मणिपुर पहिरोमा पुरिएर १८ जनाको मृत्यु ,५० भन्दा बढी बेपत्ता

काठमाडौं ।
भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ। ५० जना भन्दा बढी हराइरहेका छन्।

बीबीसीका अनुसार घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको छ। जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको वेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरुले बताएका छन्।

निरन्तरको वर्षाले उद्धारमा कठिनाइ भएको मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले बताए। त्यहाँ आगामी २४ घण्टा भारी वर्षा हुने अनुमान गरिएको छ।

समाचारका अनुसार रेलमार्ग निर्माणका क्रममा सुरक्षाका लागि ठूलो संख्यामा प्रादेशिक सेनाका जवान तैनाथ गरिएको थियो।

मृत्यु हुनेहरुमा केही मजदुर र सेनाका जवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *