वाढी पिडितहरुको आवास निर्माणका लागि ५० लाख वजेट विनियोजन

टोपराम केसी
पौष-२१,२०७९
प्युठान ।
प्युठानको माण्डवी गाउँपालिकाले वाढीवाट पिडित तथा प्रभावितहरुको आवास पुननिर्माणका लागि वजेट विनियोजन गरेको छ।आज गाउँपालिकाको सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३अौँ हिउँदे अधिवेशनले गाउँपालिकाका विभिन्न वडाका विभिन्न वस्तीमा वाढी तथा पहिरोवाट प्रभावित परिवारका आवास पुन निर्माणका लागि रु ५०लाख विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले बताउनु भयो।गत असोजमा परेको अविरल वर्षात् ले माण्डवी गाउँपालिका वडा नं.४फरिण्डेमा एकै परिवारका ६जनाले ज्यान गुमाएका थिय।यस्त‌‌ै सोही अविरल वर्षासँगै आएको पहिरोले वडा नं.२ स्थित धनचौरको गाउँ नै विस्थापित हुन पुगेको थियो।सोही घटनालाई मध्यनजर गरि गाउँपालिकाले पिडित परिवारको आवास पुनर्निर्माण का निम्ति आवश्यकता वमोजिम वजेटको व्यवस्था गरेको समेत उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यो महत्वकांक्षी कार्यले पिडिहरुले राहतको महसुस गरेको गाउँपालिकाले विस्वास लिएको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1099