Category: विजनेश

  • रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान

    रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान

    रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान
    असार-२९,२०८०
    गुल्मी।
    चुरामणि तिमिल्सिना

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले एक कार्यक्रमका बिच उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।आज गाउँपालिका सभाहल बलेटक्सारमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता सँगै प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल, वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक शेषनारायण पौडेल ,वडा नं.४ का अध्यक्ष मोति प्रसाद श्रेष्ठ,वडा नं. ६ का अध्यक्ष रोमनाथ पौडेलको आतिथ्यता रहेको थियो।यस्तै सम्मान कार्यक्रममा शिक्षा समितिका पदाधीकारीहरु जनप्रतिनिधिहरु
    ,कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियोे ।

    प्रधानाध्यापक र समपालिकाको आर्थिक सहयोग र शिक्षा शाखाको समन्वयमा कार्यक्रम गरिएको हो। कार्यक्रममा कक्षा ५ र कक्षा ८ मा औसतमा सबै भदा अङ्क ल्याउने बिद्यार्थीहरु सम्मानित भएका छन्। यस्तै गणित ,नेपाली, अङ्ग्रेजी, सामाजिक ,बिज्ञान विषयमा राम्रो नतिजा ल्याउन योग्दान दिनु हुने शिक्षक तथा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार सहित दोसल्ला ओडाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

    कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष ज्ञवालीले समग्र रुपमा बिद्यालयलो नतिजा लाई सुधार्न बिद्यार्थी शिक्षक र अभिभावक निकै खटिनु पर्ने ,समयमा अनुसार पालिकाले अनुगमन लाई वृद्धि गर्ने ,पढाउने शिक्षक ले राजनिती नगरि शिक्षण सस्था पुग्नु पर्ने , हरेक बिद्यालय लाई आवस्यक सम्पुर्ण सहयोग उपल्ब्ध गराउने , हरेक बिद्यालय लाई प्रविधिमय बनाउन पनि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।यस्तै अध्यक्ष ज्ञवालीले ग्रामिण भेगमा सञ्चालन भएका निजि विद्यालयहरुले पनि जिल्लामा उत्कृष्ट नतिजा ल्याउदा कतै आफ्ना सामुदायिक विद्यालयको नतिजा खस्केको त होईन भने भनाइ समेत राख्नु भयो

    । यस्तै कार्यक्रम कै अवसरमा विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपल्ब्धी सुधारका लागि विद्यालयका प्रधानाध्यापक र रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली बिच कार्य सम्पदान सम्झौता २०८० समेत गरिएको छ ।यता कम्प्युटर र प्रीन्टर नभएका विद्यालयहरुलाई आजै ती सामग्रीहरु सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिएको छ।सम्मान कार्यक्रममा शिक्षा शाखा प्रमुख झविलाल बिकले कार्यक्रम माथि प्रकाश पार्दै कार्यसम्पदानका विषयमा प्रष्ट पार्नु भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राबिधिक तेज बहादुर कुमालले गर्नु भएको थियो।

    रुरु क्षेत्र गाउँपालिकाले शैक्षिक सत्र २०७८ सालको S.E.E. मा रुरुक्षेत्र गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयबाट ३.६० G.P.A. भन्दा माथि G.P.A. प्राप्त गर्ने विद्यार्थीहरु अन्तर्गत रेन्बो ईङ्लिल बोर्डिङ स्कुलबाट ६ जना विद्यार्थीहरु सम्मानित भएको प्रिन्सिपल योजन खत्रीले बताउनु भयो। साथै,यस विद्यालयबाट शैक्षिक सत्र २०७९ मा गाउँपालिकाले सञ्चालन गरेको कक्षा ५ को वार्षिक परीक्षामा गाउँपालिका प्रथम हुन सफल सन्देश ज्ञवाली र दोस्रो हुन सफल सन्ध्या गौतम समेत सम्मानित भएका छन्। सम्मानित विद्यार्थीहरुलाई गाउँपालिकाले खादा ,प्रमाणपत्र र उचित नगद पुरस्कार सहित सम्मान गरेको हो।

    सम्मानित विद्यार्थीहरुलाई बधाई तथा सफल उच्च शिक्षाको शुभकामना तथा सम्मान कार्यक्रमको लागि बोर्डिङ स्कुलले रुरुक्षेत्र गाउँपालिका प्रति विषेश आभार व्यक्त गरेको छ।

  • माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

    माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

    माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग
    पाल्पा,असार २९

    पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ । गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका केही भुक्तानीहरु लेखा प्रणालीमा इन्ट्री गरेता पनि प्राविधिक कारण भुक्तानी प्रक्रिया पुरा हुन नसकेका विषयमा लेखा शाखामा कार्यरत कर्मचारीहरुलाई कार्यकक्ष मै थुनछेक गर्ने प्रयास गर्दै गालीगलौज,अपशब्द,अभद्र व्यवहार,भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की दिनु अमर्यादीत भएको ठहर गर्दै नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले दोषी माथि कारबाहीको माग गरेको छ ।

    कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष रवि अर्यालले एक प्रेस विज्ञप्ती जारी गर्दै जनताको सेवामा खटिई ईमान्दारीता पूर्वक कार्यसम्पादनमा लागि परेका राष्ट्रसेवक कर्मचारी माथि कार्यस्थलमा भएको त्यस किसिमका अभद्र व्यवहार, हातपात एवं अवाञ्छित गतिविधिको घोर निन्दा एवं भ्रत्सना गरिएको बताउनुभएको छ । निजामति कर्मचारी माथि भएको अमानवीय घटनामा संलग्न दोषी माथि कारबाही नभए कर्मचारी यूनियन पाल्पा सशक्त आन्दोलनमा जान बाध्य हुने समेत अध्यक्ष अर्यालले जिकिर गर्नुभएको छ ।
    समस्या समाधाका लागि नितिगत एवं प्रणालिगत सुधारको पहल गर्नुको सट्टा सरकारको नीति निर्देशन तथा कानुनको पालना गरि कार्यसम्पादन गरिरहेका कर्मचारीहरु माथि लेखा प्रणाली (सप्टवेर सिस्टम) को कारण भुत्तानी प्रक्रिया पूरा नभएको विषयलाई लिएर जनप्रतिनिधिको संलग्नतामा यस्ता गतिविधिहरु बन्द गरि कानुन हातमा लिने अराजक व्यक्ति तथा समुहलाई आवश्यक कानूनी कारबाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालहरुसँग कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले जोडदार माग समेत राखेको अध्यक्ष अर्यालले बताउनुभयो । साथै सम्पुर्ण कार्यालयहरुमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीहरुले भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावारण सिर्जन गर्न जिल्लाका जिम्मेवार निकायहरु र नेपाल सरकार समक्ष समेत कर्मचारी यूनियनले जोडदार माग राखेको कर्मचारी यूनियनका जिल्ला कार्यसमिति पाल्पाले अपिल गरेको छ ।

  • आज भानु जयन्ती  विभिन्न  कार्यक्रम  गरि मनाइने

    आज भानु जयन्ती विभिन्न कार्यक्रम गरि मनाइने

    आज भानु जयन्ती, भानुभक्त बारे संक्षिप्त जनकारी ।

    मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही प्रमाण प्रमाणित गरिदिए । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धान धेरैले गरेका छन।

    भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए ।

    भानुलाई चिनाउदा मोतीराम पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न धेरै संघर्ष गरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके।

    नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो। चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।

    भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।

    नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।

    भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।

    भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।

    भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।

    भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर बनायो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।

    भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तको स्वर्गारोहण भयो।

  • आज भानु जयन्ती   विभिन्न  कार्यक्रम  गरि मनाइदै

    आज भानु जयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै

    असार  २९

  • नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त

    नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त

    नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त
    असार-२८,२०८०
    गुल्मी ।
    नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्म पत्नि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सीता दाहालको निधन प्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । आज पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गदै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस भनि कामना गरिएको थियो।
    नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीका इन्चार्ज वीरबहादुर कार्कीले पार्टीका सल्लाहकार सीता दाहालको निधनले पार्टीमा एक असल अभिभावक गुमाउनु परेको बताउनु भयो । उहाँले सीता दहाल पार्टीभित्र एक असल अभिभावक भएको चर्चा गदै उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गर्नुभयो । दाहाल सरल ब्यक्तित्व र पार्टीलाई एकताबद्ध गर्नमा उहाँको ठूलो भूमिका रहेको बताउनु भयो ।
    जिल्ला सचिव अशोक थापाले सीता दाहाल पार्टीको असल अभिभावक र योजनाकार भएको चर्चा गर्दै उहाँको निधनले पार्टी स्तब्ध भएको बताउनु भएको छ ।
    यस्तै श्रद्धाञ्जली कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उहाँ एउटा महान नारी भएको बताउनु भयो। उहाँले पार्टीमा खेलेको भूमिका अतुल्निय रहेको उहाँको भनाई थियो ।यस्तै श्रद्धाञ्जली कार्यक्रममा अनेम संघ क्रान्तिकारी गुल्मका संयोजक गिता थापाले पार्टीले एक कुसल नेतृ गुमाएकोमा दुःख व्यक्त गर्नु भयो।, जिल्ला स्थित जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पार्टीका जिल्ला सचिव असोक थापाको अध्यक्ष र जिल्ला ईन्चार्ज वीर बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको तस्विरमा फुलमाला अबिर अर्पण गरिएको थियो ।

  • बलेट्क्सार रिङरोड कालेपत्रे शिला अनावरण गरि उद्दघाटन

    चुरामणि तिमिल्सिना असार  २७। गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं. ४ मा बलेट्क्सार रिङरोड कालेपत्रे को एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धन बहादुर मास्किले शिला अनावरण तथा सडकमा विधिवत रुपमा पुजा गरेर शिलान्यास गर्नु भएको हो ।

    असार २२ गते राजेस्वरी कन्ट्रक्सन प्रा.लि. का संचालक भागबत गिरीले ८ करोड १७ लाख ५२ हजार ६ सय ६६ रुपियाँ मन्त्रालय सङ्ग सम्झौता गरेको हो । बलेटक्सारमा आयोजना भएको कार्यक्रममा सडक पुर्वधार बिकास कार्यालय तम्घास गुल्मीका कार्यालय प्रमुख सचितानन्द चौधरीको अध्यक्षता रहेको थियो । यस्तै समारोहमा लुम्बिनी प्रदेश सरकारका अर्थ मामिला मन्त्री धन बहादुर मास्किको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बराल, गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिना देवि गौतम विशिष्ट अतिथी रहनु भएको थियो । पालिका उपाध्यक्ष मिना देवि गौतमले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै मन्त्री मास्किले रुरु क्षेत्र गाउँपालिकाका विभिन्न अपुरा योजनाहरु तथा अन्य बन्ने भौतिक पुर्वधार लाई कुनै तह बाट पनि बजेटको कमि हुन नदिने र यस आर्थिक वर्ष भित्रमा आफ्नो सरकारले गर्ने विभिन्न योजनाहरु देखिने गरि सम्पन्न गर्न बजेटको व्यवस्थापन गरिने बताउनु भयो । उहाँले यो क्षेत्र धार्मिक क्षेत्र भएकोले पर्यटनलाई केन्द्र बिन्दु बनाइ पर्यटक अडाउने संरचना पनि आवस्यक रहेकोले यो पनि गुरुयोजना बाट अगाडी बढाइने प्रतिबद्धता जायर गर्नु भयो ।

    यस्तै विशिष्ट अतिथि पुर्वमन्त्री बरालले हरेक क्षेत्रको बिकास गर्न सबै राजनैनिक दलहरु संगठित हुनुपर्ने र शिक्षकहरुले राजनिती नगरि बिद्यालयमा नै पुग्नु पर्ने पर्यटनका कार्यक्रमको सूचना प्रवाहको साथमा पुर्वधार निर्माण आकर्षक ताल निर्माण पनि आवस्यक रहेको बताउदै सडक सन्जाल जोडिदा आम नागरिकको जीवन स्तरमा सुधार पनि आउने बताउदै परिकल्पना कार पुर्व मुख्य सचिव लीलामणि पौडेल लाई आभार व्यक्त गर्नुभयो ।

    यस्तै पालिका अध्यक्ष यदु ज्ञवालीले यो योजना लामो समय सम्म यतिकै रहेकाले अब पूरा हुदै गर्दा यस पालिका बासिमा खुशीयाली छाएको र भनेकै समयमा निर्माण व्यवसायी लाई काम गर्न पालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जायर गर्नुभयो ।

    यस्तै निर्माण व्यवसायी भागबत गिरिले आफुले निर्माण गरेका हरेक योजनाहरु तोकिएको समय भन्दा अगाबै बुझाउदै आएको र यो पनि बजेटको अभाव नभए तोकिएको समयमा बुझाउन आफुलाइ कुनै प्रकारको समस्या नहुने र काममा गुणस्तरमा कुनै पनि सम्झौतानगरी सरकार सङ्ग भएको सम्झौता अनुसारको कार्य सम्पादन गर्ने प्रतिबद्धता जायर गर्नुभयो ।

    कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, शैक्षिक अभियानता, बौद्धिक ब्यक्ति र उपभोक्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

  • गुल्मीको रिडीमा ३९० घन्टे मोटरसाइकल तथा अटोरिक्सा मर्मत तालिम सम्पन्न

    गुल्मीको रिडीमा ३९० घन्टे मोटरसाइकल तथा अटोरिक्सा मर्मत तालिम सम्पन्न

    गुल्मीको रिडीमा ३९० घन्टे मोटरसाइकल तथा अटोरिक्सा मर्मत तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना तथा रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो । समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले हरेक तालिमबाट सिकेको ज्ञानलाइ व्यबहारिक बनाउन सकेमा मात्र तालिमको औचित्य हुने बताउनुभयो । ज्ञवालीले अबका युवाहरुले मोटरकाइल मर्मत गरेर ग्यारेज केन्द्र खोलेर बसेपनि लाखौको आम्दानी लिन सकिने भन्दै बिदेश भन्दा नेपालमै इलम गर्न जोड दिनुभयो । कार्यक्रममा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निर्देशक दामोदर भण्डारी वडा नं १. का वडा अध्यक्ष नवराज बि.क. टोल बिकास समितिका प्रमुख प्रेम प्रसाद भण्डारी रुरु क्षेत्र गाउँपालिकाका प्रशासन शाखा प्रमुख राम प्रसाद ज्ञवाली वडा नं १ का वडा सचिव राम प्रसाद ज्ञवाली कार्यक्रममा विशिश आतिथ्यता रहेको थियो । कार्यक्रममा २० जनाको प्रशिक्षार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा कुल प्रसाद श्रेष्ठले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उधोग कार्यालय तम्घासका उधोग अधिकृत सुरेन्द्र भण्डारीको रहेको थियो। आयोजक संस्थाले सहभागी र प्रशिक्षक लाई सीप सिकेको प्रमाणपत्र प्रदान गरेकोथियो। कार्यक्रमको सन्चालन घरेलुका सहजकर्ता त्रिबिक्रम ज्ञवालीले गर्नु भएको रिडी बाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ ।

  • अब कालीगण्डकी  गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब !

    अब कालीगण्डकी  गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब !

    चुरामणि तिमिल्सिना  असार   २१

    अब कालीगण्डकी  गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब !

    स्वास्थ्यमा कालीगण्डकी  गाउपालिकाका नागरिकको लागि   सरल र सहज पहुँच  साथमा  नयाँ सुविधा भित्र्याएको छ ।
    हरेक नागरिकको घरदैलोमै पुगेर विभिन्न २७ प्रकारका परिक्षण गरि तत्काल ल्याब नतिजा हातमै उपलब्ध गराउने गरि ईजरायलि प्रविधिको जाँच गर्ने सुविधा (Lab in a Bag) बुधबार गाउँपालिकाको कार्यालयमा परिक्षण गरि स्वास्थ्यकर्मिहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनु भयो।

    पालिकाका स्वास्थ्यकर्मिहरू घरघरमै पुगि नागरिकको स्वास्थ्य जाँच (तत्काल ल्याब रिपोर्टसहित) गर्ने कार्यबाट स्वास्थ्यमा कालीगण्डकी गाउपालिकाका नागरिकको अझै बढि सरल र सहज पहुँच स्थापित गर्ने योजना अगाडी सारीएको उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी दिनु भयो । यता प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले नागरिकलाई स्वस्थ राख्न हरेक नागरिकको घर दैलोमा पुगेर स्वास्थ परिक्षण गरि सेवा दिने पालिकाको दायित्व भएकोले पालिकाको सिङ्गो टिम नै लागिपरेर यो सेवा लाई प्रभाव कारी बनाइने अधिकृत पाण्डेले प्रतिबद्धता जायर गर्नु भयो।

    यस्तै पालिकाको निति कार्यक्रममा अध्यक्ष थापाले पालिका बासी लाई निशुल्क स्वास्थ सेवा प्रदान गर्ने घोषण गरेसंगै थप पालिका बासिमा खुशी समेत छाएको छ।

  • तिनाउ नदीमा पानीको सतह बढ्दो  खोला किनारमा न्बस्न उप महानगरपालिकाको आग्रह

    तिनाउ नदीमा पानीको सतह बढ्दो खोला किनारमा न्बस्न उप महानगरपालिकाको आग्रह

    तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह।
    असार १६
    तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। तिनाउ नदिको आसपासका क्षेत्रहरूमा ठूलो वर्षा भएकोले तिनाउ नदीमा बाढी आएको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा आज बिहान पानीको सतह ६.८८ मिटर पुगेको छ । ५.६ मिटरलाई खतराको तह मानिन्छ। अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको बताईएको छ । प्रशासनले खोला किनारमा रहेका घरहरूमा नबस्न आग्रह गरेको छ ।

  • गुल्मीको  थोर्गामा लिची पाको किसानले उचित मूल्य  नपाउदा  निरास

    गुल्मीको थोर्गामा लिची पाको किसानले उचित मूल्य नपाउदा निरास

    असार   १४ कृषि

    लिचीगाउँमा लिची फालाफाल, किसानले उचित मूल्य पाएनन्, बिचौलिया मालामाल !

