Author: रुरु संचार मिडिया प्रा.लि

  • कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल

    कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल

    कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल

    पोखरा   पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक हमाललाई छैटौँ भ्वाइस अफ नेपालका विजेता प्रशेष पाण्डेले साथ दिएका थिए ।

    पाण्डेको गीतमा महानायक हमालसँगै हमालसँगै कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजजी र भक्तजन पनि नाचेका थिए । कोटीहोममा महानायक राजेश हमालको सहभागिताले आफूहरु निकै निकै उत्साहित भएको महाराजजीले बताए ।

    उनले गण्डकीको कोटीहोम निकै सफल भएको दावी गर्दै अन्य प्रदेशमा पनि कोटीहोम गर्ने बताए ।

    उक्त अवसरमा महानायक हमालले पवित्र मेलामा उपस्थिति जनाउने मौका दिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । कोटिहोम दर्शन गर्दै गर्दा उपस्थित भक्तजन उत्साहित भएको पाएको भन्दै उनले सत्मार्गतर्फ लाग्न सके जीवनले सार्थकता पाउने स्पष्ट पारे । कोटीहोम साच्चिकै ऐतिहासिक रहेको भन्दै उनले जीवनलाई आनन्दित बनाउन यस्ता खालका कोटिहोम आवश्यक रहेको बताए ।

    कोटीहोममा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न आज पनि भक्तजन ओइरिएका छन् । आज सोमबार पटकपटकको वर्षा तथा सार्वजनिक यातायात बन्द हुँदासमेत दुई लाख ५० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजकले दावी गरेको छ ।

    कोटीहोममा हालसम्म २० लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले भने, ‘आज पटकपटक वर्षा भयो, यातायात बन्दको बन्द छ, तर पनि भक्तजन ओइरिए ।’

    सोमबार महानायक राजेश हमालको सहभागिताका साथै राधिका दासीको प्रवचन सुन्न टाढाटाढाबाट भक्तजन आएको उनले बताए ।

    शनिबारदेखि श्रीमद्देवी भागवत प्रवचन शुरु गरेकी राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनेछिन् । राधिका दासीले अलौकिक शहरमा भएको कोटीहोमले निकै ठूलो महत्व राख्ने बताइन् ।

    उनले भनिन्, ‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काँखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो ।’ यस्तो पुण्य अवसर कहीँ, कहिल्यै नआउने उनको जिकिर छ ।

    उनले धर्मले सिकाएको बाटोमा हामी सबै हिंड्नुपर्ने कुरा धर्मले सिकाएको भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने प्रवचनका क्रममा भनेकी थिइन् ।

    कोटीहोममा जेठ २४ गते २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको र एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेललाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

    कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

    पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

    भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

    भक्तजनको आशीर्वादले कोटिहोम ऐतिहासिक

     

    पोखरा जेष्ठ  १८  । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक वनेको छ।दान सेवा अर्पण गर्नका लागि पाल्नुभएका समाजसेवी तथा धर्म प्रेमी महानुभावहरू, समस्त सनातनीहरूको साथ, सहयोग, समन्वय, सहकार्य, माया, प्रेम र आशीर्वादले नै कोटिहोम  ऐतिहासिक वनेको आयोजकको भनाई छ ।

    महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति वेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन ।

    ‘तपाईँहरूको ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएको छ । भक्तजनहरूकै आशीर्वाद, ईश्वरको कृपा र इच्छाले नै कोटिहोम महाज्ञय जस्तो महा अनुष्ठानहरू वास्तामै ऐतिहासिक बन्न सम्भव भएको छ’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भने, ‘देशभरिबाट भक्तजनहरू उपस्थित भइदिनुभयो, देश तथा विदेशमा रहनुभएका गुरुहरूको आशीर्वचन प्राप्त हुने दिव्य अवसर प्राप्त भयो र हाम्रो जीवनकालमा दर्शन गर्न मिल्ने शत कुण्डीय गायत्री कोाटिहोमको साक्षात्कार गर्न पाउनुभयो भने यो भन्दा महान् उपलब्धि मानव जीवनको लागि अन्य के नै होला र ?’

    कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी भोलि गुरुङ भेषमा पण्डालमा आउने भएकी छन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले भोलि गुरुङ पहिरनमा रहेर कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    यसै गरी कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता पनि समापन भएको प्रतियोगिता संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको नतिजा घोषणा जेठ २४ गते हुने छ ।

    कार्यक्रममा राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुली तथा निर्णायकहरू पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित लोक दोहोरी गायक विमल राज क्षेत्रीले भजन प्रस्तुत गरेका थिए ।

    कोटिहोममा श्री नमुना टोल विकास संस्था परिवार पोखरा १७ बाट ६३ हजार ६ सय ८५, शिवजी पौडेल चितवन बाट  २५ हजार ५ सय ५५, कृष्ण प्रसाद खनाल  स्याङ्जा –८ बाट  १५ हजार, रेसम लाल÷प्रेम प्रसाद खनाल स्याङ्जा –८ बाट ११ हजार ५ सय, नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी सङ्घ नेपाल स्याङ्जा–१  बाट ३१ हजार १ सय ३५, भगवती बराल पोखरा १७ बाट २५ हजार सहयोग प्रदान भएको छ ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिन्दवाशिनी कंसाकार, लक्ष्मी तिवारी कुसुम महर्जनको उपस्थिति रहेको थियो । कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ ।

    प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै  नगद ५१ हजार एक सय ५१ र सम्मान पत्र प्राप्त गरे । यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै नगद ४१ हजार एक सय ४१ र सम्मान पत्र,  पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै नगद ३१ हजार एक सय ३१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।

    यसै गरी कुस्मा पर्वतस्थित नमुना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रितिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै नगद २१ हजार एक सय २१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।

    प्रतियोगितामा चार जना प्रतियोगितालाई उत्प्रेरण स्वरूप पुरस्कार प्रदान गरिएको थियो । यसरी उत्प्रेरण पुरस्कार पाउनेमा बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङ रहेका छन् । उनीहरुले जनही १० हजार र सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत विद्यार्थीलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

    कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

    कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण

    कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण

    कोटिहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण

     

    पोखरा । १८  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ ।

     

    प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै  नगद ५१ हजार एक सय ५१ र सम्मान पत्र प्राप्त गरे । उनले प्रतियोगितामा दुई सय २६ अङ्क प्राप्त गरे ।

     

    यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै नगद ४१ हजार एक सय ४१ र सम्मान पत्र,  पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै नगद ३१ हजार एक सय ३१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे । पौडेलले दुई सय २५ र कार्कीले दुई सय १२ अङ्क प्राप्त गरेका थिए ।

     

    यसै गरी कुस्मा पर्वतस्थित नमुना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रितिका  केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै नगद २१ हजार एक सय २१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।

     

    प्रतियोगितामा चार जना प्रतियोगितालाई उत्प्रेरण स्वरूप पुरस्कार प्रदान गरिएको थियो । यसरी उत्प्रेरण पुरस्कार पाउनेमा बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङ रहेका छन् । उनीहरुले जनही १० हजार र सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत विद्यार्थीलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

     

    जेठ ११ देखि सुरु भएको प्रतियोगिता १४ गते सम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट १ सय भन्दा बढीले नाम दर्ता गराए पनि ८० जना बिच प्रतिस्पर्धा भएको प्रतियोगिताका संयोजक संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

     

    ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगीहरूले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए । प्रतियोगिताको संयोजक तथा निर्णायकमा संस्कृतिविद् डा. तुलसी प्रभास, निर्णायकमा महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यौपाने रहेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विशाल भण्डारी, सुवास पौडेल र समीर कार्कीले हाम्रो संस्कृति र पहिचानलाई जीवन्त राखी पुस्तान्तरण गर्न काम कोटिहोमले गरेको बताए ।

     

    यसै गरी कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता पनि समापन भएको प्रतियोगिता संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको नतिजा घोषणा सँगै पुरस्कार वितरण जेठ २० गते हुने छ ।

     

    महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटीहोममा देशभरबाट भक्तजन आउने क्रम जारी छ । कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिचेकोले पनि सार्वजनिक यातायातका साधन बन्द हुँदा पनि भक्तजनको सहभागिता भने नघटेको ढकालले जानकारी दिए। कोटिहोममा आज र्चिर्चत लोक दोहोरी गायक विमलराज क्षेत्रीको भजन प्रस्तुति रहने छ ।

     

    कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

     

    कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मंगल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, मांगलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

     

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

     

    पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो

    राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो

    राधिका दासीको प्रवचन सुन्न कोटीहोममा भक्तजनको ओइरो

    पोखरा  १७ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिएका छन् । शनिबार सार्वजनिक यातायात बन्द हुँदासमेत तीन लाख भन्दा बढी भक्तजन कोटीहोममा आएको आयोजकले दावी गरेको छ ।
    कोटीहोममा हालसम्म १७ लाख बढी भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनले भने, ‘शनिबार बिदाको दिन पनि परेको र राधिका दासीको प्रवचन सुन्न भक्तजन ओइरिए, यातायात बन्दले कुनै प्रभाव पारेन ।’
    आइतबारदेखि कोटीहोमको व्यानर गाडीमा टाँसेर आएमा कुनै अवरोध नहुने आयोजकले जनाएको छ ।

    शनिबारदेखि श्रीमद्देवी भागवत प्रवचन शुरु गरेकी राधिका दासीले जेठ २६ गतेसम्म प्रवचन दिनेछिन् । राधिका दासीले आज संसारको सबै तीर्थ पोखरामा भएको बताइन् ।
    उनले भनिन्, ‘मुक्तिनाथलाई शिरमा, गुप्तेश्वरलाई समीपमा, ताल बाराही माताको काँखमा बसेर दिनहुँ करोड हवन चलिरहेको ठाउँमा बसेर श्रीमद्भागवत कथा सुन्न पाउनु हामी सबैको अहोभाग्य हो ।’ यस्तो पुण्य अवसर कहीँ, कहिल्यै नआउने उनको जिकिर छ ।
    उनले धर्मले सिकाएको बाटोमा हामी सबै हिंड्नुपर्ने कुरा धर्मले सिकाएको भन्दै धर्म छोडिएमा अनर्थ हुने र धेरै दुःख पाइने प्रवचनका क्रममा भनेकी थिइन् ।

    कोटीहोममा शनिबार भारत उत्तर प्रदेश गोरखपुर नगर निगमका महापाल डा. मंगलेश कुमार श्रीवास्तवसमेत सहभागी भए । उनले कोटीहोमको व्यवस्थापन निकै सुन्दर रहेको आफूले पाएको बताए । सनातन धर्मको निकै ठूलो महत्व रहेको भन्दै उनले जसले श्रीमद् भागवत हुन्छ उसका सबै पाप नाश हुने बताए ।
    साथै नेपाली कांग्र्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, संघीय सांसद दामोदर बैरागी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, वरिष्ठ अधिवक्ता राजु बस्नेत, पर्वतारोही माया गुरुङ, पनि सहभागी थिए ।

    उक्त अवसरमा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले पोखरामा भएको यो कोटीहोमको महत्व निकै ठूलो हुने र यसले नेपालमा धार्मिक पर्यटक ओइरिने दावी गरे । सनातन धर्म र संस्कृति संरक्षणमा पोखराले निकै राम्रो अवसर पाएको उनले बताए ।
    जेठ २४ गते २१ करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको र एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेले सम्पर्क गर्न आग्रह गरिएको छ ।
    कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

    पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

    कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

    कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

    जेष्ठ  १७ पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन भागवत् मञ्जरी राधिका दासी पोखरा आएकी छन् ।

    उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजी महाराज सहित आयोजकले भव्य स्वागत गरे ।

    राधिका दासीले शनिबारदेखि जेठ २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् ।

    महायज्ञका सङ्कल्पकर्ता महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए ।

    देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजजीले देवी र माताको प्रवचन श्रवण गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

