Author: रुरु संचार मिडिया प्रा.लि

  • पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

    पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

    तानसेन । पाल्पामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाको छ।
    सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।
    दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनापछि तानसेनस्तित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
    यस्तै मोटरसाइकलको पछाडी बसेका नवलपरासी श्रवल गाउँपालिका १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरीले जनाएको छ। घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
    मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियोे । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न

    नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न

    भदौ  १०  रिडी

    नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न ।

    नेकपा एमाले ले सत्यवती गाउँपालिकामा आफ्ना पार्टिका नेता निर्वाचित जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भदौ १ गते देखि ८ गते सम्म सत्यवति गाउँपालिकाका ८ वटा वडाहरुमा आफ्नो कार्यक्रम पार्टि का केन्द्रीय सदस्य तथा क्लस्टर ईन्चार्ज कमरेड गणेश खनालको प्रमुख आतित्यथामा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेश कमिटि सदस्य चिन्तामणि पाण्डेय, प्रदेश सदस्य तथा सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे , सत्यवती गाउँपालिका अनेमा संघ अध्यक्ष तथा सत्यवती गाउपालिका उपाध्यक्ष निरमाया तरामु , जिल्ला कमिटि सदस्य द्दय युवराज न्यौपाने र गुणदेव कुंवर , जिल्ला कमिटि सचिवालय सदस्य तथा सत्यवती गाउपालिका ईन्चार्ज अमर सिंह सिजापति ,जिल्ला कमिटि सदस्य रुक बहादुर राना, होम राना, माया थापा सह ईन्चार्ज ठग प्रसाद ज्ञवालि पार्टि अध्यक्ष भिमलाल पाण्डे, पार्टि पालिका सचिब डिल्लिराज भट्टाराई र सत्यवति लुम्बिनी सम्पर्क मञ्चका अध्यक्ष सहित तत् वाडका पार्टि अध्यक्ष, सचिब र निर्वाचित वाड अध्यक्षहरु सदस्य हरु तथा कार्यपालिका सदस्य हरुको उपस्थिती भएको थियो ।

    • १-८ गते सम्म सञचालित कार्यक्रम मा पार्टि केन्दिय सदस्य ले पार्टि को केन्द्रीय निति तथा कार्यक्रम हरु को बारेमा पार्टि कार्यकर्ता हरुलाई प्रशिक्षण गर्नु भएको थियो उक्त कार्यक्रम मा दिएको प्रशिक्षण बाट त्यहाका कार्यकर्ता निकै उत्साहित भएको भएको कार्यक्रम मा उपस्थित कार्यकर्ता ले जानकारि दिनुभएको छ र पार्टि ले यस्तै कार्यक्रम हरु बेला बेला मा पार्टि ले ल्याउन पनि पार्टि नेतृत्व लाई सुझाब दिएका छन त्यस्तै गरि पार्टि बाँट निर्वाचित जनप्रतिनिध् को कार्यशैली प्रति पनि सन्तुष्टि भएको त्यहाका कार्यकर्ता ले जानकारि गराएका छन भने पालिका र वडबाट एमालेबाट निर्वाचित प्रतिनिधि ले गरेको कार्यक्रम हरु राम्रो संग प्रचार प्रचार गर्नु पर्ने सुझाब दिएका छन पार्टि लाई र जनप्रतिनिधि लाई बिपक्ष ले गरेको घेराबन्दी लाई राम्रो संग चिर्न को लागि पार्टि र पार्टि का जनवर्गिय संगठन हरु एकजुट भई जुरुक्क उठ्न पर्ने निष्कर्ष निकालेको छ।

    उक्त कार्यक्रम का प्रमुख अथिति क.गणेश खनाल ले पार्टिबाट निर्वाचित जनप्रतिनिधी लाई जनताको काममा अझै लाग्न सुझाब दिनुभएको छ, भने पार्टि लाई अझै मझबुत र बलियो बनाउनको लागि आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारि दिनुभएको छ साथै प्रदेश सभा सदस्य चिन्तामणि पाण्डे ले मेरो पाँच बर्षे कार्यकाल आफ्ना जनता को जिवनस्तर बढाउन र यस क्षेत्र विकस को लागि समर्पण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
    त्यसै गरि गा पा अध्यक्ष र उपाध्यक्ष ले सत्यवती का जनता को लागि र यस क्षेत्र को विकाश को लागि कुनै पनि लोभ प्रलोभन मा नपरि काम गर्ने बताउनु भएको छ अफुहरु निर्वाचित भएको नै सत्यवती को सम्बृद्दि को लागि भएको जानकारि गराउदै यस क्षेत्र मा रहनु भएका सम्पुर्ण पार्टि र पार्टि का कार्यकर्ता लाई सत्यवती सम्बृद्द बनाउन सहयोग गर्न अनुरोध गर्नु भएको छ। यस्तै  कार्यक्रममा  प्रचार बिभाग प्रमुख बालकृष्ण भण्डारीले  आफ्ना बिचार  प्रकट गर्नी भएको   थियो।

    २०८०/५/१ देखि सत्यवति गाउँपालिका वाड १ बाट शुरु भएको कार्यक्रम सत्यवती ८ भार्सेमा समापन भएको हो । यस अबधिमा ८ वटै वाड मा पार्टि का कार्यकर्ता को उल्लेखेनिय उपस्थित रहेको थियो ।कार्यक्रम मा सबै वाड वाट १०००भन्दा अगुवा कार्यकर्ता को उपस्थित  रहेको  थियो । 

  • लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न

    लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न

    सुशील खनाल  बुटवल , ९ भदौ

    लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न भएको छ।लियो क्लब अफ बुटवल मेट्रोसिटिका बर्ष २०२३/२४ का अध्यक्ष सन्जिब सुनारको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री ,विशिष्ट अतिथी लियो डिस्टिक ३२५ पि नेपाल जिल्ला उपाध्यक्ष लियो श्रद्दा कुंवर, लियो एड्भाइजर लायन उमानाथ अधिकारी ( उमेश),लायन्स क्लब अफ बुटवल मेट्रोसिटिका अध्यक्ष लायन ई. गोबिन्द प्रसाद लामिछाने साथै अतिथिहरु जनप्रतिनिधि नकुल शाही ठकुरी , लियो जिल्ला सचिब लियो श्रीधर बश्याल ,लियो क्लब अफ बुटवल मेट्रोसिटिका संस्थापक अध्यक्ष लियो लायन मनोज गौतम , नि बर्तमान अध्यक्ष लियो मित्रजन भण्डारी , लियो डिस्टिक का विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
    लियो डिस्ट्रीक अन्तरगतका विभिन्न क्लबका १० टिमबिच भएको प्रतियोगिताको उपाधी आयोजक लियो क्लब अफ बुटवल मेट्रोसिटिले जितेको छ ।प्रतियोगिताको उपबिजेता लियो क्लब अफ अल्फा न्यु होराइजन बनेको छ ।बिजेताले नगद ७५५१/- ,शिल्ड ,मेडल र प्रमाणपत्र र उपबिजेताले नगद रु ४५५१/- मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
    बुटवल ११ देबिनगरस्थित लुम्बिनी बाणिज्य क्याम्पस प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको क्लबका सचिब लियो जि डि शिखरको सन्चालन , उपाध्यक्ष लियो पुनम कुंवर क्षेत्रीले स्वागत मन्तब्यद्वारा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सयोंजक लियो अमित गुप्ताले धन्यवाद मन्तब्य राख्नुभएको थियो ।

  • देशमा आत्महत्या  किन बढिरहेका छन ?

    देशमा आत्महत्या किन बढिरहेका छन ?

    मानिसका विभिन्न इच्छा, चाहना अनि सपनाहरुको एउटा समग्र रुप नै मानविय जीवन हो भने आत्महत्या व्यक्तिको स्वनिर्णय पक्ष हो। मानिसको जीवन सोचेजस्तो सजिलो र सहजै तरिकाले अघि बढाउन केहि कठिन हुन सक्छ तर जीवनको गतिसँगै आईपर्ने विभिन्न चुनौतिलाई अवसरको रुपमा परिणत गर्न सक्ने एउटा बलियो शाहस र हिम्मत राख्नुपर्दछ साथै यसैगरी नै अघि बढ्न सकियो भने तपाई हामी सकारात्मक विचारको साथ पृथक जीवनको साथ अघि बढ्न सक्दछौँ।
    पछिल्लो समय देशको बिग्रदो अर्थव्यवस्था , स्वार्थ केन्द्रित राजनीति व्यवस्था लगाएत विभिन्न कारणहरुले गर्दा विभिन्न पेसामा आबध्द व्यक्ति देखि लिएर सामान्य तहका नागरिकहरुले आर्थिक समस्याका कारण नै आफ्नो जीवनलाई मृत्युको बाटोतिर डोहोर्‍याएका छन।
    तपाई हामी समाजमा नै बस्छौँ। समाजबाट नै धेरै कुराहरुमा सहयोग पनि पाइरहेका हुन्छौँ। तर किन तपाई हामी त्यहि समाजबाट डराउछौ त ? यसको उत्तर तपाई हाम्रो सोचमा नै भर पर्दछ। तपाई हामी एउटै परिवारमा त फरक विचार भएका सदस्यहरु हुन्छौँ भने बाँकी समाज त बिभिन्न सदस्यहरु भएको परिवारको एउटा स्वरुप हो। जहाँ विभिन्न बिचारधारहरु भएका व्यक्तिहरुको समिश्रण हुन्छ। त्यसैले यसैभित्र रमाउन र घुलमिल हुन सक्यौँ भने तपाईहामी बिच भएको पिडालाई केहि हदसम्म भएनि भुलाउन सक्छौ। यसकारण समाजमा हुने विभिन्न धार्मिक तथा सामाजिक कृयाकलाप, सन्देशमुलक कार्यक्रम तथा कृषि क्षेत्रतिर हुने मेलापात सङ्गै सामुहिक सहकार्य गर्ने प्रयास गर्नुपर्दछ्।

    कुनैपनि व्यक्तिले आ–आफ्नै विभिन्न प्रकारका व्यक्तिगत तथा पारिवारिक समस्या भोगिरहेको हुन्छ। त्यसैले आफ्नो नजरमा आफुलाई मात्र कमजोर अवस्थामा रहेको सोच्नु हुदैन समस्या सबैलाई हुन्छ र समस्या संगै समाधानको उपाय खोज्दै जानुपर्छ भन्ने मनोवलको शक्ति आफैमा पैदा गर्ने प्रयास गर्नुपर्दछ।

    मानव जिवन नै यो संसारको सबैभन्दा उत्कृष्ट जीवन हो। भगवानले हामीलाई उपहार स्वरुप दिएको यो जीवनमा पर्दा पछाडि जस्तै सङ्घर्ष भन्ने शब्द पनि समावेश भएर आएको छ त्यसैले अवसर र चुनौतीको सामना गर्दै जीवनलाई रङ्गमय बनाउनुपर्दछ।
    मानिसको गतिशिल जीवनमा नयाँ नयाँ चुनौतिहरुको आगमन भईरहेको हुन्छ र तिनै चुनौति सङ्गै आउने परिस्थितिहरुले नै जीवन जिउने परिभाषा सिकाएको हुन्छ। तपाई हामी पनि व्यक्तिगत जीवनमा आउने समस्यालाई अन्य ब्यक्तिको सुखद यात्रासंग दाजेर होइन आफै समाधानको उपाय खोजेर अघि बढ्नुपर्दछ।
    मानिसलाई निराशाले कमजोर बाटोतिर जान बाध्य बनाउछ भने आशावादि विचारले अझ सङ्घर्ष गरेर जीवनलाई अघि बढाउने हिम्मत र शाहस प्रदान गरेको हुन्छ। जीवनलाई विभिन्न तबरले परिभाषित गर्न सकिन्छ “ जीवन सङ्घर्ष हो र सङ्घर्ष नै जिन्दगीको जिउने आधार हो” भन्ने विचारलाई आत्मसाथ गर्दै सकारात्मक विचार सहित सङ्घर्ष सङ्ग हार नमानी जीवनमा आउने जस्तोसुकै परिस्थितिलाई पनि डटेर सामना गर्न सक्ने सामर्थ्य निकाल्न सक्नु नै जिन्दगीको सार्थकता हो।

