रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई दशा बनेको छ । हुनेखानेलाई बडादशैँ सामान्य लाग्न सक्छ । तर हुँदा खानेहरुको परिवारलाई लागि दशैँ दशा बनेको छ । त्यसको उदारण हुन् रुरुक्षेत्र गाउँपालिका बलेटक्सारका ४ जना स्थानीय । “दशै आइसक्यो तर उनहरुको घरमा दशैँमा खानको लागि चामल, तेल छैन्” । तर उनीहरुको दशैँ पर्व मनाउनको लागि जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलले खाद्यान्न एक कार्यक्रमका बिच सहयोग गरेको हो ।
सामाजिक भावनाले सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले आफ्नो जन्मदिनको अवसरमा अतिरिक्त खर्च कटौती गरी, खडा गरेको birthday Fund बाट स्कुलको सेरोफेरोमा रहेका ४ जना विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलका प्रिन्सीपल योजन खत्रीले जानकारी दिए ।
विपन्न परिवारहरुलाई चामल २ बोरा प्रति परिवार, दाल ५ किलोग्राम, चिनी २ किलोग्राम, नुन ४ किलोग्राम, चियापत्ति १ प्याकेट, चाउचाउ १ प्याकेट, खानेतेल २ लिटर सहयोग गरिएको प्रिन्सीपल खत्रीले बताए ।
रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई आर्थिक तथा खाद्यान्न सहयोग समय समयमा गर्दै आएको छ । त्यहाँका स्थानीयहरुले पनि स्कुलको प्रशंसा गरिरहेका छन् ।


















साथै गाउँपालिकामा संविधानका विषयमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो।गाउँपालिकाका नि.प्रमुख प्रसाशकीय अधिकृत सन्तोष जि.सीले दिवसका अवसरमा सवैमा शुभकामना व्यक्त गर्दै संविधान सवैको साझा क्षेत्राधिकार भित्र पर्नु पर्नेमा जोड दिनु भयो।नेपालको संविधान २०७२ सवै वर्ग र क्षेत्रको पहुँच योग्य तथा सर्वोकृष्ठ संविधान हुनु पर्ने उहाँको भनाई थियो ।भोली संविधान दिवसको मुख्य दिन र सार्वजनिक विदा समेत रहेकाले देशैभरका सरकारी कार्यालयहरुले विविध कार्यक्रको आयोजना गरी संविधान दिवस मनाएका छन् ।