    *राष्ट्रिय भजन प्रतियोगिता समापनतर्फ*

    कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगिताको समापन शनिबार हुनेछ । संयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा तीन सय पाँच टिमले सहभागिता जनाएका छन् । शुक्रबारसम्ममा दुई सय ५२ टिमले आआफ्ना भजन प्रस्तुति राखिसकेको उनले बताए । विभिन्न कारणले केही सहभागी टिम आउन नसकेको उनले बताए ।

    प्रतियोगितामा प्रथम हुनेले तीन लाख ५१ हजार पाँच सय पाँच, द्वितीय हुनेले दुई लाख ५१ हजार पाँच सय पाँच, तृतीय हुनेले एक लाख ५१ हजार पाँच सय पाँच र सान्त्वना स्थान हासिल गर्नेले ६५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    *छ सय ५० युनिट रगत संकलन*

    कोटीहोममा आयोजित खुला रक्तदान कार्यक्रम जारी छ । हालसम्म छ सय ५० युनिट रगत संकलन भएको आयोजकले जनाको छ । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि कोटीहोममा सहभागीले रक्तदान गरेका हुन् । कोटीहोम समापनसम्ममा एक हजार बढी युनिट रगत संकलन हुने अपेक्षा गरिइएको छ ।

    *शिवको मूर्ति र शिवलिङ्ग आकर्षण*

    कोटीहोममा सहभागी हुने भक्तजनको आकर्षणको केन्द्रविन्दु विशाल शिव मूर्ति र शिव लिङ्ग हुने गरेको छ । यसमा भक्तजनको मात्र होइन धेरैको ध्यान खिचेको छ । शिव मूर्ति र शिव लिङ्गको अगाडि बसेर फोटो खिच्नेको भिड नै लाग्ने गरेको छ ।

    सामाजिक सञ्जालमा पनि शिव मूर्ति र शिव लिङ्गको धेरैले प्रशंसा गरेको प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । शिव लिङ्ग एक करोड थान रुद्राक्षबाट बनाइएको छ । यस प्रकारको शिव लिङ्ग अन्यत्र कहीँ पनि नबनेको आयोजकको दावी छ । शिवमूर्ति निकट भविष्यमा स्याङ्जामा राख्ने तयारी भइरहेको छ ।

    यस्तै एक सय हवन कुण्डले पनि भक्तजनको ध्यान खिचेको छ । राधिका दासीले पनि हवन कुण्डको निकै प्रशंसा गरेकी छन्् । एक सय हवन कुण्ड एकै स्थानमा कहीँ पनि नभएको उनको दावी छ ।

    *भक्तजनको संख्या १५ लाख बढी, शनिबार तीन लाख आउने अपेक्षा*

    प्रचारप्रसार संयोजक ढकालका अनुसार कोटीहोममा हालसम्म १५ लाख बढी भक्तजन सहभागी भएका छन् । कोटीहोम समापनतर्फ उन्मूख भइरहँदा भक्तजनको सहभागिता बढ्दै गइरहेको छ । कोटीहोममा बिहीबार दुई लाख र शुक्रबार एक लाख २० हजार भक्तजन सहभागी भएको उनको दावी छ ।

    शनिबार करिब तीन लाख भक्तजन आउने सहभागी हुने अपेक्षा गरिएको छ । शनिबार बिदाको दिन र राधिका दासीको प्रवचन शुरु हुने भएकाले भक्तजन बढ्ने अपेक्षा गरिएको छ ।

    संयोजक ढकालले पोखरामा आयोजित कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्न सफल भएको बताए । कोटीहोममा भारतबाट नै गाडी रिजर्भ गरेर हजारौँ भक्तजन आएको उनको भनाइ छ । संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् ।

    शुक्रबार जगत गुरु शंकराचार्य माता हेमानन्द गिरिजी महाराज, पूर्वमन्त्री मेटमणि चौधरी र शेरबहादुर कुँवरलगायत सहभागी थिए ।

    *अधिकारीको शंखघोष*

    कोटीहोममा बिहीबार हिन्दूराष्ट्रको शंखघोष गरिएको थियो । पोखरा-१७ महतगौँडा, सीतापाइलास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरका गुरु कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।

    शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । साथै कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका हुन् ।

    कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

    पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • जनकल्याण आमा समूहको अधिवेशन : महिला सशक्तीकरण र संस्कृति संरक्षणमा नयाँ कदम

    जनकल्याण आमा समूहको अधिवेशन : महिला सशक्तीकरण र संस्कृति संरक्षणमा नयाँ कदम

    चुरामणि तिमिल्सिना

    जेष्ठ  १६रिडी

    जनकल्याण आमा समूह रुरुक्षेत्र गाउँपालिका गुल्मीको अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। सभामा सस्थाकी अध्यक्ष लक्ष्मी ज्ञवालीको अध्यक्ष रहेको थियो। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा सदस्य सुशीलकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। । ३३ जना दिदीबहिनीहरु रहेको संस्थामा दुई जना दिफि बैनि थप गरी अहिले ३५ जनाको समूह बनेको छ। ग्रामीण भेगमा हुने विवाह, व्रतबन्ध पूजाआजा तथा दुःखदको घडीमा घरमै पुगेर हरेक किसिमका सहयोग साथ दिँदै र सल्लाह समेत प्रदान गर्दै आइरहेको यो आमा समूहले अधिवेशन तथा साधारण सभा मा वार्षिक रूपमा गरेका गतिविधि तथा आर्थिक कारोबार समेत प्रष्ट रुपमा सभामा प्रस्तुत समेत गरिएको थियो।

    २०५१ सालमा स्थापना भएको यस आमा समूहले समाजमा राम्रो प्रभाव पारेको भन्दै स्थानीयले खुसी व्यक्त गर्नुका साथै धन्यवाद समेत व्यक्त गरेका छन्। कार्यक्रममा संस्थालाई योगदान गरेबापत पूर्व अध्यक्षहरू लक्ष्मी ज्ञवाली माया खनाल र पदमा थापालाई फुलटिका माला र विशेष मायाको चिनो प्रदान गरी सम्मान समेत गरिएको थियो।

    अधिवेशनमा सावित्रा थापाको अध्यक्षतामा नयाँ कार्य समितिसमेत चयन गरिएको छ। जसको उपाध्यक्षमा रमा थापा सचिवमा बिमला पराजुली सहसचिव गीता ज्ञवाली कोषाध्यक्ष चम्पा थापा रहेका छन् गाउँघर प्रवेश सहरी क्षेत्र तथा बजार क्षेत्रमा कला संस्कृति, परम्परा, रीतिरिवाज , लोकभाका, लोकभजन र ग्रामीण तहमा पूजाआजामा घन्किने तिनी माहोल हरूलाई पनि यी संस्थाले जोगाई राख्दै विशेष कार्यक्रममा आमन्त्रण गरेमा पस्किदै समेत आएको पूर्व अध्यक्ष पदमा थापाले बताउनुभयो
    कार्यक्रममा सामाजिक व्यक्तित्व रामहरी ज्ञवाली शैक्षिक व्यक्तित्व दीपक ज्ञवाली गोविन्दप्रसाद भट्टराई नरबहादुर खनाल लगायतको आतिथ्यता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सदस्य श्रेष्ठले ग्रामीण भेगमा यस्ता किसिमका आमा समूह रहनुपर्ने ग्रामीण भेगलाई कार्यमा कुशलता प्रदान गर्नुपर्ने स्थानीय तहसँग मिलेर हरेक गतिविधि अगाडि बढाउन नितान्त आवश्यक रहेकाले स्थानीय सँग हरेक कार्यक्रममा हातेमाले गर्न समेत आग्रह गर्दै यस संस्थाले गरेका हरेक गतिविधि समाजका निम्ति मार्गदर्शक बनेको समेत बताउनुभयो। उहाँले यस आमा समूहका निम्ति आफूले पनि वडापालिका तथा आफ्नो व्यक्तिगत तर्फबाट पनि हरेक किसिमको सहयोग सद्भाव प्रदान गर्न कहिले पनि पछाडि नहट्ने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रमका वक्ताहरूले यस महिला समूहले गरेका कार्यहरूको प्रशंसा समेत गरेका थिए। कार्यक्रमको सञ्चालन माया खनालले गर्नुभएको थियो। समारोहमा बिच बिचमा समाजका विषय बस्तुलाइ समेटदै प्रतिभाहरु ,झाकिहरु समेत प्रस्तुत गरिएको थियो।

  • गोलपोखरी–चौरफाँट झोलुङ्गे पुल उद्घाटन, डेढ घण्टाको दूरी अब ५ मिनेटमा

    गोलपोखरी–चौरफाँट झोलुङ्गे पुल उद्घाटन, डेढ घण्टाको दूरी अब ५ मिनेटमा

    चुरामणि तिमिल्सिना  जेष्ठ  १६ रिडी

    रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ र २ मा निर्माण सम्पन्न भएको गोलपोखरी थोर्गा चौरफाँट झोलुङ्गे पुलको बिहीवार औपचारिक कार्यक्रमका साथ उत्घाटन गरिएको छ । निर्माण सम्पन्न भएको लुम्बिनी प्रदेश सरकारका माननीय भौतिक पूर्वाधार विकास मन्त्री तथा कार्यक्रमका प्रमुख  अतिथि भूमिश्वर  ढकालले रिवन   काटेर  तथा  शिला अनावरण गर्दै पुलको उद्घाटन गर्नुभयो। ३४२ मिटर लम्बाइ रहेको पुल रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ थोर्गा च्युरेक र वडा नं २ ग्वादी का बासिन्दाहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ।

    झन्डै डेढ घण्टाको यात्रा गर्नुपर्ने अवस्थालाई पुल निर्माण भएपछि ५ मिनेटमै यात्रा गर्न सकिने भएको छ। यसरी यो पुल बनेपछि स्थानीय वासीमा खुसी समेत छाएको छ। पुल उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्रालय ,लुम्बिनि प्रदेशका सचिब भिमार्जुन पाण्डे को विशिष्ट आतिथ्ययता रहेको थियो । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको थियो। समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे ,विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू वडा सदस्यहरू राजनीतिक दल , स्थानीय बासिन्दाहरू महिला समूह आमा समूह बौद्धिक व्यक्तित्वहरु शिक्षाप्रेमी महानुभावहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, सञ्चारकर्मी सुरक्षा निकाय लगायतको आतिथ्यता रहेको थियो।

    गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो।

    मन्तव्य राख्दै यस क्षेत्रका बासिन्दालाई यो पुलले ठूलो फाइदा पुगेको र समय समेत बचत हुने हुँदा निकै सहज भएको बताउनु भयो। कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री ढकालले गाउँघरको बसाईसराई रोक्न कृषि क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति पर्यटन प्रवर्धनका निम्ति यस्ता किसिमका पुलहरू बनाउनुपर्ने नितान्त आवश्यक भएको बताउँदै हरेक क्षेत्रमा यसले सहयोग पुग्ने बताउनुभयो।

    ग्रामीण भेगमा प्रायगरी मोटर बाटोको स्तर उन्नति कमी हुनु र धेरै टाढाको दूरी भएर यात्रा गर्नुपर्ने अवस्था भएकोले यस्ता स्थानहरूमा सानै बजेटका भएतापनि यस्ता झोलुङ्गे पुलहरू पनि आवश्यक रहेको बताउनुभयो। उहाँले स्व. समाजसेवी तथा धार्मिक प्रेमी ज्ञानहरी पार्क समेत उद्घाटन गर्दै शालिक अनावरण गर्नुभयो। उहाँले थप्दै भनु भयो कि समाजमा योगदान दिनुभएका समाजका हरेक क्षेत्रमा तन ,मन, धन दिएर योगदान पुर्याउनु भएका व्यक्तित्वहरुलाई यसरी सम्झिदा उहाँहरूको आत्माले सदैव शान्ति मिल्नेछ भन्ने तथा परिवारलाई समेत सहानुभूति मिल्ने बताउनुभयो। ज्ञवाली समाजका एक अगुवा व्यक्तित्वको रुपमा चिनिन्हुन्थियो चाहे राजनीतिक यात्रा ,सामाजिक, धार्मिक विकास प्रेमी का रूपमा समाजले चिन्दै आएको थियो। उहाँको मृत्युपछि समाज र स्थानीय तहले उहाँको सम्झनाका निम्ति परिवारको समेत संलग्नतामा उहाँलाई सधैं सम्झनाका निम्ति यो पार्क निर्माण गरिएको पालिका अध्यक्ष ज्ञवालीले बताउनुभयो। कार्यक्रममा अध्यक्ष ज्ञवाली ले निर्माणको जिम्मेवारी प्राप्त गरेको रामकृष्ण यश आर जेबी कम्पनीलाई काम सम्पन्न गरिदिनुभएकोमा पालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। यो पुलले स्थानीय बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको र सर्वसाधारणलाई समेत समयको निकै बचत भएको बताउनुभयो। उहाँले कार्यक्रममा थप्दै ग्रामीण भेगमा स्तर उन्नति हुन बाँकी रहेका सडक हरुलाई समेत आगामी बजेटमा उल्लेख गरी प्रदेश सरकार र संघीय सरकारमा समेत पहल गर्ने र केही वर्षभित्रै हरेक सडक हरू कालोपत्रे हुने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो। ।कार्यक्रमको सञ्चालन पालिकाका सामाजिक विकास शाखाका प्रमुख दामोदर ज्ञवालीले गर्नुभएको थियो।

