Category: विजनेश

  • दर्लमडाँडामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

    दर्लमडाँडामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

    पाल्पा । युवा तथा खेलकुद विकास समिति बगनासकाली ५ दर्लमडाँडाको आयोजनामा २ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
    ५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा भएको तालिममा श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना र पत्रकार नेत्र गैरेले स्टेज उद्घोषण तथा आधारभुत पत्रकारिता विषयमा सहजीकरण गर्नुभएको थियो ।
    तालिम समापन कार्यक्रममा वडाअध्यक्ष ओमप्रकाश गैरेले वडाभित्र रहेका युवाहरुको नेतृत्व व्यक्तित्व विकासको उद्देश्यले यसप्रकारको तालिम आयोजना गरिएकाले सिकेका सीपहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि सबै क्षेत्रको सुझाव सल्लाह बमोजिम वडाका गतिबिधिहरुलाई अगाडि बढाइने बताउनुभयो ।
    बगनासकाली गाउँपालिका कार्यपालिका सदस्य खुमादेवी भट्टराईले अव युवाहरुले समय सापेक्ष ज्ञान सीप लिदै अगाडि बढ्नुपर्ने बताउनुभयो । वडा सचिव गोपालप्रसाद न्यौपानेले वडा कार्यालय र वडा मार्फत भएका योजना र गतिबिधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउन युवाहरुको भूमिका पनि महत्वपूर्ण रहने बताउनुभयो ।

    प्रशिक्षक एवम् श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले प्रशिक्षार्थीहरुलाई स्थानीय सञ्चारमाध्यममा स्थानीय खबर पठाउन आग्रह गर्नुभयो । तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी अनुभव डिलीसरा भट्टराई र देबी भण्डारी बस्यालले तालिमबाट धेरै कुराहरु सिक्ने मौका मिलेको र आफूहरुको नेतृत्व व्यक्तित्व विकासमा तालिम सहयोगी बनेको बताउनुभयो ।
    युवा तथा खेलकुद विकास समिति दर्लमडाँडाका अध्यक्ष मिन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशिक्षार्थीद्वय धनी दर्लामी र सबिना बस्यालले गर्नुभएको थियो । तालिममा वडाभित्रका ३० जना युवाहरुको सहभागिता रहेको थियो ।

  • माण्डवी गाउँपालिकाले विभिन्न वित्तीय संस्थाहरुसँग अन्तरक्रिया गर्दै

    माण्डवी गाउँपालिकाले विभिन्न वित्तीय संस्थाहरुसँग अन्तरक्रिया गर्दै

    माण्डवी गाउँपालिकाले विभिन्न वित्तीय संस्थाहरुसँग अन्तरक्रिया गर्द
    फागुन-२,२०७९
    प्युठान।
    माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित विभिन्न वैङ्क,लघु वित्त संस्था र सहकारी लगाएतका वित्तीय संस्थाहरुसँग अन्तरकृयात्मक छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ।आज गाउँपालिकाको कार्यकक्षमा उपस्थित विभिन्न वैङ्क,लघु वित्त संस्था र सहकारीका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा पछिल्लो आर्थिक क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गरि समस्या समाधानका लागि सम्वन्धित निकायहरुलाई थप सशक्त र जिम्मेवार बनाउन अन्तरक्रिया गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो।उपाध्यक्ष कालाथोकीका अनुसार फागुन १६ गते अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गर्ने तयारी छ।

  • उपाध्यक्ष कालाथोकीद्वारा कर्मचारीको अनुगमन -समयको पुर्ण पालना गर्नेमा जम्मा ९ जना मात्रै

    उपाध्यक्ष कालाथोकीद्वारा कर्मचारीको अनुगमन -समयको पुर्ण पालना गर्नेमा जम्मा ९ जना मात्रै

