Author: रुरु संचार मिडिया प्रा.लि

  • सत्यवती गाउँपालिकाले  गाउँमै फुलेका फुलका माला लगाउदै  गर्यो किसान लाई  सम्मान

    सत्यवती गाउँपालिकाले गाउँमै फुलेका फुलका माला लगाउदै गर्यो किसान लाई सम्मान

    कविराज भुसाल असार  २०

    सामुहिक कृषि क्रान्तिलाई अगाडि बढाई सत्यवतिलाई समृद्धि बनाउन समुह/ सहकारीहरु बिच अन्तरक्रिया तथा उत्कृष्ट कृषक समुहलाई सम्मान कार्यक्रम सत्यवतिमा सम्पन्न भएको छ ।
    सत्यवती गाउपालिका पशुपक्षी शाखाले गाउपालिका भित्रका ५६ समूह तथा सहकारिहरुको उपस्थितमा, समूह सहकारीको माध्यमबाट कृषि गर्दा हुने फाईदा, विभिन्न समुह कृषि सहकारीहरुले गरेका प्रागती बिवरण, समुहबाट कृषि गर्दा हुने फाइदाहरुका बारेमा अन्तरक्रिया तथा समूह प्रगती बिवरण प्रस्तुत कार्यक्रम सम्पन्न सङ्गै कृषकहरुलाई सम्मान गरेको हो ।
    कार्यक्रममा सत्यवतीका किसानलाई हिराकोरुपमा प्रसंशा गर्दै सत्यवतिको आर्थिक समृद्धि गर्न सत्यवतीका कृषकहरुको प्रमुख भुमिका रहने कार्यक्रमका प्रमुख अतिथी सत्यवती गाउपालिकाका अध्यक्ष टिकाराम पाण्डेयले बताउनुभयो ।

    अध्यक्ष पाण्डेले सडक तथा भैतिक निर्माणले मात्र सत्यवतिको बिकास हुन नसक्ने भन्दै किसानहरुलाई आर्थिक समृद्धि तर्फ डोर्‍याउन सकेमा मात्र सत्यवतिको समग्र बिकासले आँखा खोल्ने बताउनुभयो ।
    कृषकहरुले अब बृहत कृषि क्रान्ति गर्नुपर्ने भन्दै योजना बोकेर गाउपालिकामा आउन सम्पुर्ण कृषकहरुलाई अनुरोध समेत गर्नुभयो ।
    निरन्तर कृषिमा लागेका समूह सहकारीहरुलाई न्यूनतम शुल्कमा अडिट गर्ने ब्यवस्था समेत गाउपालिकाले गर्ने अध्यक्ष पाण्डेको भनाई छ ।
    कार्यक्रमका विशेष अतिथी गाउपालिका उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले कृषिको क्रान्ति सत्यवतीको प्रमुख योजना हुनेमा जोड दिनुभयो ।
    कार्यक्रममा १ न. वडा अध्यक्ष अर्जुन कनौजे, ४ न. वडा अध्यक्ष पिताम्बर ज्ञवाली, ५ न. वडा अध्यक्ष बाबुराम ज्ञवाली, ६ न. वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारी, ७ न वडा अध्यक्ष लोक बहादुर बुढाथोकी लगायतका अतिथीहरुले शुभकामना तथा कृषकहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
    हरेक कृषकहरुलाई सम्मान प्रकट गर्दै दुध तथा मासुमा सत्यवती गाउपालिका आत्मनिर्भर रहेको र अब निर्यात गर्ने उद्धेश्यले अगाडि बढ्नु पर्ने र आवस्यक सहयोग पशुपक्षी शाखाले गर्ने पशुपक्षी शाखा प्रमुख नारायण खनालले बताउनुभयो ।
    सत्यवती गाउपालिकाका आर्थिक संयोजक खड्गवीर थापाको सभापतित्व रहेको कार्यक्रमको संचालन कृषि शाखा प्रमुख उपकार भण्डारीले गर्नुभएको थियो ।

