Category: समाचार

  • निन्युखर्क माध्यमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन

    निन्युखर्क माध्यमिक बिद्यालयमा शिक्षक अभिभावक संघ गठन

    भाद्र १८। गुल्मी

    निन्युखर्क माध्यमिक बिद्यालय धुर्कोट गाउँपालिका ३ हाडहाडे गुल्मीमा शिक्षक अभिभावक संघको गठन गरिएको छ ।
    निन्युखर्क माध्यमिक बिद्यालयको सभाहलमा शिक्षक , अभिभावक ,विभिन्न दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजिबि सहित बसेको भेलाले हरि श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको छ । निन्युखर्क माध्यमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापाको सभाध्यक्षबाट सुरु भएको कार्यक्रममा धुर्कोट गाउँपालिका ३ का वडा अध्यक्ष पदम बहादुर बिस्टको प्रमुख आथित्यता रहेको थियो शिक्षक अभिभावक संघमा क्रमस पृथ्वी लाल श्रेष्ठ ,पार्वती बिक,सीता बोहोरा,मधु खत्री साबित्रा पन्थी ,बिमला पुन रहनु भएको छ ।
    बिद्यालयका प्रध्यानाध्यापक कृष्ण बिस्टको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन दिपक श्रीस ले गर्नु भएको थियो ।

  • ग्वाघा माध्यमिक विद्यालय चन्द्रकोटमा  सन्चालित  वक्तृत्वकलामा शारदाकी गौतम  प्रथम

    ग्वाघा माध्यमिक विद्यालय चन्द्रकोटमा सन्चालित वक्तृत्वकलामा शारदाकी गौतम प्रथम

    श्रीराम गौतम
    भदौ १९
    चन्द्रकोट गाउँपालिका वडा नं ५ ग्वाघा गुल्मीमा अवस्थित ग्वाघा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना तथा ग्वाघा माध्यमिक विद्यालयको संरक्षकत्वमा सञ्चालित औपचारिक कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लील बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतथिको रुपमा चन्द्रकोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तिर्थ बहादुर कार्की रहनुभएको हो । चन्द्रकोट क्षेत्रकै शैक्षिक व्यक्तित्व तथा समाजसेवी रामलाल सुबेदी रहनुभएको हो भने कार्यक्रममा अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    आधारभुत तह (६-८) लक्षित “मानवीय सेवामा युवा तथा जुनियरको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा पालिका भित्रका १२ वटा विद्यालयको सहभागिता रहेको हो । सहभागी विद्यालय मध्य शारदा माध्यामिक विद्यालय चन्द्रकोट १ सराङ्गकी छात्रा रीतिका गौतम प्रथम, हिमालयन आधारभूत बिद्यालय चन्द्रकोट ५ जोगिस्थानकी छात्रा समीक्षा थापा द्वित्तिय तथा ज्ञानोदय माध्यमिक विद्यालय चन्द्रकोट ८ मजुवाजी छात्रा आकृति पराजुलीले तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।


    प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने प्रतिस्पर्धी हरुलाई क्रमशः ३०००,२००० र १५०० नगद, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको हो । विद्यालयका प्रधानध्यापक प्रकाश थापाको स्वागत मन्तब्य साथै प्रमुख अतिथि र अन्य विशिष्ट अतिथिको शुभकामना मन्तब्यको साथमा विभिन्न साँस्कृतिक गीत तथा नृत्यहरू रहेको कार्यक्रमको सञ्चालन नेपाल जूनियर तथा युवा रेडक्रस सर्कल ग्वाघा माध्यमिक विद्यालयका शिक्षक सह नायक बलराम कार्कीले गर्नुभएको हो ।

