चुरामणि तिमिल्सिना ।
गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ ।
३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो
रुरु क्षेत्र गाउँ पालिकाको मुख्य आयोजना तथा विभिन्न संघ सस्थाको सहयोग बाट कार्यक्रम आयोजना गरिएको र विभिन्न ठाउँबाट सेवा लिएर बिरामी गन्तव्य तर्फ फर्किदा आफूलाई खुसी लागेको पालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।
शिविरबाट पाल्पा, स्याङ्जा,गुल्मी र अर्घाखाँचीका बिरामीहरुले सेवा लिएकोले यस्ता विभिन्न प्रकारका सेवा मुलक कार्यक्रम सन्चालन गर्न सबैलाई प्रेरणा मिलेको र बिरामीको चाप देख्दा बर्ष भरिमा कम्तिमा पनि ३ पटक सम्म संचालन गर्न सकेमा दीर्घ रोगी लाई प्रत्यक्ष फाइदा पुग्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले जानकारी दिनुभयो।
यहाँ बढी मात्रामा मुटु रोग,आँखा रोगी,पेट ग्यास्टिक,उच्च रक्तचाप,सुगर लगायतका बिरामीहरुले सेवा लिएको रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बि.क.ले जानकारी दिनुभयो।
दोस्रो दिनको कार्यक्रममा वरिष्ठ मुटु बिसेसज्ञ डा प्रकाशलाल रेग्मीले मुटुका विषयमा लामो समय सम्म शिविर स्थानमा नै अन्तर्कृया कार्यक्रम समेत गर्नु भयो ।अन्तर्कृया कार्यक्रममा सहभागीले फरक फरक शैलिका जिज्ञासा राखेका थिए ।
जिज्ञासा मेटाउदै लामो समय सम्म बाच्ने उपाय ,मुटु बिग्रने तत्वहरु विभिन्न नसाहरु, यस लाई न्यूनीकरण गर्ने उपायका विषयमा चर्चागर्नु भएको थियो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेल,गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पौडेल ,जनप्रतिनिधिहरु , सुरक्षा निकाय ,पत्रकार पालिकाका कर्मचारीहरु , स्वास्थ कर्मचारी स्थानिय संघसस्थाका प्रतिनिधीहरु क्लबका पदाधिकारीहरु सामाजिक अभियानताहरु लगायतको सहभागीता रहेको थियो।
शिविर आईतवार दिउसो १ बजे सम्म संचालन हुने छ ।