    किन मान्छे आत्महत्याको बाटो रोज्छ ?
आत्महत्या एउटा विश्वमा नै क्रमिक रुपमा घटिरहने घटना हो। जहा विकशित मुलुकहरु पनि यो घटना बाट अछुतो छैनन्। लिथुनिया, रसिया, दक्षिण कोरिया जस्ता देशहरु आत्यहत्या हुने शिर्ष स्थानमा रहेका छन। देश तथा विदेशका चर्तित सेलिब्रेटीहरुबाट पनि यो घटना बारम्बार घटिरहेको समाचार आइरहेको हुन्छ।
    विशेषगरी आत्महत्या हुने प्रमुख कारणहरु भनेको गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, दिर्घकालिन रोग, बेरोजगारी, धुम्रपान तथा मादक पदार्थको अत्याधिक सेवन, लाज, डर, एक्लोपन तथा विभिन्न क्षेत्रमा हुने असफलताहरु रहेका हुन्छन ।आत्महत्या आफैमा रोगीले मात्र गर्ने घटना नभई जोसुकै व्यक्तिले जतिबेला पनि गर्नसक्ने एउटा दु:खत घटना हो।
    पृथ्वीमा एउटा उपहार स्वरुप पाएको जीवनलाई डोरीको सहारा लिएर झुण्डिनु, विष सेवन गर्नु, नदिमा हामफाल्नु तथा आफैले छुरा हान्नु आफ्नो जीवनको समापन आफै गर्न खोज्नु मानिसको कायरता हो। पछिल्लो समय विश्व नै कोभिड – 19 बाट प्रभावित भइरहेको बेला हाम्रो जस्तो गरिब मुलकमा यो समस्या अझबढि उग्ररुपमा बढिरहेको छ त्यसैले यसलाई न्युनिकरण गर्नको लागि स्थानिय सरकार, प्रदेश सरकार तथा राज्य सजग हुन जरुरी देखिन्छ।
    आत्महत्याको जोखिममा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने ?
वास्तवमा कुनै पनि मानिस यसै मर्न चाहदैँन उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पको रुपमा रोजेको बाटो आत्महत्या हो। हाम्रो समाजमा आत्महत्या गर्ने व्यक्तिलाई कायर, स्वार्थी, पापी र नालायक जस्ता शब्दहरुले प्रहार गर्ने गरिन्छ। आत्महत्या एउटा समस्याको परिणाम हो। यसको जोखिममा परेको व्यक्तिलाई गर्ने सबैभन्दा राम्रो सहयोग भनेको सहानुभुती र सुनाई हो। त्यस्ता व्यक्तिको भावना बुझि उसका केहि गोप्य कुरा तथा भावना प्रति संवेदनशिल भई बाँकी जिवनलाई सकारात्मक सोच बाट अघिबढाउने शाहस तथा धैर्यताको पाठ सिकाउनुपर्दछ।
    आत्महत्याको समाधानमा तपाई हाम्रो भुमिका
आत्महत्या आफैमा एउटा जटिल समस्याको रुपमा स्थापित हुदैछ। यसलाई समाधान गर्न एक व्यक्ति तथा संस्थाले मात्र सम्भव हुदैन। त्यसैले देशका सम्पूर्ण शिक्षित युवावर्ग तथा देशमा भएका अंगहरु, सरकारको माथिल्लो तहमा रहेर नीति निर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यन्वयन गर्ने स्थानीय सरकार, समाजका बुद्धिजिवी सर्कल लगायत स्वास्थ्य, शिक्षा, सञ्चार तथा राजनीतिज्ञ क्षेत्रबाट उचित समन्वयन र सहकार्यका साथ एकजुट भई अघि बढ्न जरुरी छ।
    (मोहन कुवर गुल्मी, सत्यवति गाउँपालिका –२, चेहेमी हाल जापान)

