Author: रुरु संचार मिडिया प्रा.लि

  • पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

    पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

    पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न
    सुरेश छन्त्याल

    गलकोट नगरपालिका–१० पाण्डबखानीमा आयोजित एक कार्यक्रममा स्व. हरि पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

    गत असार १० गते २४ वर्षीय पौडेलको असामयिक निधन भएको थियो। गाविस पञ्चायतका पूर्वअध्यक्ष महत्तत शर्माका नाति तथा डाम्बर शर्माका माइला छोरा पौडेल इन्जिनियरको रूपमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स क्षेत्रमा कार्यरत थिए।

    आज नवौँ दिनको पुण्यतिथिका अवसरमा गलकोट नगरपालिका–१० वडा कार्यालय, पाण्डबखानी माध्यमिक विद्यालय, नेपाली कांग्रेस वडा समिति, र घुम्टे प्रसारण मिडिया प्रालि संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी संस्थाहरूले श्रद्धाञ्जली पत्र परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए।

  • रुपन्देहीमा आयोजित एकदिने प्रशासनिक सेवा शिविरबाट ७१ जना लाभान्वित

    रुपन्देहीमा आयोजित एकदिने प्रशासनिक सेवा शिविरबाट ७१ जना लाभान्वित

     

    चुरामणि तिमिल्सिना श्रावण १७
    रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ५, बम्घाले आफ्ना वडावासीहरू रूपन्देहीमा बसोबास गरिरहेको अवस्थालाई ध्यानमा राख्दै शुक्रबार तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा एकदिने प्रशासनिक सेवा शिविर सम्पन्न गरेको छ।

    शिविरबाट कुल ७१ जना सेवाग्राही लाभान्वित भएका छन्। तीमध्ये दुईजनाले नाता प्रमाणित, एकजनाले नागरिकता सिफारिस,दुई जनाले जन्मदर्ता र एकजनाले मृत्युदर्ता सेवा प्राप्त गरेका छन्। यस्तै, ६६ जनाले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताका कागजात नवीकरण गरेका छन्।

    शिविर कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष परशुराम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो।उपाध्यक्ष रुद्रप्रसाद ज्ञवालीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।

    प्रशासनिक सेवा प्रवाहका लागि रुरु क्षेत्र गा.पा. वडा नम्बर ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीको नेतृत्वमा वडा सचिव गोविन्दप्रसाद पौडेल तथा तिलोत्तमा वडा नं. १ का वडासचिव हेमराज न्यौपाने लगायतको टोली खटिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले वडाभन्दा बाहिर रहेका जनतालाई सेवा पु¥याउन यस्तो शिविर अत्यन्त उपयोगी भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भने, “जनताको सेवा घरदैलोमै पुर्‍याउनु स्थानीय सरकारको कर्तव्य हो। यस्तो कार्यक्रमले जनताको मन जित्न सक्छ।”

    विशिष्ट अतिथि रुरुक्षेत्र गाउँपालिका वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले समाजको पहलमा सञ्चालन गरिएको शिविर सफल भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो। “वृद्धवृद्धालाई यातायातको समस्या हुने भएकाले सेवा पुर्‍याउने यस्तो प्रयास गरिएकोले आगामी दिन्मा निरन्तरता प्रदान बताउनु भयो।उहाले

    शिविर सफल पार्न सहकार्य गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै भने, “यस्ता सेवामूलक कार्यक्रमले वडाबाहिर रहेका जनतालाई ठूलो राहत पुर्‍याएको छ। आगामी दिनमा बुटवल क्षेत्रका अन्य स्थानमा पनि यस्ता कार्यक्रम पुर्‍याउने योजना भएको बताउउ भयो यता कार्यक्रमकका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले यो अत्यन्त उपयुुक्त कार्यक्रम भएकोले वडा सरकारले निरन्तरता दिन आवस्यक भएको बताउनु भयो।

    कार्यक्रम सञ्चालन सम्पर्क समाजका कोषाध्यक्ष सरोज ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण तथा समन्वय भूमिका गुल्मी बम्घा रुपन्देही सम्पर्क समाज तिलोतमा ४ नयाँ मिल्ले गरेको हो।

  • ऐरावती -२मा गोठमा आगोलागी हुँदा ६ वटा बाख्रा जलेर नष्ट ,एक घाईते

    ऐरावती -२मा गोठमा आगोलागी हुँदा ६ वटा बाख्रा जलेर नष्ट ,एक घाईते

    ऐरावती -२मा गोठमा आगोलागी हुँदा ६ वटा बाख्रा जलेर नष्ट ,एक घाईते
    अर्थपूर्ण मिडिया
    साउन-१२
    प्युठान। प्युठानको ऐरावती गाउँपालिका २ बरौल सिरेनीमा गोठमा आगलागि भएको छ।स्थानीय बिष्णु बहादुर जिसीको गोठको थारोमा उपिया पोल्ने क्रममा दिउँसो आगो लागेको वडा अध्यक्ष भिमेश घर्ती मगरले अर्थपूर्ण मिडियालाई जानकारी दिनु भयो।

    उहाँको अनुसार आगोलागिबाट २ वटा पाठा र ४ वटा बाख्रा जलेर मरेका छन् भने १ वटा बाख्रा घाइते भएको छ।स्थानीय वासी, स्थानीय सरकार र प्रशासनको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।आगोलाई सुरक्षित तरिकाले प्रयोग गर्न वडावासीहरुलाई वडा सरकारले अपिल गरेको छ।

  • धुर्कोट गाउँपालिकामा आगोलागीबाट एकजनाको ज्यान गयो।

    धुर्कोट गाउँपालिकामा आगोलागीबाट एकजनाको ज्यान गयो।

    रमेश  पन्थि  साउन–११
    गुल्मी।गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको एक घरमा आगलागी भएको छ।

     

    उक्त आगलागीमा परि एक जनाको ज्यान गएको छ ।स्थानीय वासीका अनुसार घरमा अचानक आगलागी भएको हो। भने मृतकको नाम हालसम्म सार्वजनिक गरिएको छैन।

    आगलागीको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार खाना पकाउने क्रम मा आगो फैलिएको हुनसक्ने जनाइएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको छ ।

     

    घटना स्थलमा पुगेका स्थानीय जनप्रतिनिधि तथा प्रहरी टोलीले क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा, नगदसहितको क्षति भएको अनुमान गरिएको छ। बस्तु प्रहरी चौकीले जनाएको छ ।

  • स्वयम् अभिभावकको उपस्थितिमा कामाक्षी माविले सार्वजनिक गर्यो नतिजा

    स्वयम् अभिभावकको उपस्थितिमा कामाक्षी माविले सार्वजनिक गर्यो नतिजा

    स्वयम् अभिभावकको उपस्थितिमा कामाक्षी माविले सार्वजनिक गर्यो नतिजा
    अर्थपूर्ण मिडिया
    साउन-१०,२०८२
    प्युठान।कामाक्षी माध्यामिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।माण्डवी गाउँपालिका -४ धोबाघाट स्थित उक्त विद्यालयले हिजो एक कार्यक्रमका वीच नतिजा सार्वजनिक गरेको हो।कार्यक्रममा विद्यालय व्यवस्थापन समीति ,शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधि,शिक्षक, विद्यार्थी,अभिभावकहरुको उपस्थिति रहेको थियो।विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर बढाउन सहयोग मिल्ने तथा आम अभिभावकको विद्यालयप्रति चासो,चिन्ता र सहयोग बढ्ने भन्दै स्वयम् विद्यार्थीको आफ्नै अभिभावकको उपस्थितिमा मात्र नतिजा हेर्न सक्ने व्यवस्था गरेको हो।विद्यालयले यो नयाँ प्रयास अन्य विद्यालयले पनि अनुसरण गर्दै जाने विश्वास व्यक्त गरेको छ।विद्यालय स्रोतका अनुसार अहिले कामाक्षी माध्यामिक विद्यालयमा करिव ६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्।

