Category: समाचार

  • गुल्मीको तम्घासमा संयुक्त रुपमा अनुगमन

    जेष्ठ २१

    यस घरेलु तथा साना उद्योग कार्यालय गुल्मी तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, करदाता सेवा कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका गुल्मी तथा जिल्ला प्रहरी कार्यालय तम्घासको संयुक्त टोलिबाट रेसुङ्गा नगरपालिका ९ र १० को संगम देउरालीमा संयुक्त बजार अनुगमन गरिएको छ ।

    अनुगमनको क्रममा भेटिएका म्याद नाघेका अखाद्य वस्तु बरामद गरि कर्मचारी तथा सुरक्षाकर्मीको रोहबरमा नष्ट गरिएको छ ।

    पसलमा देखिएको समस्याको बारेमा मौखिक मात्रै नभई लिखित जानकारी दिइएको छ । साथै अर्कोपटक सुधार नगरे कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

    अनुगमनको क्रममा: पसलको साइन बोर्ड नभएको,मुल्य सूचि नराखेको,दर्ता तथा नविकरण नगरेको र मिश्रीत ढंगले पसल सञ्चालन गरेको पाईएकोमा तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

    साथै अनुगमनले उपभोक्ता मात्रै होइन स्वयंम पसले पनि ठगिएको पुष्टि भएको छ । अन्यत्र बाट पसल- पसलमा समान पुराउने निहुँमा सोझा,इमानदार व्यवसायीलाई म्याद नाघेको वा म्याद नाघ्नै लागेको समान दिने गरेको पाईए पछि पसल व्यवसायीलाई समेत सचेत गराइएको छ ।

  • गुल्मीको  सत्वतीमा  प्राबिधिक कक्षाका लागि छलफल

    गुल्मीको सत्वतीमा प्राबिधिक कक्षाका लागि छलफल

    महत्त्वपूर्ण_भेटघाट
    गुल्मी जिल्लाको सत्यवती गाउँपालिका र तुराङ बहुप्राबिधिक शिक्षालय बिच महत्त्वपूर्ण बिषयमा छलफल तथा भेटघाट सम्पन्न भएको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष श्री टिकाराम पाण्डे र शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख प्रदिप राज पाण्डे बिच आगामी शैक्षिकसत्र २०८०/०८१ देखि सत्यवती गाउँपालिकाका ८ वार्ड बाट १/१ जना विद्यार्थीलाई कृषि तथा भेटेरिनरी प्राबिधिक अध्ययन गर्ने ब्यबस्था मिलाउने बिषयमा छलफल भएको हो । सो कार्यक्रमको लागि आगामी पालिका स्तरीय नीति तथा कार्यक्रममा योजना प्रस्तुत गर्ने र आगामी बर्षको शैक्षिकसत्र देखि नै लागू गर्ने तयारी भएको हो । स्थानीय युबाहरुलाइ सिपमुलक प्राबिधिक बिषय अध्ययन गर्न प्रोत्साहित गर्ने र उद्यमशिलताको बिकास गर्ने उद्देश्य राखेर यस्तो अभ्यास गर्न थालिएको छ । Turang Polytechnic Institute- Gulmi ले शैक्षिकसत्र २०७८/०७९ देखि कृषि बिषयको ३ बर्षे बाली बिज्ञान कार्यक्रम पठनपाठन गराउदै आएकोमा शैक्षिकसत्र २०८०/०८१ देखि पशु बिज्ञान कार्यक्रम पनि संचालन गर्न लागेको छ । सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरेर प्रत्येक वार्डको प्रतिनिधित्व गराउन खोजेको र विद्यार्थीहरुले शिक्षालयमा संचालित २ कार्यक्रम मध्ये आफुलाइ मनपर्ने बिषय छनौट गरि अध्ययन गर्न पाउनेछन । सो छलफलका क्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे , कृषि शाखा प्रमुख उपकार भण्डारी र शिक्षालयका तर्फबाट कृषि प्रशिक्षक सुमित भुसाल तथा शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको उपस्थिति रहेको थियो ।

     

  • रुरु क्षेत्रमा  ५ दिने  तालिम सम्पन्न

    रुरु क्षेत्रमा ५ दिने तालिम सम्पन्न

    चुरामणि तिमिल्सिना  जेष्ठ  २१

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रम समापन भएको छ । गाउँपालिका कि उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षतामा संचालित कार्यक्रममा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो। शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम गरिएको हो। समापन सत्रमा बोल्दै उपाध्यक्ष गौतमले हरेक शिक्षकहरु अव प्राविधिक ज्ञानसहित अगाडी बढने समय आयकोले नयाँ नया कुहारुको दैनिक जानकारी लिनु पर्ने , आफ्नो बिद्यालयका हरेक गतिविधि सिस्टममा राख्न प्राबिधिक जान्नै पर्ने , अरुको भरमा तल्ला लेवलका बिद्यालयल बस्न नहुने अनि आफै कम्प्युटरमा प्रबिस्ट गर्दा ठिक तथ्यांक हुने भएकोले यसरी तालिम चलाउन आवस्यक रहेको बताउनु भयो।

    । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले कम्प्युटरमा प्रबिस्ट गर्दा ठिक तरिकाले डाटालाई प्रबिस्ट गर्नु पर्ने ,सुचना सहि राख्नु पर्ने ,धेरै जनाको भर्दा अलमल हुने हुँदा सम्बन्धित बिद्यालय नै काम आफैले गर्दा सुचना ठिक हुने हुँदा प्राबिधिक ज्ञान सहित सहभागी लाई यो ज्ञान समेत हासिल गरेको बताउनु भयो। उहाँले कम्प्युटर ईन्टरनेट जस्ता विषय लाई तत्कालै आवस्यक रहेको बिद्यालयमा पठाउने र विद्युत पनि नभएको स्थानमा विद्युत पनि जडान गरिने बताउनु भयो। समापन सत्रमा शिक्षा शाखा प्रमुख झविलाल बिकले सहि तरिकाले पालिकाले दिएका विषय लाई फारम नतिजा विभिन्न प्रतिबेदन जस्ता विषय लाई बेवस्ता नगरी कार्यालयले तोकेको समयमा उपलब्ध गराउन आग्रह गर्नु भयो। तालिममा प्रशिक्षक हरि बहादुर बिस्ट,यादव बिस्ट,भिम श्रेष्ठले सहजीकरण गर्नु भएको थियो।

    कार्यक्रममा सहभागी लाई प्रमाणपत्र प्रदान गरिएको थियो। तालिम पछी भनाइ राख्दै तालिममा सिकेका कुराहरु लाई ब्यबहारिक जिवनमा उतार्ने प्रतिबद्धता समेत जायर गर्नु भयो कार्यक्रम को सन्चालन शिक्षाका प्राबिधिक तेज बहादुर कुमालले गर्नु भएको थियो।

  • तामनगरको दुर्घटनामा गुल्मीका २  युवाको मृत्यु

    तामनगरको दुर्घटनामा गुल्मीका २ युवाको मृत्यु

    बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

    तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक भएको दुर्घटनामा परि गुल्मी मालिका गाउँपालिका अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

  • कपिल बस्तुमा आगोलागी  बाट   ठुलो क्षति

    कपिल बस्तुमा आगोलागी बाट ठुलो क्षति

    कपिलवस्तुको बैरियामा आगलागी हँुदा लाखौको क्षती
    सुरेश क्षत्री कपिलवस्तु ।
    कपिलवस्तुको बाणगगां १ बैरिया बाल मा वी स्कुल पछाडि अवस्थीत. जिबन घिमिरेको घरमा आगलागी भएको छ ।आगलागी आज बिहान करिब ९ः३० बजे लागेको हो ।
    गोठ र परालको माच जलेर पुर्ण रुपमा नस्ट भएको छ भने लाखौँ धनजनको क्षती भएको छ । घरमा भएका घरायसी सामानहरु सहित गोठमा भएका काठहरु जलेर नष्ट भएका छन्
    आगलागीको कारण र क्षतिको विवरण आउन बाकि छ । बाणगगां नगरपालिको दमकल र स्थानिय वासीको सहयोगमा करिब १२ बजेर १५ मिनेटमा आगो नियन्त्रणमा लिईएको हो ।
    स्थानियका अनुसार बाणगगांमा नगरपालिका भएतापनि बैरिया क्षेत्रमा एक किलोमिटरको आसपासमा आगलागी हुदाँ जानकारी गराएको आधा घन्टा पछि मात्र दमकल आएको कारणले गर्दा क्षती थप बढी हुन गएको स्थानियले बताएका छन् ।

  • सडकमै स्वास्थ  परिक्षण देखी  सचेतना जगाउदै ट्राफिक  प्रहरी

    सडकमै स्वास्थ परिक्षण देखी सचेतना जगाउदै ट्राफिक प्रहरी

    हुमाकन्त पोखरेल  जेष्ठ  १९

    गुल्मीका सार्वजनिक यातायातका चालकमा रक्तचाप र सवारीमा यान्त्रिक समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार तम्घासबाट बुटबल र काठमाडौका छुटेका सार्वजनिक यातायात, स्थानीय स्कूल बसहरु, ट्रक, अटोरिक्सा, जीप लगायत गरी ३५ सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण गरेको थियो । जसमा चालकमा रक्तचाप र गाडीमा विभिन्न यान्त्रिक समस्या देखिएको हो । कतिपय चालकमा उच्च रक्तचाप र कतिपयमा न्यून भएकोले उपचार गराउन सुझाव समेत दिइएको छ । ‘केही चालकहरुले रक्तचापको औषधी नियमित रुपमा सेवन नगरेको, औषधी सेवन गर्दा समय नमिलाएको जस्ता समस्या देखियो ।’ चालकको स्वास्थ्य परीक्षण गरेका गुल्मी मोडल अस्पतालका स्वास्थ्यकर्मी भुवन रानाले भने, ‘औषधी नियमित सेवन गर्न र पूर्ण स्वास्थ्य परीक्षण गराउन सुझाए दिइएको छ ।’


    सवारीमध्ये अधिकाशंको ब्रेकमा समस्या देखिएको छ । त्यसैगरी मुविल कम भएको, टायरको समस्या भएको लगायतका समस्या देखिएको अटोमेकानिकल घनश्याम पााण्डेले बताए । सवारीमा देखिएका यस्ता समस्याले जुनसुकै समयमा पििन सवारी बिग्रन सक्ने र यसले दुर्घटनाको जोखिम बढाउने पाण्डेको भनाई छ ।
    जिल्ला ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले सवारी चालकहरुलाई यथाशिघ्र सवारी मर्मत गर्न सुझाव दिएको बताए ।

    जिल्लामा सवारी दुर्घटना न्यूनिकरणको लागि चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परीक्षण गरेको उनको भनाई छ । अब अन्यत्र ठाउँमा जाने सवारीको लागि पनि परीक्षण गर्ने योजना रहेको आचार्यले बताए ।

