Category: समाचार

  • चन्द्रकोट गाउँपालिकाको   बजेट सर्सम्बत  रुपमा पारित

    चन्द्रकोट गाउँपालिकाको बजेट सर्सम्बत रुपमा पारित

    चन्द्रकोट गाउँपालिका   असार  १०

    चन्द्रकोट गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोश्रो बैठक आज सम्पन्न भएको छ। आजको बैठकमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को लागि तय भएको आर्थिक विधेयक २०८०,विनियोजन विधेयक २०८० एवम् आ.व. २०७८/०७९ को यथार्थ, चालू आ.व.को संशोधित अनुमान तथा आगामी आर्थिक बर्षको अनुमानित व्यय सहितक‍ो बार्षिक बजेट तथा कार्यक्रम सर्वसहमत पारित भएको छ।

    आजको बैठकमा विभिन्न विषयगत समितिका संयोजकहरुको तर्फबाट पहिलो बैठकमा पेश गरिएको गाउँपालिकाको लागि आवश्यक पूर्वाधार विकास विधेयक २०८० सुशासन समिति गठन तथा संचालन विधेयक २०८० तथा विधायन समिति गठन तथा संचालन विधेयक २०८० लाई विधायन समितिबाट प्राप्त दफावार सुझाव पेश गरिएको थियो भने सभा समक्ष पेश भएका उल्लेखित विधेयकहरू संशोधन सहित सर्वसहमत पारित गरिएको छ । सभाको आजको बैठकमा उपाध्यक्ष भण्डारीले आगामी आ.व.को लागि
    कुल: ५१ करोड ३० लाख ९७ हजार ४५
    चालू तर्फ: ३४ करोड ४९ लाख ५५ हजार १ सय ४३ (६७.२३ प्रतिशत)
    पुँजीगत तर्फ: १६ करोड ८१ लाख ४१ हजार ९ सय १ (३२.७७ प्रतिशत)
    वजेट सभामा पेश गर्नुभएको थियो। दोश्रो बैठक संगै चन्द्रकोट गाउँपालिका गुल्मीको गाउँसभाको १३ औ अधिवेशन सकिएको छ।

  • सत्यवती   गाउँपालिका गुल्मीको बजेट सर्वसहमतीमा पारित,सबै भन्दा धेरै रकम प्रशासकिय भवनलाई ,वडालाई गत बर्षको तुलनामा आधा बिनियोजन

    सत्यवती गाउँपालिका गुल्मीको बजेट सर्वसहमतीमा पारित,सबै भन्दा धेरै रकम प्रशासकिय भवनलाई ,वडालाई गत बर्षको तुलनामा आधा बिनियोजन

    चुरामणि  तिमिल्सिना असार १०गुल्मी

    सत्यवती गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८० /०८१ को लागि ५५ करोड ४ लाख ९३ हजार ५ सय ३३ रुपियाँको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष निरमाया तरामुले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष करका सबै शीर्षक हरुमा वृद्धि गरिएको छ । उपाध्यक्ष तरामुले आर्थिक विधेयक प्रस्तुत पछी सभामा छलफल गर्दै सभासदहरुले आर्थिक विधेयक माथी जिज्ञासा राख्नु भएको थियो । करको दायरा वृद्धि भएको अन्य ठाउँबाट बाट बसाईसराइ गरेर सत्यवती आउने लाई कर लिन नहुने उद्योग तथा ब्यवसायी लाई करमा वृद्धि गर्न नहुने साना पसल तथा केही गरेर जिबिका चलाउछु भन्ने लाई कर हैन पालिकाले प्रोत्साहन गर्नुपर्ने, हरेक कार्यक्रम लाई सुचना मुखी बनाउनु पर्ने, जस्ता विषयमा कार्यक्रम केन्द्रीत रहेको थियोे । यता पालिकाका अध्यक्ष टिकाराम पाण्डेले शिक्षा,स्वास्थ्य, खानेपानी, रोजगार युवालाई तालिम र उत्पादनशिल क्षेत्रमा लगाउन आफ्नो योजना पनि रहेकोले यसलाई आलोचना हैन सहयोगको भावना पैदा गरी आफ्नो टिम लाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

  • गाउँपालिकाले  गर्यो  उत्कृष्ट बिद्यालय , शिक्षक  र बिद्यार्थी लाई   संमान

    गाउँपालिकाले गर्यो उत्कृष्ट बिद्यालय , शिक्षक र बिद्यार्थी लाई संमान

    असार-१०,२०८०
    प्युठान।
    प्युठानको माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित उत्कृष्ट विद्यालय ,शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।गाउँपालिकाको १४अौँ वजेट अधिवेशन बाट नमुना विद्यालय,उत्कृष्ट विद्यालय व्यवस्थापन समिति,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षकहरुलाई सम्मान गरिएको हो।जस अन्तर्गत भवानीश्वरी आधारभुत विद्यालय जस्पुर गाउँपालिकाकै नमुना विद्यालयका रुपमा सम्मानित भएको छ।यस्तै उत्कृष्ट प्रधानाध्यापक को रुपमा गणेश माध्यमिक विद्यालय तिरामका प्रधानाध्यापक वलराम पुन र उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अन्तर्गत रामेश्वरी प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर पुन सम्मानित हुनु भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिनु भयो।साथै २०७९ को आधाभुत तह कक्षा-८मा विभिन्न विषयगत रुपमा उत्कृष्ठ नतिजा हासिल गर्ने शिक्षकहरुलाइ समेत सम्मान गरिएको छ।जस अनुसार नेपाली विषय अन्तर्गत नेपाल राष्ट्रिय आधारभुत विद्यालय थक्लेनीका शिक्षक तारा केसी,अङ्ग्रेजी विषय अन्तर्गत सुन्नानी माध्यमिक विद्यालय मर्काबाङ्का शिक्षक खड्क केसी र गणित विषय अन्तर्गत नेपाल रास्ट्रिय आधारभुत विद्यालय जुजेनेटाका शिक्षक विष्णु के.एम सम्मानित हुनु भएको छ।यस्तै सामाजिक विषय अन्तर्गत गणेश माध्यमिक विद्यालय तिराममा कार्यरत शिक्षक जिवनमाया के.एम र विज्ञान विषय अन्तर्गत भवानीश्वरी आधारभुत विद्यालय जस्पुरका निवर्तमान शिक्षक दिपक जिसी सम्मानित हुनु भएको छ।
    साथै २०७९ को आधारभुत तह कक्षा-८मा उत्कृष्ट नतिजा ल्याउने माण्डवी माध्यमिक विद्यालय नयागाउँकी छात्रा मन्जिला कार्की पनि सम्मानित भएकी छन्।सम्मानित सवैलाई गाउँपालिकाले प्रमाणपत्र ,खादा र उचित पुरस्कार सहित सम्मान गरेको हो।गाउँपालिकाले प्रत्येक गाउँसभा मार्फत उत्कृष्ट विद्यालय,शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ।

  • उपाध्यक्ष तरामु आगामी वर्ष  देखि सुत्केरी निवास  कोशली सहित  पुग्ने

    उपाध्यक्ष तरामु आगामी वर्ष देखि सुत्केरी निवास कोशली सहित पुग्ने

    चुरामणि तिमिल्सिना  असार १०

    सत्यवती गाउँपालिका गुल्मीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुर्ण संस्थागत सुत्केरी गराउन र मातृमृत्यु घटाउन कोशेली सहित गर्भवती सङ्ग उपाध्यक्ष भेट कार्यक्रम लाई अगाडी बढाइने नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो । गाउँका कुना कुनामा रहेका दिदी बैनिहरुमा सचेतना जगाउदै नयाँ स्वास्थ्य सन्देश जगाउदै यो कार्यक्रम प्रभावकारी रुपमा सन्चालन हुने बताउनु भयो । अति बिपन्न घरका सुत्केरी हुन नसकेका आमा दिदीबैनिहरु लाई पनि पालिकाले उपाध्यक्ष कार्यक्रम मार्फत सहयोग गर्ने नीतिमा उल्लेख गरिएको छ । यस्तै अति बिपन्न नागरिकको लागि औषधी उपचारमा सहयोग गर्न स्वास्थ्य राहत कोश मार्फत राहत रकम बितरण गरिने अध्यक्ष पाण्डे ले कार्यक्रममा प्रस्तुत गर्नुभयो ।

  • पर्यटनमा टेवा दिन कालीगण्डकीमा एकलाख  शालिग्राको शिवलिङ्ग तयार गर्ने

    पर्यटनमा टेवा दिन कालीगण्डकीमा एकलाख शालिग्राको शिवलिङ्ग तयार गर्ने

    चुरामणि  तिमिल्सिना असार   १०

    सत्यवती गाउँ पालिकाले सत्यवती गाउँपालिकाको अभियान कु काठ बिस्थापित गरौ भन्ने नाराका साथ बहुमूल्य जटिबुटी रोपण गरौ भन्ने अभियान लाई सफल पार्नको लागि हावापानी तथा तापक्रम अनुसार प्रत्येक घर परिवार लाई अगुरबुड , श्रीखण्ड टिमुर , ह्लुवा बेद दाते ओखर जस्ता बिरुवाहरु लगाइने सडक लाई हरियाली बनाउन सडकका छेउछामा विभिन्न विभिन्न बृक्ष रोपण गर्ने जटि बुटिको संरक्षण कार्यक्रम गर्ने बन जगङलाई संरक्षणको लागि विभिन्न अभियान सन्चालन गरिने , गाई लाई संरक्षण गरिने , यस्तै धार्मिक क्षेत्रको बिकास पर्यटन प्रबन्धमा टेवा पुर्याउनको लागि कोडुले घर , पनि संरक्षण गरिने नीति कार्यक्रममा उल्लेख्य गरिएको छ । यस्तै नीती कार्यक्रममा घरेलु हिम्सा लाई निरुसाहित गराउन को लागि विभिन्न चेतना मुलक कार्यक्रम सन्चालन गरिने , गरिबीको पहिचान गराइ परिचय पत्र प्रदान गरिने यस्तै कृषक लाई पनि आवस्यकता अनुसार कृषि परिचय पत्र प्रदान गरिने कार्यक्रममा उल्लेख्य गरिएको छ ।

    सभामा कर् लाई वृद्धि गर्ने कर दाता लाई कर शिक्षा प्रदान गर्ने नियामीत बजार अनुगमन गर्ने , सहुलियत मुल्यमा बैंक सित सहकार्य गरेर कृषक लाई कर्जा उपलब्ध गराइने नीति ल्याइएको सभाका अध्यक्ष पाण्डे ले जानकारी गराउनु भयो। पर्यटक लाई सेवा दिनको लागी कालीगण्डकीको साघुरेमा ड्याम बनाइ साघुरे देखि ठुला बगर सम्म ताल निर्माण गरी १ लाख शालिग्राम सहितको शिव लिङ्ग तयारी गरी पबित्र कालीगण्डकीको जलाधारमा स्नान कार्यक्रम मिलाइने नीति कार्यक्रममा ल्याइयको छ र प्रभाव कारी रुपमा पनि संचालन गरिने अध्यक्ष पाण्डेले जान्कारी गराउनु भयो।

  • सत्यवती गाउँपालिकाले फल फुल  बाट बन्ने  मदिरा लाई  ब्रान्ड गरेर  बजारीकरण गर्ने

    सत्यवती गाउँपालिकाले फल फुल बाट बन्ने मदिरा लाई ब्रान्ड गरेर बजारीकरण गर्ने

    चुरामणि तिमिल्सिना असार   १०

    सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँ सभाको अधिबेशन सङै बजेट कार्यक्रम सन्चालन भएको छ ।पालिकाका अध्यक्ष टिकाराम पाण्डेले कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।अध्यक्ष पाण्डे ले एक आर्थिक बर्ष भित्र पालिकाले गरेका महत्त्वपूर्ण उपल्धीहरु सभामा प्रस्तुत गर्नु भएको हो कृषि सिक्षा स्वास्थ चिया बगानको सुरुवात, खानेपानी , खेल कुद , धार्मिक पर्यटन दूध प्रधनात्मक कार्यक्रम धार्मिक पर्यटनका पुर्वधार निर्माण सुकुम्बासी बस्ती अगाडी बढाइयको हो।
    गाउँटोल बस्ती लागि संरक्षण गर्न को लागि तटबधनपनि अगाडी बढिरहेको अध्यक्षको प्रतिबेदन्मा प्रस्तुत गर्नु भएको छ कृषिबाली लाई ब्यबसाय लाइ सन्चालन गर्न्को लागि चक्लाबन्दी कार्यक्रम , बिग्रेका हाते ट्याक्टर को सबैको मर्मत पनि गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
    पालिकाले यश बर्ष वडा न ३ को ठुलो लुम्पेकमा लगाइयको चिया खेती लाई थप बिस्तार गर्ने टिमुर खेतिको पकेट क्षेत्र बिकास गरि आय आर्जन श्रोतको बिकास गरिने, कृतम गर्भा धारण कार्यक्रम लाई प्राथमिकता दिने , बादर ब्यबस्थापन अल्पकालीन दीर्घकालीन संगै बैकल्पिक खेतिको बिकास गरिने नीति ल्याइयको छ । पालिकाले एक गाउँ एक प्राबिधिक लाई निरन्तरता दिइने कृषि एमुलेन्स सन्चालन गरिने , कफि मह अलैची , सिस्नो , अदुवा बेसार फलफुल बालिहरुको उत्पादन गरि संरक्षण गरिने , यस्तै पालिकाले यश बर्ष देखि प्रत्येक वडामा एउटा कृषि जन्य उधोगीलाई अगाडी बढाइने कार्यक्रम ल्याइयको हो ।
    यस्तै हरेक कुना कुनाका धार्मिक स्थलहरु लाई प्रचारप्रसार गरिने, पदमागर्को सर्किट बनाइने होम इस्टे लाई प्राथमिकता प्रदान गर्ने कार्यक्रम तय भएको अध्यक्षले सभामा प्रस्तुत गर्नु भएको छ । पालिकाले सडक लागि हरियाली बनाउने , बेरोजगारी युवा लाई तालिम , उधमि लाई स्तर उन्नति गरिने, रोज गार बैंक सन्चालन गरिने , एकल महिला स्वरोजगार कार्यक्रम समेत सन्चालन गरिने अध्यक्ष पाण्डेले बताउनु भयो।

    यस्तै शिक्षकहरुको लागि विभिन्न तालिम , बिधालयमा पटक पटक अनुगमन गरिने , उत्कृष्ट बिध्यालय , बिद्यार्थी सम्मान गरिने , बिद्यार्थी टिकाइ राख्न को लागि विभिन्न सचेतना कार्यक्रम सन्चालन गर्ने , एक बिध्यालय एक करेसा बारि कार्यक्रम सन्चालन गरिने प्रत्यक वडामा खेल कुदको बिकास गरि , लुकेका प्रतिभा लाई उजागार गरिने , प्राबिधिक बिध्यालय लाई अगाडी बढाइने पालिकाका सम्पुर्ण बिद्यार्थीहरुको लागि निशुल्क आँखा जाछ गरिने उल्लेख गरिएको छ । यस्तै खुर्पानी कोदो चौतारी कालिका फल , आँप कटहर किवि लगायत बाट उत्पादित मदिर लाई सत्यवतीको ब्रान्ड बनाइ बजार सम्म पुर्याउन पहल गर्ने योजमा रहेको अध्यक्ष पाण्डेले सभामा प्रस्तुत गर्नु भएको हो ।

  • गुल्मी सत्यती गाउँपालिकामा  १३ औं  गाउँ सभा सुरु

    गुल्मी सत्यती गाउँपालिकामा १३ औं गाउँ सभा सुरु

    चुरामणि  तिमिल्सिना  १०

    असार   सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँ सभाको अधिबेशन सङै बजेट कार्यक्रम सन्चालन भएको छ ।पालिकाका अध्यक्ष टिकाराम पाण्डेले कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।अध्यक्ष पाण्डे ले एक आर्थिक बर्ष भित्र पालिकाले गरेका महत्त्वपूर्ण उपल्धीहरु सभामा प्रस्तुत गर्नु भएको हो कृषि सिक्षा स्वास्थ चिया बगानको सुरुवात, खानेपानी , खेल कुद , धार्मिक पर्यटन दूध प्रधनात्मक कार्यक्रम धार्मिक पर्यटनका पुर्वधार निर्माण सुकुम्बासी बस्ती अगाडी बढाइयको हो।
    गाउँटोल बस्ती लागि संरक्षण गर्न को लागि तटबन्धन पनि अगाडी बढिरहेको अध्यक्षले प्रतिबेदन्मा प्रस्तुत गर्नु भएको छ।  कृषिबाली लाई ब्यबसाय लाइ सन्चालन गर्न्को लागि चक्लाबन्दी कार्यक्रम , बिग्रेका हाते ट्याक्टर को सबैको मर्मत पनि गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

  • जन्मदिनको सुभकामना

    जन्मदिनको सुभकामना

    सामाजिक सेवा भनेपछी मनदेखि नै लाग्ने कसैको दुख लाई सहन नसक्ने , सबैका सामाजिक कार्यक्रम देखि धार्मिक कार्यक्रममा पुग्दा निकै आनन्दको अनुभूति लिने गुल्मी रुरु १ मा बस्दै आउनु भएका ठाकुर प्रसाद श्रेष्ठ ज्युको जन्मदिनमा बिहानै रुरु धार्मिक सेवा सन्चारको टेलिफोन सम्पर्क गरी जन्मदिनमा गरिने खर्च धार्मिक संस्थालाई रु. २५०० उपलब्ध गराउने बताउनुभयो। गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ५ खर्ज्याङ हाल रुरु १ मै लामो समय देखि बसोबास गर्दै आउनु भएका श्रेष्ठ हरेक कार्यक्रममा तन, मन र धनले सहयोग गर्दै समाजमा परिचित रहदै आउनु भएको छ ।
    समाजमा हिजो आज जन्मदिन मनाउने तरिका फेरिदै गएको देख्दा आफू लाई पनि अब पाटि प्यालेस भन्दा धार्मिक अभियानमा जोडिदै अन्य लाई समेत प्रेरणा प्रदान गर्न आफु यसैगरी सहयोगको अभियानमा जोडिन मन जागेको बताउनु भयो । यता धार्मिक संस्थाका अध्यक्ष चुरामणि तिमिल्सिनाले उहाँलाई सम्पर्क गरेर जन्मदिनको अवसरमा सहयोग गरेको भन्दै शुभकामना प्रदान गर्नु भयो ।
    पछिल्लो समयमा जन्मदिन, शैक्षिक सफलता, वैवाहिक वर्षगाठ, शुभ बिवाह , व्रतबन्ध तथा पितृ यज्ञको अवसरमा धार्मिक संस्थालाई लाई सहयोग आएको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । यसैगरी आएको रकम लाई सन्चारले ईन्टरनेट सेवा, अतिथी सम्मान र केहि सन्चारको सामान खरिद गर्ने काम गरेको समाचारमा उल्लेख गरिएको छ । वृद्ध वृद्धा भोजन, फलफुल बितरण , स्वास्थ्य शिविर, लता कपडा बितरण जस्ता कार्यक्रमरु पनि यश सन्चार प्रा. लि. ले दाताको सहयोग बाट गर्दै आएको छ ।

  • धुर्कोटमा  नीति कार्यक्रम  सर्व सम्बत रुपमा पारित

    धुर्कोटमा नीति कार्यक्रम सर्व सम्बत रुपमा पारित

    सुशील  खनाल  असार  ८  गुल्मी

    धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक निति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ। शुक्रबार गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १३ ‍औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक बर्षको बार्षिक निति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको हो। असार ६ गते गाउँ सभाका सभाध्यक्ष भुपाल पोखरेलले सभामा पेश गर्नुभएको निति तथा कार्यक्रम माथी छलफल गरी पारित गरिएको हो।
    साथै सभामा धुर्कोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र धुर्कोट गाउँपालिकाको प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० समेत सर्व सहमतीले पारित भएको छ।
    आउदो असार १० गते गाउँ सभाको १३ औँ अधिवेशनको चौथो बैठकमा धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ।

  • रुरु क्षेत्र  गाउँपालिकामा नीति कार्यक्रम प्रस्तुत  कार्यक्रम देख्दा  सबै लाई  चित्त बुझ्दो

    रुरु क्षेत्र गाउँपालिकामा नीति कार्यक्रम प्रस्तुत कार्यक्रम देख्दा सबै लाई चित्त बुझ्दो

    चुरामणि तिमिल्सिना  असार  ८

    रुरु क्षेत्र गाउँपालिका बलेटक्सार को गुल्मीमा १४ औं गाउँ सभा सुरु भएको छ । आर्थिक वर्ष २०८० / 0८१ को नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सभामा प्रस्तुत गर्नु भएको थियो।रुरु क्षेत्र गाउँपालिका कृषि उत्पादन ,शिक्षा ,र धार्मिक पर्यटकीय दृस्ठिकोण अगाडी रहेकोले पालिका लाई सुन्दर गाउँपालिका पहिचान गर्ने योजना अगाडी सारिएको छ।

    ।पालिका देखि वडा सम्मका सबै कार्यालयका कामहरुलाई सेवा प्रवाहमा चुस्त दुरुस्त राख्ने , सडक पहुचलाई निरन्तर दिने,युवा रोजगार लाई प्राथमिकतामा राखिने नीति कार्यक्रममा पेस गरिएको छ ।
    कार्यक्रम सम्पादन हुँदै गर्दा पालिका लाई चुनौती समेत रहेको अध्यक्षले कार्यक्रममा प्रस्तुत गर्नु भएको छ । रोजगार उन्मुख सीपमुलक शिक्षाको बिकास , कृषक सामु सुचनाको अभाव , अव्यवस्थित बसोबास , निर्माण सम्पन्न भएको योजना र पुर्वाधार लाई संरक्षणमा चुनौती रहेको उल्लेख गरिएको छ ।


    पालीकाले कृषक लाई अनुदान ,बाली संरक्षण , कार्यक्रम नर्सरी, कर शिक्षा कार्यक्रम, सहकारी कार्यक्रम सङै सहकारी लाई मुल्यांकन गरी पुरस्कृत , बृहत् स्वास्थ शिविर , विभिन्न समयमा आयुर्बेद कार्यक्रम सन्चालन घर घरमा निशुल्क स्वास्थ प्रशिक्षण सङ्गै औषधी वितरण , रुरु धाममा कृषि मेला ,प्रभावकारी समेत भएको उल्लेख गरिएको छ। नीति कार्यक्रममा बिद्युत लाइ ब्यबस्थापन गर्न काठे पुल लाई बिस्थापित गरि स्टिलका पोल राख्ने ,साझेदारी कार्यक्रममाबिधुतीय चुलो बितरण गर्ने ,मुख्य सडक खण्डमा सडकबत्ती सन्चालन गरिने, यस्तै बिध्यालय लाई समायोजनका कार्यक्रम लाई निरन्तरता प्रदान गर्न शिक्षकहरु लाई विभिन्न तालिम प्रदान गर्ने , स्थानीय पाठ्यक्रम लागू गर्ने , आधारभुत तथा माध्यमिक तहका छात्राहरु लाई निशुल्क प्याड उपलब्ध गराउने , हरेक शैक्षिक सस्थाहरुमा प्रबिधि मैत्री कक्षाहरु सन्चालन गरिने, बिद्यार्थी लाई विभिन्न चेतना मुलक कार्यक्रम पनि सन्चालन गरिने कार्यक्रम समाबेश गरिएको छ ।

    पालिकाले यश बर्ष बुहारी शिक्षा कार्यक्रम पनि सन्चालन गर्ने छ । स्वास्थ क्षेत्रमा काम सम्पदान गर्न सबै सेवालाई प्रभाव कारी रुपमा अगाडी लैजाने निति अगाडी सारीएको छ। पालिकाले योग शिविर स्वास्थ शिविर महिला सिविर बिमा कार्यक्रम लाई पनि महत्वका साथ अगाडी बढाइने योजना रहेको अध्यक्ष ज्ञवालीले बताउनु भयो। यस्तै बातावरण लाई हराभरा बनाउन र धार्मिक क्षेत्र भएकाले पोखरी खन्ने तथा पिपलको बृक्ष रोपण गरेर आउने पर्यटक लाई रुरुधाम देख्न लायक बनाउने योजना पनि अगाडी सारीएको छ।