लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न

सुशील खनाल  बुटवल , ९ भदौ

लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न भएको छ।लियो क्लब अफ बुटवल मेट्रोसिटिका बर्ष २०२३/२४ का अध्यक्ष सन्जिब सुनारको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री ,विशिष्ट अतिथी लियो डिस्टिक ३२५ पि नेपाल जिल्ला उपाध्यक्ष लियो श्रद्दा कुंवर, लियो एड्भाइजर लायन उमानाथ अधिकारी ( उमेश),लायन्स क्लब अफ बुटवल मेट्रोसिटिका अध्यक्ष लायन ई. गोबिन्द प्रसाद लामिछाने साथै अतिथिहरु जनप्रतिनिधि नकुल शाही ठकुरी , लियो जिल्ला सचिब लियो श्रीधर बश्याल ,लियो क्लब अफ बुटवल मेट्रोसिटिका संस्थापक अध्यक्ष लियो लायन मनोज गौतम , नि बर्तमान अध्यक्ष लियो मित्रजन भण्डारी , लियो डिस्टिक का विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
लियो डिस्ट्रीक अन्तरगतका विभिन्न क्लबका १० टिमबिच भएको प्रतियोगिताको उपाधी आयोजक लियो क्लब अफ बुटवल मेट्रोसिटिले जितेको छ ।प्रतियोगिताको उपबिजेता लियो क्लब अफ अल्फा न्यु होराइजन बनेको छ ।बिजेताले नगद ७५५१/- ,शिल्ड ,मेडल र प्रमाणपत्र र उपबिजेताले नगद रु ४५५१/- मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
बुटवल ११ देबिनगरस्थित लुम्बिनी बाणिज्य क्याम्पस प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको क्लबका सचिब लियो जि डि शिखरको सन्चालन , उपाध्यक्ष लियो पुनम कुंवर क्षेत्रीले स्वागत मन्तब्यद्वारा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सयोंजक लियो अमित गुप्ताले धन्यवाद मन्तब्य राख्नुभएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 969

Leave a Reply

Your email address will not be published. Required fields are marked *