Category: समाचार

  • भाइरल बाल-गायिका कल्पना विष्ट संग यम सोमैले गाए” छाता वर्खे झरीमा “

    भाइरल बाल-गायिका कल्पना विष्ट संग यम सोमैले गाए” छाता वर्खे झरीमा “

    भाइरल बाल-गायिका कल्पना विष्ट संग यम सोमैले गाए” छाता वर्खे झरीमा ”

    असार -१०

    यम  सोमै
    पछिल्लो समयमा आफ्नो सुमधुर स्वरका कारण भाइरल वनेकी कल्पना विष्टले फेरि अर्को गित बजारमा ल्याइकी छिन् । सर्जक तथा गायक यम सोमैको लय तथा स्वर र सुमन ढकालको शब्द संगित रहेको उक्त गितमा भाइरल गायिका कल्पना विष्टको स्वर रहेको छ। विशेष गरि गुरु शिष्यको विचमा दोहोरी शैलीमा निर्माण भएको गितमा गायिकालाई यो समयमा कसै संग नडराई बोल्न , समयको सदुपयोग गर्न, कुनै पनि असफलतामा हार नखान अनि मीठो गित दिन दिनै गाइरहेको अझ गाउनु जस्ता अत्यन्तै मार्मिक सुझाव दिदै गायक यम सोमैले आफ्नो स्वर भरेका छन् भने बाल गायिका कल्पना विष्टले आफू मिलनसार भएको आफुलाई पनि पढेर ठूलो मान्छे बन्ने मन भएको भावमा रहेका सुमधुर शब्दमा आफ्नो कोकिल स्वर भरेकी छिन् ।

    कलाको प्रतिभालाई उजागर गर्न आफ्नो इच्छा भएकोले आफू गित संगितवाट केही विश्राम लिए पनि गायिका विष्टको प्रतिभालाई सम्मान गर्दै उक्त गित आफुले सिर्जना गरेको गायक तथा सर्जक यम सोमैले जानकारी दिनु भयो। पछिल्लोपटक विद्यार्थीहरुमा पढाई लेखाइ प्रती रुचि घट्दै गरेको परिप्रेक्षमा भाइरल गायिका मार्फत शिक्षा पनि महत्त्वपूर्ण छ है भन्ने संदेश गितवाट दिन खोजेको सर्जक तथा गायक सोमैले वताउनु भयो।
    उक्त गित Suman Dhakal Official युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।

  • बगनासकाली  पाल्पाको  बजेट ५६ करोड

    बगनासकाली पाल्पाको बजेट ५६ करोड

    पाल्पा १०, असार
    भोजराज भट्टराई

    पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ । आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको हो ।

    पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ४९ करोड ८४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झण्डै ८ करोड बढी बजेट प्रस्ताव गरेका छ ।

    बजेटमध्ये पुँजीगततर्फ २४ करोड ५७ लाख ८२ हजार रहेको छ भने चालुतर्फ ३२ करोड ४१ लाख २ हजार र विनियोजन प्रस्ताव गरिएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।
    पालिकाको आन्तरिक स्रोतबाट जुटाउने गरी ९५ लाख बजेट प्रस्तुत गरिएको छ । कृषि तथा पशु क्षेत्रमा उत्पादनमा आधारित अनुदान र उत्पादकत्व वृद्धी, बगनासकाली गाउँपालिकाका गौरवका आयोजनाहरुको कार्यान्वयन, आधारभूत स्वास्थ्य क्षेत्रको विस्तार, गुणस्तरीय शिक्षाको उपलब्धता, स्थानीय मागमा आधारित भौतिक पूर्वाधारको विकास, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र जगेर्ना जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको उपाध्यक्षको भनाई छ ।

  • बगनासकाली पाल्पाको  बजेट ५६ करोड

    बगनासकाली पाल्पाको बजेट ५६ करोड

    बगनासकालीको बजेट ५६ करोड !
    भोजराज भट्टराई

    पाल्पा ९, असार ।
    पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ । आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको हो ।

    पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ४९ करोड ८४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झण्डै ८ करोड बढी बजेट प्रस्ताव गरेका छ ।

    बजेटमध्ये पुँजीगततर्फ २४ करोड ५७ लाख ८२ हजार रहेको छ भने चालुतर्फ ३२ करोड ४१ लाख २ हजार र विनियोजन प्रस्ताव गरिएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।
    पालिकाको आन्तरिक स्रोतबाट जुटाउने गरी ९५ लाख बजेट प्रस्तुत गरिएको छ । कृषि तथा पशु क्षेत्रमा उत्पादनमा आधारित अनुदान र उत्पादकत्व वृद्धी, बगनासकाली गाउँपालिकाका गौरवका आयोजनाहरुको कार्यान्वयन, आधारभूत स्वास्थ्य क्षेत्रको विस्तार, गुणस्तरीय शिक्षाको उपलब्धता, स्थानीय मागमा आधारित भौतिक पूर्वाधारको विकास, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र जगेर्ना जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको उपाध्यक्षको भनाई छ ।

  • कालीगण्डकी गाउँपालिका स्याङ्गजामा उन्नत जातको मेवा खेती

    कालीगण्डकी गाउँपालिका स्याङ्गजामा उन्नत जातको मेवा खेती

    विष्णु घिमिरे

    स्याङ्गजा जिल्लाको कालीगण्डकी गाउँपालिकामा उन्नत जातको मेवाको व्यवसायिक खेती कार्यक्रम परीक्षणको रुपमा सुरु भएको छ । गाउँपालिकाको वडा नं. २ कोटाकोटमा उन्नत जातको मेवाको व्यवसायिक खेतीको परीक्षण सुरु गरिएको हो । यहाँका ४० बढी घरहरुमा ५ सय मेवाका विरुवा वितरण गरिएको हो । रेड लेडी जातका विरुवा वितरण गरी मेवाको पकेट कार्यक्रम सुरु गर्न लागेको हो ।

    विरुवा वितरण कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले परम्परागत मेवा खेती गर्दै आएका कृषकहरुलाई व्यवसायिक बनाउन लागिएको बताउनुभयो । गाउँपालिकामा पोषण कार्यक्रम समेत लागु भएको उल्लेख गर्दै अध्यक्ष थापाले मेवा खेतीले आम्दानी संगै पोष्टिक तत्व समेत प्रदान गर्ने भएकोले गाउँपालिकाको पोषण कार्यक्रमलाई समेत मद्यत पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले विभिन्न वडाहरुमा कृषिको कार्यक्रम सुरु गरिएको बताउदै वडा नं. २ लाई मेवाखेतीको लागि छनौट गरिएको बताउनुभयो । हेफर ईन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेयले कृषकहरुलाई आत्मनिर्भर बन्दै आम्दानी बृद्धी गर्नका लागि गाउँपालिकासंग साझेदारी कार्यक्रम गरिएको बताउदै, बाख्रा, बंगुर, दुध, तरकारी लगायतका उपजहरुमा व्यवसायिक उत्पादनको लागि काम गरिएको बताउनुभयो। कालीगण्डकी गाउँपालिका र हेफर परियोजना नेपालको साझेदारीमा सामाजिक श्रोत विकास केन्द्र नेपालको सहजिकरणमा कालीगण्डकी कृषि तथा पशु विकास परियोजना संचालन भएको छ

    परियोजनाले गाउँपालिकालाई गेडागुडी, दुध, बाख्रा तथा बंगुर लगायतका उत्पादनहरुमा आत्मनिर्भर बनाउने कार्यक्रमहरु संचालन गर्दै आएको छ । विभिन्न वडाहरुमा समूहहरु गठन गरी समूह व्यवस्थापन, कृषि तथा पशुपालनका तालिम, आधारशिला तालिम, विउविजन वितरण र प्राविधिक सहयोगको कार्यहरु गर्दै आएको छ । मेवाको विरुवा वितरण कार्यक्रममा वडा नंं २ का वडाअध्यक्ष खगिसरा आले, गाउँपालिकाका कृषि शाखा प्रमुख होम प्रसाद श्रेष्ठ, परियोजना संयोजक दिपक विश्वकर्मा, कृषक विष्णु पाण्डे लगायतले मेवाको परीक्षण गर्न लागिएको बताउदै एक हजार विरुवा लगाईने बताउनुभयो । कार्यक्रममा माटोको उपचार विधी, फंगस लगायतका रोगहरुबाट बचाउने तरिका लगायतका विधीहरु कृषकहरुलाई सिकाइएको थियो । कार्यक्रम वडाअध्यक्ष खगिसरा आलेको अध्यक्षता र परियोजनाका सामाजिक परिचालक मुना थापाको संचालनमा भएको थियो ।

     

     

  • रुरुक्षेत्र गाउँपालिका द्वारा उत्कृष्ट शिक्षक एवं विद्यार्थीलाई सम्मान

    रुरुक्षेत्र गाउँपालिका द्वारा उत्कृष्ट शिक्षक एवं विद्यार्थीलाई सम्मान

    जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक एवं विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

     

    कार्यक्रममा एसईई २०७९ मा समग्र गाउँपालिका प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थी र सामुदायिक विद्यालय तर्फ गाउँपालिका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी सङ्गै ३.६ जिपिए वा सो भन्दा माथि ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर कुमालले जानकारी दिएका छन् ।

    समग्रमा ३.९५ जिपिए सहित गाउँपालिका प्रथम हुने रेन्बो बोर्डिङका निरज श्रेष्ठ, ३.८५ जिपिए सहित गाउँपालिका द्वितीय हुने ज्ञवा माविकि छात्रा सलिना ज्ञवाली, रेन्बो बोर्डिङका मुकेश ज्ञवाली र रेन्बो बोर्डिङकै कनिशा श्रेष्ठ सम्मानित भएका हुन् भने ३.८४ जिपिए सहित तेस्रो हुने जनबोध माविकी छात्रा अंशु ज्ञवाली सम्मानित भएकि छन् ।

     

    यता सामुदायिक विद्यालयतर्फ प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरु पनि सम्मानित भएका छन् । ३.८५ जिपिए सहित सामुदायिक विद्यालय तर्फ प्रथम तथा समग्र गाउँपालिकामा दोस्रो हुन सफल ज्ञवा माविकी छात्रा सलिना ज्ञवाली सम्मानित भएकी छन् भने यता जनबोध माविका प्राविधिक धारतर्फका ३.८४ जिपिए सहित दोस्रो हुन सफल छात्रा अंशु ज्ञवाली र प्राविधिक धारतर्फकै ३.८ जिपिए सहित तृतीय हुन सफल परिक्षा ज्ञवाली पनि सम्मानित भएकी छन् ।

     

    त्यस्तै गाउँपालिकाले २०७९ सालको माद्यामिक परिक्षा एसईईमा ३.६ वा सो भन्दा माथी जिपिए ल्याउने सम्पुर्ण विद्यार्थीहरुलाई सम्मानित गरेको छ। यसरी जम्मा १६ जना विद्यार्थीहरु सम्मानित हुन सफल भएका शिक्षा शाखा प्रमुख कुमालले बताए।
    त्यस्तै गाउँपालिकाले उक्त उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्ने विभिन्न विद्यालयका शिक्षकहरुलाई पनि सम्मानित गरेको छ।

    विभिन्न विषय अध्यापन गर्ने विभिन्न विद्यालयका कुल १३ जना शिक्षक सम्मानित भएको उनको भनाई रहेको छ भने गत वर्ष सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट हुन सफल विभिन्न विद्यालयका १३ जना विद्यार्थीहरुलाई पनि सम्मानित गरिएको शिक्षा शाखा प्रमुख कुमालको भनाइ रहेको छ।

     

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि यदु ज्ञवालीले उत्कृष्ट हुन सफल सम्पुर्ण विद्यार्थी एवं सम्मानित शिक्षकहरुलाई बधाई दिँदै आगामी दिनहरुमा पनि अझ उत्कृष्ट नतिजाको लागि शुभकामना दिदै शिक्षक एवं विद्यार्थीहरुलाई प्रोत्साहन दिएका छन् ।

    उनले आगामी दिनमा अझ राम्रो नतिजा ल्याएर गाउँपालिकामा मात्र नभएर समग्र देशमै उत्कृष्ट नतिजा ल्याउनेगरि पठनपाठन संचालन गर्न अनुरोध समेत गरेका छन् ।

    शिक्षक एवं विद्यार्थीहरुमा रहेका र भोगेका समस्या समाधानमा गाउँपालिकाले कुनै कसुर नराख्ने बताउँदै ढुक्क साथ गुणस्तरीय पठनपाठनमा सक्रिय हुन अनुरोध गरेका छन् ।

     

    कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख तेजबहादुर कुमालले गरेका थिए।

     

  • रुरुक्षेत्र गाउँपालिका एकका वडा सदस्य शुसिल श्रेष्ठको अशल कर्म

    रुरुक्षेत्र गाउँपालिका एकका वडा सदस्य शुसिल श्रेष्ठको अशल कर्म

    भुवन रायमाझी

    युवा भनेका देशको विकास, समृद्धि तथा प्रगतिका संवाहक हुन्। युवामा समाज र देशका लागि केही गर्ने अठोट पनि छ ।यही अठोट बोकेका युवा जनप्रतिनिधि हुन रुरु क्षेत्र गाउँपालिका एकका वडा सदस्य शुसिल श्रेष्ठ उनले पछिल्लो समय गरेका हरेक अशल कर्मले स्थानीयहरु खुशि मात्रै भएका छेनन उनको कर्ममा संगै सहयात्रा समेत गरेका छन ।

    जनप्रतिनिधि जनताका सच्चा अभिभावक हुन्, त्यसैले जनतालाई उत्साही बनाउँदै नयाँ पहिचानका साथ अघि बढ्न सक्ने क्षमता राख्न सक्नुपर्छ । लाभको एजेन्डालाई प्राथमिकता दिएर परिवर्तनको एजेन्डालाई ओझेलमा नपार्ने प्रणका साथ देश र जनताको सेवामा समर्पित भएका  वडा सदस्य श्रेष्ठले भटकुवा गाउँमा बिगत १२ वर्ष देखी निरन्तर रुपमा शिक्षा स्वास्थ्य खानेपानी,लगाएत भौतिक पुर्वधारका क्षेत्रमा अग्रसर हुँदै बिभिन्न सामाजिक कार्यमा अगाडी हुनुहुन्छ ।

    श्रेष्ठ यस्तै असल कर्म मध्य आजनै एक बिशेष कार्यक्रमका बिच असार १ गते देखी लागु हुने गरि साविक रुरु गाविसका सात, आठ,र नौ नम्बर वडाका नागरिकलाई सुख मात्र नभएर दुखमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आफ्नो कर्मथलो भट्टकुवा गाउँमा कसैको घरमा मृत्युवरण भएमा घरदेखि अन्तिम दाहसंस्कार गर्नी ठाउँ रिडी सम्म  पार्थिव शरीर, दाउरा र मलामी लाई जानी आउनी निःशुल्क रुपमा  यातायातको व्यवस्था गरेको बताउनु भएको छ ।

    राजनीतिमा सक्षम युवा पुस्ताले नेतृत्व लिन जरुरी रहेको बताउने रुरुक्षेत्र १ का सदस्य सुशिल श्रेष्ठको सिको अन्य जनप्रतिनिधिले समेत गर्न सक्नुपर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस

  • उद्योग वाणिज्य सङ्घ  रिडी शाखाको दोस्रो अधिवेशन सम्पन्न

    उद्योग वाणिज्य सङ्घ रिडी शाखाको दोस्रो अधिवेशन सम्पन्न

    चुरामणि तिमिल्सिना  असार   २

    उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय रिडी गुल्मीको शनिबार भव्य कार्यक्रमका बीच रिडी माध्यमिक विद्यालयमा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सङ्घका अध्यक्ष सुवर्णलाल कक्षपतिज्यूको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।

    यस्तै समारोहमा उद्योग वाणिज्य सङ्घ तम्घास गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेल अति विशिष्ट अतिथि रहनुभएको थियो ।यस्तै वाणिज्य सङ्घका उपाध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठ, महासचिव ईश्वरीप्रसाद बेलबासे , सचिव चेतनारायण पाण्डे, कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी, यस्तै सङ्घका ईश्वरीप्रसाद कंडेल , रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानिधि शर्मा, इलाका प्रहरी कार्यालय प्रतिनिधि ,महिला समुह ,वित्तीय संस्था का प्रमुखहरू आमा समूह सामाजिक अभियान्ताहरू संघ संस्था का प्रतिनिधिहरू लगायतको आतिथ्यता रहेको थियो।

    शाखाका उपाध्यक्ष जीवन कसजुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष सुबर्णलाल कक्षपतिज्यूले स्थापना कालदेखि हालसम्म वाणिज्य सङ्घले गरेका कामका विषयमा र प्रगतिका विषयमा लामो समयसम्म चर्चा गर्नुभयो। यस्तै सचिव हुमनाथ ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ज्ञवाली ले रुरु क्षेत्रका संघ संस्था बलियो हुनु भनेकै रुरु क्षेत्र गाउँपालिका बलियो हुनु हो। त्यसैले समग्र विकास गर्न पर्यटन प्रवर्धन गर्न भौतिक संरचना निर्माण गर्न र हरेक किसिमका गतिविधिमा हातेमालो अगाडि बढ्न सके मात्र समग्र गाउँपालिकाले मुहार फेर्ने बताउनुभयो।उहाँले रुरु क्षेत्र लाई धार्मिक तरिकाले नै हरेक किसिमका कार्यक्रमहरु पूर्वाधारहरू र निर्माण गर्न सके मात्रै रुरुमा प्रशस्त मात्रामा पर्यटकहरु आउने हुँदा यहाँको विकासमा कुनै पनि समस्या नहुने बताउनुभयो।

    समारोहमा वाणिज्य सङ्घका प्रतिनिधिहरूले पालैपालो आफ्नो भनाइ तथा संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो। यस्तै शनिबार नै नयाँ समिति गठन समेत भएको छ। जसको अध्यक्षमा ताराप्रसाद सुवेदी ,उपाध्यक्षमा सम्झौता श्रेष्ठ ,सचिवमा पदमबहादुर थापा , सहसचिवमा विक्रम पोखरेल ,कोषाध्यक्षमा भरतराज ज्ञवाली चयन हुनु भएको छ। यस्तै जीवन भण्डारी , अमूल्य श्रेष्ठ ,मिना न्यौपाने ,गणेश थैव ,दुर्गा पन्त रामप्रसाद शर्मा ,उजिर खान ,सुरज गुरुङ ,देवराज श्रेष्ठ र राजु चुहान सदस्यमा चयन हुनुभएको छ।

    यस्तै अधिवेशनले ५ समिति सदस्य रहने गरी सल्लाहकार समिती समेत गठन गरेको छ। जसमा चन्द्रलाल कसजु विष्णुप्रसाद ज्ञवाली , ओम प्रसाद अमात्य रामलाल बिक र हुमनाथ ज्ञवाली , रहनुभएको छ। नयाँ समितिका अध्यक्ष सुवेदीले कार्यक्रममा प्रतिबद्धता जनाउँदै आगामी दिनमा समेत यो वाणिज्य संघलाई माथिल्लो तहमा पुर्याउन आफ्नो टिम निरन्तर खट्ने प्रतिबद्धता जनाउनुभएको थियो।

  • पाल्पा कार दुर्घटना  हुँदा  ३ जनाको मृत्यु

    पाल्पा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

    पाल्पाबाट बुटवल फर्किएकाे कार दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
    पाल्पा – पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
    पाल्पाकाे नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ साढे ८ बजेतिर बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।
    दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।

  • चन्द्रकोट गाउँपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    चन्द्रकोट गाउँपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    पालिका पेज

    मिति  २०८१  जेष्ठ  ३०

    विश्व बालश्रम विरुद्ध दिवस-२०८१ तदनुसार १२ जुन, २०२४ को अवसरमा चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा `बालश्रम मुक्त समाज निर्माणका लागि सरोकारवालाको भूमिका´ विषयक गाउँपालिका स्तरीय अन्तर माध्यमिक तह (कक्षा ९-१०) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। चन्द्रकोट गाउँपालिका गुल्मीका लै.स.सा.स. समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी को अध्यक्षतामा संचालित कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।

    कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश चन्द्र शर्मा, वडा अध्यक्षहरू, गाउँपालिकामा कार्यरत कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    वक्तृत्वकला प्रतियोगितामा गाउँपालिकाभित्रका माध्यामिक विद्यालयहरुबाट ११ जना विद्यार्थिहरुले सहभागिता जनाएका थिए। जसमा शारदा मा.वि सराङ्गकि छात्रा रितिका गौतम प्रथम, शारदा मा.वि रुपाकोटका छात्र शुसिल नेपाली द्वितीय, ग्वाघा मा.वि ग्वाघाका छात्र सुगम कार्की तृतीय र उदय मा.वि शान्तिपुरका छात्र सुदिप खत्री सान्त्वना भएका हुन।

    विजयी प्रतियोगिहरूलाई क्रमश: रु दश हजार, सात हजार, पाचँ हजार र तिन हजार नगद सहित ट्रफि तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो।

  • तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित

    तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित

     

    तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित
    चन्द्रकोट गाउँपालिकाद्धारा नगद,मायाको चिनो,सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान

    गुल्मी ३०जेठ
    खेलकुद तथा स्काउटको माध्यमबाट योगदान पु¥याएको भन्दै तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक नेपाल स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त तथा विपद् व्यवस्थापन आकस्मिक उद्धारकर्ता नवराज खरेललाई सम्मान गरिएको छ । उनलाई नगद, मायाको चिनो, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मानगरिएको छ ।
    चन्द्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शान्तिपुर, गुल्मीले चन्द्रकोट गाउँपालिका तथा समग्र मुलुकको खेलकुद क्षेत्र एबं सामाजिक कार्यको माध्यमबाट अतुलनीय योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो । चन्द्रकोट गाउँपालिका वडा नं. १ दिब्रुङ्गका स्थायी बासिन्दा खरेललाई अन्तर वडा स्तरीय दोसो अध्यक्षकप भलिवल प्रतियोगिता २०८१ को अवसरमा नगद पुरस्कार रु.२० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
    खरेलको संक्षिप्त जीवनी चन्द्रकोट गाउँपालिकाले प्रकाशित गरेको हाम्रो चन्द्रकोट पुस्तक पालिकामा पदाई हुँदै पनि आएको छ ।
    पालिकाले आगामी दिनमा समेत सामाजिक तथा खेलकुद क्षेत्रमा निरन्तर योगदानको अपेक्षा गरेको जनाएको छ ।
    उनलाई पालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, गाउँपालिका प्रवक्ता एंव वडा अध्यक्ष घनश्याम खरेल, वडा अध्यक्ष कमल केसीलगायत ८ वटै वडाका वडा अध्यक्ष हरु प्रमुख प्रशासकीय अधिकृतलगायतले सम्मान गरेका थिए ।
    स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त समेत रहेका स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक खरेल बिगत १५ बर्ष देखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्दार कर्ता र खेलकुद को क्षेत्रमा कार्यरत उनी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रिता मा बि मा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् । उनले जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोग को काम समेत गरेका थिए । जाजरकोटमा भुकम्प प्रभावित क्षेत्रमा काममा खटिएका बेला उनले आफ्नो जन्म दिनमा भुकम्पपीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । खरेलले २०७८ फागुन ७ बाट बैबाहिक जीवन शुरु गर्दा पनि बिबाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए । उनले रुरु क्षेत्र ४ बलेटक्सार ( स्काउट मास्टर) विद्या खड्का सग प्रेम विवाह गरेका थिए । विद्यासगको सल्लाहमा नवराजले बिबाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा मावि मा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।