  • सत्यवतीका किसानलाई  औपचारिक कार्यक्रमका साथ  सम्मान

    सत्यवतीका किसानलाई औपचारिक कार्यक्रमका साथ सम्मान

  • अर्घाखाँचीमा पहिरोमा  पुरिदा ३ जनाको मृत्यु

    अर्घाखाँचीमा पहिरोमा पुरिदा ३ जनाको मृत्यु

    असार   १९ अर्घाखाँची अर्घाखाँचीमा_पहिरोले_पुरिएर_३_बालबालिकाको_मृत्यु

    अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ। एक जना घाइते छन्।

    पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए।

    मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन्। उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएका छ।

    घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ।

  • चन्द्रकोटमा तालिम समापन सङै सामाग्री  हस्तान्तरण

    चन्द्रकोटमा तालिम समापन सङै सामाग्री हस्तान्तरण

    चन्द्रकोट गुल्मी १८

    नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा एड्भान्स सीप बिकास तालिम अन्तर्गत वडा नं ७ रूपाक‍ोट बोटेगाउँका सिमान्तकृत बोटे समुदायका महिला हरूको लागि लक्षित गरि यस अघि संचालन गरिएको मौसमी तथा बेमौसमी तरकारी खेती तालिमको प्रविधि हस्तान्तरण, प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ।

    गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज खत्री क्षत्री ज्यूको अध्यक्षता, उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको विशिष्ट आतिथ्यतामा संचालित कार्यक्रममा कार्यपालिका सदस्य विष्णुकला थापा, कान्तिपुर दैनिकका उपसम्पादक घनश्याम गौतम, कार्यक्रम सम्पर्क व्यक्ति, कृषि विकास शाखा प्रमुख, उद्यम विकास सहजकर्ता लगायतको उपस्थिति रहेको थियो।

    जस अन्तर्गत समुहमा आवद्द २० जनामा प्रत्येक सदस्यलाई पोली ट्याङ्क, विभिन्न किटनाशक औषधि, विउपल, गार्डेन पाईप, हजारी, सेफ्टि ज्याकेट लगायतका कृषि जन्य सामाग्री प्रदान गरिएको थियो भने समुहलाई १ वटा कुटानी पिसानी मिल समेत उपलब्ध गराईएको थियो।

  • गुल्मीको  सत्यवतीमा स्वास्थ  सम्बन्धि अभिमुखी करण

    गुल्मीको सत्यवतीमा स्वास्थ सम्बन्धि अभिमुखी करण

    कविराज भुसाल  असर  १८

    सत्यवती गाउपालिकाले बर्षामा बढ्न सक्ने डेन्गुको जोखिम तथा किटजन्य रोगको हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नियन्त्रणको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    बिगतका वर्षहरुमा देखिदै आएको डेन्गु आउने समयमा संक्रमण नहोस, समयमै सचेत गराई न्यूनीकरण होस भनी अभिमुखिकरण कार्यक्रम सत्यवती गाउपालिका स्वास्थ्य शाखाले सम्पन्न गरेको हो ।
    समस्या उब्जने समाधान गर्ने अवस्था नहुने स्थिती नहोस भनी समयमै सचेतना कार्यक्रम टोलटोलमा पुर्याउनको लागि स्वास्थ्य स्वयंसेविकाहरु, आमासमुहका अध्यक्ष तथा सदस्यहरुलाई डेन्गु तथा किटजन्य रोगको बारेमा प्रशिक्षण राखिएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेयले बताउनुभयो ।
    समाजमा आउने बिपत्तिमा महिलाहरुको प्रमुख भुमिका रहने हुदा बिपत्तिमा आउनसक्ने समास्याको समाधान गर्न महिलाहरु अगाडी बढ्नुपर्ने विशेष अतिथी गाउपालिका उपाध्यक्ष नीर माया तरामुले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, ४ न. वडाका वडा अध्यक्ष पिताम्बर ज्ञवालीको विषेश आतिथ्यता रहेको थियो ।

  • छत्रकोट गाउँपालिकामा पोषण  कार्यक्रमको समिक्षा

    छत्रकोट गाउँपालिकामा पोषण कार्यक्रमको समिक्षा

    कालिदास आत्रेय असार १८

    गुल्मीको छत्रकोट गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका स्वास्थ्य शिक्षा फोकल पर्सन शिक्षकहरु र स्वास्थ्य चौकी प्रमुखहरु गरि ३३ जनाको सहभागीता रहेको थियोे । कार्यक्रममा विद्यालयमा संचालित दिवाखाजा, स्वास्थ्य शिक्षा , जुकाको औषधी, अन्य प्राथमिक उपचार कीट वितरण , किसोरीहरुका लागि आइरन तथा फोलिक एसिड वितरण , महिनावारी स्वछता तथा सेनिटरी प्याड वितरण मा यश बर्ष भएगरेका कार्यहरूको समिक्षा गरिएको थियोे ।

    छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख टिकाराम आचार्य , प्रा स बिनोद न्यौपाने , स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेल र जनस्वास्थ्य पोषण बिद लिल बहादुर नेपालीको आतिथ्य ता रहेको थियोे । स्वास्थ्यशाखा प्रमुख श्यामसुन्दर पोखरेलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियोे । पोषणविद लिल बहादुर नेपालीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियोे । कार्यक्रममा सहभागीको तर्फबाट मिना कन्डेलले कार्यक्रम उपलब्धि मुलक भएको धारणा राख्नु भएको थियोे । कार्यक्रमको संचालन सि अ हे व सपना टन्डनले गर्नु भएको थियोे ।

  • किन मनाइन्छ गुरुपुर्णिमा?

    किन मनाइन्छ गुरुपुर्णिमा?

    श्रीराम गौतम
    असार १८
    आज वि.सं. २०८० असार १८ गते सोमबार हरेक बर्ष असार शुक्ल पुर्णिमाको दिन मनाइने गुरुपुर्णिमा यस बर्ष आजको दिनमा रहेको छ । आजको यो पवित्र दिनमा रहेर सदिऔं देखि नै आफ्नो जिवनमा भएका ज्ञात अज्ञात गुरुहरुको स्मरण तथा आशिर्वाद ग्रहण गरि गुरुपुर्णिमा मनाउने चलन चलिरहेको छ । गुरु शब्दको अर्थ, महत्त्व र यसले बोक्ने मान्यता सामान्य शब्दमा बर्णन गर्न त्यति सहज छैन । गुरु शब्दको शाब्दिक अर्थ केलाउदा गु भनेको अन्धकार र रु भनेको उज्यालो प्रकाश भन्ने हुन्छ अर्थात जिवनको अन्धकार रुपि चेतनालाइ ज्ञान, स्वधर्म र संस्कार द्वारा प्रकाशमय पार्ने ब्याक्ती नै गुरु हो । आजभोली खेलकुद, सङ्गीत, चित्रकला, कलालगायत अन्य व्यावसायिक क्षेत्रमा पनि मार्गदर्शकलाई गुरु सम्झेर सम्मान गरिन्छ । ‘गुरु व्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर गुरु साक्षात् परम्व्रह्मा तस्मै श्री गुरु वे नमः’ भनेर शास्त्रमा गुरुको महिमा वर्णन गरिएको छ । सन्ध्या आरतीको मन्त्र दान गर्ने गुरुआमा र चूडाकर्ममा गायत्री मन्त्र दान गर्ने गुरुलाई तागाधारीहरूले महत्वका साथ यो दिन गुरु पूजन वा गुरु स्मृति गर्छन ।

    गुरुकुल परम्पराका आश्रम वा विद्याश्रममा यो दिन धार्मिक उत्सव हुने गरेको छ । वेदका प्रणेता व्यासको जन्म यसै दिन भएकाले व्यास जयन्तीका रूपमा पनि यो दिन मनाइन्छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षमा एकपटक यसै दिन सर्वसाधारणका लागि खुला हुन्छ ।
    बिशेष गरि आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।
    गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन् । उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ ।
    द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । त्यसैले पनि आजको  दिनलाई गुरु व्यास पूजाको रुपमा पनि मनाउने चलन छ । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ ।
    आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ । हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन् । विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो । त्रेता युगमा मर्यादापुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ ।
    पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए । गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहि आएको छ । गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन् ।

