Author: रुरु संचार मिडिया प्रा.लि

  • गुल्मीको रुरुक्षेत्र गाउँपालिका पुर्ण सरसफाई उन्मुख घोषणा

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका पुर्ण सरसफाई उन्मुख घोषणा

    गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ६ रिमुवालाई औपचारिक समारोहका बिच पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ । पालिका उपाध्यक्ष मिना देबि गौतमले वडा अध्यक्ष तथा कार्यक्रमका सभापति रोमनाथ पौडेललाई घोषण प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। समारोहमा अध्यक्ष पौडेलले कार्यक्रम माथी प्रकाश पार्दै प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सबैलाई सहयोग पुर्याउन योग्दान पुर्याउने वडाबासिमा धन्यवाद ब्यक्त गर्नुभएको थियो भने रिमुवा उपस्वास्थ्य चौकिका प्रमुख सचेन्द्र पटेलले कार्यक्रममा स्वागत गर्दै कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो।


    कार्यक्रममा सरसफाई मुक्त बनाउन योगदान गर्नुहुने महिला स्वास्थ्य स्वयंम सेविका, विशिष्ट ब्यक्तिहरु, विभिन्न संघ संस्थालाइ वडाले सम्मान गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यक्ष गौतमले कार्यक्रम घोषण गरेर मात्र नहुने भएकोले निरीक्षण समितीबाट अबलोकन गर्ने, सचेतना तथा सन्देश मुलक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रलाई अगाडी बढाउन आग्रह गर्नुभयो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले यो कार्यक्रम पालिकामा पहिलो वडाको रुपमा पनि घोषण भएको बताउनु भएको छ।


    कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारी, एकिकृत ग्रामीण बिकास समाजका कार्यकारी निर्देशक कृष्ण बिस्वकर्मा, एकिकृत ग्रामीण बिकास समाजका जिल्ला अध्यक्ष गणेश श्रीपाली, निबर्तमान वडा अध्यक्ष गिरी सिङजाली, जनप्रतिनिधि, आमा समूह, स्वास्थ कर्मी, पत्रकार, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवनेस्वर भुसाल, सुहारा प्रतिनिधि, भन्छिन आमाका प्रतिनिधिहरु, समाजसेबी बौद्धिकबर्ग तथा वडा बासीको आथित्यता रहेको कार्यक्रमको संचालक खडानन्द पौडेलले गर्नुभएको थियो ।

  • दाङमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

    दाङमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

    दाङ ।
    दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार,सोही ठाउँकै १७ वर्षीय क्रम बस्नेत,१६ वर्षीय रातन बस्नेत,१६ वर्षीय नसिब अहमद,१५ वर्षीय बरुण कुमाल,१९ वर्षीय अनिलसिंह ठकुरी, १९ वर्षकै लक्ष्मण विष्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसियमसिंह ठकुरी रहेका छन ।

    उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ ।

    पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

  • लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलिपनि बस्ने

    लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलिपनि बस्ने

    काठमाडौं ।
    लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलि पुनः बस्ने गरि सकिएको छ ।

    आजको बैठकमा एजेण्डाहरु प्रस्तुत भयो ।ती एजण्डामध्ये पार्टी विधानमा छलफल जारी रहेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

    ‘पार्टी विधानको बारेमा छलफल जारी छ,त्यसमा नेताहरुले आ–आफ्नो कुरा राख्ने कार्य जारी छ, भोलि पनि त्यहीं एजेण्डामा छलफल हुन्छ’ नेता सोनलले भने ।

    बैठकमा संगठन निर्माण, केन्द्रीय समिति,गठबन्धन,कार्यकारिणी समिति विस्तार,भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

    बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भिर छलफल हुँदैछ ।

    देशमा बढ्दो महँगी,किसानलाई मल अभाव, बाढी विपदलगायतका विषयमा छलफल हुन बाँकी रहेको नेता सोनलले बताए ।

  • लुम्बिनी प्रदेशसभा सदस्य वलीकोे हर्कत मर्यादा बिपरित : छानविन समिति

    लुम्बिनी प्रदेशसभा सदस्य वलीकोे हर्कत मर्यादा बिपरित : छानविन समिति

    बुटवल ।
    नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले दाङको तुलसीपुरमा रहेको
    वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित कार्य भएको निष्कर्ष छानविन समितिले निकालेको छ।

    जेठ ३१ गते बिहान तत्कालिन लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले बस्नेतको घरमा गएर
    उनकी श्रीमती मीना र साढे तीन वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन्।

    घटना बाहिरिएपछि छानविन गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्मा संयोजक रहेको तीन सदस्य
    छानविन समिति बनेको थियो। छानविन समितिमा कानुन,महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य
    न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य थिए।

