Category: विजनेश

  • अस्लेवाका मनकारी वडा सदस्य  हिमलाल कुवरको सामाजिक  कार्य

    अस्लेवाका मनकारी वडा सदस्य हिमलाल कुवरको सामाजिक कार्य

    “आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”।
    चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ।
    गुल्मी जिल्ला सत्यवती गा पा को १ न वडाका जनप्रतिनिधि (वडा सदस्य)ले आफले पाउने मिटिङ्ग भत्ता बाट ३०% रकम अपाङ्ग असहाय लाइ सहयोग गरेका छन् ।

    दैनिक आफ्ना वडा बासीको समस्या तथा गुनासो सुनुवाही तथा समाधान र वोडा भित्रका योजना तथा बिकाश निर्माणका कामहरुमा वडाध्यक्ष संगै समन्वय गर्दै आएका वडा सदस्य हिमलाल कुँवर तत्पर खटिरहने जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन। जेष्ठ महिना सकिदै गर्दा अन्तिम आइतबारको मौका पारेर वडा सदस्य हिमलाल कुँवरले आफ्नै वडाका ३ जना गरिब, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई नगद तथा जिन्सी सामान हस्तान्तरण गरेका छन्।

    “सेवानै धर्म हो” भन्ने भावनाले उत्प्रेरित कुँवर सोहि वडाको रुद्रवेणीमा होटेल ब्यबसाय पनि गर्दै आएका छन्। धर्म संगै कर्ममा विश्वास गर्ने कुँवर लाई यस्तै सामाजिक कार्य गर्न थप हौसला मिलोस।

  • जन्म दिनमा  लक्ष्मीले  गरिन रुरुमा फलफुल वितरण

    जन्म दिनमा लक्ष्मीले गरिन रुरुमा फलफुल वितरण

    प्राय गरि हिजो आज आफनो जन्म दिन्मा केक काट्ने फजुल खर्च गर्ने ठुलाठुला पाटि प्यालेसमा कार्यक्रम को आयोजना गर्ने चलन अझै पनि समाजमा चलिरहेको छ । यस्ता विभिन्न फजुल खर्च गर्ने र भोज गर्ने कार्यक्रम लाई बिस्तारौ कम गरि समाज लाई सन्देश मुलक चेतना दिलाउन सहयोगिको भावना देखाउन्को लागि आज लक्ष्मी कंडेलले आफ्नो जन्म दिन रुरु धाममा मनाउनु भएको हो। गुल्मी जिल्ला छत्रकोटमा जन्मनु भएकी लक्ष्मी कंडेल हाल देवचुलि नगरपालिका दलदललेमा बस्दै आउनु भएको छ कंडेलले आज आफ्नो जन्म दिन्मा रुरु मन्दिर परिसरमा रहनु भएका वृद्ध वृद्धा बिपन्न बर्ग गुरु बर्ग लाई फल फुल बितरण गर्नु भएको हो। उहाँले आजै रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको केन्द्रिय कार्यालय रुरु धाम लाई सन्चारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको रुरु सन्चार अन्लाईन खबरका सन्चालक तथा सेवा सचारका सन्चालक चुरामणि तिमिल्सिना ले बताउनु भयो। तिमिल्सिनाले लक्ष्मी जि लाई सामाजिक संजाल बाट सुभकामनासन्देश पठाउदै हरेक कार्यक्रममा सहयोग गर्दै आउनु भएकोले र पुन आज जन्म दिन यहाँ मनाउन रु७५०० सात हजार पाँच सय बिनियोजन गर्नु भएकोमा आगामी दिन्मा समेत यस्तै कार्य गर्न भगवानले आशिर्वाद प्रदान गरुन भन्दै शुभकामना प्रकट गर्नु भएको थियो। उहाँले जन्म दिन्मा मात्र हैन सामाजिक सम्पदा निर्माण, मठमन्दिर निर्माण चौपारि निर्माण संरक्षण बिद्यार्थी हौसला बाल बालबालिका लाई प्रोत्साहन धार्मिक कार्यक्रममा निरन्तर सहयोग गर्दै आउनु भएको छ