  • रामकोट आधारभूत विद्यालयमा वृक्षारोपणसहित नतिजा प्रकाशन

    रामकोट आधारभूत विद्यालयमा वृक्षारोपणसहित नतिजा प्रकाशन

    चुरामणि तिमिल्सिना  रिडी  श्रावण ७

    चन्द्रकोट गाउँपालिका–७ रुपाकोटस्थित रामकोट आधारभूत विद्यालयमा वृक्षारोपण तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको सहभागितामा विद्यालय प्राङ्गणमा फुलहरू रोपेर वातावरणीय सौन्दर्य वृद्धि गरिएको हो।

    विद्यालयलाई आकर्षक बनाउने उद्देश्यसहित विशेषगरी रंगीचंगी फुल रोपिएको विद्यालयका प्रधानाध्यापक बसन्ती अर्याल ले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रम विद्यालयमा औपचारिक रूपमा भएको थियो।

    कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष हरिलाल आचार्यले गर्नुभएको थियो। कार्यक्रममा त्रैमासिक परिक्षाको नतिजा विश्लेषण गरिएको थियो। विगत वर्षहरूको तुलनामा यस वर्ष नतिजामा सुधार देखिएको, विद्यार्थीको बौद्धिक क्षमता र लेखाइमा स्पष्ट प्रगति आएको अभिभावकले बताए।कार्यक्रममा सहभागी अभिभावक धनकला पाण्डे, पितम्बर गैरे र जुना परियारले विद्यालयको भौतिक प्रगति, शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा भएको सुधारले आफूहरूमा सकारात्मक ऊर्जा जागेको र विद्यालयप्रति गर्व महसुस भएको प्रतिक्रिया दिनुभयो।यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सुनारले आफू अनुपस्थित भए पनि वृक्षारोपण तथा नतिजा प्रकाशन कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै विद्यालयका प्रशासनिक कार्यदेखि शैक्षिक उपलब्धिसम्म सुधार देखिनु विद्यार्थीको क्षमतामा वृद्धि भएको संकेत भएको जानकारी दिनुभयो।

  • रुरु क्षेत्र वडा नं ३ मा दुना टपरी तालिमपछि ‘थोर्गेली समूह’ मार्फत व्यवसायिक उत्पादन सुरु

    रुरु क्षेत्र वडा नं ३ मा दुना टपरी तालिमपछि ‘थोर्गेली समूह’ मार्फत व्यवसायिक उत्पादन सुरु

     

    चुरामणि तिमिल्सिना   रिडी  श्रावण ७

    रुरु क्षेत्र गाउँपालिका वडा नं ३ थानापतिका दिदीबहिनीहरू तीन दिने दुना–टपरी निर्माण तालिमपछि व्यावसायिक उत्पादनमा लाग्न थालेका छन्। रुरुक्षेत्र गाउँपालिका लघु उद्यम विकास शाखा को कार्यक्रम अन्तर्गत वडा नं ३ को आयोजना र रुरु क्षेत्र गाउँपालिकाको आर्थिक र प्राबिधिक सहयोगमा सम्पन्न तालिमले सहभागी महिलाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारीको बाटो खोलिदिएको छ।तालिममा सहभागी भएकी प्रतीक्षा ठडराईका अनुसार, “तीन दिनको तालिमले हामीलाई दुना टपरी व्यवसाय सञ्चालन गर्न आत्मविश्वासी बनायो। अहिले त यति धेरै माग छ कि समयमा माग अनुसार पुर्याउन समेत हम्मेहम्मे परेको छ।”तालिमपछि महिलाहरूले ‘थोर्गेली दुना टपरी समूह’ नाम राखी उत्पादन र बजार प्रवर्द्धनको थालनी गरेका छन्। मङ्गलबार एक विशेष भेलामार्फत समूहले दुना–टपरीको दरभाउ पनि निर्धारण गरेको छ। हाल यज्ञ, पूजापाठ, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता धार्मिक कार्यहरूका लागि प्रयोग हुने दुना–टपरी बनाउने कार्यमा समूहका सदस्यहरू व्यस्त छन्।प्रमाणपत्र ग्रहण गर्दै सहभागी जानकी ज्ञवालीले समूह बनाएर व्यवसायलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “अब गाउँमै यो व्यवसाय विस्तार गर्छौं,” उहाँले बताउनुभयो।समूहकी अर्की सदस्य शोभा क्षेत्रीका अनुसार, “पहिले बुटवलबाट ल्याउने दुना–टपरीमा गुणस्तर कम हुने, तोडफोड हुने र महँगो पर्ने समस्याले घाटा व्यहोर्नुपरेको थियो। अब आफ्नै गाउँबाटै उत्पादन भएपछि गुणस्तरयुक्त र सस्तो दुना–टपरी प्राप्त हुने भएको छ।”

    तालिम सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकी वडा नं ३ की वडा सदस्य विष्णु केसीले सहभागी दिदीबहिनीहरूले फुर्सदको समयमा वनपाखाबाट पात टिपेर दुना–टपरी बनाउने काम गरिरहेको जानकारी दिनुभयो। साथै, स्थानीय स्रोतको उपयोग गर्दै स्थानीय उत्पादनलाई प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो।उद्योग स्थापना र सशक्तिकरणमार्फत महिलाहरूको आत्मनिर्भरता बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिमले अब व्यावसायिक मोड लिएको छ। सामूहिक रूपमा उत्पादन गर्दै बजारमा पुग्ने यो अभियानले दिगो रोजगारीको सम्भावना पनि देखाएको छ।

  • वनबाट सडकसम्म: ग्रामीण आँप व्यापारमा व्यस्त पुष्पा

    वनबाट सडकसम्म: ग्रामीण आँप व्यापारमा व्यस्त पुष्पा

     

     

    चुरामणि  तिमिल्सिना  असार  ६

    तानसेन नगरपालिका–१४ अन्तर्गत बुटवल–तम्घास सडकखण्डमा ग्रामीण भेगमा पाइने पुराना जातका आँपहरू सडक छेउमै बिक्री हुने क्रम बढेको छ। त्यस्तै एउटा परिचित अनुहार हुन पुष्पा थापा, जो विगत केही समयदेखि आँपको सिजनमा वनजङ्गलबाट आँप संकलन गरी सडकछेउमा बिक्री गर्दै आएकी छन्।

    पुष्पा बिहान सबेरै उठेर नजिकको वनतिर लाग्छिन्, आँप टिप्छिन्, त्यसपछि घरायसी काम सकेर बजारतिर लाग्ने गर्नुहुन्छ। यो क्रम उहाँको दैनिकीको हिस्सा बनिसकेको छ। उहाँले दिनको १५०० देखि २००० रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ।

    उहाँको व्यवसाय सिजनअनुसार परिवर्तन हुने गर्दछ। धार्मिक पर्वका अवसरमा कालीगण्डकी नदी किनारमा गुड, प्रसाद, नरिवल, फूल आदिको व्यापार गरेर पनि राम्रो आम्दानी गर्ने पुष्पा अहिले आँप व्यवसायमा व्यस्त छिन्।

    सडक छेउमा सजीव रूपमा सजाइएका आँपहरू किन्नका लागि यात्रु र सवारी चालकहरूकै भीड लाग्ने गरेको छ। यति मात्रै होइन, लिची, मकै, नासपाती, च्याउजस्ता मौसमी उपजको व्यापारमा पनि पुष्पाको सक्रियता देखिन्छ, जसका कारण धेरैजसो ग्राहकहरू उहाँलाई चिन्छन् र खोज्दै आइपुग्छन्।

    जीवनयापनका लागि परिश्रम र लगनशीलतासँग अघि बढेकी पुष्पा थापाको यो आत्मनिर्भर प्रयास ग्रामीण महिलाको उदाहरणीय प्रेरणा बन्न सक्छ।

  • रुरुक्षेत्र वृद्धाश्रममा जेष्ठ नागरिक मिलन केन्द्र उद्घाटन

    रुरुक्षेत्र वृद्धाश्रममा जेष्ठ नागरिक मिलन केन्द्र उद्घाटन

     

    चुरामणि तिमिल्सिना  रुरुक्षेत्र (साउन ४) —

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. १ रिडीमा अवस्थित मानव कल्याण वृद्धाश्रम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र को शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।

    गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष जीवनकुमार कसजु कार्यक्रम अध्यक्ष रहेका थिए। कार्यक्रममा स्वागत मन्तव्य जेष्ठ नागरिक साधक दुर्गादत्त पौडेलले प्रस्तुत गर्नुभएको थियो।

    उक्त मिलन केन्द्रले गाउँ तथा सहरी क्षेत्रमा रहेका जेष्ठ नागरिकलाई एकै स्थानमा भेला गराई भक्ति संगीत, सत्संग, अनुभव आदानप्रदान तथा समय सदुपयोगको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

    अध्यक्ष ज्ञवालीले रुरु क्षेत्रलाई नेपालका चारधाममध्ये एक मानिने धार्मिक, पौराणिक र पर्यटकीय स्थलका रूपमा चिनाउँदै जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू अत्यन्त जरुरी रहेको बताए। साथै, गाउँपालिकाले यस्ता रचनात्मक तथा सेवामूलक कार्यक्रमहरूमा निरन्तर सहयोग गर्ने घोषणा पनि गरे।

    संस्थाका सचिव सुवर्णलाल कक्षपतिले रुरु क्षेत्र जेष्ठ नागरिकको संख्या बढ्दो रहेको ठाउँ भएकाले मिलन केन्द्रको महत्व अझ बढेको बताए।

    कार्यक्रममा स्व. पशुपतिप्रसाद अमात्यले  वृद्धाश्रम स्थापनामा पुर्‍याएको योगदानलाई सम्झँदै अध्यक्ष कसजुले यस संस्थाबाट निःशुल्क स्वास्थ्य सेवा, खाद्यान्न, कपडा वितरण, सत्संगजस्ता सेवाहरू प्रभावकारी रूपमा सञ्चालन भइसकेको जानकारी गराए।

    कार्यक्रममा स्थानीय जेष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

  • लक्ष्मी आधारभूत विद्यालयमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    लक्ष्मी आधारभूत विद्यालयमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

     

    चुरामणि तिमिल्सिना रिडी

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लक्ष्मी आधारभूत विद्यालयमा एक विशेष कार्यक्रमका बीच अति विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक, झोला लगायतका सामग्री वितरण गरिएको छ।

    कार्यक्रम रुरु कृषि परियोजनाको आयोजनामा तथा रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो। विद्यालयका प्रधानाध्यापक मनकला भण्डारीका अनुसार उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ९० प्रतिशत बोटे, माझी तथा अन्य विपन्न वर्गका हुन्।

    वितरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली रहनुभएको थियो भने वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा रुरु कृषि परियोजनाका पदाधिकारीहरू, जनप्रतिनिधिहरू तथा शिक्षा प्रेमी महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले विपन्न वर्गका विद्यार्थीहरूका लागि आवश्यक पर्ने शैक्षिक सामग्री पालिका तथा परियोजनाको समन्वयमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्यालयको नतिजा सुधार भएको देख्दा खुसी लागेको भन्दै आगामी दिनमा अझ बढी सहयोग गरिने स्पष्ट पार्नुभयो।

    वडा अध्यक्ष ज्ञवालीले विद्यालय वरिपरि बोटे, माझी लगायत विपन्न समुदायको बस्ती रहेकोले शैक्षिक गुणस्तर वृद्धिमा कुनै कमी नहुनेगरी व्यक्तिगत तथा वडास्तरबाट निरन्तर सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।