  • कोटीहोममा राधिका दासीको  आगमन  देवी प्रतिभाको बिदाई  हुने

    कोटीहोममा राधिका दासीको आगमन देवी प्रतिभाको बिदाई हुने

    कोटीहोममा आज राधिका दासी आउने, देवी प्रतिभाको बिदाई हुने

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन् । उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ । जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको बिदाई आज हुनेछ ।

    मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटीहोममा जेठ १७ देखि २६ गतेसम्म राधिका दासीले श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार-प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन् ।

    ‘यस्तो ऐतिहासिक कोटीहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ, यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’, फेसबुक लाइभमा उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनुहोला, म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटीहोममा भेटौंला ।’

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए ।

    देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजले देवी र माताको प्रवचन श्रवण अवसरलाई सदुपयोग गर्न आग्रह गरे ।

    कोटीहोममा बिहीबार हिन्दूराष्ट्रको शंखघोष गरिएको थियो । पोखरा-१७ महतगौँडा, सीतापाइलास्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरका गुरु कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ ।

    शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । साथै कोटीहोम स्थलमा बिहीबार माता गायत्रीको मूर्ति स्थापना गरिएको छ । संकल्पकर्ता विजय कृष्णमूर्तिले गायत्रीको मूर्ति स्थापना गरेका हुन् ।

    प्रचार-प्रसार संयोजक ढकालका अनुसार बिहीबार मात्रै दुई लाख भक्तजन कोटीहोममा सहभागी भए । कोटीहोममा हालसम्म १४ लाख भक्तजन सहभागी भएका छन् । कोटीहोममा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

    कोटीहोमका भक्तजन लिएर हिजो साँझ विभिन्न जिल्लाबाट दुई सय भन्दा बढी गाडी पोखरा भित्रिएका छन् । जसले आज भक्तजन अझै बढ्ने अपेक्षा गरिएको छ ।

    संयोजक ढकालका अनुसार गतवर्ष काठमाडौँ आयोजित पशुपति कोटीहोममा भन्दा यसवर्षको गण्डकी कोटीहोममा धेरै भक्तजन सहभागी भएका छन् ।

    कोटीहोममा आयोजित रक्तदानमा बिहीबारमा ८५ युनिटसहित हालसम्म छ सय युनिट भन्दा बढी रगत संकलन भएको बताइन्छ । साथै राष्ट्रिय भजन प्रतियोगिता पनि जारी छ ।

    देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् ।

    थापाका अनुसार कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उनले बताए ।

    पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भइरहेको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

  • एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बाली शिविर

    एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बाली शिविर

    पाल्पा, जेष्ठ  १६ मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute ले एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्राविधिक शिक्षालयले गरेको उक्त एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिविरमा पशुकाे स्वास्थ्य चेकजाँच र कृषिमा माटोकाे परीक्षण गरिएको थियोे । एकदिने स्वास्थ्य शिविरमा पशुबस्तुहरुको निःशुल्क चेकजाँच तथा निदान भएका रोगहरूको निःशुल्क औषधि वितरण, रेबिज खोप सेवा, गोबर परीक्षण, माटो परीक्षण, थुनेलो परीक्षण जस्ता बिषयहरूमा सेवा प्रदान गरिएको थियो।

    ।समुदायमा कृषि खेती तथा पशुपालन गरिरहेका कृषकहरूकाे समस्या र समाधान बारेमा परामर्श सहित प्राविधिक शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थी विद्यार्थीहरुलाई व्यवहारिक सीप सिकाइ अभ्यास गराउने उद्धेश्य राखी शिविर आयोजना गरिएको हाे।

    शिविरमा खेती तथा पशुपालनमा देखिने समस्याहरुका बारेमा पहिचान गराउने उद्देश्य अनुरुप शिविर संचालन गरिएको हो । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूकाे व्यवहारिक, प्रयाेगात्मक ज्ञानदिने हेर्तुले “कृषकसँग प्राविधिक” नाम दिइएको याे कार्यक्रम प्राविधिक शिक्षालयले नियमित रुपमा गर्दै आएको छ ।

    मदनपाेखरा बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरमा डा.रजिना दाहाल, डा.सुदीप न्यौपाने, पशु सहायक दानबहादुर रम्तेलले पशुवस्तुको समस्याहरुका बारेमा उपचार तथा निदान गर्नुभएको थियो । शिविरमा यस्तै गरी बालीनालीमा देखिने समस्याहरुका बारेमा प्रतिमा ढकाल, विशाल अधिकारी र मनोज यादवले परामर्श सेवा दिनु भएको थियो ।

  • कोटिहोममा देवि प्रतिभाको प्रवचनलले  भक्तजन  मन्त्रमुग्ध

    कोटिहोममा देवि प्रतिभाको प्रवचनलले भक्तजन मन्त्रमुग्ध

    कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

    जेष्ठ   १४   पोखरा

    पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ ।

    देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्षे भेट्ने गरेका छन् । कोटिहोममा जव देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउँदो खालको छ ।

    सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।

    भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठ बाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।

    ‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिए यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनिलाई बिदाइ गर्दैछु’ उनले भक्तजनलाई भनिन् ‘त्यो भाव महाराजश्री को थियो महाराजश्री बोलाउनुभयो अनि हजुरहरूले बोलाउनुभयो, र म यहाँ आए । हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद भए ।’

    कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी,  पोखरावाला वोल दो न  भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    उनीसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि जेठ २६ गतेसम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।

    बौद्धिक अनुष्ठान फाउन्डेसन, काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्न आचार्य,  शिव दत्त रेग्मी , प्रिया दासी लगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।

    कोटिहोममा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा १७ बाट १ लाख १ हजार ११, याम कुमारी गुरुङ स–परिवार पोखरा ८ बाट ५१  हजार  ५१, महा विष्णु प्रधान पोखरा १४ बाट २५ हजार २ सय ५२, मातृकेश्वर एकता भवन समूह पोखरा २५ हेमजाबाट ३० हजार ५, विष्णु भट्टराई पोखरा ५ बाट २५ हजार ५ सय ५५, शिवलाल पराजुली पोखरा ६ बाट २५ हजार ५, खहरे आमा समूह पोखरा ६ बाट २५ हजार ५ सय ५, रानाभाट समाज इकाई स परिवार पोखरा १७ बाट २५ हजार ५ सय ५५, चेतनशील पुन महिला समूह बाट ३० हजार ८ सय २५, नमुना आदर्श आमा समूह पोखरा ५ बाट २५ हजार ५ सय ५५, देविस्थान आमा समूह  पोखरा २५ हेमजा बाट २५ हजार ५ सय ५५, नमुना आदर्श आमा समूह पोखरा कास्की बाट १५ हजार १ सय १५ रकम सहयोग भएको छ ।

    आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।

    ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा आज ३१ जना प्रतियोगीले आफ्ना भनाई राखेका थिए ।

    प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको छ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।