  • 🔥म जलिरहेको छु 🔥

    🔥म जलिरहेको छु 🔥

    🔥म जलिरहेको छु

    गरेर हजारौं गल्ती, एउटै
    अग्नि मा पश्चात्ताप गरे
    म जलिरहेको छु।
    धेरै पटक अस्ताएको छु तर पनि
    म फेरि सूर्य जस्तै उदाउँदै छु ।।

    म शान्त छु, मौन छु
    तर पनि हरेक पल मनमा बोलिरहेको छु ।
    टुक्रा टुक्रा भएर पनि
    म सिङ्गो डुलिरहेको छु ।।

    किन मिले यति धेरै असफलता
    तेसैले विगतका कडिहरू खोल्दै छु।
    अब के भन्नु
    सफलता र असफलता को तुलामा
    म आज आफैलाई तौलिरहेको छु।।

    कैयौं पटक
    उजाडिएको खुशीको बगैंचामा
    एउटा नयाँ कोपिला बनेर
    म फेरि फुल्दै छु
    आँसुको धाराले मनको घाँउमा
    म मलम लगाउँदै छु ।।

    टुक्रीएर नराम्ररी
    म पल पल छरिदै छु ।
    नछोडि आशा, प्रार्थना
    र आफ्नो संकल्प
    यही विश्वासले म अब चम्किरहेको छु…।।

    क्रोधित छु आफ्नै कार्य बाट
    तर म आज आफैलाई
    सहन हठ गरिरहेको छु ,
    यो मनको महाभारतमा म मन मनै
    हरेक पल धर्मयुद्ध लडिरहेको छु….💫

    म निराशाले चकनाचूर भएको छु, मलाई केहि को गर्व छैन
    अपराध गरेर पनि म निर्दोष छु,
    आफ्नो न्यायको लागी म
    आफैसँग लडिरहेको छु
    काँडाहरू ले रक्ताम्य बाटोहरूमा पनि
    फूलहरूको खोजीमा सुस्तरी तर
    म निरन्तर हिडि रहेको छु ।।

    जे चाहे त्यो कहिल्यै पाएन
    र जे पाएँ त्यो कहिल्यै चाहेन
    किन यस्तो? म यो प्रश्नको समाधान खोजिरहेको छु…💫
    जे हुन्छ, राम्रोको लागि हुन्छ
    तर पनि यो मेरो प्यारो मन किन रुन्छ,
    वस
    म दिनहुँ यही विश्वास लिएर हिँडेको छु।

    टुक्रा टुक्रा भएर पनि म पूर्ण छु,
    हारेर पनि म जितको गीत गाउछु
    आफैलाई यो मनोवृत्ति संग
    म दिनहुँ बदलिरहेछु
    हो उज्यालोबाट ज्वाला बन्ने आशामा
    प्रकाशको किरण ले
    विशाल बन्ने विश्वासमा
    यो पीडाको भट्टीमा जलिरहेको छु

    संघर्ष अहिले पनि त्यति सजिलो छैन
    म भर्खर हिड्दै छु
    कोइलाबाट हीरा बन्ने रहरमा
    म नराम्ररी जलिरहेको छु…💫

    तर अझै म हिडिरहेको छु
    हो म जलिरहेको छु
    जलिरहेको आगो
    र म यहाँ एउटै छौ
    हरेक विकारमा आगो लगाएर
    जलिरहे छु तेसैको गर्मीमा म तपि रहेको छु …💫

    🔥 जलिरहेको छु,,,🔥
    अहिले आफैलाई

    म परिवर्तन गरिरहेको छु
    🔥हो म जलिरहेको छु 🔥!!

