Author: रुरु संचार मिडिया प्रा.लि

  • भुमिहिन दलित भुमिहिन सुकुमबासि र अव्यवस्थित बसोबासिहरुलाई गुल्मीको सत्यवति गाउँपालिका  निस्सा वितरण कार्यक्रम

    भुमिहिन दलित भुमिहिन सुकुमबासि र अव्यवस्थित बसोबासिहरुलाई गुल्मीको सत्यवति गाउँपालिका निस्सा वितरण कार्यक्रम

    चुरामणि तिमिल्सिनाले

     

    भुमिहिन दलित भुमिहिन सुकुमबासि र अव्यवस्थित बसोबासिहरुलाई गुल्मीको सत्यवति गाउँपालिका गुल्मिमा ६२ जना लागि औपचारिक कार्यक्रमका साथ निस्सा वितरण कार्यक्रम गरिएको हो। पालिकाका अध्यक्ष टिकारम पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा राष्टिय भुमि आयोग गुल्मिका अध्यक्ष राम मल्ल ठकुरिको प्रमुख आथित्यता रहेको थियो। समारोहमा विशिष्ट अतिथि पालिकाकि उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल यस्तै आयोग बिज्ञ सद्स्य तिलाचन पाण्डे आयोगका सद्स्य सिता बलाल , बिर बहादुर गुरुङ वडाका जन प्रतिनिधि समारोहमा विशिष्टत आथित्यता रहेको थियो।कार्यक्रममा कार्यक्रम माथि प्रकाश पार्दै अध्यक्ष मल्लले बेलामै नापजाच समयमै सुरु हुने १० बर्ष सम्म यस्ता जगाहरु बेच बिखन गर्न नपाइने विभिन्न प्रकारका जग्गाको विषय बस्तुको मापदण्डका प्रकार राज्स्व लगायतको विषयमा चर्चा गर्नु भएको थियो । समारोहमा भुमिहिन दलित १६ जना भुमिहिन सुकम बासि सि १३ जना र अव्यवस्थित ३३ जना गरि जम्मा ६२जना लाई निस्सा बितरण गरिएको आयोगका अध्यक्ष राम मल्ल ठकुरीले बताउनु भयो। आयोगले हाल सम्म रुरु क्षेत्र गाउँपालिका , कालीगण्डकी सत्यवति चन्द्रकोट मदाने गाउँपालिका , धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकामा हाल सम्म ७०३ जना लाई निस्सा बितरण गरिएको बताउनु भयो। यता आयोगका बिज्ञ तिलाचन पाण्डेले यो गाउँपालिकामा फर्म भरेका सबैले निस्सा पाउदा आफैलाई पनि खुसि लागेको बताउदै केही नाम टिपाउन बाकी रहेका लाई पनि आयोगले बिचार गरेर पुन उहाँ हरु लाई पनि निस्सा प्रदान गरिने बताउनु भयो। समारोह लाई समापन गर्दै अध्यक्ष पाण्डेले आयोग्ले छिटो छरितो र जनताका समस्या हरु लाइ सरल तरीकाले समाधान गर्न आग्रह गर्दै पालिका बासि लाई आयोगले प्रदान गरेका जग्गाहरु लाई कृषिमा पनि लगानी गरेर सदुपयोग गर्न जोड दिनु भयो कार्यक्रमको सन्चालन प्रशासन अधिकृत नेत्र प्रसाद पाण्डेले गर्नु भएको रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिनाल समाचार पठाउनु भएको छ ।

  • सहकारी को प्रारम्भिक बार्सिक साधरण धुर्कोट नयाँगाउँमा सम्पन्न

    सहकारी को प्रारम्भिक बार्सिक साधरण धुर्कोट नयाँगाउँमा सम्पन्न

     

    बिष्णु कुवर

    गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउँ मा गठित नयाँगाउ कृषि तथा पशु बिकास महिला बहुउद्देश्यीय सहकारी सस्थाको पहिलो प्रारम्भिक साधरण सभा सम्पन्न भएको छ

    धुर्कोट गापालिका वडा न ०१ का वडा अध्यक्ष चेतमान कुवर को प्रमुख आथित्यता कार्यपालिका सदस्य कस्मिरा अधिकारी,बिमला पाध्यवती वडा सदस्य चन्द्र बिक,लक्ष्मण थापा सचिब नारायण पोख्रेल ,सिर्जनसिल सामुदायिक बिकास केन्द्रबाट नरेस भण्डारी, हेफर प्रोजेक्ट नेपालका बजार सहजकर्ता वसन्त भलामी, पसु प्राबिधिक नारायण जि सि, कृषि प्राबिधिक भावना महत विभिन्न सहकारीका प्रतिनिधि,राजनीति दल लगायतको विशेष आथित्यता रहेको थियो !

