Author: रुरु संचार मिडिया प्रा.लि

  • प्रभु बैंक  रानिबासले शैक्षिक   सामाग्री  हस्तान्तरण  गर्यो

    प्रभु बैंक रानिबासले शैक्षिक सामाग्री हस्तान्तरण गर्यो

    चुरामणि तिमिल्सिना  जेष्ठ  १०

    प्रभु बैंक रानीवास शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ६ मा अवस्थित जनज्योती माध्यमिक विद्यालय रिमुवामा कार्यक्रम गरिएको प्रभु बैंक शाखा कार्यालय रानिबासका प्रवन्धक  नबिन बस्यालले जानकारी दिनु भयो। बैंकले हरेक बर्ष सामाजिक उतरदायित्व कार्यक्रमहरु अंतरगत बिद्यालय संघसस्था कलब लाई सहयोग तथाविभिन्न कार्यक्रम मासहयोग गर्दै आयको बस्याल ले बताउनु भयो।

    सामाग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक

    भुवनेवर भुसाल  अभिवाबक चेत बहादुर पछाइ तथा बिध्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो। हस्तान्तरण गर्दै प्रमुख बस्यालले आगामी दिन्हरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु बीच सक्दो सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो।

  • रिब्दीकोटमा प्रधानाध्यापकहरुको बैठक  सम्पन्न

    रिब्दीकोटमा प्रधानाध्यापकहरुको बैठक सम्पन्न

    चुरामणि तिमिल्सिना  जेष्ठ  ९

    रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै धेरै कुरा सिकाउन सकिने भएकोले यस्तो बिधि का साथ यो अभ्यास गरिएको शिक्षा शाखा प्रमुख मणि खनालले जानकारी दिनु भयो। गाउँपालिकका अध्यक्ष नारायण बहादुर कार्किको अध्यक्षमा बैठक बसेको हो।

    बैठकमा अव सबै बिद्यालयमा यकै खालको म्युजिकल पिटि सन्चालन गरिने, प्राथना पनि यकै बनाइनेजस्को निम्तो पालिकाले १६ देखि १८ सम्म तालिम प्रदान गर्ने जेष्ठ १९ मा ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ र प्रधानाध्यापको बैठक बस्ने छात्रा वृद्धि कार्यक्रम लाई पनि विषय बस्तुमा समाबेस गरिने शाखा प्रमुख खनाल ले बताउनु भयो।

    बैठकमा ३६ जनाको सहभागिता रहेको थियो। बैठकमा सहभागीता जनाउदै प्रधानाध्यापकहरुले समय बचत र ज्ञान र आधुनिक संगै आफुहरुले यसरी जोडीयर बैठक बस्दा आफु हरुलाई निकै नै फाइदा पुगेकोले अवका दिन्मा नि यो अभ्यास कायम राख्न आग्रह गरेका हुन ।

  • रिब्दीकोटमा पहिलो  पटक  प्रधानाध्यापकहरुको बैठक भर्चुल माध्यम  बाट सम्पन्न

    रिब्दीकोटमा पहिलो पटक प्रधानाध्यापकहरुको बैठक भर्चुल माध्यम बाट सम्पन्न

    चुरामणि तिमिल्सिना   जेष्ठ  ९

    रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै धेरै कुरा सिकाउन सकिने भएकोले यस्तो बिधि का साथ यो अभ्यास गरिएको शिक्षा शाखा प्रमुख मणि खनालले जानकारी दिनु भयो।

    गाउँपालिकका अध्यक्ष नारायण बहादुर कार्किको अध्यक्षतामा  बैठक बसेको हो । बैठकमा अव सबै बिद्यालयमा यकै खालको म्युजिकल पिटि सन्चालन गरिने, प्राथना पनि यकै बनाइनेजस्को निम्तो पालिकाले १६ देखि १८ सम्म तालिम प्रदान गर्ने जेष्ठ १९ मा ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ र प्रधानाध्यापको बैठक बस्ने छात्रा वृद्धि कार्यक्रम लाई पनि विषय बस्तुमा समाबेस गरिने शाखा प्रमुख खनाल ले बताउनु भयो।

    बैठकमा ३६ जनाको सहभागिता रहेको थियो। बैठकमा सहभागीता जनाउदै प्रधानाध्यापकहरुले समय बचत र ज्ञान र आधुनिक संगै आफुहरुले यसरी जोडीयर बैठक बस्दा आफु हरुलाई निकै नै फाइदा पुगेकोले अवका दिन्मा नि यो अभ्यास कायम राख्न आग्रह गरेका हुन।