  • उदय माध्यमिक विद्यालय शान्तिपुरमा वक्तृत्वकला सम्पन्न

    उदय माध्यमिक विद्यालय शान्तिपुरमा वक्तृत्वकला सम्पन्न

    श्रीराम गौतम
    भदौ १९
    चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजार गुल्मीमा अवस्थित उदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना तथा उदय माध्यमिक विद्यालयको संरक्षकत्वमा सञ्चालित औपचारिक कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा चन्द्रकोट गाउँपालिका प्रमुख युवराज के.सी. बिशिष्ट अतिथि पालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, शिक्षा शाखा प्रमुख नयन सिंह ठकुरी, चन्द्रकोट गाउँपालिका वडा नं ४ का वडाध्यक्ष वल बहादुर बस्नेत तथा नेपाल रेडक्रस सर्कल गुल्मी जिल्ला प्रतिनिधि भानुभक्त सुबेदी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चन्द्रकोट उपशाखा सभापति गीता थापा, नेपाल जूनियर तथा युवा रेडक्रस सर्कल चन्द्रकोट गाउँपालिका प्रमुख मिठु कुमारी घिमिरे तथा अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
    माध्यमिक तह कक्षा (९-१२) लक्षित “मानवीय सेवामा युवा रेडक्रसको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा पालिका भित्रका ११ वटा विद्यालयको सहभागिता रहेको हो । सहभागी विद्यालय मध्य ज्ञानोदय माध्यामिक विद्यालय चन्द्रकोट ८ मजुवाकी छात्रा समीक्षा सापकोटा प्रथम, ग्वाघा माध्यामिक बिद्यालय चन्द्रकोट ५ ग्वाघाका छात्र सुगम कार्की द्वित्तिय तथा शारदा माध्यमिक विद्यालय चन्द्रकोट १ सराङ्गकी छात्रा अनिशा खत्री क्षेत्रीले तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।
    प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने प्रतिस्पर्धी हरुलाई क्रमशः २५००,२००० र १५०० नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो । विद्यालयका प्रधानध्यापक हरी प्रसाद न्यौपानेको शुभकामना मन्तब्य साथै प्रमुख अतिथि र अन्य विशिष्ट अतिथिको शुभकामना मन्तब्यको साथमा विभिन्न साँस्कृतिक गीत तथा नृत्यहरू रहेको कार्यक्रमको सञ्चालन नेपाल जूनियर तथा युवा रेडक्रस सर्कल उदय माध्यमिक विद्यालयका शिक्षक नायक श्यामलाल गौतमले गर्नुभएको हो ।

  • पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

    पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

    पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते
    मनोज कार्की
    भदौ १६ गुल्मी – पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका १२ गाईघाटमा बा१६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।सालझन्डीबाट गुल्मीको दिगाम आउदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको  प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

    दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ । ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित  लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ  ।

    स्कार्पियाे ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ । गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

  • अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

    अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

    अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक।

    माधव पौडेल ।
    भाद्र १६, अर्घाखाँची ।।

    अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज गीत बजारमा आए।माइतीको झल्कोले , बनाउँछु टिकटक अहिले मादलु बजेर बोलको गीत सार्वजनिक भएको छ।

    अभिनव चौहानको शब्द/संगीत सिर्जना भित्र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी र सुरेज श्रेष्ठले आवाज दिएका छन्।त्यसैगरी शुष्टी विश्वकर्मा,दिनेश पौडेल ,आरुषी मगर, र प्रकाश सोनीको डान्स तथा अभिनय देख्न सकिन्छ।यम थापाको एरेन्ज सन्तोष तिमिल्सिनाको छायांकन, कल्पेश विश्वकर्माको सम्पादन रहेको यस गीतमा एमोन रानाले निर्देशन गरेका छन् ।

    गीत यसै शुक्रबार साँझ राजेश भण्डारी युटुब च्यानलबाट सार्वजनिक भएको छ।गीत हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला

  • अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

    अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

    अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक।माधव पौडेल
    भाद्र १६, अर्घाखाँची ।

    अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज गीत बजारमा आए।माइतीको झल्कोले , बनाउँछु टिकटक अहिले मादलु बजेर बोलको गीत सार्वजनिक भएको छ।

    अभिनव चौहानको शब्द/संगीत सिर्जना भित्र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी र सुरेज श्रेष्ठले आवाज दिएका छन्।त्यसैगरी शुष्टी विश्वकर्मा,दिनेश पौडेल ,आरुषी मगर, र प्रकाश सोनीको डान्स तथा अभिनय देख्न सकिन्छ।यम थापाको एरेन्ज सन्तोष तिमिल्सिनाको छायांकन, कल्पेश विश्वकर्माको सम्पादन रहेको यस गीतमा एमोन रानाले निर्देशन गरेका छन् ।

    गीत यसै शुक्रबार साँझ राजेश भण्डारी युटुब च्यानलबाट सार्वजनिक भएको छ।गीत हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला

  • दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना

    दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना

     

    दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना ।
    भदौ १६
    दिवङ्गत सन्देश पन्थको सम्झनामा श्रृङ्गा जनता माध्यमिक बिद्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीमा अक्षयकोष स्थापना तथा कक्षा ५ का विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    छत्रकोट गाउँपालिका वडा नं ३ काभ्रे घर भई श्रृङ्गा जनता माविमा कक्षा ५ मा अध्ययनरत सन्देश पन्थको गत साउन ३ गते ब्लड क्यान्सरको कारण कान्ती बाल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनै सन्देश पन्थको सम्झनामा श्रृङ्गा जनता मावि छत्रकोट ४ श्रृङ्गा गुल्मीमा सन्देश पन्थको परिबारको तर्फबाट एकलाख एक हजार बराबरको ु सन्देश पन्थ स्मृति अक्षय कोष ु स्थापनाको घोषणा दाजु कृष्ण प्रसाद पन्थले गर्नुभयो । अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट कसलाई छात्रवृत्ति दिने भन्ने पछि विद्यालय र परिवारको सल्लाहमा तय गरिने छ । सोही अवसरमा कक्षा ५ का विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा दक्षिणा वितरण गरिएको छ । कार्यक्रममा सन्देश पन्थको बुबा शङ्कर प्रसाद पन्थ , दाजु कृष्ण पन्थ , दिदी सन्ध्या पन्थ , विद्यालयका प्र अ विकासचन्द्र खरेल , विव्यस सदस्यहरु , शिक्षकहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • शारदा माध्यमिक विद्यालय सराङ्गमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न

    शारदा माध्यमिक विद्यालय सराङ्गमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न

    श्रीराम गौतम
    भदौ १६
    चन्द्रकोट गाउँपालिकाकै शैक्षिक धरोहरका रुपमा रहेको श्री शारदा माध्यमिक विद्यालयले सञ्चालन गरेको फिडर विद्यालय स्तरिय १-५ (आधारभूत तह) हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा चन्द्रकोट गाउकार्यपालिका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष घनश्याम खरेल रहनुभएको हो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लाल बहादुर रानाले स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका निवर्तमान प्रधानध्यापक राम प्रसाद शर्मा अर्याल तथा प्रमुख अतिथि खरेलले कार्यक्रम सफल रुपमा सञ्चालन भएको भन्दै आगामी दिनमा यस्ता खाले कार्यक्रम सञ्चालन गर्नका लागि सुझाव तथा हौसला प्रदान गर्नुभएको हो । यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सुवेदीले आफुले विद्यालयको जिम्मेवारी लिएपछिको पहिलो भव्य कार्यक्रम भएको र यसमा फिडर विद्यालयहरुको उल्लासमय उपस्थिती रहेकोमा हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनमा सञ्चालन हुने कार्यक्रममा पनि त्यस्तै सहभागिताको आशा रहेको बताउनुभएको छ । शारदा माध्यमिक विद्यालयका सात ओटै विद्यालयको सहभागिता रहेको कार्यक्रममा आयोजक विद्यालय शारदा माध्यमिक विद्यालय चन्द्रकाेट-१, प्रथम, जनज्योति आधारभुत विद्यालय चन्द्रकाेट-२, विशुखर्क, भन्ज्याङ्ग द्वितीय, बालज्योति आधारभूत विद्यालय चन्द्रकाेट-४, शान्तिपुर, रेमी, तृतीय तथा शारदा माध्यमिक विद्यालय चन्द्रकाेट-१, दिब्रुङ्ग, अर्जेवा सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रममा विभिन्न स्थान हासिल गर्न सफल विद्यालयलाई नगद र प्रमाणपत्र तथा सहभागीलाई प्रमाणपत्रले सम्मान गरिएको छ ।

    विद्यालयका सम्पूर्ण विद्यार्थी तथा विद्यालयका शुभचिन्तक हरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन विद्यालयकि शिक्षिका दुर्गा सापकोटाले गर्नुभएको हो ।

  • शारदा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुवेदी नियुक्त

    शारदा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुवेदी नियुक्त

    श्रीराम गौतम भदौ  १४

    शारदा माध्यामिक विद्यालय चन्द्रकोट-१, दिब्रुङ सराङ्ग को प्रधानाध्यापक जस्तो गरिमामय पदमा चन्द्रकोट क्षेत्रकै उज्ज्वल नक्षत्र विष्णु प्रसाद सुवेदी नियुक्त हुनुभएको छ । आज अभिभावक सहितको एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयको प्रधानाध्यापक को रुपमा नियुक्त गरिएको हो । कार्यक्रममा बोल्दै १८ वर्षदेखि उक्त विद्यालयको प्रधानध्यापक पद सम्हाल्दै आउनु भएका राम प्रसाद शर्मा अर्यालले विद्यालयले नया नेतृत्व पाउनुपर्ने भएकोले आफूले स्वैच्छिक रुपमा पदबाट राजीनामा दिएको र आफू प्रधानाध्यापकको पदमा नरहेता पनि शिक्षकको रुपमा कार्यरत रही विद्यालयको शैक्षिक लगायत चौतर्फी विकासमा कटिबद्ध भएर लाग्ने बताउनु भएको छ ।

    यस्तै कार्यक्रममा बोल्दै नवनियुक्त प्रधानध्यापक सुवेदीले विद्यालयको उज्ज्वल भविष्यको लागि दिनरात खटने बाचा गर्दै सम्पूर्ण शिक्षक विद्यार्थी र अभिभावक तथा समितिलाई आफ्ना गल्तीमा सही मार्गनिर्देश गर्दै सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।

  • शारदा माध्यमिक बिद्यालयमा  सुवेदी बने प्रधानाध्यापक

    शारदा माध्यमिक बिद्यालयमा सुवेदी बने प्रधानाध्यापक

    श्रीराम गौतम  भदौ   १४

    शारदा माध्यामिक विद्यालय चन्द्रकोट-१, दिब्रुङ सराङ्ग को प्रधानाध्यापक जस्तो गरिमामय पदमा चन्द्रकोट क्षेत्रकै उज्ज्वल नक्षत्र विष्णु प्रसाद सुवेदी नियुक्त हुनुभएको छ । आज अभिभावक सहितको एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयको प्रधानाध्यापक को रुपमा नियुक्त गरिएको हो ।

    कार्यक्रममा बोल्दै १८ वर्षदेखि उक्त विद्यालयको प्रधानध्यापक पद सम्हाल्दै आउनु भएका राम प्रसाद शर्मा अर्यालले विद्यालयले नया नेतृत्व पाउनुपर्ने भएकोले आफूले स्वैच्छिक रुपमा पदबाट राजीनामा दिएको र आफू प्रधानाध्यापकको पदमा नरहेता पनि शिक्षकको रुपमा कार्यरत रही विद्यालयको शैक्षिक लगायत चौतर्फी विकासमा कटिबद्ध भएर लाग्ने बताउनु भएको छ । यस्तै कार्यक्रममा बोल्दै नवनियुक्त प्रधानध्यापक सुवेदीले विद्यालयको उज्ज्वल भविष्यको लागि दिनरात खटने बाचा गर्दै सम्पूर्ण शिक्षक विद्यार्थी र अभिभावक तथा समितिलाई आफ्ना गल्तीमा सही मार्गनिर्देश गर्दै सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।