    कार्यक्रममा मिना मल्ल को अध्यक्षताबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य गोमादेबी पोख्रेल रहेको थियो भने कार्यक्रम को सन्चालन सहकारीको ब्यबस्थाक पुनम सुनारले गर्नु भएको थियो  /

  • जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु

    जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु

    प्युठान।
    प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु भएको छ।आज देखि गाउँपालिका सभाहल जस्पुरमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो सीप अनुसारको ज्ञान दिनु पर्ने बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले दिगो विकास हुने विस्वास व्यक्त गर्नु भयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत टाेपेन्द्र प्रसाद रिजालले शुभकामना मन्तव्य राख्नु भएको थियो।शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष कालाथोकीले जनभावना अनुसार विकास र समृद्धि हासिल गर्न जनप्रतिनिधि र कर्मचारी विचको समन्वय ,सहकार्य तथा सहजिकरण प्रभावकारी हुनु पर्नेमा जोड दिनु भयो।यस्तै उपाध्यक्ष कालाथोकीले आफ्नो जिम्मेवारी अनुसार काम गरे मात्र सेवा प्रवाह राम्रो हुने भएकाले सम्पुर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार भएर काम गर्न निर्देशन दिनु भयो।आगामी शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय विकास प्रतिष्ठानका टाेपेन्द्र प्रसाद रिजाल,उदयनाथ खनाल,हेमराज थापा,अमित श्रेष्ठ लगायतले तालिमको सहजीकरण गर्नु हुनेछ।प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि र विभिन्न विषयगत शाखा प्रमुख सहितका कर्मचारीहरुको सहभागिता रहेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको सहजीकरण रहेको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख बलराम पौडेलले गर्नु भएको थियो।

  • ब्यस्त सडकमा अर्गली ट्राफिक प्रहरी सचेतना जगाउदै

    ब्यस्त सडकमा अर्गली ट्राफिक प्रहरी सचेतना जगाउदै

    चुरामणी  तिमिल्सिना तानसेन नगर पालिका वडा १४ का विभिन्न स्थानमा ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु दिन प्रति भएका छन । मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने , चेक जाचमा कडाइ सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरुले स्थानियलाई प्रत्यक्ष फाइदा पुगेको देखिन्छ ।सडकमा धेरै जसो सवारी चलाउने चालकहरु ले असिमित गतिमा सवारी चलाउने क्षमता भन्दा बढि यात्रु लाई राख्ने नियामित रुपमा महत्त्वपूर्ण कागजात नबोक्ने जस्ता विषयमा बजार क्षेत्र तथा सडकमा विभिन्न विषयमा चेतना मुलक कार्यक्रम लाई अस्थायी ट्राफिक प्रहरी पोस्ट अर्गलीले तिब्रता दियको छ यता आफ्नो क्षेत्रमा शान्ति सुरक्षा अमन चयन महिला हिम्सा लागु औसध आत्म रक्षा घरेलु हिम्सा नियन्त्रण बन डढेलो आगो नियन्त्रण बिद्यालय तहमा सामाजिक सन्जालको बढ्दो प्रयोग साइबर क्राइम महिला समुह लक्षित कार्यक्रम आत्महत्या न्यूनीकरण जस्ता कार्यक्रमहरु गर्दै प्रहरी चौकि पाल्पाको टोलि गाउँका कुना कुनामा पुगेर कार्यक्रम गर्दै आयको छ । समाजमा बिकृति बिसङगतिका रुपमा रहेको जाड रक्सि जुवातास अद्यावधिक मदिरा सेवन गरि हो हल्ला गर्ने लाई पनि प्रहरी ले कार्यालयमा बोलाइ सम्झाइ बुझाइ गरि सकारात्मक विषयका प्रशिक्षण पनि गराइराखेको समाचारमा उल्लेख गरिएको छ ।

