चुरामणी तिमिल्सिना तानसेन नगर पालिका वडा १४ का विभिन्न स्थानमा ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु दिन प्रति भएका छन । मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने , चेक जाचमा कडाइ सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरुले स्थानियलाई प्रत्यक्ष फाइदा पुगेको देखिन्छ ।सडकमा धेरै जसो सवारी चलाउने चालकहरु ले असिमित गतिमा सवारी चलाउने क्षमता भन्दा बढि यात्रु लाई राख्ने नियामित रुपमा महत्त्वपूर्ण कागजात नबोक्ने जस्ता विषयमा बजार क्षेत्र तथा सडकमा विभिन्न विषयमा चेतना मुलक कार्यक्रम लाई अस्थायी ट्राफिक प्रहरी पोस्ट अर्गलीले तिब्रता दियको छ यता आफ्नो क्षेत्रमा शान्ति सुरक्षा अमन चयन महिला हिम्सा लागु औसध आत्म रक्षा घरेलु हिम्सा नियन्त्रण बन डढेलो आगो नियन्त्रण बिद्यालय तहमा सामाजिक सन्जालको बढ्दो प्रयोग साइबर क्राइम महिला समुह लक्षित कार्यक्रम आत्महत्या न्यूनीकरण जस्ता कार्यक्रमहरु गर्दै प्रहरी चौकि पाल्पाको टोलि गाउँका कुना कुनामा पुगेर कार्यक्रम गर्दै आयको छ । समाजमा बिकृति बिसङगतिका रुपमा रहेको जाड रक्सि जुवातास अद्यावधिक मदिरा सेवन गरि हो हल्ला गर्ने लाई पनि प्रहरी ले कार्यालयमा बोलाइ सम्झाइ बुझाइ गरि सकारात्मक विषयका प्रशिक्षण पनि गराइराखेको समाचारमा उल्लेख गरिएको छ ।