    नेपालकै एकमात्र लिचिगाउँ गुल्मी जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका वडा न १ काे च्यूरेक गाउँका किसानहरुले लिचिकाे उचित मुल्य पाउन सकेका छैनन । याे वर्ष च्यूरेक गाउँमा अत्यधिक लिचि उत्पादन भएकाे छ र लिचिकाे मुल्यमा एकरुपता कायम हुन नसक्दा बिचौलियाहरु मालामाल भएका छन ।

    च्यूरेकमा यतिबेला विचौलियाहरुले गाउँबाट सय रुपैयाँको सय गाेटा र किलाेमा खरिद गर्दा त्यहि लिचि साठीदेखि पचहत्तर रुपैया किलाेकाे हिसाबले खरिद गरिरहेका छन । यसरी खरिद गरिएकाे लिचिमा किलाेमा पचास दाना चढ्छ । तर खरिद कर्ताहरु लिचिकाे प्रतिगाेटा एक रुपैयाँका दरले खरिद गर्न बढि लालायित हुन्छन । प्रतिगाेटा एक रुपैयामा खरिद गर्दा विचौलियाहरुलाई धेरै नाफा हुने गरेकाे छ भने लिचि किलाेकाे हिसाबले खरिद गर्दा पनि नाफै छ ।

    त्यहि लिचि नजिकैकाे रिडीबजारमा पुग्दा एकसय पचासदेखि एक सय असि रुपैयाँ किलाेसम्म बिक्रि हुने गरेकाे छ भने बुटवलमा पुगेको लिचिकाे मुल्य किलाेकाे दुई सय देखि दुईसय पचाससम्म पुग्छ जुन बिचौलियाले खरिद गरेकाे मुल्यकाे दुई सयदेखि तिन सय प्रतिशत बढि हाे ।

    रुखमा लिचि पाकेपछि किसानहरुलाई कसरी लिचि बिक्री गर्ने चिन्ताले सताउँछ । पाकेकाे एक हप्तामा नबेच्ने हाे भने लिचि झर्ने, भेट्नाे कुहिने, अरिँगाल लाग्ने वर्षामासमा फल्ने सिजलन फल हुनाले लिचि पानी पर्न थालेपछि कुहिएर झर्न थाल्छ जसकाे कारणले किसान हरु कसरी बाेट रित्याउने तर्फ लाग्ने भन्ने साेँचाईमा लाग्छन । लिचिगाउँमा व्यवसायीक लिचि खेति गर्ने धेरै छन । परम्परागत खेति प्रणालीलाई त्यागेर लिचि खेति गरेका किसानहरुले उत्पादन गरेको लिचिमा उचित मुल्य नपाउँदा चिन्तित छन ।

    “सिजनमा एकै पटकलिचि भरल्तै पाक्छ, पाकेपछि धेरैदिन राखे कुहिन्छ त्यसैले खरिदकर्ताले जति भन्याे उतिमा बेच्नुपर्ने बाध्यता छ” रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेकका ओम ज्ञवाली गुनासो सुनाउछन ।

    याे वर्ष रुरुक्षेत्र गाउँपालिका वडा न १ काे पहलमा लिचिमा लाग्ने राेग, पहिचान र लिचि खेति प्रबर्द्धनका लागि प्रयास भएपनि बजारीकरणमा भने प्रयास भएकाे छैन ।”हामीले सकेसम्म आफुले चिनेका व्यापारीहरुलाई लिचि खरिदका लागि किसानकहाँ सम्पर्क गराएर लिचि बिक्रीकाे व्यवस्था गरेक छौँ तर सँस्थागत रुपमा लिचिकाे मुल्यमा एकरुपता र उचित मुल्यकाे व्यवस्थापन गर्न सकेका छैनौँ आगामी वर्ष देखि वडाकाे पहलमा उत्पादित लिचिलाई बजारिकरणकाे व्यवस्था मिलाउने पहल गरिने छ” रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले भने ।

    स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रममा एक गाउँ, एक उत्पादनकाे नीति ल्याएपनि जबसम्म उत्पादित वस्तुको बजार व्यवस्थापन हुन सक्दैन त्यति बेला सम्म किसानहरुले आफ्नो उत्पादनकाे उचित मुल्य पाउँदैनन र निरुत्साहित बन्न बाध्य हुन्छन ।