  • कृषि बिकास बैंक  रिडीका प्रमुख   पाठकको बिदाइ

    कृषि बिकास बैंक रिडीका प्रमुख पाठकको बिदाइ

    चुरामणि तिमिल्सिना  जेष्ठ  ९

    कृषि बिकास बैंक लिमिटेड शाखा कार्यालय रिडीमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । करिव४ वर्ष  रुरु क्षेत्र रिडीमा रहेको कृषि बिकास बैंक रिडी शाखामा कार्यालय प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका डोलराज पाठकको सरुवा स्याङ्जाको पुतली वजार भए पछी कार्यालयमा कार्यक्रमको आयोजना गरेर बिदाइ कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

    न्रम स्वभाव काममा दक्षता ,सल्लाह सल्लाह र सुझाव बाटै ग्राहक बर्गको मन जित्न सफल ,कर्जा लगानी गर्दा स्यम आफै फिल्डमा पुगेर अवलोकन गरेर प्रदान गर्ने , कर्मचारी तथा स्थानीय सित पनि हसिलो अनुहारका साथ प्रस्तुत हुने पाठकको स्वभाव रहेको थियो। पाठकले काम गर्ने क्रममा सबै लाई बिधि अपनायर काम गरेको र सेवा प्रवाहमा कुनै पनि सेवा ग्राहिले समस्या झेल्न नपरेकोले स्थानीय बासिले समेत बिदाइ गरेका हुन।

    पाठकले अव स्याङ्जाको पुतली बजारमा कार्यालय प्रमुख जिम्मेवारी समालनु हुने भएको छ । यता रुरु क्षेत्रमा गुल्मीको तम्घास बाट ओम टन्डन सरुवा भइ कार्यालय प्रमुखको रुपमा आउने कार्यक्रम रहेको बैंकले जानकारी दियको छ।

  • कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    यम सोमै जेठ -८
    स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अन्तर मा.वि. ( ९-१२) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगीतामा कालीगण्डकी गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए । सहभागीहरु मध्ये श्री भगवती नमुना मा. वि. प्रथम , श्री जनहित मा. वि. द्वितीय र विरेन्द्र मा. वि. जैपतेले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

    प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई पुरस्कारस्वरुप नगद रु /- , ५,०००/- र प्रमाणपत्र , द्वितीय हुने विद्यालयलाई नगद रु ३,०००/- र प्रमाणपत्र र तृतीय हुने विद्यालयलाई नगद पुरस्कार स्वरुप रु २,०००/- र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्षता कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले गर्नु भएको थियो भने प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहनु भएको थियो। अतिथिको रुपमा कालीगण्डकी गाउँपालिका प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे लगायत शैक्षिक वर्ग तथा सामाज सेवीहरुको उपस्तिथि रहेको थियो। पालिकाको महिला बालबालिका शाखा तथा कालीगण्डकी बाल संजालको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन भने शिक्षा शाखा अधिकृत भिम श्रेष्ठले गर्नु भएको थियो।

    प्रतियोगितामा प्रथमहुने विद्यालयलाई सामाजिक विकास कार्यलय स्याङ्जाले यहि जेठ १४ गते आयोजना गर्ने अन्तर पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा समेत सहभागी गराइने कालीगण्डकी गाउँपालिका स्याङ्जाका शिक्षा शाखा प्रमुख भिम श्रेष्ठले जानकारी दिनु भयो

  • रुरु क्षेत्र गाउँपालिकाले ब्यापारी लाई  कर शिक्षा  प्रदान गर्यो

    रुरु क्षेत्र गाउँपालिकाले ब्यापारी लाई कर शिक्षा प्रदान गर्यो

    चुरामणि तिमिल्सिना  जेष्ठ  ७

    रुरु क्षेत्र गाउँपालिकाको सभाहलमा १ दिने कर शिक्षा कार्यक्रम रसम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना , गुल्मी उद्योग बाणिज्य संघ ,शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मिना देवि गौतम , करदाता सेवा कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरि , घरेलु तथा साना उधोग कार्यालय गुल्मीका उधोग अधिकृत सुरेन्द्र भण्डारी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल   कार्या पालिका  सद्स्यहरु  वडाका कर्ममचारी  जन प्रतिनिधि हरुको  आथित्यता रहेको थियो । करदाता कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरीले करका प्रकार प्यान दाताले तिनु पर्ने कर रकम ढिला सुस्तिका कारण लाग्ने जरिवाना सेवा लिदा ध्यान दिनु पर्ने कुराहरु सेवा दाताले बुझानु पर्ने करका किसिम लगायत विभिन्न शीर्षकमा लाग्ने करछुट मुल्य अभिबृद्दि करमा लाने शुल्क र महत्त्वपूर्ण कागजात कर सम्बन्धि जानकारी गराउनु भएको थियो ।

