टोपराम केसी
पौष-२१,२०७९
प्युठान ।प्युठानको माण्डवी गाउँपालिले लागू गर्न खोजेको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयन गर्न बाटो खुलेको छ।यस अघि होल्डमा रहेको यस कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन।आज सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनले माण्डवी वासीलाइ नि:शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि २०७९पारित गरे सँगै कार्यान्वयन प्रकृयामा पुगेको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो।योसँगै गाउँपालिका वासी मध्ये प्रतिव्यक्तिलाई रु. १ लाख सम्मको नि:शुल्क स्वास्थ्य विमाको व्यवस्था हुने पनि उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै आजको अधिवेशनले अपाङ्ग परिचय पत्र वितरण कार्यविधि २०७५ संसोधन र विपदवाट प्रभावित परिवारका लागि राहत वितरण तथा आर्थिक सहयोग मापदण्ड २०७९समेत पारित गरेको उहाँले बताउनु भयो।यी उल्लेखित कार्यहरु जनचाहना ,आवश्यकता ,माग र समस्या बमोजिम यस अघि वसेको गाउँकार्यपालिकाको बैठकले सर्वसम्मत निर्णय गरि पारित गरी सकेको थियो।यस्ता उदाहरणीय तथा महत्वकांक्षी कार्यहरुको आम गाउँपालिकावासीले खुसी व्यक्त गरेको उपाध्यक्ष कालाथोकीको भनाइ छ।
Author: रुरु संचार मिडिया प्रा.लि
-

गाउँपालिका वासीलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयनको चरणमा
-

गाउँपालिकाको १३अौँ हिउदे अधिवेशन सम्पन्न
टोपराम केसी
पौष-२१,२०७९
प्युठान ।
प्युठानको माण्डवी गाउँपालिकाको १३ अौँ हिउदे गाउँसभाको अधिवेशन सम्पन्न भएको छ।गाउँ सभाको उद्घाटन गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गर्नु भएको थियो।आज गाउँपालिकाको सभाहल मा सम्पन्न सभाले विभिन्न १५वटा कार्य सुचीहरु पारित गरेको गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले बताउनु भयो। जस अन्तर्गत गाउँपालिका अध्यक्ष द्वारा १३अौँ अधिवेशन आह्वान गरेको पत्रको जानकारी ,शुभकामना मन्तव्य ,शून्य समय,१२अौँ गाउँसभावाट स्वृकृत भएका आयोजना तथा कार्यक्रमको रकमान्तर र वजेट संसोधन एवम् वचत वजेटवाट नयाँ योजना स्वीकृत गर्ने प्रस्ताव पारित भएका छन्।यस्तै सार्वजनिक लेखा समितिका संयोजक दुर्गाप्रसाद आचार्य द्वारा प्रस्तावित आर्थिक वर्ष २०७८/०७९” सम्मको वेरुजु परिक्षण,गाउँपालिका अध्यक्ष रोसन द्वारा प्रस्तावित आर्थिक वर्षल२०७९/०८०को हाल सम्मको खर्च अनुमोदन ,गाउँकार्यपालिका द्वारा गरिएका सम्पुर्ण निर्णयहरु पारित,आर्थिक वर्ष २०७९/८०मा गाउँकार्यपालिका वैठकले पारित गरेका नियमावली,कार्यविधि ,निर्देशिका मापदण्ड अनुमोदन,गाउँपालिकाले करार सेवामा लिएका कर्मचारीहरुको नियुक्ति अनुमोदन लगाएतका प्रस्ताव समेत पारित भएको गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।साथै अध्यक्ष रोसन द्वारा प्रस्तावित आर्थिक वर्ष २०७९/०८०को अर्धवार्षिक समीक्षा,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित सम्पुर्ण योजनाहरु अनुमोदन,माण्डवी गाउँपालिका ४फरिण्डेमा असोज २३को पहिरोवाट ज्यान गुमाएका एकै परिवारका छजना प्रति शोक प्रस्ताव ,सहयोगि निकायहरु प्रति धन्यवाद ,उत्कृष्ट कर्मचारी प्रोत्साहन तथा पुरस्कार र गाउँसभाको १३अौँ हिउदे अधिवेशन अन्त्य लगाएतका विभिन्न १५वटा कार्यसुचि तथा प्रस्तावहरु गाउँसभाले पारित गरेको हो।आर्थिक वर्ष २०७९/०८०मा विनियोजित कुल वजेट रकम रु.४१,१६,४०००मध्ये हाल सम्म ८,३९,७५,५१५ रुपैया ४५पैसा खर्च भएको गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।प्रतिशतका हिसावले २०.४प्रतिशत मात्र विकास वजेट खर्च भएको छ।१२अौँ अधिवेशनवाट विभिन्न शिर्षकमा विनियोजित वजेट यस अधिवेशन मार्फत आवश्यकता वमोजिम रकमान्तर समेत गरिएको उहाँले बताउनु भयो। -

गुल्मीको रिडीमा एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना पुस -२१ “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता ” भन्ने नाराका साथ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा उपभोक्ता भेला तथा अन्य सरोकारला बिच १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेस श्रेष्ठको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज विकको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि उधोग बाणि संघ प्रहरी प्रशासन महिला समुह आमा समुह कलब सामाजिक अभियानताहरु पुर्व जन प्रतिनिधि हरु बौद्धिक बर्ग शिक्षा क्षेत्रका अगुवाहरु बिद्यालयका प्रधानाध्यापकहरु वित्तीय संस्था होटल संचालकहरुलो पनि सहभागीता रहेको थियो। कार्यक्रममा डिभिजन पाल्पाका प्राबिधिक सहायक सरोज खनाल ले होटललमा खाना बनाउने ब्यक्ति स्वछ सफा गरि बनाउन पर्ने पकाएको सामाग्री फ्रीज तथा भाडमा ढाकछेप गरि राख्नु पर्ने मासु जन्य बस्तु हरु लाई राख्दा ध्यान दिनु पर्ने कुराहरु जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा सभाका अध्यक्ष तथा डिभिजन प्रमुख श्रेष्ठले हरेक सामगृ लाई लेवलको प्रयोग म्याद गुज्रिएका सामाग्रीलाई तत्काल पसलबाट हटाउने , केमिकल मिसावट खाने कुरा निर्माण गर्न निषेध गर्ने तातो चिया तथा खानेकुरा लाई पलास्टिक जन्य थाल पिलेट गिलास प्रयोग नगर्ने , जस्ता विषयमा कार्यक्रममा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष नवराज बिकले यस्ता विशेष कार्यक्रम लाई वडाका माध्यमिक तहमा सन्चालन गर्नु पर्ने महिला समुह तथा टोल टोलमा कार्यक्रम सन्चालन गर्नु पर्ने , रिडीको मुख्य समस्या प्रसिद्ध मानिने गुण मापन गुणस्तर र प्याकिङलाई पालिका सित सहकार्य गरि बजारीकरण गरिने प्रतिबद्धता जायर गर्नु भयो। -

वाढी पिडितहरुको आवास निर्माणका लागि ५० लाख वजेट विनियोजन
टोपराम केसी
पौष-२१,२०७९
प्युठान ।
प्युठानको माण्डवी गाउँपालिकाले वाढीवाट पिडित तथा प्रभावितहरुको आवास पुननिर्माणका लागि वजेट विनियोजन गरेको छ।आज गाउँपालिकाको सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३अौँ हिउँदे अधिवेशनले गाउँपालिकाका विभिन्न वडाका विभिन्न वस्तीमा वाढी तथा पहिरोवाट प्रभावित परिवारका आवास पुन निर्माणका लागि रु ५०लाख विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले बताउनु भयो।गत असोजमा परेको अविरल वर्षात् ले माण्डवी गाउँपालिका वडा नं.४फरिण्डेमा एकै परिवारका ६जनाले ज्यान गुमाएका थिय।यस्तै सोही अविरल वर्षासँगै आएको पहिरोले वडा नं.२ स्थित धनचौरको गाउँ नै विस्थापित हुन पुगेको थियो।सोही घटनालाई मध्यनजर गरि गाउँपालिकाले पिडित परिवारको आवास पुनर्निर्माण का निम्ति आवश्यकता वमोजिम वजेटको व्यवस्था गरेको समेत उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यो महत्वकांक्षी कार्यले पिडिहरुले राहतको महसुस गरेको गाउँपालिकाले विस्वास लिएको छ। -

माण्डवीले गर्यो उत्कृष्ट कर्मचारी सम्मान
टोपराम केसी
पौष -२१,२०७९
प्युठान ।
माण्डवी गाउँपालिकाले गाउँपालिकामा कार्यरत विभिन्न कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।आज गाउँपालिका को सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनका अवसरमा कर्मचारीहरुलाई सम्मान गरिएको हो।जस अन्तर्गत गाउँपालिकामा कार्यरत अधिकृत छैटौं बलराम पौडेल ,वडा नं.३मा कार्यरत वडा सचिव सहायक पाचौँ माधवा घिमिरे ,वडा नं.२मा कार्यरत असिस्टेन्ट सव ओवरसेर एग्य बहादुर खड्का ,तिराम स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बासुदेव घर्ती, माण्डवी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी मदन घिमिरे,तिरामकी महिला स्वास्थ्य स्वयंसेवीका सुसिला वोहोरा क्षेत्री सम्मानित हुनु भएको गाउँपालिकाले जनाएको छ। कार्यसम्पादन स्व-मुल्यांकन र वाहि्य गरि दुई विधिवाट जम्मा ७५अङ्कमा मुल्यांकन गरिएको गाउँपालिकाको प्रमुख प्रसाशकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिनु भयो।सम्मानित सवै कर्मचारीहरुलाई टीका,खादा ,प्रमाणपत्र र नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भयो।यस अघि वसेको कार्यपालिकाको वैठकको निर्णय अनुसार कर्मचारी प्रोत्साहन तथा सम्मान कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले बताउनु भयो। -

दिब्रुङ्ग स्वास्थ्य चौकीमा बिहिबार प्रयोगशाला स्थापना
महेश बोहरा, पौष २१ गुल्मी/ गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका १ सराङ्गमा पर्ने दिब्रुङ्ग स्वास्थ्य चौकीमा बिहिबार प्रयोगशाला स्थापना भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरे पछि ल्याव संचालनमा आएको हो । स्थानीयस्तरमा सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ ल्यावको गाउँपालिका अध्यक्ष युवराज केसीले उद्घाटन गर्नुभएको थियो ।

गाउँपालिका मार्फत कर्मचारी व्यवस्थापन, प्रयोगशालाका लागि आवश्यक मेशिनरी र केमिकल लगायत सामान खरिदमा सहयोग प्राप्त भएपछि प्रयोगशाला स्थापना गरी सञ्चालन गरिएको स्वास्थ्यचौकीले जनाएको छ । हालै स्थापना गरिएको उक्त प्रयोगशालामा कोभिड सहित रगत तथा दिसापिसाब परीक्षण लगायत ३१ प्रकारका रोगको परिक्षण गर्न सकिने ल्याव असिस्टेन्ट कल्पना बिकले बताउनुभयो ।निकै विकट मानिने द्रिबु्रङ्ग स्वाास्थ्य चौकीमा ल्याव सञ्चालनमा आए पछि नागरिकमा उत्साह छाएको छ । सानो सानो रोगको लागी टाढा जानुपर्ने बाध्यताको अन्त्य भएकोे चन्द्रकोट १ सराङ्गका स्थानिय रामप्रसाद सापकोटाले बताउनुभयो ।
दिब्रुङ्ग स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउनका लागि सेवा थप गरिएको बताइएको छ । औपचारिक प्रयोगशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज केसीले स्वास्थ्य नै मानवको सबैभन्दा ठूलो धन भएको बताउनुभयो । उहाँले स्वास्थ्य अन्य विकासको पनि आधार भएको बताउँदै स्वास्थ्यका क्षेत्रमा आफू संवेदनशील रहेकाले आगामी दिनमा गाउँपालिका मार्फत थप सहयोग गरिने बतानुभयो ।

गाउँपालिकाले नागरिकहरुको स्वास्थ्यलाई ख्याल राख्दै निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको र त्यसबाट हजारौं जनता लाभान्वित भएकोे उल्लेख गर्नुभयो । उहाँले ल्याव स्थापना गर्नु मात्र ठुलो कुरा नभई दिर्घकालिन सञ्चालनमा ध्यान दिने बताउनुभयो । विभिन्न किसिमका रोगहरु परिक्षण पछि मात्र थाहा हुने हुदाँ पनि अब नागरिकलाई सानो सानो रोग लाग्दा टाढा जानु पर्ने बाध्यता हटेको दाबी गर्नुभयो । ल्याव संचालनका लागी पूर्व सामाजिक विकाश मन्त्री सुदर्शन बरालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले ठाउँ अभावका कारण समय मै ल्याव संचालनमा ल्याउन नसकिएको बताउनुभयो ।
धेरै नै विकट मानिने दिब्रुङ्ग स्वास्थ्य चौकीमा ल्याव स्थापना भई पछि यहाँका धेरै नागरिकलाई सहज हुने गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीको दाबी छ । उहाँले आगामी दिनमा पनि पालिकाले आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्धता ब्यक्त गर्नुभयो । दुर्गम ठाउँका नगरिकले समेत सहज स्वास्थ्य सेवा पाउन भनेर नै प्रयोगशालाको स्थापना गरिएको बताउनुभयो ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता घनश्याम खरेलले उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्यंमसेविकाको भूमिका पनि महत्वणूर्ण रहेको बताउनुभयो । उहाँले दिब्रुङ्ग स्वास्थ्य चौकीमा गर्व गर्न सक्ने जनशक्ति रहेको दाबी समेत गर्नुभएको छ । हालसम्म उहाँहरुले गरेको कार्यको प्रशंसा गदै आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै स्वास्थ शाखा प्रमुख प्रकाश शर्माले स्वास्थचौकीमा न्युनतम मुल्यमा सेवा प्रदान गरेको बताउनुभयो । उहाँले निजिमा भन्दा सरकारी स्वास्थ्य सस्था बिस्वासिलो बन्दै गएको बताउनुभयो ।समारोह कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णप्रसाद भण्डारी, गाउँपालिकाका प्रवक्ता एंव वडाध्यक्ष घनश्याम खरेल, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल, स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा, वडासदस्यहरु राज्ु बलाल, गोपाल अर्याल, लक्ष्मी अर्याल, मिना बिक, रामबहादुर बलाल लगायत बिभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो । प्रयोगशाला उद्घाटन कार्यक्रमको संचालन स्वास्थ्य चौकीमा कार्यरत अ.हे.ब. गोमा सेजवालले गर्नुभएको थियो ।
प्रयोगशाला औपचारिक शुभारम्भको अवसरमा निःशुल्क रुपमा सम्बन्धित बिरामीको परिक्षण गरिएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिनुभयो । बिहिबार शुभारम्भको दिन कुल ५६ जनाको ल्यावमा परिक्षण गरिएको स्वास्थ्य चौकीमा कार्यरत अनमी बिष्णु पौडेलले बताउनुभयो ।

कार्यालय सहयोगी सहित कुल ८ जना कर्मचारीहरु कार्यरत रहेको दिब्रुङ्ग स्वास्थ्यचौकीमा दैनिक ३० देखि ४० जना बिरामीहरु आउने गरेका छन् । स्वास्थ्यचौकीमा २४ सै घण्टा प्रसुती सेवा उपलब्ध रहेको दिब्रुङ्ग स्वास्थ्य चौकी प्रमुख सीता अर्याल शर्माले जानकारी दिनुभयो । आगामी दिनमा स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई थप सहज हुने गरी कार्य गर्ने उहाँको भनाई छ । -

अर्घाखाँचीको सिमलपानी बाट ५ किलो गांजा सहित न्यौपाने पक्राउ
अर्घाखाँची ।
अर्घाखाँचीको शितगङ्गामा ५ किलोग्राम गांजा सहित एक जनालाइ प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको छ ।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी, तल्ला गाउका ६४ बर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।प्रहरीका अनुसार शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी तल्ला गाउँमा लागु औषध (गांजा) कारोवार भई रहेको छ भन्ने विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलिले न्यौपानेको घरमा खानतलासि गर्दा ५ किलोग्राम लागु औषध (गाँजा) जस्तो देखिने पदार्थ सहित न्यौपानेलेलाई नियन्त्रणमा लिएको थियो ।
न्यौपानेलाई लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट ४ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ । -

अस्टे्रलिया बाट भुसाल दम्पतिको सहयोग मा गायत्री गुरुकुलमा न्यानो कपडा बितरण
राजन आचार्य
गायत्री ब्रहम्र चर्य आश्रम गायत्री गुरुकुल रुरु धाम रिडीमा न्यानो कपडा बितरण कार्य सम्पन भएको छ
। रुरु धार्मिक सेवा सन्चार प्रा लि रुरु धाम रिडीको आग्रह तथा ब्यबस्थापनमा अस्टे्रलिया बाट भरत भुसाल र पुस्पा भुसालले
बटुकहरु गुरु र यस्तै भक्तेनि आमाहरु र दुखि परिवार लाई सुइटर टोपि र ताता जुता प्रदान गर्नु भएको छ । ३० जना बटुक हरु लाई निसुल्क रुपमा सस्कृत शिक्षा पठन पाठन गर्दै आयको गुरुकुलमा बटुकहरु लाई सानो भए पनि चिसो बाट बच्न र तातो बनाउन आफु दम्पतीले सहयोग गरेको पुस्पा ले बताउनु ।भयो उहाँले आगमि दिन्मा पनि यस्तै रचनात्मक कार्यक्रम दिन दुखिको सेवामा आफ्नो सहयोग सदभाव निरन्तर रहने संचारका अध्यक्ष पत्रकार चुरामणि तिमिल्सिना लाई ईन्टरनेटमा जोडिदै बताउनु भयो ।यस्तै दम्पती परिवार लाई गुरुकुलका गुरु मेघराज रिजालले सहयोग गरेकोमा धन्यवाद तथा शुभकामना प्रदान गर्नु भयो। -

गुल्मीको रिडीमा ट्राफिकले सचेतना कार्यक्रम लाई प्रभावकारी बनाउदै
चुरामणि तिमिल्सिना
अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले सवारी चालक , सह चालक , यात्रु तथा स्थानीय लाई बस्पार्कमा जम्मा गरी सचेतना जगाउने कार्यक्रम गरेको हो। कार्यक्रममा प्रहरी सहायक निरीक्षक जगनाथ पाण्डेले सवारी दुर्घटना न्यूनीकरण , सवारी चलाउदा ध्यान दिनु पर्ने कुराहरू , सवारी मा चड्दा ओर्लिदा ध्यान दिनु पर्ने कुराहरु , सडक प्रयोग गर्दा पैदल यात्रीले अपनाउनु पर्ने सुरक्षाका विषय , सवारी सन्चालन गर्दा सवारी ठिक भए नभएको चेक जाच गर्दै महत्त्वपूर्ण आवस्यक कागजात साथमा बोकेर सवारी चलाउने विषयमा कार्यक्रममा जानकारी गराउनु भयो।
पाण्डेले सवारी चालकले मादक पदार्थ सेवन नगरिकन सवारी साधन चलाउने , बिस्वमा पुनः फैलिन लागेको कोरना बाट बच्न्को लागि आवस्यक सुरक्षाका मापदण्ड माक्स , लगाइ सेनिटाइजर , प्रयोग गरि सामाजिक दुरि लाई कायम गरि यात्रा गर्न समेत आग्रह गर्नु भयो ।
निरीक्षक पाण्डेले जव सम्म सवारी चालकहरुले ट्राफिक नियमको पालना गर्दैनन तव सम्म दुर्घटना न्यूनीकरणमा कमि नहुने , बढी क्षमता भार नबोक्ने ट्राफिक नियम पालना गर्न अटेर नगर्न समेत चालक तथा सह चालकलाइ अनुरोध पनि गर्नु भएको छ ।
-