  • सत्यवतीमा च्याउ  उत्पादन  सम्बन्धी  ६५ दिने  तालिम सम्पन्न

    सत्यवतीमा च्याउ उत्पादन सम्बन्धी ६५ दिने तालिम सम्पन्न

    जेष्ठ  १९

    तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले सत्यवती गाउँपालिकाको वार्ड न ५ हसरामा संचालन गरेको निशुल्क ६५ दिने च्याउ उत्पादन तालिम कार्यक्रमलाई औपचारिक समापन गरेको छ । गत  पुष १७ गतेदेखि संचालन भएको तालिम ६५ दिन सम्म संचालन भएको थियो । तालिममा २० जना स्थानीय कृषकको सहभागीता रहेको थियो भने तालिमलाई सहजीकरण उपकार भण्डारी र असोर पाण्डेले गर्नु भएको थियो ।
    समापन  सत्रमा  शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको अध्यक्षता  , सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आतिथ्यता , वार्ड न ५ का अध्यक्ष बाबुराम ज्ञवालीको बिशिस्ट आतिथ्यता रहेको थियो भने सत्यवती गाउँपालिकाका कृषि शाखा प्रमुख उपकार भण्डारी , शिक्षालयका कृषि प्रशिक्षक सुमित भुसाल , वार्ड न ५ का सचिब सिताराम सुर्खेती , मेहफुज आलम , किशोर मल्ल लगायत अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा सहभागीहरुको सिकाइ अनुभबको बारेमा प्रशिक्षार्थी होमनाथ ढकालले बिचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सत्यवती गाउँपालिकाका प्रमुख टिकाराम पाण्डे र वार्ड न ५ का अध्यक्ष बाबुराम ज्ञवालीद्वारा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको संचालन संजय महतले गर्नुभएको थियो ।

  • रिब्दीकोटमा शिक्षक  हरु लाई पिटि देखि  खेलकुद तालिम  प्रदान

    रिब्दीकोटमा शिक्षक हरु लाई पिटि देखि खेलकुद तालिम प्रदान

    चुरामणि  तिमिल्सिना  जेष्ठ  १९

    रिब्दीकोट गाउँपालिकामा शैक्षणिक पिटि प्रशिक्षण तालिम समापन भएको छ । गाउँपालिकाको आयोजनामा पिटि तथा खेल शिक्षकहरुका लागि ३ राष्ट्रीय गान तथा साङ्गेतिक पिटि तालिमको पालिकाका अध्यक्ष अध्यक्ष नारायण बहादुर कार्की ज्यूको अध्यक्षता, पालिका उपाध्यक्ष कान्ता अधिकारी ज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल ज्यूको बिशिस्ट आतिथ्यता रहेको थियो।

    कार्यक्रममा वडाका वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य लगायत कार्यालयका कर्मचारी ज्यूहरु तथा तालिममा सहभागी विध्यालयका शिक्षक ज्यूहरुको उपस्थिति रहेको थियो तालिममा ३८ बिद्यालयका ५३ जनाको सहभागीता रहेको थियो।

    समापन सत्रमा बोल्दै प्रमुख अथिति उपाध्यक्ष अधिकारीले हरेक दिन सिकेका कुराहरु लाई प्राथनामा गयर प्रयोग गात्मक रुपमा सिकाउदा बिद्यालयको केही मुल्यांकन समेत प्रभाव हुने बिद्यार्थीमा स्वस्थ समेत राम्रो फाइदा हुने ब्याम गर्दा हरेक अंगहरुको कसतर हुने हुँदा पिटि आवस्यक रहेको बताउदै अव भोलिका दिन देखिनै पिटि लागि प्राथमिकतामा राखेर सिकाउन आग्रह गर्नु भयो। कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख मणि प्रसाद खनाल ज्यूले गर्नुभएको हो। कार्यक्रमको प्रशिक्षण हरिश वोलिले गर्नु भएको थियो।

  • उपब्धि मुलक काम गर्दै एक वर्ष  सकियो अध्यक्ष  भट्टराई

    उपब्धि मुलक काम गर्दै एक वर्ष सकियो अध्यक्ष भट्टराई

    चुरामणि तिमिल्सिना  जेष्ठ  १८

    पाल्पा तानसेन नगरपालिका वडा न १४ मा १ आर्थिक वर्ष भित्र वडाले गरेका कामको समिक्षा तथा आउँदो आर्थिक बर्ष भित्र वडामा गरिने योजना तर्जुमा समेत गरिएको छ । वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको थियो। पुर्वधार निर्माण सडक निर्माण ,खानेपानी , बिधुत मर्मत , ढल नालि ब्यस्थापन , खेलाडि लाई प्रोत्साहान, मठमन्दिर गुफा संरक्षण महिलालाई विभिन्न तालिम जस्ता कार्यक्रम गर्न सफल भएको वडा अध्यक्ष भट्टराईले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

    यस्तै आगामी वर्ष गरिने विभिन्न योजना कृषि कार्यक्रम, प्रोत्साहन पन्चे बाजा,, कलासस्कृति,, पुर्वधार निर्माण , अपुरा योजना, सडक स्तर उन्नति , खानेपानी ,बिधुत ममर्त जस्ता कार्यक्रमहरु समेत गरिने वडामा योजनाका विषयमा चर्चा गर्नु भयो। कार्यक्रममा स्थानीय बासिन्दाले यस वडामा पर्यटन प्रवधनात्मक कार्यक्रमहरु पार्क निर्माण पिकनिक स्पोट सहकारी भोजानालय होम स्टे जस्ता कार्यक्रम लाई प्रथामिकतामा राखेर योजना अगाडी बढाउन आग्रह समेत गरेका थिए।

    यस्तै कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि जन प्रतिनिधि पुर्व जन प्रतिनिधिहरु टोल प्रतिनिधिहरु महिला समुह विभिन्न संघ सस्थाका प्रमुखहरु पत्रकार कलब सुरक्षा निकायका पधाधिकारीको सहभागीता रहेको थियो ,वडा सदस्य केदार प्रसाद पाण्डेले स्वागत गर्नु भएको थियो भने सन्चालन राधिका थापाले गर्नु भएको थियो।

  • Untitled post 2335

    तुराङ बहुप्राबिधिक शिक्षालय मजुवा गुल्मी को आयोजनामा चन्द्रकोट गाउँपालिका वार्ड न ८ मजुवामा ६५ दिने तह १ को बेमौसमी_तरकारी_उत्पादन_तालीम कार्यक्रमको समापन भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डे को सभाध्यक्ष रहनु भएको कार्यक्रमको प्रमुख अतिथि चन्द्रकोट गाउँपालिका का अध्यक्ष  युबराज के सिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षालयका कृषि कार्यक्रम संयोजक जयन्ती गौतम , कृषि प्रशिक्षक सुमित भुसाल , मेहफुज आलम , सुमन अर्याल , किशोर मल्ल समेतको उपस्थिति रहेको थियो ।

    साबिक रुपाकोट , जुगुम , आपचौर , दिगाम , तुराङ का स्थानिय २० जना किसानको सकृय सहभागीता रहेको तालीममा रामरतन पाल तथा मेहफुज आलमले प्रशिक्षण दिनु भएको थियो । तालीममा सहभागीको तर्फबाट सीता बस्नेत तथा शान्ती अर्यालले तालीममा सहभागी भएर नयाँ – नयाँ बिषय र सिकेको कुराहरु प्रयोगात्मक रुपमा नै अभ्यास गर्न पाएको तथा आफुले हालसम्म नजानेको बिषयमा सिक्न पाएको बताउनु भयो साथै शिक्षालयले समुदाय स्तरमा तालीम संचालन गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।

    प्रमुख अतिथि समेत रहनु भएका चन्द्रकोट गाउँपालिका प्रमुख  युबराज के सि ले तालिम तालिमको लागी मात्र नभएर उत्पादन मुखी र ब्यबहारिक रहने र सिकाइले उत्पादनमा सहयोग पुर्याउनेमा बिश्वस्त रहेको समेत बताउनु भयो । उत्पादनको बिषयमा बजारीकरणको समस्या तथा अन्य बिषयमा पालिकाले सहयोग गर्ने बताउनु भयो । तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने र समुदाय सङ समन्वय गर्न शिक्षालयले यस्तो प्रकारको छोटो अबधिको तालिम कार्यक्रम संचालन गरेको र आगामी दिनमा पनि निरंतरता दिने तथा समुदायलाई शिक्षालयको अपनत्व महसुस गराउने खालका कृयाकलाप गर्दै जाने बिषयमा शिक्षालय प्रमुख प्रदिपराज पाण्डेले बताउनु भयो ।


    ६५ दिने सो तालिमको समापन समारोहमा प्रमुख अतिथि तथा सभाध्यक्ष द्वारा सहभागीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको संचालन शिक्षालयका प्रशासकिय सहायक संजय महतले गर्नु भएको थियो ।