Category: विजनेश

  • ब्यस्त सडकमा अर्गली ट्राफिक प्रहरी सचेतना जगाउदै

    ब्यस्त सडकमा अर्गली ट्राफिक प्रहरी सचेतना जगाउदै

    चुरामणी  तिमिल्सिना तानसेन नगर पालिका वडा १४ का विभिन्न स्थानमा ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु दिन प्रति भएका छन । मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने , चेक जाचमा कडाइ सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरुले स्थानियलाई प्रत्यक्ष फाइदा पुगेको देखिन्छ ।सडकमा धेरै जसो सवारी चलाउने चालकहरु ले असिमित गतिमा सवारी चलाउने क्षमता भन्दा बढि यात्रु लाई राख्ने नियामित रुपमा महत्त्वपूर्ण कागजात नबोक्ने जस्ता विषयमा बजार क्षेत्र तथा सडकमा विभिन्न विषयमा चेतना मुलक कार्यक्रम लाई अस्थायी ट्राफिक प्रहरी पोस्ट अर्गलीले तिब्रता दियको छ यता आफ्नो क्षेत्रमा शान्ति सुरक्षा अमन चयन महिला हिम्सा लागु औसध आत्म रक्षा घरेलु हिम्सा नियन्त्रण बन डढेलो आगो नियन्त्रण बिद्यालय तहमा सामाजिक सन्जालको बढ्दो प्रयोग साइबर क्राइम महिला समुह लक्षित कार्यक्रम आत्महत्या न्यूनीकरण जस्ता कार्यक्रमहरु गर्दै प्रहरी चौकि पाल्पाको टोलि गाउँका कुना कुनामा पुगेर कार्यक्रम गर्दै आयको छ । समाजमा बिकृति बिसङगतिका रुपमा रहेको जाड रक्सि जुवातास अद्यावधिक मदिरा सेवन गरि हो हल्ला गर्ने लाई पनि प्रहरी ले कार्यालयमा बोलाइ सम्झाइ बुझाइ गरि सकारात्मक विषयका प्रशिक्षण पनि गराइराखेको समाचारमा उल्लेख गरिएको छ ।

  • रुरु सस्कृत बिधापीठमा स्ववियु निर्बाचन सर्वसम्त

    रुरु सस्कृत बिधापीठमा स्ववियु निर्बाचन सर्वसम्त

    चुरामणि तिमिल्सिना रुरु सस्कृत बिधापीठ रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीको स्ववियु निर्बाचनमा सर्वसम्त रुपमा पधाधिकारिहरु चयन भएका छन ।जस्को सभापतिमा नारायण पन्थि चयन हुनु भएको हो यस्तै उप सभापतिमा समिक्षा ज. ब.रा. सचिवमा मधुकृष्ण ज्ञवाली सह सचिवमा राजन पन्थी कोशध्यक्षमा केशव न्यौपाने रहनु भएको छ । यस्तै सद्स्यहरुमा नबिन खरेल , सुर्य बहादुर कुमाल मनिषा कुमाल र कुल प्रसाद सुबेदि रहनु भएको छ । आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर बिद्यापीठमा पधाधिकारिहरु लाई प्रमाणपत्र तथा बधाई ज्ञापन कार्यक्रम समेत गरिएकोको थियो निर्वाचन समितिका सम्योजक शेष नारायण मरासिनी को अध्यक्षमामा सन्चालित बधाई ज्ञापन कार्यक्रममा निर्बाचन मण्डलका सद्स्य खगेन्द्र भुसाल बुद्दि कुमाल मोतिलाल घर्ती मगर र सद्स्य सचिवमा कृष्ण प्रसाद ज्ञवाली बिद्यापीठका गुरुहरु कर्मचारी हरुको आथित्यता रहेको थियो।समारोहमा बोल्दै सभापति नारायण पन्थीले बिद्यार्थीको संख्या वृद्धि सस्कृत शिक्षाको प्रचारप्रसार ,नियामित पठनपाठन तथा बिद्यार्थीको हक हितमा प्रशासन सित सहकार्य गरेर अगाडी बढ्ने समेत बताउनु भयो समारोहको सन्चालन कृष्ण प्रसाद ज्ञवालीले गर्नु भएको थियो।