  • पितृको सम्झनामा पाल्पा अर्गलीका भट्टराईले  गरे धार्मिक संस्थालाइ सहयोग

    पितृको सम्झनामा पाल्पा अर्गलीका भट्टराईले गरे धार्मिक संस्थालाइ सहयोग

    चुरामणि  तिमिल्सिना  असार  १७

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. १४ अर्गली निवासी राम प्रसाद भट्टराई र शान्ता भट्टराईका छोरा माधव भट्टराईले हाल अष्ट्रेलियाबाट आफ्ना सम्पुर्ण दिवंगत पितृहरुको सम्झनामा रुरु धाम हृषीकेश मन्दिर परिसरमा रहनुभएका कल्पवासि भक्त भक्तेनी साथै गायत्री गुरुकुलकाबटुकहरु र मानव कल्याण वृद्ध आश्रमका भक्त भक्तेनी यस्तै संस्कृत तथा साधरण माध्यमिक बिद्यालयमा सन्चालित गुरुकुलका बटुकहर लाई सावुन, चिनी, चियापत्ति लगायतका सामाग्रीहरुको साथमा स्टेसनरी सामाग्री प्रदान गर्नुभएको छ ।

    आइतबार उहाँका भाइ लक्ष्मण भट्टराई यस्तै समाजसेवि तारा सुबेदीले सामाग्री पुर्याउनु भएको हो । कार्यक्रममा समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो । सामाग्री बितरण कार्यक्रममा बोल्दै मानव कल्याण वृद्ध आश्रममा अध्यक्ष जिवन कुमार कसजुले हरेक महानुभावले यस्तै गरि विभिन्न क्षेत्र बाट सहयोग गरेमा धार्मिक संघ संस्था सन्चालन गर्न कुनै प्रकारको समस्या नहुने हुँदा सबैलाई यस्ता रचनात्मक कार्यक्रममा हातेमालो गर्न पनि आह्वान गर्नुभएको छ ।

  • पितृको सम्झनामा पाल्पा अर्गलीकाभट्टराई ले गरे धार्मिक संस्थालाइ सहयोग

    पितृको सम्झनामा पाल्पा अर्गलीकाभट्टराई ले गरे धार्मिक संस्थालाइ सहयोग

    चुरामणि तिमिल्सिना  असार  १७

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. १४ अर्गली निवासी राम प्रसाद भट्टराई र शान्ता भट्टराईका छोरा माधव भट्टराईले हाल अष्ट्रेलियाबाट आफ्ना सम्पुर्ण दिवंगत पितृहरुको सम्झनामा रुरु धाम हृषिकेश मन्दिर परिसरमा रहनुभएका कल्पवासि भक्त भक्तेनी साथै गायत्री गुरुकुलका बटुकहरु र मानव कल्याण वृद्ध आश्रमका भक्त भक्तेनी यस्तै संस्कृत तथा साधरण माध्यमिक बिद्यालयमा सन्चालित गुरुकुलका बटुकहर लाई सावुन, चिनी, चियापत्ति लगायतका सामाग्रीहरुको साथमा स्टेसनरी सामाग्री प्रदान गर्नुभएको छ ।

    आइतबार उहाँका भाइ लक्ष्मण भट्टराई यस्तै समाजसेवि तारा सुबेदीले सामाग्री पुर्याउनु भएको हो । कार्यक्रममा समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो । सामाग्री बितरण कार्यक्रममा बोल्दै मानव कल्याण वृद्ध आश्रमका अध्यक्ष जिवन कुमार कसजुले हरेक महानुभावले यस्तै गरि विभिन्न क्षेत्र बाट सहयोग गरेमा धार्मिक संघ संस्था सन्चालन गर्न कुनै प्रकारको समस्या नहुने हुँदा सबैलाई यस्ता रचनात्मक कार्यक्रममा हातेमालो गर्न पनि आह्वान गर्नुभएको छ ।