Category: समाचार

  • शारदा माध्यमिक बिद्यालयमा तीन दिने प्राथमिक उपचार तालिम सपन्न

    शारदा माध्यमिक बिद्यालयमा तीन दिने प्राथमिक उपचार तालिम सपन्न

    श्रीराम गौतम
    श्रावण ५ गुल्मी
    चन्द्रकोट गाउपालिका वडा.नं. १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको शारदा माध्यमिक बिद्यालयमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल को मुख्य आयोजना तथा बिद्यालयको संरक्षकत्वमा आयोजना गरिएको तीन दिने आधारभुत प्राथमिक उपचार तालिम समापन भएको छ

    । समापन सत्रमा रेडक्रस सर्कलका अध्यक्ष एलिष्मा बिश्वकर्माको अध्यक्षता, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गोपाल अर्यालको प्रमुख आतिथ्यता, सहायक प्रधानाध्यापक लाल बहादुर राना, सुचना अधिकारी तथा  शिक्षक बिष्णु प्रसाद सुबेदि यस्तै नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल शान्तिपुर उपशाखा प्रमुख मिठु कुमारी घिमिरे गौतम, बिद्यालयका ६ जना शिक्षक र २४ जना बिद्यार्थी सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षक बिद्यालयका सहायक प्रधानध्यापक लाल बहादुर राना, चन्द्रकोट गाउपालिका सर्कल संयोजक घिमिरे यस्तै बिद्यार्थीहरुबाट भावना थापा, कुशल सुनार र लक्ष्मण परियारले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको हो ।

    तीन दिने तालिममा रहेर सहभगिहरुले प्राथमिक उपचारका लागि आवश्यक पर्ने त्रिकोण पट्टि निर्माण, भाचिएको ठाउमा काम्रो बान्ने, मेरुदण्ड र टाउको भाचिएको अवस्थामा गरिने प्राथमिक उपचार, जलेको अवस्थामा गरिने प्राथमिक उपचार, तख्ता बोर्ड निर्माण, शरीरको विभिन्न अङ्गमा हुने चोटपटक, मर्काइ तथा पोलेको अवस्थामा गरिने विभिन्न तरिकाको प्राथमिक उपचार गर्ने तरिका सिकेको प्रशिक्षक आकस्मिक स्ट्रेचर निर्माण लगाएतका कुरामा प्रशिक्षार्थीहरु सक्षम भएको प्रशिक्षक रानाले बताउनुभएको छ । साथै तालिम पश्चात् तालिमको प्रमाण पत्र प्रयोगात्मक परीक्षा लिएर सक्षम भएका सम्पुर्ण बिद्यार्थीलाई बितरण गरिएको प्रशिक्षक रानाले बताउनुभएको छ । सोही कार्यक्रममा रहेर मिति २०८०/०२/०४ गते रेडक्रस सर्कल गुल्मी जिल्लाको ५० औं स्थापना दिवसमा आयोजित जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकि सोही बिद्यालयकि छात्रा रीतिका गौतमलाई पनि सम्मान गरिएको छ ।

     

    सम्पुर्ण बिद्यालय परिवारले भरपुर सहयोग गरेकोले गर्दा कार्यक्रम सहज रुपमा सपन्न भएको भन्दै रेडक्रस सर्कलकी अध्यक्ष एलिश्मा बिश्वकर्माले सबैलाइ धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा यस्ता खाले कार्यक्रम गर्न थप हौसला र प्रेरणा मिलेको बताउनुभएको छ ।

  • दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग बिद्यार्थीमा थप  हौसला

    दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग बिद्यार्थीमा थप हौसला

    दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग
    पुरुषोत्तम पाण्डेय
    साउन–४, बुटवल ।
    बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ ।
    विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्थात् निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीहरूलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो ।
    प्रविधिमैत्री परीक्षामा विद्यार्थीहरूलाई वस्तुगत र विषयगत गरी दुई प्रकारका प्रश्न सोधिएको थियो भने विद्यार्थीहरूलाई विद्यालयका चारओटा कम्प्युटर ल्याबमा राखेर परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा आफ्नो ल्याबटप हुने विद्यार्थीहरूले आफ्नै ल्याबटपबाट र अन्य विद्यार्थीहरूले विद्यालयले उपलब्ध गराएको कम्प्युटरबाट परीक्षा दिएका थिए । विद्यालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा सुपेरीवेक्षकसहित सिसी क्यामेराबाट समेत निगरानी गरेको थियो ।

     विद्यार्थीहरूलाई व्यवहारोपयोगी र वास्तविक प्रविधिमैत्री बनाउन पेपरलेस अर्थात् उत्तरपुस्तिकाबिना प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको बताउँदै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै अन्य विषयमा पनि यो परीक्षा प्रणाली लागु गर्दै जाने बताउनुभयो भने कम्तीमा प्रविधिसँग सम्बन्धित विषयको परीक्षा सबै शैक्षिक संस्थाहरूले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेमा विद्यार्थीहरूमा व्यावहारिक सिप र प्रविधिमैत्री कार्यकुशलता वृद्धि हुने कुरा बताउनुभयो ।


    सधैँ कापीका पानामा परीक्षा दिइरहेको अवस्थामा कम्प्युटरमै टाइप गरेर परीक्षा दिन पाउँदा नौलो अनुभूति गरेको र लेख्न पनि आफूलाई सहज भएको कुरा कक्षा ९ मा अध्ययनरत विद्यार्थी एरिजोना भुसालले बताइन् । परीक्षालाई प्रविधिमैत्री तरिकाले सञ्चालन गर्न पाउँदा नयाँ उत्साह थपिएको बताउँदै सुरुवातमा केही कठिन र व्यवस्थापनमा जटिलता देखिए पनि निरन्तरता दिइरहँदा यो प्रविधिमैत्री परीक्षा सजिलो, कम खर्चिलो र परिणाममुखी हुने कुरा विद्यालयका कम्प्युटर विषय प्रमुख एकराज गुरागाईंले बताउनुभयो ।
    परीक्षामा कक्षा ९ का १५० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

     

  • अर्घाखाँची का पत्रकार पौडेल द्वारा मृतक का घरपरिवार लाई सहयोग रकम हस्तन्तरण

    अर्घाखाँची का पत्रकार पौडेल द्वारा मृतक का घरपरिवार लाई सहयोग रकम हस्तन्तरण

    अर्घाखाँची का पत्रकार पौडेल द्वारा मृतक का घरपरिवार लाई सहयोग रकम हस्तन्तरण

    अन्जु विश्वकर्मा ,पाणिनी
    साउन ,५

    अर्घाखाँची जिल्ला को पाणिनी गाउँपालिका १ पणेना गोबनपनी स्थित गंगा राष्कोटी घर असार को १९ गते पहिरो ले भत्काएको थियो ।सो पहिरो ले पुरिएर एउटै घर मा सुतेका दुई भाइ का छोराछोरी १० वर्षीय धन ब राष्कोटी ,१२ वर्षीय खुम ब राष्कोटी र ११ वर्षीय मञ्जु राष्कोटी को घटना स्थल मै मृत्यु भएको थियो ।सो पश्चात मृतक को घरपरिवार को आर्थिक अवस्था बुझ्दा अत्यन्त कमजोर भएको र आर्थिक समस्या आइपरेको जानकारी पाएसँगै पत्रकार तथा सामाजिक अभियानता माधव पौडेल ले सामाजिक संजाल फेसबुक मार्फत सहयोग को लागि अपिल गरेका थिए ।सो पश्चात देश तथा विदेश मा रहनुभएका नेपाली हरुले आफूले सक्दो आर्थिक सहयोग गर्नुभएको थियो ।पाँच दिने सहयोग अभियान बाट उठेको रु १०४८५३(एक लाख चार हजार आठ सय त्रिपन्न मा १४७ रुपैया थप गरी १०५००० (एक लाख पाँच हजार ) मृतक बालबालिका हरु की हजुर आमा गंगा राष्कोटी को ग्लोबल आई एम मी मा रहेको बैंक खाता मा रकम डिपोजिट गरी पाणिनी १ पणेना का वाड अध्यक्ष कमल प्रसाद पोखरेल ,कार्यपालिका सदस्य सान्ता गौतम ,अन्य वडा सदस्यहरू को रोहिबर भौचर हस्तान्तरण गरिएको गरिएको हो ।

    पत्रकार पौडेल विगत ७ वर्ष देखि अर्घाखाची मा रही पत्रकारिता गरिरहेका छन् ।उनी पाणिनी न्युज डट कम ,रेडियो श्रेङेसोर गुल्मी ,रेडियो मुक्तिनाथ पाल्पा ,बी टिभि गुल्मी साथै राष्ट्रिय टेलिभिजन टिभि टुडे एचडी मा समेत कार्यरत छन् भने पाणिनी पत्रकार समाज नेपाल को उपाध्यक्ष समेत हुन् ।उनले सामाजिक काम सँगै पत्रकारिता मार्फत समाज मा भयका राम्रा नराम्रा विषय लाई आफ्नो मुख्य शीर्षक बनाउँछन् ।उनी भन्छन् मैले यो अभियान चलाएर पीडित परिवार को लागि के हो भए पनि सहयोग मिल्छ भन्ने उदेश्य र एक्लै ले ठूलो धनरासी सहयोग गर्न नसकिने हुँदा सबै सँग सहयोग मागेर यो अभियान सफल भएको हो ।

  • चन्द्रकोटमा आयोजना  भएको  ३ दिने   प्राथमिक  उपचार  तालिमको आज  दोस्रो दिन  बिद्यार्थीमा उत्साहा थपियो

    चन्द्रकोटमा आयोजना भएको ३ दिने प्राथमिक उपचार तालिमको आज दोस्रो दिन बिद्यार्थीमा उत्साहा थपियो

    श्रीराम गौतम गुल्मी
    श्रावण ४
    चन्द्रकोट गाउपालिका वडा.नं. १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको शारदा माध्यमिक बिद्यालयमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल को मुख्य आयोजना तथा बिद्यालयको संरक्षकत्वमा आयोजना गरिएको तीन दिने आधारभुत प्राथमिक उपचार तालिम को दोश्रो दिनको तालिम समापन भएको छ ।

     

    रेडक्रस सर्कलका अध्यक्ष एलिष्मा बिश्वकर्मा, बिद्यालयका सुचना अधिकारी तथा  शिक्षक बिष्णु प्रसाद सुबेदि यस्तै नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल शान्तिपुर उपशाखा प्रमुख मिठु कुमारी घिमिरे गौतम, बिद्यालयका ६ जना शिक्षक र २४ जना बिद्यार्थी सहभागिता रहेको  छ ।

    कार्यक्रमको प्रमुख प्रशिक्षण बिद्यालयका सहायक प्रधानध्यापक लाल बहादुर रानाले गर्नुभएको हो भने सहायक प्रशिक्षकको रुपमा उपशाखा संयोजक घिमिरेले गर्नुभएको हो ।

     

    आजको तालिममा रहेर सहभगिहरुले प्राथमिक उपचारका लागि आवश्यक पर्ने त्रिकोण पट्टि निर्माण, भाचिएको ठाउमा काम्रो बान्ने, मेरुदण्ड र टाउको भाचिएको अवस्थामा गरिने प्राथमिक उपचार, जलेको अवस्थामा गरिने प्राथमिक उपचार लगाएत शरीरको विभिन्न अङ्गमा हुने चोटपटक, मर्काइ तथा पोलेको अवस्थामा गरिने विभिन्न तरिकाको प्राथमिक उपचार गर्ने तरिका सिकेको प्रशिक्षक रानाले बताउनुभएको छ ।

    त्यस्तै भोलि तालिमको अन्तिमदिनमा रहेर आकस्मिक स्ट्रेचर निर्माण लगाएतका कुरा सिकाइने प्रशिक्षक रानाले बताउनुभएको छ साथै तालिम पश्चात् तालिमको प्रमाण पत्र भोलि नै प्रयोगात्मक परीक्षा लिएर सक्षम हुने सहभागीलाई मात्र बितरण गरिने प्रशिक्षक रानाले बताउनुभएको छ । उहाले थप्दै भन्नुभयो प्राथमिक उपचार भनेको बिरामिलाइ हुन सक्ने थप जोखिम कम गर्नु भएकोले प्रयोगात्मक रुपमा सक्षम नभएका सहभागीलाई प्रमाणपत्र बितरण गर्दा भोलिको दिनमा गरिने प्राथमिक उपचारले हुन सक्ने थप जोखिम कम गर्नुको सट्टा बिरामिलाइ मृत्युुसम्म पनि पुर्याउन सक्ने हुदा परिक्षा लिएर मात्रै प्रमाणपत्र बितरण गर्न लागिएको हो ।बुुुधबार  बाट  सन्चालित  तालिम भोलि  सम्म  चल्ने छ ।

  • पाल्पाकाे सिजी सिमेन्ट उद्योगभित्र चेन चुँडिदा १३ जना कामदार घाइते

    पाल्पाकाे सिजी सिमेन्ट उद्योगभित्र चेन चुँडिदा १३ जना कामदार घाइते

    पाल्पा – पाल्पाको सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्रको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । बुधबार बेलुकी पौने ४ बजेतिर सिजी सिमेन्ट कम्पनीमा इटा वारपार गर्न बनाइएको चेन चुँडिदा १३ फिट माथिबाट खसेर १३ जना कामदार घाइते भएका हुन् ।

    घाइते हुनेमा रैनादेवी छहरा– ३, का पदम सोमै, सोही स्थानका चिन्तबहादुर डंगोल र
    भुवनपाेखरीकै सुमन नेपाली रहनुभएको छ । यस्तै नवलपरासी सुनवलका लिलबहादुर गुरुङ्, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहनुभएको छ ।

    घाइतेहरूकाे अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर र केहीको अवस्था मध्यम् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । अधिकांश उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । १३ जनामध्ये तीन जना भने उपचार नगरी घरतर्फ लागेको बताइएको छ । तर कसरी चुँडियाे भन्ने अनुसन्धान भइरहेकाे छ ।

  • माओवादी केन्द्रको नयागाउमा बिस्तारिक बैठक सम्पन्न

    माओवादी केन्द्रको नयागाउमा बिस्तारिक बैठक सम्पन्न

    बिष्णु कुवर धुर्कोट नयाँगाउँ

    गुल्मिको धुर्कोट गाउँपालिका वडा न ०१ नयागाउ मा ने.क.पा. माओवादी केन्द्रको बिस्तारिक बैठक सम्पन्न भएको छ

    ने. क. पा. माओवादी केन्द्र नयाँगाउका अध्यक्ष मदन थापाको अध्यक्ष बाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष बिमला सुनारको स्यागत मन्तव्य रहेको थियो
    कार्यक्रममा गाउकमिटी अध्यक्ष गोपाल कुवरको प्रमुख आथित्यता सहित प्रदेश परिसद सदस्य टीका ब. खत्री ,गाउकमिटी उपाध्यक्ष चेतमान कुवर, गाउकमिटी सचिवालय सदस्य लक्ष्मण कुवर,अखिल नेपाल विद्यार्थी क्रान्तिकारी जिल्ला अध्यक्ष राजन के शि , शिक्षक सङ्गठन जिल्ला सचिब बिष्णु कंडेल ,शिक्षक गाउकमिटी सदस्य सुनिल जि सि ,वडा कमिटी उपाध्यक्ष देब ब पाण्डे , लगायत अन्य वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो

    कार्यक्रममा बिस्तारित बैठकको सन्चालन वडा कमिटी सचिव शिव बन्जाण्डेको रहेको थियो

  • चन्द्रकोटमा  प्राथमिक  उपचार तालिमको   आज पहिलो दिन

    चन्द्रकोटमा प्राथमिक उपचार तालिमको आज पहिलो दिन

    चुरामणि  तिमिल्सिना साउन ३

    चन्द्रकोट गाउपालिका वडा.नं. १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको शारदा माध्यमिक बिद्यालयमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल को मुख्य आयोजना तथा बिद्यालयको संरक्षकत्वमा आयोजना गरिएको तीन दिने आधारभुत प्राथमिक उपचार तालिमको उद्घाटनसत्र र पहिलो दिनको तालिम समापन गरिएको छ ।

     

    रेडक्रस सर्कलका अध्यक्ष एलिष्मा बिश्वकर्माको अध्यक्षतामा संचालित कार्यक्रममा चन्द्रकोट गाउपालिका वडा नं. १ का वडा अध्यक्ष घनश्याम खरेलको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष गोपाल अर्याल, शिक्षक अभिभावक संघ अध्यक्ष डिलबहादुर बिश्वकर्मा, बिद्यालयका सुचना अधिकारी तथा बरिस्ठ शिक्षक बिष्णु प्रसाद सुबेदि यस्तै नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल शान्तिपुर उपशाखा प्रमुख मिठु कुमारी गौतमको आतिथ्यता रहेको कार्यक्रमको प्रशिक्षक बिद्यालयका सहायक प्रधानध्यापक लाल बहादुर राना हुनुहुन्थ्यो ।

    आजको तालिममा रहेर सहभगिहरुले प्राथमिक उपचारको जानकारी,बिहोसी बिरामिको उद्दार लगायतका कुराहरु सिकेका छ्न ।भोलि को दिनमा काटेको ठाउमा गरिने उपचार र अन्तिम दिनमा हात खुट्टा भाचिदा गरिने प्राथमिक उपचारको ब्यबहारिक रुपमा सिकाइने प्रशिक्षक रानाले बताउनुभएको छ । उक्त कार्यक्रममा बिद्यालयमा अध्ययनरत २४ जना बिद्यार्थी र ८ जना शिक्षकहरूको सहभागिता रहेको कार्यक्रमको संचालन सर्कलका शिक्षक नायक श्रीराम गौतमले गर्नुभएको हो ।

  • बगनासकालीमा सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ

    बगनासकालीमा सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ

    साउन ३   पाल्पा

    बगनासकालीमा सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ
    पाल्पा । बगनासकाली गाउँपालिकाको कार्यालयमा सूचना तथा अभिलेख केन्द्र सञ्चालन गरिएको छ । उक्त केन्द्रको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
    केन्द्रको उद्घाटन पछि आफ्नो मन्तव्य राख्नुहुँदै अध्यक्ष चिदीले गाउँपालिका भित्रका हरेक सूचनाहरु एकद्धार प्रणालीबाट प्रवाह गर्ने गरि सूचना केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । पालिका र पालिका अन्तरगतका सबै शाखाहरुको प्रगति तथा सम्पुर्ण सूचनामूलक तथ्यांकहरु सोही केन्द्र मार्फत प्रवाह गरिने उहाँले बताउनुभयो । चिलाङ्दीमा निर्माणाधिन अवस्थामा रहेको गाउँपालिकाको भवन निर्माण सम्पन्न भएपश्चात सोही भवनमा कार्यालय सरेपछि केन्द्रलाई थप ब्यवस्थित बनाउँदै लगिने अध्यक्ष चिदीको भनाई थियो ।
    गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले बनाएका ऐन, कार्य बिधि लगायतका महत्वपूर्ण प्रकाशनहरु सहित पालिकासँग सम्बन्धित सम्पुर्ण सूचनाहरु यो केन्द्रमा रहने बताउनुभयो । यो केन्द्रले पालिकाका उपलब्धीहरुलाई जोगाइराख्न पनि सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
    गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले नागरिकले सूचना माग गर्दा वा पालिकाका लागि पनि विभिन्न सूचनाहरु आवश्यक पर्दा यो केन्द्र सहयोगी बन्ने बताउनुभयो । प्रवक्ता थापाले बगनासकाली गाउँपालिका पारदर्शी गाउँपालिकाको रुपमा रहेको र यो केन्द्रले थप पारदर्शी बनाउन सहयोग पुर्याउने बताउनुभयो ।
    नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले पालिकाले गर्दै आएका काम र प्रगतिहरुको अभिलेखीकरणमा यो सूचना केन्द्र अब्बल बन्नुपर्ने बताउनुभयो । सोही अवसरमा बगनासकालीमा स्थानीय मदिराजन्य पदार्थको ब्रान्डिङ कार्यमा भएको हालसम्मको सफलताको अवस्थाबारे सहजकर्ता बिज्ञान घिमिरेले जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, प्रवक्ता सहित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र संचार क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनाराम खनालले गर्नुभएको थियो ।

  • रातो प्लेटलाइ कडाइ गर्दै गुल्मिका ट्राफिक प्रहरी

    रातो प्लेटलाइ कडाइ गर्दै गुल्मिका ट्राफिक प्रहरी

    चुरामणि  तिमिल्सिना  साउन ३

    गुल्मीमा चल्ने रातो पिलेटलाई कडाइ साथ चेक जाच गरिएको छ । मंगलबार बिहान रिडी बसपार्कमा अस्थायी ट्राफिक प्रहरी पोष्टले हरेक राता पिलेट लाई सम्झाइ बुझाइ गर्दै पहिलो चरणमा सामान्य जरिवाना गरि मात्र पठाइएको वरिष्ठ ट्राफिक हवल्दार नन्द बहादुर शाहीले जानकारी दिनु भयो । केहि दिन अगाडी ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीले संयुक्त रुपमा जनचेतना संगै सडक दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेर जनचेतना फैलाइयको थियो ।

    जानकारी हुँदा हुँदै पनि सवारी धनीले नियम बिपरित यात्री ओसारपसार गर्ने क्षमता भन्दा बढी सामान ढुवानी गर्ने इजाजत पत्र बिना नै सडकम्मा सवारी चलाउने नियम भन्दा माथी आफु खुसी आफ्नो फाइदाका लागि छत राख्ने गरेकाललागी आफुहरुले नियममा नै रहेर कारबाही गरेको वरिष्ठ हवलदार शाहीले जानकारी दिनुभयो ।

    चेक जाच गर्दै सहायक ट्राफिक हवलदार बाबुराम आचार्यले आफू खुशी यसरि कारबाहि गर्ने ,छत निकाल्ने यात्री ओराल्ने यातायात पटक पटक रोक्ने जस्ता कामहरु नियममा रहेर कार्यालयले पठाएको आदेस अनुसार गरेको बताउनु भयो ।

  • गाउँपालिका द्वारा उपचाररत खत्रीलाई सहयोग हस्तान्तरण श्रावण

    गाउँपालिका द्वारा उपचाररत खत्रीलाई सहयोग हस्तान्तरण श्रावण

    गाउँपालिका द्वारा उपचाररत खत्रीलाई सहयोग हस्तान्तरण
    श्रावण -३,२०८०
    प्युठान।
    प्युठानको माण्डवी गाउँपालिकाले वडा नं.-१ उपल्लो सिमलचौर निवासी ७६ वर्षिय खगि देबी खत्रीको घरमा पुगि सहयोग रमक हस्तान्तरण गरेको छ ।आज गाउँपालिका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,१ नं.वडा अध्यक्ष बाम बहादुर बुढा,वडा सदस्यहरु खिम बहादुर राहु मगर ,ऋषि अधिकारी लगायतको उपस्तिथिमा जलेर उपचाररत खत्रीलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । बिरामीलाइ उपस्थित जनप्रतिनिधि र व्यापारी गगन ठेडि,लक्ष्मन ठेडि लगायतले आर्थिक सहयोग गर्नु भएको वडा नं.-१ का अध्यक्ष बुढाले बताउनु भयो। खत्रीको गत बैशाख १८ गते घरायसी कामको क्रममा आगोले पोलेर मुनिको भाग जलेको थियो । आर्थिक सहयोग हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले स्थानीय सरकार सधै जनताको साथमा रहेको समेत बताउनु भयो ।