  • थाेर्गेली उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन

    थाेर्गेली उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन

    कृष्ण अन्जान /थाेर्गा गुल्मी रुरुक्षेत्र गाउँ पालिका वडा ३ काे थानपति ,वडा न ४ काे दार्सिँगवास र वडा न १ काे च्यूरेक क्षेत्र उँखु उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ ।तर लामाे समय सम्म परम्परागत शैलि अपानाईँदै आएकाे याे क्षेत्रलाई विगत दुईचार वर्ष देखि केही आधुनिक बनाईँदै आएपनि उँखु उत्पादन किसानहरु सँगठित नहुँदा उत्पादन जन्य वस्तुकाे मुल्यमा एकरुपता देखिएकाे छैन । त्यसाेत यसक्षेत्रकाे गुँड यतिबेला देशैभरि ब्रान्ड बनेकाे छ र याे गुँड यहाँका उत्पादक हरुले बजारमा माग अनुसार पुर्याउन सकेका छैनन ।यहाँका व्यवसायीक गुँड उत्पादक किसानको घरमा गुँड खुदाे किन्नेकाे हारालुछ छ र ग्राहक हरुलाई रित्तै फर्कनु पर्ने अवस्था छ । बढदाे मागलाई मध्यनजर गर्दै यसक्षेत्रमा उँखु जन्य उत्पादनलाई बढाउँदै किसानलाई सँगठित गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिका वडा न ३ मा रहेकाे स्वास्थ चौकिकाे सभाहल याे क्षेत्रका उँखु किसान र सराेकार वालाहरुले मँगलबार डमक्कै भरिएकाे थियाे । सामाजिक श्राेत विकास केन्द्रले आयाेजना गरेकाे सहकारी गठनका लागि भेला तथा सहकारी पुर्व शिक्षा कार्यक्रममा किसानहरुलाई सहकारी गठन प्रक्रिया र यसकाे प्रभाव बारे रुरुक्षेत्र गाउँपालिकामा सहकारी हेर्ने अधिकारी दामोदर ज्ञवालीले प्रशिक्षण दिँदै मुख्य रुपमा याे क्षेत्रमा उँखुजन्य पदार्थको उत्पादनलाई प्राथमिकतामा राखेर बहुउद्देश्यीय सहकारी गठनमा जाेड दिएका थिए । उँखुजन्य पदार्थको उत्पादन बजारीकरण लाई केन्द्र बिन्दुमा राखेर काम अगाडी बढाउने गरि साेहि भेलाले रुरुक्षेत्र गाउँ पालिका वडा न १ ,३ र ४ लाई समेटेर रुरु बहुउद्देश्यीय सहकारी सँस्था नाम रहने गरि तदर्थ समिति गठन गरिएकाे छ । भेषराज ज्ञवालीकाे अध्यक्षतामा गठित तदर्थ समितिकाे उपाध्यक्ष ,सचिव सहसचिव , काेषाध्यक्षमा क्रमशः कविता गौतम ,वेद प्रसाद पन्त कुसुम साेमै र राम बहादुर खत्रीरहेका छन ।यसेगरि सदस्यहरुमा भवानी शँकर पन्थ,लेखनाथ गौतम र दिनानाथ ज्ञवाली रहेका छन । पहिलो प्राथमिकतामा सहकारीकाे दर्ता प्रक्रियालाई अगाडिु बढाउने र उँखु जन्य उत्पादनलाई प्राेत्साहन ,बजारीकरणमा भुमिका खेल्दै अन्य उत्पादन हरुलाई पनि सहकारी सँग जाेड्ने गरि बहुउद्देश्यीय सहकारीकाे अवस्यकता महशुस गरि गठन गरिएकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।हेफर प्राेजेक्टले उँखुजन्य पदार्थकाे उत्पादन र प्रसाेधन गर्दै खुदाे ,गुँड र क्याडबरि समेत उत्पादन गर्न सक्ने करिब चालिसलाखकाे मसिन जडान गर्ने तयारी गरेकाले यसलाई पनि सहाकारी मार्फत सन्चालन गरि काम अगाडी बढाईने वडाध्यक्ष पौडेलले बताए । यतिबेला रुरुक्षेत्र ३ काे थानपती वडा न ४ काे दार्सिँगवास क्षेत्रमा अत्यधिक रुपमा उँखु उत्पादन भईरहेकाे र रुरुक्षेत्र १ काे च्यूरेक क्षेत्रका किसानहरु पनि उँखु खेतिमा आकर्षित हुन थालेका छ्न  ।

  • स्याङ्जामा बजार अनुगमन

    स्याङ्जामा बजार अनुगमन

    विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र कालिगण्डकी गाउँपालिकाको संयूक्त आयोजनामा बजार अनुगमन साथै व्यवसायीसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बुधबार खाद्यान्य दिवसको अबसर पारि अनुगमनमा तिव्रता दिइएको छ, अनुगमनको क्रममा कालिगण्डकि गाउँपालिका वडा नं. ७ मिर्मि बजारमा पसल अनुगमन गरिएको थियो । मंहगि कालोबजारी तथा अखाद्य बस्तु, म्याद नाघेका बस्तुको बिक्रीवितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलार्इ निरन्तरता दिइए सँगै स्याङ्जाका विभिन्न बजारहरुमा अनुगम गरिरहेको थियो । अनुगमनका कारण बजार सुधार हुदै गएको सहायक प्र.जि.अ. नमिता रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार खाद्यान्न बिक्री पसल, मासु बिक्री पसल, औषधि बिक्री पसल गरि १२पसलमा अनुगमन गरिएको थियो अनुगमनमा ७४ हजार ४ सय ५० रुपैया बराबरको सामान जफत गरि नष्ट गरिएको हो ।

    उपभोक्ताको हितलाई ध्यानमा राखेर उत्पादन बिक्री गर्नुपर्ने र अनुगमन गरी सकेका पसलहरुमा फेरि पनि म्याद नाघेका सामानहरु फेला परेमा कानुन बमोजिम ५ हजार देखि ३ लाख सम्मको जरिवाना समेत लाग्ने कुरा उहाँले बताउनु भयो । गाउँपालिका भित्रका पसल तथा उद्योगहरु एक एक हप्तामा अनुगम गरिने पनि बताइयो । बुधबार गरिएको अनुगमनमा सहायक प्र.जि.अ. नमिता रेग्मी कालिगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्रा कोइराला प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डे, वडा नं ७ का अध्यक्ष ओम प्रकाश भट्टराई वडा सचिव राम प्रसाद न्यौपाने लगायत उद्योग वाणिज्य संघको टिम समेतले अनुगमन गरेको थियो ।

  • पाल्पाको रहबासमा टिप्पर दुर्घटना, एकको मृत्यू एक घाइते‼️

    पाल्पाको रहबासमा टिप्पर दुर्घटना, एकको मृत्यू एक घाइते‼️

    पाल्पा – जिल्लाको माथागढीमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जना घाइते भएका छन् ।
    माथागढी गाउँपालिका ६ चिलेपानी स्थित गोठादीबाट रहबास पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिप्पर दुर्घटना भएको थियो ।

    टिप्पर चिल्लेपानीबाट अन्दाजी ४० मिटर तल खस्दा टिप्परका चालक ४० वर्षीय रुपन्देही तिलोत्तमा ११ गणेशनगर बस्ने विष्णु गुरुङ्गको मृत्यू भएको प्रहरीले जनाएको छ ।

    दुर्घटमा परेर टिप्परमा रहेका माथागडी ७ बस्ने वर्ष ५० का हुमबहादुर परियार घाइते भएका छन् । उनको खुट्टामा चोट रहेको र उपचारको लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रथापाले जानकारी दिनु भयो ।

  • रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना

    रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना

    रुरु फेण्डस क्लब रिडीको ४९ औं जनउत्स्वमा विभिन्न कार्यक्रमको आयोजना हुने चुरामणि तिमिल्सिना रुरु फ्रेन्डस् क्लव रिडी गुल्मीले आउदो चैत्र १ गते देखि ५ सम्म आफ्नो स्थापना कालको ४९ औं बार्सिउत्सव समारोह मनाउने भएको छ । समारोहमा विभिन्न ज्ञान बर्धक कार्यक्रम , दौड प्रतियोगिता भलिबल प्रतियोगिता विभिन्न रमाईला कार्यक्रम गरिने क्लवका अध्यक्ष सोभित थापाले बताउनु भयो ।कार्यक्रममा कला संस्कृति बार्षिक प्रतिबेदन शुभकामना प्रदान तथा क्लवको भाबियोजना समेत प्रस्तुत गरिने क्लवका सचिव प्रेम भण्डारीले बताउनु भयो। स्थापना काल देखि विभिन्न सचेतनात्मक कार्यक्रम राहत संकलन बितरण स्वास्थ शिविर दुखी बिपन्न परिवार लाई आर्थिक सहायता खेलाडी लाई प्रोत्साहन कार्यक्रम , सडक नाटक जस्ता कार्यक्रम गर्दै र अन्य संस्था सङ्ग सहकार्य पनि गर्दै आएको क्लबका पुर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनु भयो ।उहाँले जिल्लामा यो क्लब दोस्रो क्लबको रुपमा दर्ता गरेर सामाजिक क्षेत्रमा काम गर्दै आयकोले अहिले सबैले क्लबको कामको चर्चा परिचर्चा गरेको देख्न र सुन्न पाउदा खुसि व्यक्त गर्नु भयो। कार्यक्रम लाई सफल पार्नको निम्ति क्लबले विभिन्न माद्यमबाट सहयोगको अपेक्षा समेत गरेको कार्यक्रम लाई चेतना मुलक बनाउन खेलमैदानमा सोलो बाइक रेस प्रतियोगिता समेत आयोजना गरिएको छ ।

  • चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा क्षमता विकास तथा लेखनसिप कार्यक्रम समापन

    चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा क्षमता विकास तथा लेखनसिप कार्यक्रम समापन

    चन्द्रकोट गाउँपालिका चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा मेलमिलापकर्ताहरुको लागि २ दिने क्षमता विकास तथा लेखनसिप कार्यक्रम समापन भएको छ। गाउँपालिका उपाध्यक्ष श्री विष्णुप्रसाद भण्डारीज्युको अध्यक्षता र अध्यक्ष श्री युबराज खत्री क्षेत्रीज्युको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आज समापन भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, न्यायिक समिति सदस्य घनश्याम खरेल, मेलमिलापकर्ता, वडा अध्यक्ष्यज्यूहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण अधिवक्ता विनिता गुरुङ, पुर्व जिल्ला न्यायधिस श्रीमान् भरतमणि खनाल तथा अधिवक्ता विपना आले मगरले गर्नु भएको थियो ।

  • रुरुक्षेत्र गाउपालिकाको  आयोजनामा  संचालन गरिएको  आधरभुत  विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता सपन्न

    रुरुक्षेत्र गाउपालिकाको आयोजनामा संचालन गरिएको आधरभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता सपन्न

    चुरामणि  तिमिल्सिना

    रुरुक्षेत्र गाॅउपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजना संचालन गरिएको रुरुक्षेत्र गाउपालिका अन्तर्गत अन्तर आधरभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता रिडी माध्यमिक विद्यालयमा सपन्न भएको हो । १५ बिध्यालयको सहभागिता रहेको प्रतियोगितामा ज्ञवा बलेटक्सार विद्यालय बलेट्क्सार प्रथम रिडी माध्यमिक विद्यालय रिडी द्वितीय र जनबोध माध्यमिक विद्यालय रानिबासले तृतीय स्थान हासिल गरेको हो । ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र लाल कसजुको अध्यक्षतामा कार्यक्रम गरिएको हो गाउँपालिकाकी उपाध्यक्ष मिना देबि गौतम प्रमुख अतिथि रहनु भएको थियो। ।यस्तै समारोहमा सामाजिक बिकास समितिका संयोजक शेष नारायण पौडेल जन प्रतिनिधिहरु विभिन्न बिध्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको आथित्यता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष गौतमले बिद्यार्थीहरुको प्रतिभा उजार गर्न बौद्धिकता बिकास गर्न अनुसासनमा वृद्धि गर्न बिद्यार्थीलाई हौसला प्रदान गर्न तथा यस्ता कार्यक्रम ले लोक सेवा लाई समेत ठुलो फाइदा पुग्ने भएकोले शिक्षा कार्यक्रम लाई अगाडी बढाउन पालिकाले निरन्तर कार्यक्रमको आयोजना गर्ने बताउनु भयो। कार्यक्रममा रिडी माध्यमिक बिध्यायका प्रधानाध्यापक रोहित भण्डारीले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमहरु शिक्षा शाखाले बर्षमा १ पटक मात्र नभइ पटक पटक आयोजना गर्न सक्ने हो भने बिद्यार्थी लाई थप हौसला प्रदान गर्न सहज हुने बताउनु भयो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नु थियो भने कार्यक्रमको सन्चालन रिडी माध्यमिक बिध्यालयका शिक्षक दुर्गा प्रसाद ढकालले गर्नु भएको थियो।

  • उपाध्यक्ष कालाथोकीको पछिल्लो गतिविधिले पालिकाबासीमा आशा जगाउँदै

    उपाध्यक्ष कालाथोकीको पछिल्लो गतिविधिले पालिकाबासीमा आशा जगाउँदै

    फागुन-१८,२०७९
    प्युठान।
    प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आफ्नो गतिविधिलाई थप सशक्त तुल्याउनु भएको छ।उहाँले आफ्नो भुमिका र गतिविधिलाई उपयुक्त ढङ्गले दिशानिर्देश गर्न माघ २९ गते कार्यतालिका नै सार्वजनिक गर्नु भएको थियो।त्यस यता उहाँको भुमिकामा उल्लेख्य सुधार आएको अधिकांशको प्रतिक्रिया छ।अनुगमन समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष कालाथोकीले विकास निर्माणका विभिन्न आयोजना ,महत्त्वपूर्ण परियोजना /कार्यक्रम सँगै गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायहरु माथिको अनुगमनलाई तिव्रता दिदै आउनु भएको छ।शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार आवश्यकता रहेको उल्लेख गर्दै उपाध्यक्ष कालाथोकीले शैक्षिक संस्थाहरुको अनुगमनलाई समेत बढवा दिनु भएको छ।जस अन्तर्गत उपाध्यक्ष कालाथोकीले हाल सम्म गणेश प्राथमिक विद्यालय माण्डवी -१ तिराम,सुन्नानी आधार माध्यमिक विद्यालय माण्डवी -२ मर्काबाङ,माण्डवी माध्यमिक विद्यालय नयागाउँ,कृष्ण आधारभुत विद्यालय माण्डवी -३ मार्सिबाङ ,भवानीश्वरी आधारभुत विद्यालय जस्पुर र कामाक्षी माध्यमिक विद्यालय माण्डवी -४ उदयपुरकोटको अनुगमन सहित विशेष अन्तरक्रिया सम्पन्न गर्नु भएको छ।साथै गाउँपालिका भर सञ्चालित सम्पुर्ण प्राथमिक,आधारभूत तथा माध्यमिक विद्यालयहरुको अनुगमन गरि विशेष अन्तरक्रिया मार्फत शैक्षिक क्षेत्रको समस्या समाधानमा केन्द्रित बन्ने उहाँको प्रतिवद्धता छ।आफुले गरेको अनुगमन तथा अन्तरक्रिया मार्फत शैक्षिक उपलब्धिलमा सुधार ल्याउन शिक्षकमात्र जिम्मेवार नभई सम्बन्धित विद्यार्थी र स्वयम् अभिभावक पनि जिम्मेवार हुने सन्देश प्रवाह गरेको उहाँको विस्वास छ। यस्तै न्यायिक समितिका संयोजक समेत रहनु भएका उपाध्यक्ष कालाथोकीले कार्यतालिका अनुसार हरेक हप्ताको शुक्रबार भने न्यापालिकामा विचाराधीन मुद्दाका विषयमा केन्द्रित बन्नु भएको छ।यसै विच उपाध्यक्ष कालाथोकीले आज माण्डवी गाउँपालिका ३जस्पुर बजार अन्तर्गत जडान गरिएका सडक वत्ती/सोलारको अनुगमन गर्नु भएको छ।यसरीअधिकांश पालिकाबासीहरुले उपाध्यक्ष कालाथोकीको पछिल्लो सक्रियतालाई स्वागत गर्दै स्थानीय सरकार वास्तविक रुपम‌ै विकास र समृद्धि को पाटोमा केन्द्रित बन्न थालेको प्रतिक्रिया दिने गरेका छन्।

  • शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

    शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

    गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षता, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीको प्रमुख आथित्यता रहेको थियो ।

    यस्तै गाउँपलिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता घनश्याम खरेल, वडा नम्बर ८ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक फणिन्द्रराज अर्याल, स्वर्णमहोत्सव मुल आयोजक समारोह समिति २०७२ का अध्यक्ष घनश्याम खरेलको विशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा अभिभावक, बिद्यार्थि लगायत शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो ।

    फागुन १२, १३ र १४ गतेसम्म सञ्चालन भएको कार्यक्रममा छात्रछात्रा भलिवल, बाल्टिन बल, बोत्तल भोर्न, अंग्रेजी र नेपाली विधामा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । यस्तै हाजिरी जवाफ प्रतियोगिता, छात्रछात्रा कबड्डी प्रतियोगिता लगायतका खेलकुद सम्पन्न भएका छन । कार्यक्रममामा बिद्यालयका प्रधानाध्यापक रामप्रसाद्र अर्यालले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।

     

    यस्तै “मानवताका लागी नैतिक शिक्षा” विषयक चन्द्रकोट गाउँपालिका स्तरिय अन्तर माध्यमिक तह कक्षा ६ देखि १० सम्मको वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको छ । गाउँपालिका भित्रका ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।

    जसमा आयोजक विद्यालय शारदा माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । ज्ञानोदय नमुना माध्यमिक विद्यालय द्धितिय, उदय माध्यमिक विद्यालय तृतिय भएका छन ।

    यस्तै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष युवराज केसीले शारदा दीप स्वर्ण महोत्सव विशेषांक स्मारिका विमोचन समेत गर्नुभएको छ ।

    उहाँले कार्यक्रममा बोल्दै गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा नविनत्म अभ्यास गरेको विद्यालय मध्येको शारदा माबि रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक, आर्थिक, भौतिक लगायत हरेक प्रकारका गतिविधिमा स्थानिय सरकार साथमै रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    शारदा तारा २०७९ हुन सफल अनिशा क्षेत्री, साहित्य तारा भावना थापा, खेल तारा सिन्दु विक, गायन तारा सुजन विक, नृत्य तारा दुरपती तिवारी सहित अन्य विधामा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।

    यस्तै वसुन्धारा अक्षयकोष, माता डिला, पिता लिला अक्षयकोष, देवनारायण अक्षयकोष, चुरामणी स्मृति अक्षयकोष सहित अन्य अक्षयकोषबाट झण्डै ८० हजार बढी नगद पुरस्कार वितरण गरिएको छ । यस्तै यस वर्षको उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका शिक्षक बिष्णुप्रसाद सुवेदीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

    आगामी दिनमा छात्रावास सहितका कक्षाहरु सञ्चालन गर्ने, वैज्ञानिक र व्यवसायिक शिक्षामा जोड दिने, संस्कार सहितको शिक्षालाई मुल लक्ष्य बनाएर विद्यालय अगाडी बढ्ने बताइएको छ । कार्यक्रमको संचालन शिक्षक बिष्णुप्रसाद सुवेदीले गर्नुभएको थियो ।