    यस्तै कार्यक्रममा घरेलु उद्योग अधिकृत सेरेन्द्र भण्डारीले घरेलुमा दर्ता गर्दा अपनाउनु पर्ने कागज पत्र दर्ता नविकरण दर्ता खारेजी जरिवाना यस्मा दर्ता हुने फाइफा विभिन्न सिप मुलक तालिम जस्ता विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले पालिकामा दर्ताका बिधान नियम कानुन कर यस्तै पालिकाका सेवा सुबिधा जरिवाना आम्दानीका शीर्षक खर्च गर्ने योजना कार्य बिधि कर दर भाउ जस्ता लगायतका विषयमा चर्चा गर्नुभएको थियो । कर शिक्षा कार्यक्रममा करमा दर्ता भएका ब्यापारीहरुले यस्तो शिक्षा ब्यापारीहरु माझ कमि भएकोले हरेक स्थानीय तहले बार्सिक कार्यक्रममै समाबेश गरि गाउँका कुनाकुनाका ब्यापारी बिच कार्यक्रम सन्चालन गरिनु पर्ने पालिका बासि लाई नियम कानुन सचेत गराउनु पर्ने कर र शिक्षा जस्ता कार्यक्रमहरु सन्चालन गरेर सवै लाई सजग बनाउन सकेमा मात्र जिल्ला कर कार्यालयको अस्तित्व हुने बताएका हुन

    । कर दाताले गुण तथा खुदोमा सरकार ले लगायाको कर अध्याधिक भएको ले आफुहरुले अव लगतै आफुले दर्ता गरेर सन्चालन गरेका कम्पनी हरु बन्द गर्ने समेत भएका छन उनिहरुले थप्दै भने बल्ल तल्ल अलि अलि खुदो र गुण बनाउन लागेको अवस्थमा राज्यले किसान लाई प्रोत्साहन दिने सट्टामा उल्टै करको चपेटामा आफुहरु लाई पार्न लागेकोले अव उधोग नै बन्द गर्ने उधोगि इन्दु बर ज्ञवाली र चोलानाथ ज्ञवाली बताए। कार्यक्रममा ब्यापारी प्रा लि सन्चालक उधोग बाणिज्य संघ उधोगिहरुको बाक्लो सहभागीता रहेको थियो। कार्यक्रमको सन्चालन दामोदर ज्ञवालीले गर्नु भएको  छ ।

  • गुल्मीदरबार गाउँपालिका नेपालमै पहिलो  पुर्ण पोषण मैत्री स्वास्थ सस्था युक्त घोषणा

    गुल्मीदरबार गाउँपालिका नेपालमै पहिलो पुर्ण पोषण मैत्री स्वास्थ सस्था युक्त घोषणा

    गुल्मीदरवार गाउँपालिका नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य सस्थायुक्त घोषणा
    जेठ ६

    गुल्मीदरवार नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य सस्थायुक्त गाउँपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पालिका घोषणा गरेका हुन । पालिका घोषणा गर्दै कार्कीले अभियानको निरन्तरता र दिगोपनको शुभकामना दिए ।
    दिवंगत गाउँपालिका प्रमुख अशोक कुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षिय दिर्घकालिन योजना बनाउदा पोषण तथा मातृ शिशु सेवालाइ प्राथमिकता दिएको थियो । त्यहि योजना अनुरुप स्थापनाकालदेखिनै गुल्मीदरबार गाउँपालिकाले विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको थियो ।
    सुरक्षित सामाग्रीयुक्त बिद्यालय क्षेत्र गाउपालिका घोषणा गर्ने काम गरियो । त्यसपछि अर्को महत्वपूर्ण अभियानको रुपमा पूर्ण संथागत प्रसुति वडा अभियानको थालनी गरिको थियो । जसका लागि केहि महत्वपूर्ण निर्णय र कामहरु भएका छन् । ०७५ पौष २७ गते सुआहारा र स्वास्थ्य कार्यालयको समन्वयमा उप प्रमुखलाई पोषण फोकल ब्यक्ति चयन गरिएको थियो । गर्भवतिको घरमा झण्डा राख्ने, स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य र पोषण परामर्श गर्ने तथा प्रयोगशाला सेवामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने कार्यको पनि शुरुवात गरिको थियो । यो कामले आमाहरुमा आत्मविश्वास र नागरिकमा आशा थपिएको महिला स्वास्थ्यस्वयसेबिका लिला थापाले बताइन ।०७६∕०७७ मा गाउपालिकामा रहेका ८३ वटा स्वास्थ्य आमा समुह लाइ पुनर्जागरण गर्ने, बिपन्न र पछाडी परेका समुदाय भएका गाउपालिकाका १० वटा ठाँउमा छ सय ८५ जनालाई स्वास्थ्य तथा पोषण प्रवर्दन सम्वन्धि अभिमुखिकरण गर्ने र महिनाको २८ गते तौल अनुगमन दिवस संचालन गरि सुनौलो १००० दिनका आमाहरुलाइ तौल अनुगमन, स्तनपान र पोषणको महत्वबारे अभिमुखिकरण गर्दै तौल लिन आएका बालबालिकाहरुलाइ अण्डा बितरण गर्ने कार्यक्रम संचालन गरिएको थियो । आर्थिक बर्ष ०७७∕०७८ मा मातृ तथा नवशिसुको स्वास्थ्यलाइ मध्यनजर गर्दै नेपालमै पहिलोपटक एकिकृत पोषण सम्बन्धि “कस्तो छ आमा” कार्यक्रमको शुरुवात गरियो । यो कार्यक्रमको नाम र कामले गाउँगाउँमा उमंग र उर्जा भर्यो । ०७७ साल भाद्र मा एकै महिनामा ३ वटा स्वास्थ्य संस्थामा नयाँ बर्थिङ्ग सेन्टर संचालन र बलिथुम स्वास्थ्य चौकिलाइ लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्था घोषणा गरियो । यो गाउँपालिकाको लागि ठुलो सफलता हो । गत बर्ष मातृ तथा नवशिसु को स्वास्थ्यलाइ मध्यनजर गर्दै नेपालमै पहिलोपटक संचालनमा ल्याइएको कस्तो छ आमा ? कार्यक्रमको निरन्तरता र कुपोषित बालबालिकाको उपचारको लागि गौडाकोट स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र संचालन गरिएको छ । गर्भवति महिलाहरुको लागि निःशुल्क ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम संचालन तथा २ वटा वडामा सून्य होम डेलिभरि वार्ड घोषणाको सम्पूर्ण तयारी पुरा गरेर ६ वटा वडामा पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्था घोषणाको संघारमा गाउँपालिका गर्वका साथ उभिन सकेको गाउपालिका प्रमुख सरोज थापाले बताए ।
    मानिसको शरिरमा आवस्यकता अनुसार पोषणयुक्त आहार वा पोषक तत्वको कमि हुनु वा बढि हुनु नै कुपोषण हो भने हाम्रो समुदायमा न्युन पोषणको अवस्था बढि रहेको छ । विशेष गरि गर्भवती, सुत्केरी महिलाहरु, किशोरीहरु र ५ वर्ष मुनिका बालबालिकाहरुमा न्युन पोषणले गर्दा बृद्धि विकाशमा अवरोध भई विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने र समग्र मानव विकासमा बाधा उत्पन्न हुने कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय रुपमा नै कुपोषणको समस्यालाई निराकरण गर्ने कार्यलाई सामाजिक, आर्थिक तथा मानवीय विकासका साथै दिगो विकास लक्ष्य प्राप्त गर्ने आधारको रुपमा लिइएको छ । विश्वमा पांच वर्ष मुनिका करिव ४५ प्रतिशत बालबालिकाको मृत्यु कुपोषणले हुने गरेको अध्ययनहरुले देखाएका छन् । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने व्यवस्था गरेको अवस्था छ । सन १९७० को दशकदेखि विभिन्न पोषण सर्वेक्षण, आवधिक योजनामा पोषणलाई प्राथमिकता, पोषण नीति तथा रणनीतिको विकास, सर्वेक्षणको आधारमा बालबालिकालाई भिटामिन ए क्याप्सुल र बहुसुक्ष्म तत्व (बालभिटा) तथा गर्भवती र सुत्केरी महिलालाई आइरन फोलिक एसिड चक्की वितरण लगायत कुपोषणको समस्यालाई सम्वोधन गर्न बहुक्षेत्रिय निकायको संयुक्त प्रयासको लागि बहुक्षेत्रिय पोषण योजनाको विकास भएको देखिन्छ । नेपालमा सन् २०१२ मा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी लागु गरिएको हो । नागरिकका स्वास्थ्यप्रतिका आशा स्थानीय सरकारसंग निकै बढि रहेका छन् । स्थानीय सरकारलाई आफ्ना बजेटका सिमाको कारण नागरिकका सवै सपना र आशा पुरा गर्न चुनौति छ । तर, व्यवस्थित योजना र जनप्रतिनिधीमा दृढ संकल्प भए असम्भब केही नरहेकोगाउपालिका उपप्रमुख तारा थापाले बताइन।
    गाउँपालिकालाई अहिलेको अवस्थासम्म ल्याइपुराउन पक्कै पनि सजिलो थिएन । तर, जहाँ अप्ठ्यारो छ त्यहिँ सफलता हुन्छ । त्यहि अप्ठ्याराबिचको संर्घषबाट महत्वपूर्ण अभियानमा गाउँपालिकाले आफुलाई नेपालमै अब्बल र पहिलो सावित गरेको छ । यो अभियानसम्म आउँदा पोषण सेवाका कार्यक्रम अन्तर्गत गुल्मी दरवारले शुरुवातदेखिनै सवै स्वास्थ्य संस्था खोप केन्द्र र गाउँघर क्लिनिक मार्फत ५ बर्ष मुनिका बालबालिकाहरुलाइ सरकारको समय समयमा जारि प्रोटोकल बमोजिम तौल अनुगमन गर्ने साथै पोषण परामर्श गर्ने कार्य नियमित रुपमा गरिरहेको छ । नेपालमै पहिलो पटक मासिक तौल अनुगमन दिवस मनाउने र स्वास्थ्यकर्मी, महिला सामुदायीक स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य आमा समुहका सदस्यहरुलाई बिभिन्न समयमा समुदाय स्तरमै गएर पोषण सम्वन्धि तालिमहरु संचालन गरिएको छ ।
    प्रत्येक बर्ष ५ बर्ष मुनिका बालबालिकाहरुलाइ अभियानका रुपमा संचालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रम र परजिवि नियन्त्रण कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिदै आएको छ ।

