जनकल्याण आमा समूहको अधिवेशन : महिला सशक्तीकरण र संस्कृति संरक्षणमा नयाँ कदम

चुरामणि तिमिल्सिना

जेष्ठ  १६रिडी

जनकल्याण आमा समूह रुरुक्षेत्र गाउँपालिका गुल्मीको अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। सभामा सस्थाकी अध्यक्ष लक्ष्मी ज्ञवालीको अध्यक्ष रहेको थियो। कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा सदस्य सुशीलकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। । ३३ जना दिदीबहिनीहरु रहेको संस्थामा दुई जना दिफि बैनि थप गरी अहिले ३५ जनाको समूह बनेको छ। ग्रामीण भेगमा हुने विवाह, व्रतबन्ध पूजाआजा तथा दुःखदको घडीमा घरमै पुगेर हरेक किसिमका सहयोग साथ दिँदै र सल्लाह समेत प्रदान गर्दै आइरहेको यो आमा समूहले अधिवेशन तथा साधारण सभा मा वार्षिक रूपमा गरेका गतिविधि तथा आर्थिक कारोबार समेत प्रष्ट रुपमा सभामा प्रस्तुत समेत गरिएको थियो।

२०५१ सालमा स्थापना भएको यस आमा समूहले समाजमा राम्रो प्रभाव पारेको भन्दै स्थानीयले खुसी व्यक्त गर्नुका साथै धन्यवाद समेत व्यक्त गरेका छन्। कार्यक्रममा संस्थालाई योगदान गरेबापत पूर्व अध्यक्षहरू लक्ष्मी ज्ञवाली माया खनाल र पदमा थापालाई फुलटिका माला र विशेष मायाको चिनो प्रदान गरी सम्मान समेत गरिएको थियो।

अधिवेशनमा सावित्रा थापाको अध्यक्षतामा नयाँ कार्य समितिसमेत चयन गरिएको छ। जसको उपाध्यक्षमा रमा थापा सचिवमा बिमला पराजुली सहसचिव गीता ज्ञवाली कोषाध्यक्ष चम्पा थापा रहेका छन् गाउँघर प्रवेश सहरी क्षेत्र तथा बजार क्षेत्रमा कला संस्कृति, परम्परा, रीतिरिवाज , लोकभाका, लोकभजन र ग्रामीण तहमा पूजाआजामा घन्किने तिनी माहोल हरूलाई पनि यी संस्थाले जोगाई राख्दै विशेष कार्यक्रममा आमन्त्रण गरेमा पस्किदै समेत आएको पूर्व अध्यक्ष पदमा थापाले बताउनुभयो
कार्यक्रममा सामाजिक व्यक्तित्व रामहरी ज्ञवाली शैक्षिक व्यक्तित्व दीपक ज्ञवाली गोविन्दप्रसाद भट्टराई नरबहादुर खनाल लगायतको आतिथ्यता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सदस्य श्रेष्ठले ग्रामीण भेगमा यस्ता किसिमका आमा समूह रहनुपर्ने ग्रामीण भेगलाई कार्यमा कुशलता प्रदान गर्नुपर्ने स्थानीय तहसँग मिलेर हरेक गतिविधि अगाडि बढाउन नितान्त आवश्यक रहेकाले स्थानीय सँग हरेक कार्यक्रममा हातेमाले गर्न समेत आग्रह गर्दै यस संस्थाले गरेका हरेक गतिविधि समाजका निम्ति मार्गदर्शक बनेको समेत बताउनुभयो। उहाँले यस आमा समूहका निम्ति आफूले पनि वडापालिका तथा आफ्नो व्यक्तिगत तर्फबाट पनि हरेक किसिमको सहयोग सद्भाव प्रदान गर्न कहिले पनि पछाडि नहट्ने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रमका वक्ताहरूले यस महिला समूहले गरेका कार्यहरूको प्रशंसा समेत गरेका थिए। कार्यक्रमको सञ्चालन माया खनालले गर्नुभएको थियो। समारोहमा बिच बिचमा समाजका विषय बस्तुलाइ समेटदै प्रतिभाहरु ,झाकिहरु समेत प्रस्तुत गरिएको थियो।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *