कृषि बिकास बैंक रिडीका प्रमुख पाठकको बिदाइ

चुरामणि तिमिल्सिना  जेष्ठ  ९

कृषि बिकास बैंक लिमिटेड शाखा कार्यालय रिडीमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । करिव४ वर्ष  रुरु क्षेत्र रिडीमा रहेको कृषि बिकास बैंक रिडी शाखामा कार्यालय प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका डोलराज पाठकको सरुवा स्याङ्जाको पुतली वजार भए पछी कार्यालयमा कार्यक्रमको आयोजना गरेर बिदाइ कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

न्रम स्वभाव काममा दक्षता ,सल्लाह सल्लाह र सुझाव बाटै ग्राहक बर्गको मन जित्न सफल ,कर्जा लगानी गर्दा स्यम आफै फिल्डमा पुगेर अवलोकन गरेर प्रदान गर्ने , कर्मचारी तथा स्थानीय सित पनि हसिलो अनुहारका साथ प्रस्तुत हुने पाठकको स्वभाव रहेको थियो। पाठकले काम गर्ने क्रममा सबै लाई बिधि अपनायर काम गरेको र सेवा प्रवाहमा कुनै पनि सेवा ग्राहिले समस्या झेल्न नपरेकोले स्थानीय बासिले समेत बिदाइ गरेका हुन।

पाठकले अव स्याङ्जाको पुतली बजारमा कार्यालय प्रमुख जिम्मेवारी समालनु हुने भएको छ । यता रुरु क्षेत्रमा गुल्मीको तम्घास बाट ओम टन्डन सरुवा भइ कार्यालय प्रमुखको रुपमा आउने कार्यक्रम रहेको बैंकले जानकारी दियको छ।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *