आज आषाढ शुक्ल पूर्णिमा : गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी बुधबार गुरुपूर्णिमा मनाइँदैछ। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ।…