पाल्पाको अर्गलीमा आलु महोत्सव किसान लाई सम्मान गर्दै सम्पन्न
चुरामणि तिमिल्सिना
तानसेन नगरपालिका वडा न १४ अर्गलीमा जिल्लामा पहिलो आलु महोत्सव सम्पन्न भएको छ । किसानहरु लाई ज्ञान दिन किसान लाई प्रबन्धन गर्न अर्गलीमा आलु महोत्सव आयोजना गरिएको हो। वडा न १४ का वडा अध्यक्ष शोभाखर भट्टराईको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोस लाल श्रेष्ठ प्रमुख अतिथि रहदै पानसमा दिप प्रज्वलन गर्दै महोत्सवको उत्घाटन गर्नु भएको थियो। यस्तै महोत्सवमा नगर उपप्रमुख प्रतिक्षा सिङजालि विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रम उत्घाटन पछी कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले किसानका लागि नगरपालिकाले माग गरे अनुसार कार्यक्रम लाई प्रबन्धन गर्ने बजेट्को बिनियोजनमा कमि नगर्न किसान लाई प्रोत्साहन मूलक कार्यक्रम सन्चालन गर्ने नगको दाथित्व भएकोले नगर सरकार पछाडि नहट्ने बताउदै कोल्ड स्टोर निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो।
तानसेन नगरपालिका कोभिड १९ प्रतिकार्य तथा एकिकृत हरित जिबिको पार्जन सहयोग परियोजना रेडाको संयुक्त आयोजनामा महोत्सव गरिएको हो । समग्र रुपमा किसानले उत्पादन गरेका कृषि उपजहरु लाई बजारिकरण गर्न किसानलाई प्रोत्साहन गर्न स्थानिय कला सस्कृति र आलुका बिभिन्न परिकार लाई पहिचान गर्न महोत्सव आयोजना गरिएको रेडा पाल्पाका निर्देशक लिला बहादुर कार्किले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो।
महोत्सवमा तानसेन नगर पालिकाका वडा अध्यक्षहरु शाखा प्रमुखहरु नगर कर्मचारीहरु यस्तै रिव्दीकोट गाउँ पालिका रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरु राजनैतिक दलका प्रमुखहरु , शिक्षा प्रेमिहरु विभिन्न संघ सस्थाका प्रमुखहरु सुरक्षा निकाय पत्रकार , महिला समुह , विभिन्न भजन समुह लगायतको आथित्यता रहेको थियो।
महोत्सव स्टलमा पाल्पालि चुकौनि आलुका पकौडा आलुको खिर , आलु फ्राइ ,यस्तै तरुल साग मासुजन्य परिकार ,घर यासि चामलका सेल रोटिको प्रदसनिमा राखिएको थियो। कार्यक्रमका बक्ताहरुले कार्यक्रम निरन्तरका लागि आवाहन गर्दै सिङ्गो अर्गली क्षेत्रमा १ कोल्ड स्टोर आवस्यक रहेकोलो किसानको माग पुरा गर्न कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ लाई आग्रह गरेका हुन । महोत्सवमा विभिन्न कृषक समुह लाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा समाज सेवि दुर्गा दत्त दत्त रेग्मीले यस महोत्सव ले निरन्तरता पाउन पर्नेमा जोड दिनु भयो कार्यक्रमको सन्चालन कृष्ण थापाले गर्नु भएको थियो।