उद्योग वाणिज्य सङ्घ रिडी शाखाको दोस्रो अधिवेशन सम्पन्न

चुरामणि तिमिल्सिना  असार   २

उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय रिडी गुल्मीको शनिबार भव्य कार्यक्रमका बीच रिडी माध्यमिक विद्यालयमा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सङ्घका अध्यक्ष सुवर्णलाल कक्षपतिज्यूको अध्यक्षता रहेको कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।

यस्तै समारोहमा उद्योग वाणिज्य सङ्घ तम्घास गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेल अति विशिष्ट अतिथि रहनुभएको थियो ।यस्तै वाणिज्य सङ्घका उपाध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठ, महासचिव ईश्वरीप्रसाद बेलबासे , सचिव चेतनारायण पाण्डे, कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी, यस्तै सङ्घका ईश्वरीप्रसाद कंडेल , रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानिधि शर्मा, इलाका प्रहरी कार्यालय प्रतिनिधि ,महिला समुह ,वित्तीय संस्था का प्रमुखहरू आमा समूह सामाजिक अभियान्ताहरू संघ संस्था का प्रतिनिधिहरू लगायतको आतिथ्यता रहेको थियो।

शाखाका उपाध्यक्ष जीवन कसजुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष सुबर्णलाल कक्षपतिज्यूले स्थापना कालदेखि हालसम्म वाणिज्य सङ्घले गरेका कामका विषयमा र प्रगतिका विषयमा लामो समयसम्म चर्चा गर्नुभयो। यस्तै सचिव हुमनाथ ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ज्ञवाली ले रुरु क्षेत्रका संघ संस्था बलियो हुनु भनेकै रुरु क्षेत्र गाउँपालिका बलियो हुनु हो। त्यसैले समग्र विकास गर्न पर्यटन प्रवर्धन गर्न भौतिक संरचना निर्माण गर्न र हरेक किसिमका गतिविधिमा हातेमालो अगाडि बढ्न सके मात्र समग्र गाउँपालिकाले मुहार फेर्ने बताउनुभयो।उहाँले रुरु क्षेत्र लाई धार्मिक तरिकाले नै हरेक किसिमका कार्यक्रमहरु पूर्वाधारहरू र निर्माण गर्न सके मात्रै रुरुमा प्रशस्त मात्रामा पर्यटकहरु आउने हुँदा यहाँको विकासमा कुनै पनि समस्या नहुने बताउनुभयो।

समारोहमा वाणिज्य सङ्घका प्रतिनिधिहरूले पालैपालो आफ्नो भनाइ तथा संस्थाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो। यस्तै शनिबार नै नयाँ समिति गठन समेत भएको छ। जसको अध्यक्षमा ताराप्रसाद सुवेदी ,उपाध्यक्षमा सम्झौता श्रेष्ठ ,सचिवमा पदमबहादुर थापा , सहसचिवमा विक्रम पोखरेल ,कोषाध्यक्षमा भरतराज ज्ञवाली चयन हुनु भएको छ। यस्तै जीवन भण्डारी , अमूल्य श्रेष्ठ ,मिना न्यौपाने ,गणेश थैव ,दुर्गा पन्त रामप्रसाद शर्मा ,उजिर खान ,सुरज गुरुङ ,देवराज श्रेष्ठ र राजु चुहान सदस्यमा चयन हुनुभएको छ।

यस्तै अधिवेशनले ५ समिति सदस्य रहने गरी सल्लाहकार समिती समेत गठन गरेको छ। जसमा चन्द्रलाल कसजु विष्णुप्रसाद ज्ञवाली , ओम प्रसाद अमात्य रामलाल बिक र हुमनाथ ज्ञवाली , रहनुभएको छ। नयाँ समितिका अध्यक्ष सुवेदीले कार्यक्रममा प्रतिबद्धता जनाउँदै आगामी दिनमा समेत यो वाणिज्य संघलाई माथिल्लो तहमा पुर्याउन आफ्नो टिम निरन्तर खट्ने प्रतिबद्धता जनाउनुभएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102