  • गाउँदेखी  सहर  सम्म आत्महत्या  किन बढीरहेका  छन

    गाउँदेखी सहर सम्म आत्महत्या किन बढीरहेका छन

  • होटल पौवा घोराहीका प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    होटल पौवा घोराहीका प्रबन्धक भुसालले आफ्नो जन्मदिन यसरी मनाय

    चुरामणि तिमिल्सिना  भदौ ९
    होटल पौवा घोराहीका मेनेजरद्वारा आफ्नो जन्मदिन यसरी मनाय

    दाङ । अर्घाखाँची घरभइ हाल दाङ्ग घोराहीमा रहेको होटेल पौवा का ब्रान्च प्रमुख खुमानन्द भुसालले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा घोराहीका प्रमुख भुसालले बताउनु भयो।

    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने , ठुला ठुला पाटी गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गर्नु भएको हो भुसालले ।रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० कार्यक्रम सफल पार्न जन्म दिनको अवसर पारेर सहयोग गरेको उनले बताए । कार्यक्रमका अध्यक्ष   चुरामणि तिमिल्सिनाले   टेलीफोन  गरेर भुसाल लाई   जन्मदिनको   शुभकामना  प्रदान गर्दै सामाजिक  कार्यमा जोडिनु भएकोमा  बधाई  तथा शुभकामना  प्रदान गर्नु भएको  हो।

  • होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    चुरामणि तिमिल्सिना   भदौ  ९

    होटल पौवा घोराहीका  प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    दाङ । अर्घाखाँची घरभइ हाल दाङ्ग घोराहीमा रहेको होटेल पौवा का ब्रान्च प्रमुख खुमानन्द भुसालले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा घोराहीका प्रमुख भुसालले बताउनु भयो।

    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने , ठुला ठुला पाटी गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गर्नु भएको हो भुसालले ।रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० कार्यक्रम सफल पार्न जन्म दिनको अवसर पारेर सहयोग गरेको उनले बताए । यता  कार्यक्रमका प्रमुख  चुरामणि तिमिल्सिनाले भुसाललाई  टेलीफोन  गरिए  जन्म दिनको   शुभकामना  प्रदान गर्दै  सामाजिक  काममा आफ्नो जम्म दिन  मनाउनु भएकोमा बधाई  तथा शुभकामना  प्रदान गर्नु भयो।

  • होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    चुरामणि  तिमिल्सिना   भदौ  ९

    होटल पौवा घोराहीका   प्रबन्धक  भुसालले  आफ्नो जन्मदिन यसरी मनाय

    अर्घाखाँची घरभइ हाल दाङ्ग घोराहीमा रहेको होटेल पौवा का ब्रान्च प्रमुख खुमानन्द भुसालले आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा घोराहीका प्रमुख भुसालले बताउनु भयो।

    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने , ठुला ठुला पाटी गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गर्नु भएको हो भुसालले ।रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० कार्यक्रम सफल पार्न जन्म दिनको अवसर पारेर सहयोग गरेको उनले बताए ।

  • प्याब्सन गुल्मीको अंतरक्रिया  कार्यक्रम  सम्पन्न

    प्याब्सन गुल्मीको अंतरक्रिया कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना भदौ  ८

    प्याब्सन,गुल्मी द्वारा आयोजित संघीय शिक्षा विधेयक माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा सम्मान कार्यक्रम समपन्न भएको छ । उक्त विधेयकले निजि विद्यालयलाई कसरी सम्बोधन गरेको छ भन्ने जानकारी गराइएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्याब्सन केन्द्रीय उपाध्यक्ष,दिपिका थापा, विशिष्ट अतिथिको रुपमा सावित्रा ज्ञवाली, उपाध्यक्ष, छत्रकोट गाउँपालिका लगायत अतिथिहरुमा प्याब्सन केन्द्रीय सदस्यहरु,प्याब्सन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेको उपस्थिति रहेको थियो।