    फागुन -२,२०७९
    प्युठान ।
    माण्डवी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक पुर्णप्रसाद कालाथोकीले कर्मचारीको अनुगमन गर्नु भएको छ।आज विहान ९:३० वजे गाउँकार्यपालिकाको कार्यकक्षमा पुगेर उपाध्यक्ष कालाथोकीले अनुगमन गर्नु भएको हो।उहाँले एउटा फाईल नै तयार गरि कर्मचारीहरु आफू आईपुगेको समय अनुसार हस्ताक्षर गर्न लगाउनु भएको थियो।जस अनुसार बिहान १०:०० वजे भित्र उपस्थित हुनेहरुमा कार्यालय सहायक मदन घिमिरे, केसरा कार्की ,रोजगार संयोजक भेषराज अधिकारी,सहायक चन्द्र बहादुर कार्की,एम्.आई.एस अपरेटर्स खिम घर्ती, गाउँ प्रहरी गिता शाही,दिपक थापा,उद्यम विकास सहजकर्ता टोप बहादुर खत्री र ल्याव टेक्निसियन मिलन पोख्रल रहनु भएको छ।यस्तै १०:०० देखि १०:२० सम्म उपस्थित हुनेहरुमा सिनियर अहेव नारायण जिसी,गाउँ प्रहरी कृष्ण केसी,अधिकृत छैटौँ बलराम पौडेल,खा.पा.स.टे.कमल योगी,असिस्टेन्ट सव ईन्जिनियर रमा अधिकारी,कम्प्युटर अपरेटर्स तुफान अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,अनमि रोम बहादुर केसी,पोषण सहायक दाम बहादुर कार्की र सुचना प्रविधि अधिकृत अनिल अधिकारी रहनु भएको छ।साथै १०:३० वजे भन्दा ढिलो गरी उपस्थित हुनेहरुमा सव ईन्जिनियर युवराज राउत र आान्तरिक लेखा परिक्षक मित्रमणी पौडेल पर्नु भएको छ।उता जनस्वास्थ्य निरिक्षक ध्रुव कुमार पोख्रेल,लेखापाल माधव केसी र असिस्टेन्ट सव ईन्जिनियर आसिस पौडेल भने विना जानकारी विदामा बसेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले पुष्टि गर्नु भएको छ।प्राविधिक सहायक तुल्सी कार्की,बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली र महिला विकास शाखामा कार्यरत सिता गौतम भने बिदामा बस्नु भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भएको छ।उता ईन्जिनियर हेमराज बस्नेत भने तालिममा सहभागी हुन सम्वन्धित ठाउँमा पुगेकाले उपस्थित हुनु भएन। उपाध्यक्ष कालाथोकीले उपस्थित सवै कर्मचारीहरुलाई फुल र लड्डुले स्वागत गर्दै समयको नियमित पालना गर्न र थप जिम्मेवार ढङ्गले कार्यसम्पादनमा जुट्न निर्देशन दिनु भएको छ।गाउँपालिका कार्यालयमा हाल विभिन्न तहका स्थायी र करारका गरि २९ जना कर्मचारीहरु कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाई छ।कर्मचारीहरुमा समयको पालनामा गिरावट देखिए पछि उपाध्यक्ष कालाथोकीले योजनावद्ध रुपमा कर्मचारीको अनुगमन सुरु गर्नु भएको हो।उता कर्मचारीहरुले उपाध्यक्ष कालाथोकीको कदम सही र स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्।आफुहरुलाई समयको पालना गर्न थप हौसला र सचेत बनाएको कतिपय कर्मचारीहरुको भनाइ छ।आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक गरे सँगै उपाध्यक्ष कालाथोकी वर्तमान समस्या,जनचासो सहितका महत्वकांक्षी एजेन्डाहरुमा केन्द्रित बन्नु भएको छ।

  • चन्द्रकोट गाउँपालिकामा निस्सा बितरण कार्यक्रम सम्पन्न

    चन्द्रकोट गाउँपालिकामा निस्सा बितरण कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना राष्ट्रिय भूमी आयोग जिल्ला समिति गुल्मी तथा चन्द्रकोट गाउँपालिकाको संयुक्त आयोजनामा आज चन्द्रकोट गाउँपालिका भित्रका भूमीहिन दलित, भुमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय विष्णु प्रसाद भुसालको विशिष्ट आतिथ्यतामा संचालन भएको थियो। निस्सा वितरण कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राष्ट्रिय भुमी आयोग जिल्ला समितिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारीहरू, गाउँसभा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कुल ५६ जनालाई निस्सा वितरण गरिएको थियो।

  • उपाध्यक्ष कालाथोकी द्वारा आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक

    उपाध्यक्ष कालाथोकी द्वारा आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक

    प्युठान।
    माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो कार्यतालिका सार्वजनिक गर्नु भएको छ।तत्कालीन स्थानीय निर्वाचनका क्रममा जनतासामु बाँडेका सपना तथा दिईएका आस्वासनलाई पूरा गर्ने गरि आफुले कार्यतालिका सार्वजनिक गरेको उपाध्यक्ष कालाथोकीको भनाई छ।उहाँले फागुन १ गते देखि नै कार्यतालिका बमोजिम आफ्नो दैनिक गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता सहित आज आफ्नै सचिवालय मार्फत कार्यतालिका सार्वजनिक गर्नु भएको हो।
    जस अनुसार उपाध्यक्ष कालाथोकीले प्रत्येक हप्ताको सोमबार र विहीबार योजनाहरुको अनुगमन गर्नु हुने भएको छ।गाउँपालिका द्वारा सञ्चालित विकास निर्माणमा उपभोक्ता मार्फत सञ्चालन भई सम्पन्न हुने विभिन्न योजनाहरुको नियमित अनुगमनका साथै जन श्रमदानमा समेत सहभागी हुने उपाध्यक्ष कालाथोकीको प्रतिवद्धता छ।यस्तै प्रत्येक शुक्रबार न्यायपालिकामा मुद्दाहरुबारे छलफल गर्ने,प्रत्येक वार्डको बैठकमा प्रत्येक महिनाको कम्तिमा एक पटक सहभागी हुने,प्रत्येक हप्ता एक दिन पैदल कार्यालय प्रस्थान गर्ने लगाएतका कार्यहरु उहाँले कार्यतालिकामा समावेश गर्नु भएको छ।साथै सार्वजनिक बिदाको दिन अथवा अन्य जुनसुकै समय आफ्नो निवासमा आउजाउ गर्न सरकारी गाडीको प्रयोग नगर्ने कुरा समेत कार्यतालिकामा परेको छ।साथै प्रत्येक महिनाको २५ गते गाउँपालिका अवस्थित बालवालिका,महिला,अपाङ्ग ,युवा,जेष्ठ नागरिक लगाएतका सरोकारवाला निकाय वा सम्वनधित व्यक्तिसँग आवश्यक छलफल गर्ने,हप्ताको दुई दिन गाउँपालिका स्थित विभिन्न सार्वजनिक संघ-संस्थाहरुको अनुगमन गर्ने,प्रत्येक महिना वजार अनुगमन गर्ने,तथा महिनाको अन्तिम दिन विभिन्न सञ्चार माध्यमहरुबाट मासिक कार्यप्रगति सार्वजनिक गर्ने उपाध्यक्ष कालाथोकी द्वारा जारी कार्यतालिकामा उल्लेख छ।यसै विच प्रत्येक तीन महिनामा स्थानीय राजनितीक दल,वुद्धिजीवि,उद्यमी/व्यवसायी लगाएतका विभिन्न सरोकारवालाहरुसँग छलफल गरी आवश्यक परामर्श लिई आफ्नो भुमिकालाई थप मजवुत बनाउने उपाध्यक्ष कालाथोको प्रतिवद्धता छ।

  • रुरु क्षेत्र गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

    रुरु क्षेत्र गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

    रुरु क्षेत्र गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्न्न चुरामणि तिमिल्सिना रुरु क्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक सुनावाइ कार्यक्रम पालिकको सभाहलमा सम्पन्न भएको छ । गत ६ महिनामा पालिकाका सन्चालित कार्यक्रम बजेट तथा विभिन्न शीर्षकको बिसयमा कार्यक्रम केन्द्र बिन्दु बनाईएको हो। गाउँपालिकाको मुख्य आयोजना रुरु एफएम र श्रीङेस्वर एफ एमको सहजीकरणमा कार्यक्रम गरिएको हो। पालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतमा सन्चालित कार्यक्रममा पालिका उपाध्यक्ष मिना देवि गौतम यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पन्थ कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको थियो। सुनाइ कार्यक्रममा वडाका वडा अध्यक्षहरु कार्यापालिका पधाधिकारिहरु , वडा सदस्यहरु शैक्षिक संघसस्थाका प्रभुत्वहरु राजनैतिक दल पत्रकार कलब सुरक्षा निकायको सहभागीता रहेको थियो। सहभागीले शिक्षाका समस्या खानेपानी कृषि पर्यटन रोजगार स्वास्थ तालिम लघुबुत्त आतन्क , जङगलि जनावर , दिवा खाजा तलप निकासा यातायात भाडा , बिध्यालय समायोजना, सडक स्तर उन्नति पुर्वधार निर्माण जस्ता महत्त्व पुर्व विषय बोकेका कार्यक्रम प्रभावकारि नभएको कार्यक्रममा चर्चा गरेका थिए। कार्यक्रममा फरक फरक जिज्ञासा लाई सम्बन्धित निकायका प्रमुखहरुले जिज्ञासा मेटाउनु भएको थियो ।कार्यक्रममा करोडौं लगानीमा रहेको हेफर प्रोजेक्ट कालीगण्डकीमा ब्यबस्थित शवदाहा घाट जस्ता विषय यस्तै स्वास्थ बिमा कार्यक्रम लाई सहभागीले नजिक बाट निहाल्न पालिका लाई आग्रह गरेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत स्वास्थ साखा र शिक्षा शाखाका प्रमुखले विभिन्न विषयमा उठेका प्रसङ्ग लाई तत्काल लाई कार्यापालिकामा आधारित रहि योजना अगाडी बढाइने बताउनु भयो । कार्यक्रम लाई समापन गर्दै अध्यक्ष ज्ञवालीले १ साता भित्रमा बुदागत रुपमा समस्या लाई टिपोट गरेर आफु लाई बुझाउन अधिकृत पौडेल लाई आग्रह गर्नु भयो । कार्यक्रममा युगराज बस्याल र इस्वरी बस्याल ले सहजीकरण गर्नु भएको थियो।

  • उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार हो:-अध्यक्ष रोसन

    उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार हो:-अध्यक्ष रोसन

    प्युठान।
    प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ।गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोसनले यस्तो बताउनु भएको हो। उद्यमीले सिकेको सिपलाई सदुपयोग गरि उत्पादन गरेका नयाँ-नयाँ वस्तु तथा सेवाहरुको बजारीकरण समेत स्थानीय सरकारले गर्ने अध्यक्ष रोसनले वचन व्यक्त गर्नु भयो।यस्तै वडा अध्यक्ष प्रकाश वलीले सरकारको लगानीलाई बेवास्ता नगर्न आग्रह गर्दै विगतलाई विर्सेर नयाँ उदाहरण रच्न सहभागीहरुलाई निर्देशन दिनु भयो।वडा अध्यक्ष वलीले एक फरक प्रसङ्गमा कुनै पनि कार्यक्रमलाई सफल र प्रभावकारी ढंगले सम्पन्न गरे पछि मात्र थप नयाँ कार्यक्रम माग गर्न समेत सहज हुनै बताउँदै सिपको व्यवहारिक कार्यान्वयन मार्फत उद्यमशील बन्न सहभागिहरुलाई सुझाव दिनु भयो।साथै उहाँले विगतको सरकार भन्दा वर्तमान सरकारले आफ्नो वडामा अनुगमनलाई थप चुस्त,दुरुस्त र प्रभावकारी बनाउन केन्द्रित बनिरहेको बताउनु भयो।कार्यक्रममा गाउँकार्यपालिका सदस्य रमा पौडेल,बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहभागी समीक्षा केसीले आफू केही सीप सिकेर आर्थिक रुपमै आत्मनिर्भर बन्ने उद्देश्यले तालिममा सहभागी भएको बताउनु भयो।यस्तै उहाँले तालिम पश्चात् सहभागी सवै उद्यमशील बनेर देखाउने पनि विस्वास व्यक्त गर्नु भयो।३० जना सहभागी रहेको सो तालिम माघ २० गते देखि सुरु भएको थियो।

  • बालविवाह न्युनिकरणका लागि सञ्चालन गरिएको सडक नाटक सम्पन्न

    बालविवाह न्युनिकरणका लागि सञ्चालन गरिएको सडक नाटक सम्पन्न

    माघ-२३,२०७९
    प्युठान।
    माण्डवी गाउँपालिकाले सञ्चालन गरेको बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सञ्चालन गरेको थियो।जस अन्तर्गत शनिवार गणेश मा.वि तिराम,सुन्नानी मा.वि मर्कावाङ्ग,गणेश आ.वि ढिकावन,र अरुण भवानीश्वरी प्रा.वि कुमालटारमा नाटक प्रस्तुत गरिएको थियो।यस्तै सडक नाटक हिजो कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी,माण्डवी मा.वि नयागाउ,र चकचके वजारमा प्रस्तुत गरिएको थियो।साथै आज बागेश्वरी मा.वि रम्दीको तिघ्रा र ने.रा.आ.वि जुजुनेटामा प्रस्तुत गरिएसँगै कार्यक्रम अौपचारिक रुपमा सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भयो ।राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुत गर्नु भएको ३ दिने सडक नाटकको सहजीकरण कार्यक्रमका निर्देशन विष्णु गैरेले गर्नु भएको थियो ।कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,वडा नं.-१का अध्यक्ष वाम बहादुर वुढा,वडा नं.-२का अध्यक्ष प्रकाश वली ,वडा नं.-३का अध्यक्ष धनेन्द्र कार्की,वडा नं.-४का अध्यक्ष डिल बहादुर घर्ती , वडा नं.-५ का अध्यक्ष दुर्गाप्रसाद आचार्य ,गाउपालिका प्रबक्ता जितामित्र सुनार,कार्यपालिका सदस्यहरु,गाउँसभाका सदस्यहरु ,स्थानीय राजनितीक दलका प्रतिनिधि , कर्मचारी,शिक्षक, बिद्यार्थी र ठुलो सङ्ख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । नाटकमा बालविवाह गर्दा सामाजमा भएको प्रभाव ,धूम्रपान ,मध्यपान,र लागुऔसध दुर्बेसेनिले गर्दा समाजमा पारेको असरलाई चित्रण गरि नाटक प्रस्तुति गरिएको थियो। नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै अभियानलाई सफल पार्नसहयोगी भुमिका निर्वाह गर्ने सवै निकायहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।यस्तै नाटकमा सिकाईएका कुराहरु बालवालिका र सम्वन्धित बालवालिकाका अभिभावकहरुले व्यवहारिक कार्यान्वयन गरेमा वास्तविक रुपम‌ै बालविवाह न्युनिकरण हुने गाउँपालिका उपाध्यक्ष कालाथोकीले विस्वास व्यक्त गर्नु भएको छ।

  • बालविवाह न्युनिकरण सम्वन्धि सडक नाटक आज सकिदै

    बालविवाह न्युनिकरण सम्वन्धि सडक नाटक आज सकिदै

    माघ-२३
    प्युठान ।
    माण्डवी गाउँपालिका जस्पुर प्युठानको आयोजनामा शनिवार देखि सुरु भयको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक हिजो कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी,माण्डवी मा.वि नयागाउ,र चकचके वजारमा प्रस्तुति गरिएको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुती गर्नु भएको नाटकको सहजीकरण कार्यक्रम निर्देशन विष्णु गैरेले गर्नु भएको थियो ।कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसन,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,४ नं वडा अध्यक्ष डिल बहादुर घर्ती , ३ नं वडा अध्यक्ष धनेन्द्र कार्की,गाउपालिका प्रबक्ता जितामित्र सुनार,कार्यपालिका सदस्य वालिका नेपाली ,स्थानीय जनप्रतिनिधि, कर्मचारी,शिक्षक, बिद्यार्थी र ठुलो सख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । नाटकमा बालविवाह गर्दा सामाजमा भएको प्रभाव ,धूम्रपान ,मध्यपान,र लागुऔसध दुर्बेसेनिले गर्दा समाजमा पारेको असरलाई चित्रण गरि नाटक प्रस्तुति गरिएको थियो। नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै यो अभियानलाई सहयोग गर्ने सबैलाई अनुरोध गर्नु भएको थियो । नाटक आज सोमबार बागेश्वरी मा.वि रम्दीको तिघ्रा र ने.रा.आ.वि जुजुनेटा प्रस्तुत रहने र आजै उक्त जनचेतनामूलक कार्यक्रम अौपचारिक रुपमा सम्पन्न हुने गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो ।

  • जनचेतनामूलक सडक नाटक सुरु

    जनचेतनामूलक सडक नाटक सुरु

    ♥
    प्युठान ।
    माण्डवी गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सुरु गरेको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सुरु गरेको हो।जस अन्तर्गत आज गणेश मा.वि तिराम,सुन्नानी आधार मा.वि मर्कावाङ्ग,गणेश आ.वि ढिकावन,र अरुण भवानीश्वरी प्रा.वि कुमालटारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी ,उपाध्यक्ष पुर्णप्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,वडा अध्यक्ष ,गाउँकार्यपालिका सदस्य,गाउँसभासदस्य,महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकि प्रमुख सीता गौतम,विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ,शिक्षक अभिभावक संघका अध्यक्ष ,प्रधानाध्यापक ,शिक्षक ,अअभिभावक तथा सम्वन्धित विद्यालयमा अध्ययनरत विद्यार्थी हरुको सहभागिता थियो।यस्तै भोलि कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाँडाकटेरी,माण्डवी मा.वि नयागाउँ,र माण्डवी गाउँपालिका चोक जस्पुरमा सडक नाटक प्रस्तुत गर्ने गाउँपालिकाको तयारी छ। यस्तै पर्सि बागेश्वरी मा.वि माण्डवी गाउँपालिका ५ तिघ्रा र जुजुनेटामा कार्यक्रम सञ्चालन गरिए पश्चात् कार्यक्रम सम्पन्न हुने गाउँपालिकाको महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ।आजको कार्यक्रममा बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी वा) लगायतका कलाकारहरुले प्रस्तुती गरेका थिए ।