छत्रकोट गाउँपालिकामा पोषण कार्यक्रमको समिक्षा

कालिदास आत्रेय असार १८

गुल्मीको छत्रकोट गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका स्वास्थ्य शिक्षा फोकल पर्सन शिक्षकहरु र स्वास्थ्य चौकी प्रमुखहरु गरि ३३ जनाको सहभागीता रहेको थियोे । कार्यक्रममा विद्यालयमा संचालित दिवाखाजा, स्वास्थ्य शिक्षा , जुकाको औषधी, अन्य प्राथमिक उपचार कीट वितरण , किसोरीहरुका लागि आइरन तथा फोलिक एसिड वितरण , महिनावारी स्वछता तथा सेनिटरी प्याड वितरण मा यश बर्ष भएगरेका कार्यहरूको समिक्षा गरिएको थियोे ।

छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख टिकाराम आचार्य , प्रा स बिनोद न्यौपाने , स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेल र जनस्वास्थ्य पोषण बिद लिल बहादुर नेपालीको आतिथ्य ता रहेको थियोे । स्वास्थ्यशाखा प्रमुख श्यामसुन्दर पोखरेलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियोे । पोषणविद लिल बहादुर नेपालीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियोे । कार्यक्रममा सहभागीको तर्फबाट मिना कन्डेलले कार्यक्रम उपलब्धि मुलक भएको धारणा राख्नु भएको थियोे । कार्यक्रमको संचालन सि अ हे व सपना टन्डनले गर्नु भएको थियोे ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 957

Leave a Reply

Your email address will not be published. Required fields are marked *