पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते
मनोज कार्की
भदौ १६ गुल्मी – पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका १२ गाईघाटमा बा१६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।सालझन्डीबाट गुल्मीको दिगाम आउदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।
दुर्घटनामा ६ जना घाइते भएका छन् भने २ जनाको अवस्था मध्यम रहेको छ । ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दुर्घटनामा परेर घाइते भएका सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।
स्कार्पियाे ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको छ । गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।



