Category: सूचना प्रविधि

  • भारतको जागिर छोडेर रिडीमा अटोरिेक्सामा रमाउदै फर्स कुमाल

    भारतको जागिर छोडेर रिडीमा अटोरिेक्सामा रमाउदै फर्स कुमाल

    चुरामणि तिमिल्सिना ,रुरु ।

    भारतमागयर अर्कैका जुठा भाडा माझन तथा भारतीय नागरिकको गुलामी बन्न भन्दा आफ्नै प्यारो देश नेपालमा दुई चार पैसा कमाइ गरी आफ्ना जहान परिवार पाल्ने भनेर नै आफुले भारतको पन्जाबमा लागेको नोकरी लाई त्याग्ग्दै अटोरिेक्सा चलाउन लागेको फर्स बहादुर कुमालले बताउनु भयो।

    पाल्पा रिब्दीकोट गाउँलालिका वडा न् १ जोगिथुममा जन्मिएका फर्स उमेरले ३५ बर्ष पुगेका छन ।
    परिवारका ५ छोरा मध्ये जेष्ठ छोरामा रुपमा उनी रहेका छन । अन्य भाइको पेशा भन्दा फर्र्सको पेशा फरक खालको भएकोले सबैले चाखका साथ हेर्ने गर्दछन ।

    बिध्यालमा कक्षा २ मात्र पढेका सानै देखि पेपे टिटि भनेर गुर्जी गानो र चप्पलका साना साना प्राङ्ग्रा बनाइ आफ्नै घर वरिपरि ओरालोमा प्राङगा बाला जिप भन्दै कुदाउने गर्थे। खास गरी उनको लक्ष पनि सवारी चलाउने मन भएकोले सानै देखिको इच्छा आफैले कमाएर पूरा गरेको बताउछन ।
    अहिले उनि बिहान झन्डै ८ बज्दा घर बाट रिडी आइपुग्ने गर्दछन,रिडी थोर्गा भट्कुवा रातामाटा हुँदै पानी टन्किअर्गली यस्तै कालीगण्डकी करिडोर र खर्ज्याङ सडकमा दैनिकी जीवन बितेको फर्सले बताउछन ।


    पछिल्लो समयमा यात्रा कम गर्ने,सोचे अनुसार आम्दानी नहुने दैनिक जसो १२ सयको हारहारिमा मात्र आम्दानी भएको बताउछन।

    उनले थप्दै भनछन् अहिले बजारमा ९ ओटा अटो रेक्सा दैनिक सन्चालनमा रहेका छन।यसरी नै यात्रीहरु कम हुँदै जाने हो भने बैंकमा किस्ता तीर्न पनि धौ धौ हुने बताउछन ।

    फर्सले अब बिदेश तथा भारतमा नफर्की नेपालमा यहीँ अटो रेक्सा लाई नै दैनिक गुजाराको बाटो बनाउने बताउनु भयो।

  • आज यि चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आज यि चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं ।
    जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको जनाएको छ।

    प्रदेश १ मा पनि केही बेरमै वर्षा हुनसक्ने देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

    दिउँसो पनि देशभर नै सामान्य बदली रहने छ। प्रदेश १, र बागमती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने यी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    चार प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेगरान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

    राति पनि देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव छ।

  • गाउँपालिकाकोे ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार

    गाउँपालिकाकोे ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार

    चन्द्रकोट,गुल्मी ।
    गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई साना कृषी औजार वितरण गरेको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण कार्यक्रम अन्तर्गत ७१ जना किसानलाई कृषि उपकरण प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।

    ३२ वटा हाते ट्याक्टर(मिनिटेलर),६ वटा चापकटर,२९ वटा मिनिमिल र चार वटा थ्रेसर प्रदान गरिएको हो । जसमा गाउँपालिका र किसानको सम्मान १८ लाख ८० हजार÷१८ लाख ८० हजार गरि ३७ लाख ६० हजार लगानी रहेको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले उल्लेख गरे ।

    बिहीवार कृषि औजार किसानलाई हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि औजार सहि ढङ्गले प्रयोग गर्न आग्रह गरेका छन । साथै कृषि उपकरणले लागत घट्ने , उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुराउने र व्यवसायीक किसान बन्न प्रेरणा मिल्ने अध्यक्ष केसीको भनाई रहेको छ ।

    चन्द्रकोट गाउँपालिकाले कृषकलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै आगामी वर्षमा पनि किसानको जीवन स्तर उकास्ने र व्यवसायीक किसान उत्पादन गर्नको लागि विभिन्न कार्यक्रम गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

  • पाल्पा सिमेन्ट उद्योगको उत्पादन : भारत निर्यात गर्न सुरु

    पाल्पा सिमेन्ट उद्योगको उत्पादन : भारत निर्यात गर्न सुरु

    बुटवल ।
    पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको छ ।

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए। स्

    थानीय र राष्ट्रिय स्तरमा बजारीकरण गर्दै आएको उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ। नेपालमा उत्पादित सिमेन्ट भारतीय बजारमा निर्यात सुरु भएको छ।

    भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने गुणस्तर मापदण्डलगायतका सबै सरकारी प्रक्रिया पूरा गरी उद्योगले सिमेन्ट पठाउन थालेको हो। उद्योगले पहिलो चरणमा भारतको उत्तर प्रदेशलाई लक्षित गरेर सिमेन्ट पठाउन सुरु गरेको छ।

    दैनिक १८ सय टन क्लिंकर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए।

  • छत्रकोट गाउँपालिकामा शुरु भयो विधुतिय भुक्तानि सेवा

    छत्रकोट गाउँपालिकामा शुरु भयो विधुतिय भुक्तानि सेवा

    कृष्ण अन्जान,छत्रकोट ।
    गुल्मी जिल्लाको छत्रकोट गाउँपालिले सोमबारबाट विद्युतीय भुक्तानी सरवा सुरुवात गरेको छ ।

    गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोग गर्दै छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले विधुतिय भुक्तानि सेवाको शुरुवात गरे ।

    गाउँपालिकाले सुरुवात गरेको भ्ँत् (भ्भिअतचयलष्अ ँगलम त्चबलकाभच) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीलाई अनावस्यक झण्झट नहुने र सिधै रकम बैँकमा जाने छ ।

    गाउँपालिका प्रमुख राम प्रसाद पाण्डे,उपप्रमुख सावित्रा ज्ञवालीका साथै गाउँपालिकाका कर्मचारी र पत्रकार समेतको उपस्थितिमा ताराहान्ने खानेपानी आयोजना र डाँग्रि पोखरा ट्रस्टलाई इपेमेन्ट गर्दै विधुतिय भुक्तानि सेवा शुरु गरिएको हो।

    पालिकाका लेखा अधिकृत सन्तोष जिसिले विद्युतीय भुक्तानीले सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने र गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो, सहज, मितव्ययी र पारदर्शी हुने अपेक्षा व्यक्त गरे ।

    छत्रकोट गाउँपालिकामा सेवा लिने सेवाग्राहीले पनि अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने, चेक हराउने, चेकको म्याद सकिने र पुनः चेक जारी गर्नुपर्ने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ ।

  • देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं ।
    देशका धेरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    जल तथा मौसम विज्ञान विभागले प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। तराई–मधेश क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक्दुई स्थानमा भारी वर्षा हुन अनुमान गरिएको छ।

    बिहान आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    राति देशभर सामान्य बदली रहने विभागको भनाइ छ।

  • मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

    मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

    काठमाडौं ।
    मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ।

    दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।

    त्यस्तै कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएकाले कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ।
    कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको छ।

    गएरातिदेखि नै कास्की, स्याङजा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत,बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाण्डौ र आसपासका धेरै स्थानमा ठूलो वर्षा भएको छ।

    यी जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च संभावना रहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ ।

  • सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड अवरूद्ध

    सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड अवरूद्ध

    बुटवल ।
    दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरूद्ध भएको छ।

    यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    प्रहरीका अनुसार सिद्धबाबा देखिनै आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि सवारीसाधनको आवतजावत बन्द भएको हो।

    माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरो झरेको छ। सिद्धार्थ राजमार्गकै पानी मिल,हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुल लगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    मंगलबार दिउँसो बर्षा केहिबेर रोकिए पनि रातिदेखि फेरि ठूलो वर्षा भइरहेको छ। पानी परिरहेकोले पहिरो गएको स्थानमा जान नसकेको प्रहरीले जनाएको छ ।

  • आगामी तीन दिन मनसुन थप सक्रिय हुने ,सतर्कता अपनाउन आग्रह

    आगामी तीन दिन मनसुन थप सक्रिय हुने ,सतर्कता अपनाउन आग्रह

    काठमाडौं ।
    आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ ।

    आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।

    मङ्गलबार रातिदेखि बुधवार प्रदेश नं १,मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा/झरी भई केही स्थानमा भारी वर्षा र केही स्थानम भारी वर्षाको सम्भावना रहेको छ ।

    सदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावनाका साथै कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरी भई एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

    बुधवार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

    बिहीवार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरी र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

  • जनता माध्यामिक बिद्यालयमा विद्यार्थीलाई १ दिने प्रशिक्षण

    जनता माध्यामिक बिद्यालयमा विद्यार्थीलाई १ दिने प्रशिक्षण

    चुरामणि तिमिल्सिना ।
    जनता माध्यमिक बिध्यालय सत्यबती गाउँपालिका वडा न १ अस्लेवा गुल्मीमा १ दिने जबर्जस्ति करणी सजाय तथा बच्ने उपाय सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    ईलाका प्रहरी कार्यालय जोहाङ्कको आयोजनामा कार्यक्रम गरिएको हो । कक्षा १० मा अध्यानरत ३८ जना बिद्यार्थीहरु लाई जबर्जस्ति करणी सजाय र यसबाट बच्ने, उपाय सामाजिक सन्जाल प्रयोग बिधि लगायतकाका विषयमा ईलाका प्रहरी कार्यालय जोहाङ्कका प्रहरी नायब निरीक्षक लक्षमण बिकले प्रशिक्षण गर्नु भएको थियो।

    निरीक्षक बिकले समाजमा यस्ता विषयहरु बढी मात्रामा घटेका हुनाले यसलाइ नियन्त्रण गर्न तथा हुन नदिन बिद्यार्थी बाट नै सचेतना जाग्ने हुनाले बिध्यालय तहमा मै यसरी कार्यक्रम आयोजना गरेको बताउदै हरेक बाल बालिका हरेक क्षेत्रमा सुरक्षित रहन कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।

    विद्यार्थीहरुले प्रशिक्षण कार्यक्रममा मनमा लागेका कानुनका कुरा , यस्तै सामाजिक सन्जाल र यस्को प्रभावका विषयमा थप कुरा बुझ्ने प्रयास गरेका थिए।