    – चन्द्रशेखर पोख्रेल

  • कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    यम सोमै जेठ -८
    स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अन्तर मा.वि. ( ९-१२) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगीतामा कालीगण्डकी गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए । सहभागीहरु मध्ये श्री भगवती नमुना मा. वि. प्रथम , श्री जनहित मा. वि. द्वितीय र विरेन्द्र मा. वि. जैपतेले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

    प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई पुरस्कारस्वरुप नगद रु /- , ५,०००/- र प्रमाणपत्र , द्वितीय हुने विद्यालयलाई नगद रु ३,०००/- र प्रमाणपत्र र तृतीय हुने विद्यालयलाई नगद पुरस्कार स्वरुप रु २,०००/- र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्षता कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले गर्नु भएको थियो भने प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहनु भएको थियो। अतिथिको रुपमा कालीगण्डकी गाउँपालिका प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे लगायत शैक्षिक वर्ग तथा सामाज सेवीहरुको उपस्तिथि रहेको थियो। पालिकाको महिला बालबालिका शाखा तथा कालीगण्डकी बाल संजालको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन भने शिक्षा शाखा अधिकृत भिम श्रेष्ठले गर्नु भएको थियो।

    प्रतियोगितामा प्रथमहुने विद्यालयलाई सामाजिक विकास कार्यलय स्याङ्जाले यहि जेठ १४ गते आयोजना गर्ने अन्तर पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा समेत सहभागी गराइने कालीगण्डकी गाउँपालिका स्याङ्जाका शिक्षा शाखा प्रमुख भिम श्रेष्ठले जानकारी दिनु भयो

  • धुर्कोट नयाँगाउमा जनप्रतिनिधिको पहिलो कार्यकालको बार्सिक समिक्षा कार्यक्रम सम्पन्न

    धुर्कोट नयाँगाउमा जनप्रतिनिधिको पहिलो कार्यकालको बार्सिक समिक्षा कार्यक्रम सम्पन्न

    बिष्णु कुवर धुर्कोट ,नयाँगाउँ

    गुल्मिको धुर्कोट गाउँपालिका वडा न: ०१ नयाँगाउँमा जनप्रतिनिधिको १ बर्स पूरा भएको अबसरमा बार्सिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ
    धुर्कोट गाउपालिका वडा न ०१ नयागाउका वडा अध्यक्ष चेतमान कुवर ले जनप्रतिनिधि ले १ बर्समा गरेका कार्यक्रम प्रस्तुत गर्नु भएको थियो उहाले कृषि तथा पशु तर्फ सुन्तला सम्बन्धि कार्यक्रम चाक्लाबन्दी २ वटा मा सुन्तलाको बिरुवा हुर्किदै गरेको र ३ वटा नया चक्लाबन्दी को सुरुवात भएको बताउदै 5/7 बर्स पछि सुन्तला उत्पादनमा मनग्य आम्दानी हुनेमा अपेक्षा राखेको बताउनु भयो बाख्रा पालन व्यावसायिक रुपमा हुन थालेको खसिबोका निर्यात भएको जानकारी दिई आर्थिक बिकास तर्फ पर्यटन मा झल्याकोट लाई प्राथमिकतामा राखी १ करोड को योजना सुरुवात हुने जानकारी दिनुभयो
    धुर्कोट र नयागाउ लाई नजिक बनाउनको लागि ५५० मिटरको पुल निर्माण डिपिआर तयार भएको
    सामाजिक बिकास शिक्षा गुणस्तर बनाउन बिधालय अभिभावक सचेतना र बिधालय सुधार कार्यक्रम सम्पन्न ,स्वास्थ तर्फ सुत्केरी लाई यातायात खर्च दिने, एम्बुलेन्स नया खरिद भएको ,नो होम डेलिभरी घोषणा गर्नी तयारी , सामाजिक बिकासमा १ घर १ धारा घोषणा गर्नी अन्तिम तयारी ,सरसफाइ तर्फ साबिकका ५/६ र ७ टोल घोषणा गर्नी योजना भएको बताउनु भयो
    कार्यक्रममा वडा सदस्य चन्द्र बि क को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिद्यालयका प्र.अ. तथा प्रतिनिधि, विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा वडा सचिव नारायण पोख्रेलको सन्चालनमा सम्पन्न भएको थियो

  • पाल्पाको रिब्दीकोटमा फरक क्षमता भएकोलाई परिचय

    पाल्पाको रिब्दीकोटमा फरक क्षमता भएकोलाई परिचय

    पाल्पाको रिब्दीकोटमा फरक क्षमता भएकोलाई परिचय पत्रवितरण चुरामणि तिमिल्सिना बैशाख ६ पाल्पाको रिब्दीकोट गाँउपालिकामा मंगलबार १० जना फरक क्षमता भएका नागरिकहरुलाई परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न भएको छ ।गाउँका कुना कुनामा अझै पनि फरक क्षमता भएका नागरिकहरु भएकोले पालिकाको टिमले खोज मुलक गरेर उनिहरुको अवस्थाको आधारमा परिचय पत्र बितरण गरेको गाउँपालिका स्वास्थ शाखा प्रमुख सुनिल अधिकारीले जानकारि दिनु भयो ।बितरण कार्यक्रममा पालिका उपाध्यक्ष कान्ता अधिकारिले यस पालिकामा फरक क्षमता भएका लाई विभिन्न चरणमा घर दैलोमा पुगेर उहाँ हरुको स्वास्थ अवस्था बुझ्ने सल्लाह सुझाव प्रदान गर्ने अप्ठ्यारोमा परेका लाई पालिकाले विभिन्न सहयोग गर्ने , उनिहरुले पाउने सुबिधामा हरेक क्षेत्रबाट पहुचमा राखिने स्थानिय स्थरबाट नै परिचय पत्र प्रदान गर्दै आएको बताउनु भयो । उहाँ ले थप्दै भन्नु भयो सकेसम्म उनिहरुलाइ विभिन्न आयआर्जन तालिम पनि दिने योजना बनाइ राखेको बताउनु भयो।

  • रुद्रवेणीका बोटे माझी लाई पुर्व अध्यक्ष ढकाल ले गरे सहयोग

    रुद्रवेणीका बोटे माझी लाई पुर्व अध्यक्ष ढकाल ले गरे सहयोग

    चुरामणि तिमिल्सिना बैशाख ५
    रुद्रवेणीका बोटे माझी लाई पुर्व अध्यक्ष ढकाल ले गरे सहयोग

    गुल्मीको सत्यवती गाउँपालिका वडा न १रूद्रबेणी बोटेमाझी लाई खाना पकाउने सामान हस्तान्तरण गरिएकोछ । पालिकाका पुर्व अध्यक्ष पारिस्वर ढकाल र उहाँकी धर्मपत्नी राधा ढकालले संयुक्त रुपमा सामाग्री उपलब्ध गराउनु भएको हो।

    । समुहका लागी भोज भतेर पुजाआजामा आबस्यक देखिएको सामानहरू खरिदगरी हस्तान्तरण गरिएको ढकालले बताउनु भयो ।लोपोन्मुख र पछाडीपरेको जाती लामो समयसम्म अलपत्र अवस्थामा रहेकोमा हाल आवास बनेकाछन् सबैको घरमा सरसफाई छ सभ्यताको बिकास भएको छ यो बिगत लामो समयको मेहनतले समाज परिवर्तन भएको देख्न पाउदा खुसिको अनुभुती मिलेको अध्यक्ष ढकालको भनाइ छ ।
    ।यता धर्मपत्नी राधाले पनि विभिन्न मठमन्दिर तथा सामाजिक सस्था पौवाहरुमा पनि यस्तै सामाग्रीहरु प्रदान गर्दै आयको बताउनु भयो । यता सामान लिदै भने हाम्रा समुदायको हरेक कार्यक्रममा यि थाल गिलास डेक्चि गिलास लगायत अभाव भएको थियो आज सस्था लाई ठुलो राहत सहित सहयोग गर्नु भएकोमा दम्पती परिवार लाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

  • एकै घर परिवारबाट एकैसाथ तीन जना सरकारी सेवामा प्रवेश

    एकै घर परिवारबाट एकैसाथ तीन जना सरकारी सेवामा प्रवेश

    एकै घर परिवारबाट एकैसाथ तीन जना सरकारी सेवामा प्रवे

    चुरामणि तिमिल्सिना
    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न१४ अर्गली छतीवन निवासी लक्ष्मण रेग्मीका दुवै जना छोरा छोरी मनिषा रेग्मी र गोकुल रेग्मी कृषि विकास बैंकको चौथो तहमा गोर्खाको गोर्खाबजार शाखा र रसुवाको धुनन्चेबजार शाखामा पदस्थापन हुनु भएको छ भने भाइ बुहारी श्रीधरा ज्ञवाली रेग्मी कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकाको जानकी मा.वि. मा प्राथमिक तहको शिक्षकमा पदस्थापन हुनु भएको छ । रेग्मीले अन्लाईन खबर सित कुरा गर्दै भने पहिलो पटक परिक्षा दिएको र यकै पटकमा नाम निकाल्न आफुहरु सफल भएको बताउदै अलि गहिरो अध्ययन भएमा लोक सेवा पास गर्न सकिने बताउनु भएको छ । उता लक्ष्मण रेग्मीले आफ्नो देशमा अध्ययन गरेपछी यहीँ जागिर खुवाउने योजना बनाएको र योजना अनुसार नाम निकाली जागिरमा जादा आफ्नो परिवारमा खुशी छाएको बताउनु भएको छ ।

  • समयमा पाठ्यपुस्तक पुस्तक पाउदा बिद्यार्थीमा खुसियाली

    समयमा पाठ्यपुस्तक पुस्तक पाउदा बिद्यार्थीमा खुसियाली

    समयमा पाठ्यपुस्तक पुस्तक पाउदा बिद्यार्थीमा खुसियालि

    चुरामणि तिमिल्सिना नारायण मावि पाल्पामा भर्ना अभियान सुरु , नयाँ विद्यार्थीलाई स्वागत तथा पाठ्यपुस्तक वितरण कार्यक्रम , समयमै पाठ्यपुस्तक पाउँदा विद्यार्थी हर्षित नेपाल सरकारले यस बर्ष दुर्गम क्षेत्र ग्रामीण क्षेत्र र तराईका सवै क्षेत्रमा भर्ना अभियान संगै पाठ्यपुस्तक वितरणको कार्यक्रम राख्दा सबै बिद्यार्थीहरु खुशी भएका छन ।

  • वृद्ध आश्रम सेवा समिती गुल्मीको नयाँ कार्य समिति को गठन

    वृद्ध आश्रम सेवा समिती गुल्मीको नयाँ कार्य समिति को गठन

    वृद्ध आश्रम सेवा समिती गुल्मीको नयाँ कार्य समिति को गठन भएको छ । ११ सदस्य रहेको समितिमा कृष्ण बहदुर अध्यक्षतामा चयन हुनु भएको छ यस्तै उपाध्यक्षमा जिवन कुमार कसजु र गङगा पाण्डे , सचिवमा बिस्वास पाण्डे सह सचिव राम लाल बिक यस्तै कोशध्यक्ष महेन्द्र पोख्रेल , सदस्यहरुमा ओम प्रसद अमात्य , तुल्सि श्रेष्ठ , राम प्रसाद ज्ञवाली , सुबर्ण लाल कक्षपति र जङ्ग बहादुर कुवर रहनु भएको छ । गठित कार्यक्रममा बोल्दै अध्यक्ष अध्यक्ष कुवरले आश्रम सन्चालन्को लागि सबै सहयोग केन्द्र तथा प्रदेश बाट हुने हुँदा यहाँको टिम लाग्नआग्रह गर्नु भयो कार्यक्रममा दिवा सेवा सन्चालन गर्ने वृद्धा हरु लाई संगीत भजन्मा रमाउने बाताबरण सिर्जना गर्ने बेला बखतमा स्वास्थ सेवा प्रदान गर्ने अध्यक्ष कुवरले जोड दिनु भयो। कार्यक्रममा उपाध्यक्ष जिवन कुमार कसजुले स्वागत गर्नु भएको थियो ।कार्यक्रमको सन्चालन दुर्गा पौडेलले गर्नु भएको थियो