    उक्त समितिले तयार पारेको प्रतिवेदन संयोजक शर्माले शनिबार मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका हुन्।

    प्रतिवेदन बुझाएपछि समितिका संयोजक मन्त्री शर्माले राज्य मन्त्री वली अनाधिकृतरूपमा अरुको घरमा जानू कमजोरी देखिएको जानकारी दिए।

    ‘राज्य मन्त्री वलीज्यू पदीय मर्यादा बिर्सेर व्यक्तिगत लेनदेनको पैसा उठाउन अरूको घरमा पुगेर झैझगडामा उत्रने गल्ती गरेको छानविन प्रतिवेदनको निष्कर्ष हो,’शर्माले भने, ‘एकराज र राज्यमन्त्री वलीबीच लेनदेन भएको देखिएपनि त्यसरी उहाँ पुग्नु सही हैन भन्ने हो।’

    जेठ ३१ गते बिहान पौने ९ बजेतिर तुलसीपुर–५ आलुमण्डी नजिकैको बस्नेतको घरमा तत्कालिन राज्यमन्त्री वली झण्डावाला गाडी र अंगरक्षकसहित पुगेकी थिइन्।

    मुख्यमन्त्री केसीले पनि प्रतिबेदन बुझेपछि राज्यमन्त्री वलीबाटै प्रारम्भिक रूपमा कमजोरी भएको देखिएको जानकारी दिए। प्रतिवेदनको अध्ययन पछि मात्रै सरकार र पार्टीले आवस्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताए।

    छानविनको क्रममा वली र एकराज बस्नेतबीच साढे ६ लाख जतिको लेनदेन भएको खुलेको थियो।

  • मणिपुर पहिरोमा पुरिएर १८ जनाको मृत्यु ,५० भन्दा बढी बेपत्ता

    मणिपुर पहिरोमा पुरिएर १८ जनाको मृत्यु ,५० भन्दा बढी बेपत्ता

    काठमाडौं ।
    भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ। ५० जना भन्दा बढी हराइरहेका छन्।

    बीबीसीका अनुसार घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको छ। जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको वेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरुले बताएका छन्।

    निरन्तरको वर्षाले उद्धारमा कठिनाइ भएको मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले बताए। त्यहाँ आगामी २४ घण्टा भारी वर्षा हुने अनुमान गरिएको छ।

    समाचारका अनुसार रेलमार्ग निर्माणका क्रममा सुरक्षाका लागि ठूलो संख्यामा प्रादेशिक सेनाका जवान तैनाथ गरिएको थियो।

    मृत्यु हुनेहरुमा केही मजदुर र सेनाका जवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • आफ्नै जेठाजु द्वारा गुल्मीमा भाइबुहारी  बलात्कृत

    आफ्नै जेठाजु द्वारा गुल्मीमा भाइबुहारी बलात्कृत

    गुल्मी ।
    गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।

    असार १४ गते दिउँसो सोही वडाको किटानी भन्ने स्थानको गोठमा भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

    यादवका अनुसार ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा देश बाहिर र्हेका छन् ।

  • जन्मदिन मनाउन गरिने खर्च रुरु धार्मिक सेवा संचार प्रालीलाई सहयोग

    जन्मदिन मनाउन गरिने खर्च रुरु धार्मिक सेवा संचार प्रालीलाई सहयोग

    रुरुधाम रीडी ।
    समाजमा हिजो आज फरक फरक तरिकाले जन्मदिन मनाउने गरिन्छ ।

    कहिले केक काट्ने, कहिले पाटी प्यालेसमा कार्यक्रमको आयोजना गर्ने कहिले भने असायबर्ग लाई खाना खुवाउने कार्य गरेको देख्न सकिन्छ, यसै सिलसिलामा गुल्मी जिल्ला सत्यवती गाउँ पालिका वडा न १ अस्लेवाका सामाजिक अभियान्ता तुल्सी पाण्डेले आज आफ्नो जन्म दिन्को खर्च कटाई रुरु धार्मिक सेवा संचार प्रालीको कार्यालयको लागि सन्चार सामाग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

    सहयोग प्रदान गर्दै पाण्डेले रुरु क्षेत्रको मात्र यस सस्थाले प्रचारप्रसार नगरी समग्र छिमेकी जिल्लामा हरेक गतिविधि तथा सामाजिक अभियानमा जोडिदै सन्चारका माध्यम बाट प्रकाशन प्रसारण गरिरहेकोले सामाग्री खरिदको लागी सहयोग गरेको बताउनु भयो। पाण्डेले आगामी दिनमा समेत यश धार्मिक सस्थालाइ बलियो बनाइ सन्चालन गर्नको लागि थप सन्चारका सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