  • गुल्मीको रिडीमा कर शिक्षा कार्यक्रम सम्पन्न

    गुल्मीको रिडीमा कर शिक्षा कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना   जेष्ठ ६

    गुल्मीको रिडीमा १ दिने कर शिक्षा कार्यक्रम रिडी माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा गुल्मी उद्योग बाणिज्य संघ शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । औपचारिक कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बि.कको अध्यक्षता रहेको थियो यस्तै कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मिना देवि गौतम , करदाता सेवा कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरि , घरेलु तथा साना उधोग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल अतिथि रहनु भएको थियो । कार्यक्रममा वडा नं १ का वडा सचिव राम प्रसाद ज्ञवालीले स्वागत मन्तव्य राख्नु भएको थियो । करदाता कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरीले करका प्रकार प्यान लगायत विभिन्न शीर्षकमा लाग्ने करछुट मुल्य अभिबृद्दि करमा लाने शुल्क र महत्त्वपूर्ण कागजात कर सम्बन्धि जानकारी गराउनु भएको थियो ।

     

    यस्तै कार्यक्रममा घरेलु उद्योग अधिकृत सेरेन्द्र भण्डारीले घरेलुमा दर्ता गर्दा अपनाउनु पर्ने कागज पत्र दर्ता नविकरण दर्ता खारेजी गर्दा लाग्ने शुल्क जस्ता विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले पालिकामा दर्ताका बिधान नियम कानुन कर यस्तै पालिकाका सेवा सुबिधा जरिवाना लगायतका विषयमा चर्चा गर्नुभएको थियो ।

    कर शिक्षा कार्यक्रममा करमा दर्ता भएका ब्यापारीहरुले यस्तो शिक्षा ब्यापारीहरु माझ कमि भएकोले हरेक स्थानीय तहले असार मसान्त नजीक यस्ता कर रशिक्षा जस्ता कार्यक्रमहरु सन्चालन गरेर सवै लाई सजग बनाउन सकेमा मात्र जिल्लाको कर कार्यालयको अस्तित्व हुने बताएका हुन । यस्तै कार्यक्रम भोलि रुरुको बलेटक्सारमा पनि सन्चालन हुने कार्यक्रमका सन्चालक दामोदर ज्ञवालीले जानकारी दिनु भएको थियो।

     

     

  • रेडक्रसको कार्यक्रममा प्रथम बनिन  शारदाकी  रितिका गौतम

    रेडक्रसको कार्यक्रममा प्रथम बनिन शारदाकी रितिका गौतम

    1.  चुरामणि तिमिल्सिना बैशाख  ६

    नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्लाको स्वर्णमहोत्सवको अवसरमा आयोजित परोपकार शक्तिमा विश्वास बिषयक जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम शारदा माध्यमिक विद्यालय चन्द्रकोट १सराङ गुल्मीको कक्षा ८मा अध्यनरत छात्रा रितिका गौतम प्रथम हुन सफल               

    भएकी हुन गौतमका हरेक प्रतिभाले बिधालय लाई थप हौसला प्रदान गरेको र अन्य प्रतिस्पर्धामा सहभागी भएका प्रतिस्पधिले पनि उनको खुलेर प्रसम्सा गरेको बिध्यालयका शिक्षक बिष्णु सुबेदिले बताउनु भयो । उनि कथा कबिता गित यस्तै नृत्य बाक्कला र बोल्ने सक्ने विद्यार्थीको रुपमा परिचित समेत छिन ।

  • धुर्कोट नयाँगाउमा जनप्रतिनिधिको पहिलो कार्यकालको बार्सिक समिक्षा कार्यक्रम सम्पन्न

    धुर्कोट नयाँगाउमा जनप्रतिनिधिको पहिलो कार्यकालको बार्सिक समिक्षा कार्यक्रम सम्पन्न

    बिष्णु कुवर धुर्कोट ,नयाँगाउँ

    गुल्मिको धुर्कोट गाउँपालिका वडा न: ०१ नयाँगाउँमा जनप्रतिनिधिको १ बर्स पूरा भएको अबसरमा बार्सिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ
    धुर्कोट गाउपालिका वडा न ०१ नयागाउका वडा अध्यक्ष चेतमान कुवर ले जनप्रतिनिधि ले १ बर्समा गरेका कार्यक्रम प्रस्तुत गर्नु भएको थियो उहाले कृषि तथा पशु तर्फ सुन्तला सम्बन्धि कार्यक्रम चाक्लाबन्दी २ वटा मा सुन्तलाको बिरुवा हुर्किदै गरेको र ३ वटा नया चक्लाबन्दी को सुरुवात भएको बताउदै 5/7 बर्स पछि सुन्तला उत्पादनमा मनग्य आम्दानी हुनेमा अपेक्षा राखेको बताउनु भयो बाख्रा पालन व्यावसायिक रुपमा हुन थालेको खसिबोका निर्यात भएको जानकारी दिई आर्थिक बिकास तर्फ पर्यटन मा झल्याकोट लाई प्राथमिकतामा राखी १ करोड को योजना सुरुवात हुने जानकारी दिनुभयो
    धुर्कोट र नयागाउ लाई नजिक बनाउनको लागि ५५० मिटरको पुल निर्माण डिपिआर तयार भएको
    सामाजिक बिकास शिक्षा गुणस्तर बनाउन बिधालय अभिभावक सचेतना र बिधालय सुधार कार्यक्रम सम्पन्न ,स्वास्थ तर्फ सुत्केरी लाई यातायात खर्च दिने, एम्बुलेन्स नया खरिद भएको ,नो होम डेलिभरी घोषणा गर्नी तयारी , सामाजिक बिकासमा १ घर १ धारा घोषणा गर्नी अन्तिम तयारी ,सरसफाइ तर्फ साबिकका ५/६ र ७ टोल घोषणा गर्नी योजना भएको बताउनु भयो
    कार्यक्रममा वडा सदस्य चन्द्र बि क को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिद्यालयका प्र.अ. तथा प्रतिनिधि, विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा वडा सचिव नारायण पोख्रेलको सन्चालनमा सम्पन्न भएको थियो