    सम्मान कार्यक्रममा रेन्वो ईङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुलबाट SEE २०७९ मा ३.९५ जि पि ए ल्याउन सफल विद्यार्थी निरज श्रेष्ठ र विद्यालय सम्मानित भएका थिए। गुल्मी जिल्ला प्याब्सनमा आवद्ध सबै १९ वटा निजि विद्यालयका प्रिन्सिपल वा प्रतिनिधिहरु सहभागि कार्यक्रमको अध्यक्षता प्याब्सन गुल्मीका अध्यक्ष राजु कुवरले गर्नु भएको थियो। प्याब्सन गुल्मीका उपाध्यक्ष योजन खत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा छत्रकोट गा पा उपाध्यक्ष सावित्रा ज्ञवालीले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा प्याब्सन प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेले र प्याब्सन केन्द्रीय उपाध्यक्ष दिपिका थापाले वर्तमान शिक्षा विधेयकको वारेमा स्पष्ट पार्नु भएको थियो।

    उहाँहरुले यदि राज्यले निजी विद्यालयको घाँटी निमोठ्न खोजे आफुहरु चुप लागेर नबस्ने र निजि विद्यालय पनि राष्टकै अंग भएकाले सरकारलाई अभिभावकको भुमिका खेल्दिन अनुरोध गर्नु भएको थियो। साथै, सरकारले निजि विद्यालय विना नेपालको शिक्षा पुर्ण हुन नसक्ने हुदा निजि विद्यालयका मागहरु सम्बोधन गरेर मात्र विधेयक संसदमा पेस गरिने आश्वासन प्रधानमन्त्रीले दिनु भएको जानकारी समेत उपाध्यक्ष थापाले दिनुभएको थियो । प्याब्सन प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डेले यदि गुणस्तरीय शिक्षा दिन सके नेपालमा निजि विद्यालयको भविष्य राम्रो रहेको हुदा, समयको माग अनुसारको शिक्षा प्रदान गर्न सबै विद्यालयलाई अनुरोध गर्नु भएको थियो।

    छत्रकोट गाउँपालिकाको चोयगामा संचालित कार्यक्रम प्याब्सन गुल्मीका कोषाध्यक्ष सन्तोष चुडालीले गर्नुभएको थियो भने कार्यक्रममा रेन्वो ई.से.बो.स्कुल, बलेटक्सार र ग्रिनबड बोर्डिङ्ग स्कुल,विरवासका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरेका थिए।

  • हराउनु भएकी पम्फा  झुन्डिएको  अवस्थामा मृत्यु  फेला

    हराउनु भएकी पम्फा झुन्डिएको अवस्थामा मृत्यु फेला

    भदौ  ८  रिडी चुरामणि तिमिल्सिना

    दुखद:खबर फलोअफ मात्र गरेका हौ धेरैले खोजी कार्यमा सहयोग गर्नु भयो तर उहाँ आजझुन्डिएको अवस्थामा फेला पर्नु भएको हो।

    रिमुवाकी पम्फा घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला

    गुल्मी जिल्ला रुरुक्षेत्रगाउँपालिका वडा ६ रिमुवा वर्ष ५५ कि पम्फा कुमारी पछाई केही दिन अगाडी देखि हराइ रहेको समाचार प्रकासन तथा प्रसारण गरेका थियौ तर उहाँ लाई आज स्थानीयले घर नजीक झुन्डिएको अवस्थामा देखेर घर परिवारलाई जानकारी गराएका हुन अहिले ईलाका प्रहरी कार्यालय रिडीको टोलि घटना स्थलमा पुगेको छ ।

    उहाँले घर बाट निस्किदा पत्र लेख्दै आफ्नो आर्थिक कारोबार मिलाउन नसकेको भन्ने पत्रको ब्य्वहारमा उल्लेख गर्दै मैले अन्तिम बिकल्प रोजेको पनि पत्रमा उल्लेख गरिएको वडाले जानकारी दिएको छ।