    पाण्डे लाई सस्थाका अध्यक्ष चुरामणि तिमिल्सिनाले टेलीफोन गरि शुभकामना प्रदान गर्दै सहयोग र सदभावका लागि धन्यवाद व्यक्त गर्न भयो।

    यश धार्मिक सस्था आर्थिक जगेडा कोश नभएपनि अहिले सम्म दाताकै दानको भरमा सन्चालन हुँदै आयको छ । छोटो समयमा नै प्रचारप्रसारमा संस्थाले टेवा पुर्याउदै आएको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो।

  • गाउँपालिकाको आर्थिक सहयोगमा उन्नत बोयर बाख्रा वितरण

    गाउँपालिकाको आर्थिक सहयोगमा उन्नत बोयर बाख्रा वितरण

    माधव पौडेल,पाणिनी ।
    गाउँपालिकाको आर्थिक सहयोगमा व्यवसायिक वाख्रापालनको लागी उन्नत बोयर बाख्रा वितरण गरिएको छ । पाणिनी गाउँपालिका को वडा नं २ पोखराथोक अर्घाखाँचीमा चार वटा बोयर जात का बाख्रा हरु गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

    व्यवस्थित आधुनिक बाख्रापालन व्यवसायको विस्तार ,युवा स्वरोजगार र ग्रामीण गरिबी न्यूनीकणको आधार भन्ने मूल नारा सहित साना व्यवसायिक कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रम अन्तर्गत शुक्रवार एक कार्यक्रमका बिच बाख्रा वितरण गरिएको छ ।

    पाणिनी गाउँपालिकाको आर्थिक सहयोग र पाणिनी बाख्रा पकेट समितिको आयोजनामा वितरण गरिएको हो । वितरण कार्यक्रममा वडा न २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल ,नायब पशु स्वास्थ्य प्राविधिक प्रकाश बिष्ट ले सहजीकरण गर्नु भएको थियो ।

  • भीम अस्पतालका स्वास्थ्यकर्मी द्धारा दुई घन्टा ओपिडी सेवा बन्द

    भीम अस्पतालका स्वास्थ्यकर्मी द्धारा दुई घन्टा ओपिडी सेवा बन्द

    रुपन्देही ।
    भीम अस्पतालका स्वास्थ्यकर्मीले शुक्रबार बिहान दुई घन्टा ओपिडी सेवा बन्द गरेका छन् ।

    सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ता हालसम्म उपलब्ध नगराएको भन्दै उनीहरूले भैरवास्थित भीम अस्पतालमा शुक्रबार ओपिडी सेवा बन्द गरेका हुन् ।

    भीम अस्पताल संघर्ष समिति गठन गरेका स्वास्थ्यकर्मीले आजदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । समितिले बिहीबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

    संघर्ष समितिका संयोजक तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले आफूहरूले कोरोना महामारीको दोस्रो लहरमा जोखिममा रहेर काम गरे पनि सरकारले सोको कदर नगरेको बताए । उनले सरकार आफैँले घोषणा गरेको जोखिम भत्ता उपलब्ध नगराउँदा आन्दोलित हुनुपरेको उनको भनाइ छ ।

    सरकारले आफ्नो कुरा सुनोस भन्नका लागि आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनको भनाई छ ।

  • जिल्ला समन्वय समिति नवलपरासीले आफ्नै भवन बनाउने

    जिल्ला समन्वय समिति नवलपरासीले आफ्नै भवन बनाउने

    परासी ।
    जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको भवन निर्माण हुने भएको छ। आफ्नै भवन नहुँदा जिल्ला प्रशासनको स्वामित्वमा रहेको भवनमा बस्दै आएको छ।
    जिल्ला प्रशासन कार्यालयले नयाँ प्रशासनीक भवन बनाउने भएपछि जिससले भवन खाली गर्नुपर्ने भएको हो।

    प्रशासनले भवन खाली गर्न पत्राचार गरेको छ। भवन खाली गर्नुपर्ने भएपछि भवन निर्माण नहुने समयसम्म जिससलाई भाडामा भवन खोजेर बस्नुपर्ने बाध्यता भएको छ।

    आगामी आर्थिक वर्षदेखि प्रशासनले प्रशासनीक भवन निर्माण गर्दैछ। त्यसका लागि १० करोड बजेट विनियोजन भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए।

    जिससको शुक्रबार सम्पन्न पाँचौ जिल्ला सभाले तत्कालीन जिल्ला विकास समितिले रामग्राम नगरपालिका–४ मा खरिद गरेको साढे दुई विघा जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको हो।

    सभा हलसहितको भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको जिसस प्रमुख भगौती यादवले बताए।