  • रुरु सस्कृत बिधापीठमा स्ववियु निर्बाचन सर्वसम्त

    रुरु सस्कृत बिधापीठमा स्ववियु निर्बाचन सर्वसम्त

    चुरामणि तिमिल्सिना रुरु सस्कृत बिधापीठ रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीको स्ववियु निर्बाचनमा सर्वसम्त रुपमा पधाधिकारिहरु चयन भएका छन ।जस्को सभापतिमा नारायण पन्थि चयन हुनु भएको हो यस्तै उप सभापतिमा समिक्षा ज. ब.रा. सचिवमा मधुकृष्ण ज्ञवाली सह सचिवमा राजन पन्थी कोशध्यक्षमा केशव न्यौपाने रहनु भएको छ । यस्तै सद्स्यहरुमा नबिन खरेल , सुर्य बहादुर कुमाल मनिषा कुमाल र कुल प्रसाद सुबेदि रहनु भएको छ । आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर बिद्यापीठमा पधाधिकारिहरु लाई प्रमाणपत्र तथा बधाई ज्ञापन कार्यक्रम समेत गरिएकोको थियो निर्वाचन समितिका सम्योजक शेष नारायण मरासिनी को अध्यक्षमामा सन्चालित बधाई ज्ञापन कार्यक्रममा निर्बाचन मण्डलका सद्स्य खगेन्द्र भुसाल बुद्दि कुमाल मोतिलाल घर्ती मगर र सद्स्य सचिवमा कृष्ण प्रसाद ज्ञवाली बिद्यापीठका गुरुहरु कर्मचारी हरुको आथित्यता रहेको थियो।समारोहमा बोल्दै सभापति नारायण पन्थीले बिद्यार्थीको संख्या वृद्धि सस्कृत शिक्षाको प्रचारप्रसार ,नियामित पठनपाठन तथा बिद्यार्थीको हक हितमा प्रशासन सित सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनु भयो समारोहको सन्चालन कृष्ण प्रसाद ज्ञवालीले गर्नु भएको थियो।

  • थाेर्गेली उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन

    थाेर्गेली उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन

    कृष्ण अन्जान /थाेर्गा गुल्मी रुरुक्षेत्र गाउँ पालिका वडा ३ काे थानपति ,वडा न ४ काे दार्सिँगवास र वडा न १ काे च्यूरेक क्षेत्र उँखु उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ ।तर लामाे समय सम्म परम्परागत शैलि अपानाईँदै आएकाे याे क्षेत्रलाई विगत दुईचार वर्ष देखि केही आधुनिक बनाईँदै आएपनि उँखु उत्पादन किसानहरु सँगठित नहुँदा उत्पादन जन्य वस्तुकाे मुल्यमा एकरुपता देखिएकाे छैन । त्यसाेत यसक्षेत्रकाे गुँड यतिबेला देशैभरि ब्रान्ड बनेकाे छ र याे गुँड यहाँका उत्पादक हरुले बजारमा माग अनुसार पुर्याउन सकेका छैनन ।यहाँका व्यवसायीक गुँड उत्पादक किसानको घरमा गुँड खुदाे किन्नेकाे हारालुछ छ र ग्राहक हरुलाई रित्तै फर्कनु पर्ने अवस्था छ । बढदाे मागलाई मध्यनजर गर्दै यसक्षेत्रमा उँखु जन्य उत्पादनलाई बढाउँदै किसानलाई सँगठित गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिका वडा न ३ मा रहेकाे स्वास्थ चौकिकाे सभाहल याे क्षेत्रका उँखु किसान र सराेकार वालाहरुले मँगलबार डमक्कै भरिएकाे थियाे । सामाजिक श्राेत विकास केन्द्रले आयाेजना गरेकाे सहकारी गठनका लागि भेला तथा सहकारी पुर्व शिक्षा कार्यक्रममा किसानहरुलाई सहकारी गठन प्रक्रिया र यसकाे प्रभाव बारे रुरुक्षेत्र गाउँपालिकामा सहकारी हेर्ने अधिकारी दामोदर ज्ञवालीले प्रशिक्षण दिँदै मुख्य रुपमा याे क्षेत्रमा उँखुजन्य पदार्थको उत्पादनलाई प्राथमिकतामा राखेर बहुउद्देश्यीय सहकारी गठनमा जाेड दिएका थिए । उँखुजन्य पदार्थको उत्पादन बजारीकरण लाई केन्द्र बिन्दुमा राखेर काम अगाडी बढाउने गरि साेहि भेलाले रुरुक्षेत्र गाउँ पालिका वडा न १ ,३ र ४ लाई समेटेर रुरु बहुउद्देश्यीय सहकारी सँस्था नाम रहने गरि तदर्थ समिति गठन गरिएकाे छ । भेषराज ज्ञवालीकाे अध्यक्षतामा गठित तदर्थ समितिकाे उपाध्यक्ष ,सचिव सहसचिव , काेषाध्यक्षमा क्रमशः कविता गौतम ,वेद प्रसाद पन्त कुसुम साेमै र राम बहादुर खत्रीरहेका छन ।यसेगरि सदस्यहरुमा भवानी शँकर पन्थ,लेखनाथ गौतम र दिनानाथ ज्ञवाली रहेका छन । पहिलो प्राथमिकतामा सहकारीकाे दर्ता प्रक्रियालाई अगाडिु बढाउने र उँखु जन्य उत्पादनलाई प्राेत्साहन ,बजारीकरणमा भुमिका खेल्दै अन्य उत्पादन हरुलाई पनि सहकारी सँग जाेड्ने गरि बहुउद्देश्यीय सहकारीकाे अवस्यकता महशुस गरि गठन गरिएकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।हेफर प्राेजेक्टले उँखुजन्य पदार्थकाे उत्पादन र प्रसाेधन गर्दै खुदाे ,गुँड र क्याडबरि समेत उत्पादन गर्न सक्ने करिब चालिसलाखकाे मसिन जडान गर्ने तयारी गरेकाले यसलाई पनि सहाकारी मार्फत सन्चालन गरि काम अगाडी बढाईने वडाध्यक्ष पौडेलले बताए । यतिबेला रुरुक्षेत्र ३ काे थानपती वडा न ४ काे दार्सिँगवास क्षेत्रमा अत्यधिक रुपमा उँखु उत्पादन भईरहेकाे र रुरुक्षेत्र १ काे च्यूरेक क्षेत्रका किसानहरु पनि उँखु खेतिमा आकर्षित हुन थालेका छ्न  ।

  • स्याङ्जामा बजार अनुगमन

    स्याङ्जामा बजार अनुगमन

    विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र कालिगण्डकी गाउँपालिकाको संयूक्त आयोजनामा बजार अनुगमन साथै व्यवसायीसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुधबार खाद्यान्य दिवसको अबसर पारि अनुगमनमा तिव्रता दिइएको छ, अनुगमनको क्रममा कालिगण्डकि गाउँपालिका वडा नं. ७ मिर्मि बजारमा पसल अनुगमन गरिएको थियो । मंहगि कालोबजारी तथा अखाद्य बस्तु, म्याद नाघेका बस्तुको बिक्रीवितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलार्इ निरन्तरता दिइए सँगै स्याङ्जाका विभिन्न बजारहरुमा अनुगम गरिरहेको थियो । अनुगमनका कारण बजार सुधार हुदै गएको सहायक प्र.जि.अ. नमिता रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार खाद्यान्न बिक्री पसल, मासु बिक्री पसल, औषधि बिक्री पसल गरि १२पसलमा अनुगमन गरिएको थियो अनुगमनमा ७४ हजार ४ सय ५० रुपैया बराबरको सामान जफत गरि नष्ट गरिएको हो ।

    उपभोक्ताको हितलाई ध्यानमा राखेर उत्पादन बिक्री गर्नुपर्ने र अनुगमन गरी सकेका पसलहरुमा फेरि पनि म्याद नाघेका सामानहरु फेला परेमा कानुन बमोजिम ५ हजार देखि ३ लाख सम्मको जरिवाना समेत लाग्ने कुरा उहाँले बताउनु भयो । गाउँपालिका भित्रका पसल तथा उद्योगहरु एक एक हप्तामा अनुगम गरिने पनि बताइयो । बुधबार गरिएको अनुगमनमा सहायक प्र.जि.अ. नमिता रेग्मी कालिगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोइराला प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डे, वडा नं ७ का अध्यक्ष ओम प्रकाश भट्टराई वडा सचिव राम प्रसाद न्यौपाने लगायत उद्योग वाणिज्य संघको टिम समेतले अनुगमन गरेको थियो ।

  • पाल्पाको रहबासमा टिप्पर दुर्घटना, एकको मृत्यू एक घाइते‼️

    पाल्पाको रहबासमा टिप्पर दुर्घटना, एकको मृत्यू एक घाइते‼️

    पाल्पा – जिल्लाको माथागढीमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जना घाइते भएका छन् ।
    माथागढी गाउँपालिका ६ चिलेपानी स्थित गोठादीबाट रहबास पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिप्पर दुर्घटना भएको थियो ।

    टिप्पर चिल्लेपानीबाट अन्दाजी ४० मिटर तल खस्दा टिप्परका चालक ४० वर्षीय रुपन्देही तिलोत्तमा ११ गणेशनगर बस्ने विष्णु गुरुङ्गको मृत्यू भएको प्रहरीले जनाएको छ ।

    दुर्घटमा परेर टिप्परमा रहेका माथागडी ७ बस्ने वर्ष ५० का हुमबहादुर परियार घाइते भएका छन् । उनको खुट्टामा चोट रहेको र उपचारको लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रथापाले जानकारी दिनु भयो ।

  • रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना

    रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना

    रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना हुने चुरामणि तिमिल्सिना रुरु फ्रेन्डस् क्लव रिडी गुल्मीले आउदो चैत्र १ गते देखि ५ सम्म आफ्नो स्थापना कालको ४९ औं बार्सिउत्सव समारोह मनाउने भएको छ । समारोहमा विभिन्न ज्ञान बर्धक कार्यक्रम , दौड प्रतियोगिता भलिबल प्रतियोगिता विभिन्न रमाईला कार्यक्रम गरिने क्लवका अध्यक्ष सोभित थापाले बताउनु भयो ।कार्यक्रममा कला संस्कृति बार्षिक प्रतिबेदन शुभकामना प्रदान तथा क्लवको भाबियोजना समेत प्रस्तुत गरिने क्लवका सचिव प्रेम भण्डारीले बताउनु भयो। स्थापना काल देखि विभिन्न सचेतनात्मक कार्यक्रम राहत संकलन बितरण स्वास्थ शिविर दुखी बिपन्न परिवार लाई आर्थिक सहायता खेलाडी लाई प्रोत्साहन कार्यक्रम , सडक नाटक जस्ता कार्यक्रम गर्दै र अन्य संस्था सङ्ग सहकार्य पनि गर्दै आएको क्लबका पुर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनु भयो ।उहाँले जिल्लामा यो क्लब दोस्रो क्लबको रुपमा दर्ता गरेर सामाजिक क्षेत्रमा काम गर्दै आयकोले अहिले सबैले क्लबको कामको चर्चा परिचर्चा गरेको देख्न र सुन्न पाउदा खुसि व्यक्त गर्नु भयो। कार्यक्रम लाई सफल पार्नको निम्ति क्लबले विभिन्न माद्यमबाट सहयोगको अपेक्षा समेत गरेको कार्यक्रम लाई चेतना मुलक बनाउन खेलमैदानमा सोलो बाइक रेस प्रतियोगिता समेत आयोजना गरिएको छ ।

  • छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने परिमार्जीत HMIS र ३ दिने DHIS-2 तालिम गाउँ पालिकाकाको सभाहलामा सम्पन्न

    छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने परिमार्जीत HMIS र ३ दिने DHIS-2 तालिम गाउँ पालिकाकाको सभाहलामा सम्पन्न

    चुरामणि तिमिल्सिना गुल्मीको छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने परिमार्जीत HMIS र ३ दिने DHIS-2 तालिम गाउँ पालिकाकाको सभाहलामा सम्पन्न भएको छ । १५ जना स्वास्थ्यकर्मीहरुको सहभागी रहेको तालिम २ चरणमा गरी ६ दिन सम्म संचालन भएको छ । तालिममा जनस्वास्थ्य निरीक्षक मनोज पौडेल र दिपक पाण्डेले सहजीकरण गर्नु भएको थियो। तालिम समापन सत्रमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले स्वास्थ्य सेवाका सबै सुचनाहरुलाई व्यवस्थित गर्न र योजना तयार पार्न यस तालिमले महत्वपूर्ण योगदान पुर्याउनेछ साथै पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा छिटै कम्पयूटरको व्यवस्था गरिने जस्ले गर्दा संस्थाको रिपोर्टिङ लगायतका प्रशासनिक कार्यमा सहजता हुने धारणा व्यक्त गर्नु भएको छ यता स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले तालिमले स्वास्थ्य सेवाका सबैका सुचनाहरुको रेकर्डिङ र रिपोर्टिङलाई डिजीटाईलेशन गर्न स्वास्थ्यकर्मीहरुको ज्ञान सिप र दक्ष बनाउनेछ भन्दै तालिमको सहि सदुपयोगका लागि स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनु भएको थियो । कार्यक्रमको संचालन सि.अ.हे.व. सपना टण्डनले गर्नु भएको थियो ।