परागत चुल्होको कारण स्वास्थ्यमा पार्ने नकारात्मक प्राभावहरुलाई कम गर्दै आम जनतालाई आधुनिक प्रविधिको चुल्होसँग जोड्ने सङ्कल्प गरेको छ ।

  • वैदेशिक रोजगारीबाट फर्केका खैरेनिका भण्डारी दुग्ध व्यवसायमा रमाउदै

    वैदेशिक रोजगारीबाट फर्केका खैरेनिका भण्डारी दुग्ध व्यवसायमा रमाउदै

    चुरामणि तिमिल्सिना  असार   २४

    दैनिक रुपमा नेपाली युवाहरू बिदेश पलायन भैरहेको अहिलेको अवस्थामा अर्काको जमिनमा रगत र पसिना बगाउनु भन्दा परिवारको साथमा बसि आफ्नै माटोमा दु:ख गर्नुपर्छ भन्दै वैदेशिक रोजगारलाई चट्क्कै छोडेर नेपाल फर्किनु भएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं ६ खैरेनिका युवा उद्यमि गोकर्ण भण्डारीले गाउँघरमा हुने साना साना कामहरु , कृषि जस्ता क्षेत्र बाट अगाडी बढी पछिल्लो समयमा चर्चामा आउनुभएको छ ।

    भण्डारी सामान्य परिवारमा जन्मेका हुन उनका परिवरमा अहिले बुवा, आमा, श्रीमति, २ छोरी र १ छोरा रहेका छन । भण्डारीले बिहान ५ बजे देखि साझ ८ सम्म आफ्नै डेरिमा काम गर्दै दिनचर्या बिताइराख्नु भएको छ । गोकर्णलाइ डेरि संचालनको लागि प्रदेश सरकारले केही आर्थिक सहयोग समेत प्रदान गरेको छ । तर त्यो रकमले सामाग्री खरिद गर्न नपुगेको सो अनुसारको दूधजन्य बस्तुहरुको उत्पादन गर्न नसकीएको उनकी धर्मपत्नी लक्ष्मी भण्डारीले बताउनु भयो। गोकर्णले यसै दूध ब्यवसाय बाट घरपरिवारको पालन पोषण गर्नुका साथै दुई छोरी र १ छोरालाई उच्च शिक्षा समेत पढाइरहनु भएको छ । दैनिक झन्डै ३५० लिटर दुध आफुले मोटर साइकल बाटै डेरिमा जम्मा गर्ने र त्यसको ५० प्रतिशत रिडीमा रहेको गौरव डेरि लाई पठाउदै आएको बताउनु भयो । अहिले आफुले दुई जनालाई नियमित रोजगार पनि प्रदान गर्दै आएको बताउनुभयो ।

    डेरिमा दुध, दहि, घ्यु, पनिर, कुराउनी तथा दूध जन्य सम्पुर्ण पदार्थहरु दैनिक बिक्रि गर्दै आएको र बाबा आमाको कामलाई समेत समय मिलाएर सहयोग गर्दै आएको छोरी मनिसा भण्डारीले बताउनु भयो । मनिसाले थप्दै भन्नुभयो कि वैदेशिक रोजगारमा जाने युवा युवती लाई गाउँपालिकाले नेपालमै केही गर्न उत्प्रेरणा गर्ने र ब्यवसाय गर्न आर्थिक सहयोग गर्ने हो भने नेपालीहरु आफ्नै माटोमा केहि गरेर समाज लाई परिवर्तन गर्न सक्ने थिए ।

    भण्डारीलाई पालिका र प्रदेश सरकारले अब के गरिदिए हुनेथियो ? भनेर जिज्ञासा राख्दा कुराउनी बनाउने उपकरण थप दुध जम्मा गर्ने फ्रीज तथा अन्य मोटरहरु उपलब्ध गराउन सकेमा आफ्नो ब्यवसाय अझ फस्टाउने र आफुहरुसङ्ग भएको सामाग्री नबिग्रने बताउनु भयो

    भण्डारी जस्ता केही युवाहरु डेरि सन्चालन गर्न जोस जागर भरेर पस्नु भएको थियो । तर झबिन्द्र भण्डारी, जीवन ज्ञवाली, श्रीप्रसाद भण्डारीले विभिन्न कारणबस डेरि बाट बिदा लिनु भयो अनि आफू बिदेश छोडेर डेरिमा काम गर्दै रमाउदै केही आर्थिक जोडेको बताउनु भयो। उनलाई केही दिन अगाडी पालिकाले किसानको दूध लाइ व्यवस्थापन, निस्वार्थ सेवा डेरि लाई निरन्तरता दिएकोले सम्मान समेत गरेको हो ।

    यहाँ प्राय: गरि लिम्घा, खैरेनी, हसरा, पिपल नेटा र ढाव बाट दुध संकलन हुने र डेरि बाट फुट्कर बितरण पनि हुने हुँदा अहिले सम्म आफू सफल हुँदै आएको बताउदै अबका दिनमा वैदेशिक रोजगारमा आफू नजाने परिवारका सदस्यहरु पनि नजाने प्रण गर्नु भएको छ ।

  • चन्द्रकोटमा आरन ब्यवसायी लाई  सामाग्री  हस्तान्तरण

    चन्द्रकोटमा आरन ब्यवसायी लाई सामाग्री हस्तान्तरण

    असार   २४

    चन्द्रकोट गाउँपालिकाको आयोजनामा चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तर्गतको परम्परागत आरन व्यवसायीका लागि आवश्यक मेसिन तथा औजार वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका  उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी ज्युको अध्यक्षतामा सम्पनन्न कार्यक्रम पालिका  अध्यक्ष युबराज खत्री क्षत्रीज्यू को प्रमुख आतिथ्यता रहेको थियो।

     

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, वडा न. १ का वडा अध्यक्ष घनश्याम खरेल, वडा न. ३ का वडा अध्यक्ष डिल्लीराज भण्डारी, वडा न. ७ का वडा अध्यक्ष अनन्तराम भण्डारी, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा पालिकाभित्रका कुल ४१ जना परम्परागत आरन व्यवसायिहरुका लागि प्रति व्यवसायी १/१ वटा इलेक्ट्रिक पंखा, ग्रेण्डर, फलाम काट्ने उदाउने चक्काहरु प्रदान गरिएको थियो।

  • शिक्षक मल्ल र समाजसेवी खड्का द्वारा विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री वितरण

    शिक्षक मल्ल र समाजसेवी खड्का द्वारा विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री वितरण

    असार-२४,२०८०
    माण्डवी गाउँपालिका-४ ,प्युठान।
    नेरा आधारभुत विद्यालय माण्डवी गाउँपालिका-५ जुजुनेटाका शिक्षक टोप बहादुर मल्ल र समाजसेवी सुवास खड्काले यज्ञश्वरी आधारभुत विद्यालय माण्डवी गाउँपालिका-४ सल्लिखर्कमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाइ नि:शुल्क रुपमा विद्यालयको पोसाक सहित आवश्यक शैक्षिक सामाग्री वितरण गर्नु भएको छ।आज विद्यायमा आयोजित एक कार्यक्रमका विच शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको हो।विद्यालयमा अध्ययनरत १३ जना विपन्न विद्यार्थीहरुलाई सहयोग स्वरुप सामाग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल गाहाले बताउनु भयो।विद्यार्थीको शैक्षिक क्षेत्रमा उहाँहरुले गर्नु भएको महत्त्वपूर्ण सहयोग प्रति विद्यालयले खुसी व्यक्त गर्दै हार्दिक आभार समेत प्रकट गरेको छ।शिक्षक मल्ल र समाजसेवी खड्का विगत लामो समय देखि समाज सेवामा समर्पित हुदै आउनु भएको छ।

  • समाजसेवि डम्बर  श्रेष्ठले नातिनी  जन्मेको अवसर  देखि पितृको   सम्झना  गर्दै गुरुकुल देखि  बिद्यालय सम्म सहयोग  गर्नु भयो

    समाजसेवि डम्बर श्रेष्ठले नातिनी जन्मेको अवसर देखि पितृको सम्झना गर्दै गुरुकुल देखि बिद्यालय सम्म सहयोग गर्नु भयो

      चुरामणि  तिमिल्सिना  असार  २३

    रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ रानीबास निवासी डम्बर श्रेष्ठले शनिवार रुरुक्षेत्रमा रहेका ३ विद्यालयमा विभिन्न शीर्षकमा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ । स्व. पिता दल बहादुर श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको सम्झनामा संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा रहेको गुरुकुलमा रहेका बटुकहरुलाई दैनिक भोजन गर्ने सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो। यस्तै वडा नं.१ मै रहेको अटिजम पाठशालामा पनि विद्यार्थीहरुलाई भोजन गराउनको लागि दाल ,चामल,बिस्कुट, आलु लगायतका सामग्री हस्तान्तरण गर्नुभयो ।हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल बिक, समाजसेवी असोक श्रेष्ठ, मुक्त प्रसाद श्रेष्ठ तथा बिष्णु प्रसाद भण्डारी रहनुभएको थियो। सामाग्री ग्रहण गर्दै पाठशालाका अध्यक्ष रामलाल बिक र अटिजमका व्यवस्थापक बिष्णु प्रसाद भणडारीले यस्ता गुरुकुल र विद्यार्थी लाई यसरी दैनिकी भोजनका लागि सामाग्री प्रदान गरेर पुन्य आर्जन गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नु भयो । गुरुकुलको पनि प्रशस्त श्रोत नभएको अवस्था र अटिजमको आर्थिक अवस्था कम भएको आफुले सुन्दै र समाचारमा हेरिरहेकोले आज यो अवसर पारेर यो कार्यक्रम यहाँ ल्याउन समय मिलेको र आगामी दिनमा पनि यस्ता संघसस्थालाई निरन्तर सहयोग प्रदान गरी दानदाताको पहिचान कायम गर्ने समाजसेवी मुक्त प्रसाद श्रेष्ठले बताउनु भयो।

    यस्तै डम्बर श्रेष्ठले नातिनी जन्मेको सुअवसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ६ रिमुवामा रहेको जनज्याति माध्यमिक विद्यालयमा रहेका दृष्टिविहीन छात्रछात्राहरुलाई दैनिकी भोजनको निम्ति चामल, आलु, तेल, नुन, बिस्कुट लगायतका सामाग्री विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पौडेल र विद्यालयका प्रधानाध्यपक भुवनेस्वर भुसाललाई सहयोग हस्तान्तरण गर्नुभयाे । कार्यक्रममा अध्यक्ष पौडेलले यसरी पुत्री प्राप्त गरेको यो अवसरमा यसरी विद्यालयमा नै आएर सामग्री हस्तान्तरण गर्नुभएकोमा दाता परिवार र संयोजन गर्नुहुने समाजसेवी मुक्त प्रसाद श्रेष्ठलाई धन्यवाद प्रदान गर्दै आभार प्रकट गर्नुभयो। यता दाता श्रेष्ठले यस्ता अवसरमा हरेक विद्यालय, संघसंस्था, मठमन्दिरलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसरी नै कार्यक्रमको आयोजना गरिने डम्बर श्रेष्ठले बताउनु भयो।

    यस्तै आज धार्मिक क्षेत्रमा निरन्तर रुपमा लागेर सूचना तथा सञ्चार क्षेत्रमा उल्लेखनीय भूमिका प्रदान गर्दै आएको रुरु धार्मिक सेवा सन्चार प्रा. लि. को केन्द्रीय कार्यालयलाई मासिक रुपमा लाग्ने ईन्टरनेट खर्च समेत उहाँले प्रदान गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्नुभएकोमा दान दाता परिवारलाई धन्यवाद तथा पितृको आशिर्वादले परिवारको अबका दिन सुखमय रुपमाअगाडी बढ्ने कुरा राख्दै पितृको बैकुण्ठ बासको कामना समेत प्रा.लि.ले गरेको छ ।

  • कानुनका कुरा पढाउदै सत्यवतीमा  २  दिने  क्षमता बिकास तालिम सम्पन्न

    कानुनका कुरा पढाउदै सत्यवतीमा २ दिने क्षमता बिकास तालिम सम्पन्न

     

    चुरामणि तिमिल्सिना असार   २३

    सत्यवती गाउँपालिकामा दुई दिने लक्षित बर्गका लागि क्षमता बिकास तालिमको औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । गाउँपालिकाको सभाहलमा सन्चालित तालिममा ६५ जनाको सहभागीता रहेको थियो। गाउँपालिकाको आयोजना रहेको तालिममा काठमाडौका कानुन व्यावसायि गोबिन्द पुन मगरले प्रशिक्षण गर्नु भएको थियो। पालिका उपाध्यक्ष निरमाया तरामुको अध्यक्षतामा सन्चालित कार्यक्रममा वडा न २ क वडा अध्यक्ष खडग वीर थापा वडा न ७ का वडा अध्यक्ष लोक बहादुर बुढाथोकी, स्वास्थ शाखा प्रमुख सुर्य राना यस्तै कार्यपालिका सदस्यहरु समेतको आतिथ्यता रहेको थियो।

    यस्तै कार्यक्रममा उपाध्यक्ष निरमाया तरामुले आदिवासी जनजातीहरुले संस्कृतिको संरक्षण गरेको र यससँगै हरेक क्षेत्र बिकासका लागि क्षमता बिकासको भावनात्मक आवश्यकता बुझेर यो कार्यक्रम राखिएको भन्नुभयो उहाँले थप्दै जन जाति वर्गहरुका लागि पालिकाले बजेट नै बिनियोजन गरेर रोजगा आत्म निर्भर सक्षम र निर्धक्क तरिका ले आफ्ना भनाइ समेत राख्ने बनाउने र जनजातिका कुरा लाई केन्द्र सम्म पुर्याउन सक्ने बनाउने उद्देशले कार्यक्रम को आयोजना गरिएको बताउनु भयो।

    कार्यक्रममा सहभागीबाट टोपला थापा देवि श्रेष्ठ बुद्धि बहादुर तरामु रधातान्द माझीले यश अवधिमा आफुले सिकेका कुराहरु लाई समाजमा पुर्याइ हरेक टोल बस्तीमा सचेतना कार्यक्रम गर्दै अगाडी बढाउने प्रतिबद्धता जायर गर्नुभयो

    कार्यक्रमको सन्चालन रोजगार शाखा प्रमुख सुबास आचार्यले गर्नु भएको थियो।

  • पाल्पामा  मोटर साईकल स्कुटरको लाईसनको  परिक्षा सुरु

    पाल्पामा मोटर साईकल स्कुटरको लाईसनको परिक्षा सुरु

    पाल्पाबाट मोटर साईकल स्कुटरको लाईसनको परीक्षा सुरु ।
    असार २३

    पाल्पाबाट पहिलो पटक दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्रको परीक्षा सुरु भएको छ ।
    यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले हिजो शुक्रबारदेखि दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिएको हो ।

    कार्यालयले पाल्पामा पहिलो पटक मोटरसाइकल तर्फ वर्ग ९ए० र स्कुटरतर्फ वर्ग ९के० को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको जनाएको छ । पहिलो दिन लिखित परीक्षामा २०० जना परिक्षार्थीहरू सहभागी भएको कार्यालयले जनाएको छ ।

    परीक्षार्थीले लिखित परीक्षामा ६० अङ्क ल्याएमा पास हुने व्यबस्था रहेको छ । लिखित परिक्षामा पास भएका परिक्षार्थीले ट्रायल परीक्षा दिन पाउने छन ।

    पाल्पाको यातायात सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि देशभरका जुनसुकै स्थानका व्यक्तिहरूले मोबाईल कम्प्युटरबाट सजिलै आवेदन दिन सक्नेछन् । यातायात कार्यालय बुटवलमा सेवाग्रहीको अत्यधिक चाप बढेपछि लुम्बिनी प्रदेश यातायात व्यवस्था विभागले पाल्पामा पनि दुई पाङ्ग्रे सवारी साधनको परीक्षाको लागि व्यवस्था मिलाएको हो ।

  • गुल्मिको भट्कुवामा ३ दिने खाद्य प्रशोधन तालिम उद्घाटन

    चुरामनि  तिमिल्सिना असार २२

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र वडा नं १ रिडीको व्यवस्थापनमा तालिम आयोजना गरिएको हो । कार्यपालिका सदस्य लक्ष्मी भट्टराई को अध्यक्षमा सन्चालित तालिममा वडा नं १ का वडा अध्यक्ष नवराज बि.क. प्रमुख अतिथी रहनुभएको थियो । यस्तै घरेलुु तथा साना उद्योग कार्यालय तम्घासका प्रशिक्षक त्रिबिक्रम ज्ञवाली विशिष्ट अतिथी रहनुभएको थियो ।

    गाउँघरमा अत्यधिक रुपमा जङगली जनावर बादर, राते, मृग, दुम्सी, कालिजले बाली लगाउदा लगाउदै माटोबाट नै निकाल्ने मकै हुनसाथ मकै नै भाचिदिने जस्ता क्रियाकलापले आफुहरु निकै नै हैरानीमा परेकोले घरेलु कार्यलयलाई यो तालिम उक्त क्षेत्रमा ल्याउन आग्रह गरेको वडा सदस्य सुशीलश्रेष्ठले बताउनु भयो । अब यो तालिम पछी यस भट्कुवा क्षेत्रमा बैकल्पिक बालिको रुपमा अदुवा बेसारलाई प्रशोधन गरेर सानै भएपनि उद्योग संचालन गरि लेभलिङ गरेर बजार सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष नवराज बिकले बताउनुभयो । यस क्षेत्रमा धेरै किसिमका नगदे बालीको सम्भावना भएता पनि अहिले सम्म कुनै पनि उद्योग सन्चालन नभएकोले यो तालिम पश्चात् सबैको सहयोगमा उद्योग नै सन्चालन गर्ने वडाको लक्ष्य समेत रहेको बताउनु भयो । गाउँ घरमा प्रसस्त मात्रामा कच्चा पदार्थ पाइने र यसलाई प्रशोधन गरेर बजारमा पुर्याउन सकेमात्र पनि किसानको जीवन स्तरमा वृद्धि हुने र राम्रो आम्दानीको श्रोत हुने कुरामा आफु ढुक्क रहेको तालिमका प्रशिक्षक त्रिबिक्रम ज्ञवालीले बताउनु भयो ।

    तालिममा महिला समुह स्थानीय बौद्धिक महानुभावहरु समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सन्चालन वडा सदस्य सुशील श्रेष्ठले गर्नु भएको थियो भने तालिम आइतबार सम्म चल्ने छ ।