Category: समाचार

  • रैनादेविमा एकीकृत घुम्ति शिविरको उत्घाटन

    रैनादेविमा एकीकृत घुम्ति शिविरको उत्घाटन

    २०८१ साउन १० गते बिहीवार

    रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा भत्ता नवीकरण, अपाङ्गता परिचयपत्र पत्र नवीकरण, दीर्घ रोगी भत्ता नवीकरण, गरिब परिवार परिचयपत्र वितरण तथा व्यवसाय दर्ता तथा नवीकरण लगायतका सेवाहरू सहित एकीकृत घुम्ति शिविर सञ्चालन भइरहेको छ ।

    एक कार्यक्रमका बिच प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले शिविर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक/गरिब घर पहिचान परिचयपत्र वितरण सम्बन्धी अनुगमन तथा सहजीकरण समितिका संयोजक युवराज थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, प्रवक्ता तथा ७ नं वडाका वडाध्यक्ष देवेन्द्र पुन, ८ नं वडाका वडाध्यक्ष रेम बहादुर रानाको आतिथ्यतामा सञ्चालन भएको थियो ।

    शिविरमा १०५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण, १५ जनाको अपाङ्गता परिचयपत्र नवीकरण, ४ जनाको दीर्घ रोगी भत्ता नवीकरण, ६८ वटा गरिब परिचयपत्र वितरण, ७ वटा व्यवसाय दर्ता तथा २४ वटा नवीकरण गरिएको छ । शिविर साउन ११ गते ७ नं वडा र साउन १२ गते ६ नं वडामा सञ्चालन हुनेछ ।

  • सौर्य एयरलाइन्सको जहाज दुर्घटना , चार जनाको शव निकालियो, उद्धार जारी

    सौर्य एयरलाइन्सको जहाज दुर्घटना , चार जनाको शव निकालियो, उद्धार जारी

    साउन ९  काठमाडौँ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको हो ।

    दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

    विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

    बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

    अहिले उद्दारको काम चलिरहेको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

    २०८१ श्रावण २, बुधबार

    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ ।

    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

    चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

    कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्षअघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।

     

     

  • कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

    कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

    कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

    असा-२८ -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ देउरालीका तिनै जना दाजुभाइ सरकारी सेवामा आवद्ध हुनुहुन्छ ।

    हालको कालीगण्डकी-३ आलमदेवी लसर्घा गाउँ साविक आलमदेवी -६ आलमदेवी लसर्घा गाउँ निवासी आमा डिल कुमारी घिले र बाबु हवल्दार नर बहादुर घिलेका तीन छोराहरू जेठो छोरा दीपक प्रकाश घिले, माईलो छोरा बिजय प्रकाश घिले र कान्छो छोरा जयप्रकाश घिले सरकारी सेवामा आवद्ध हुनुहुन्छ ।

    बाबु इन्डियन आर्मीमा कर्तव्य पालनाको क्रममा २०४२ साल असार २७ गते ३७ वर्षको अल्पायुमा जम्मु कश्मिरमा रूखले च्यापेर ज्यान गुमाउनु भएको थियो।
    बाबु बित्दा जेठो छोरा ९ वर्षको माईलो छोरा ७ र कान्छो छोरा १५ महिनाको मात्र थिए।

    जेठो छोरो दीपक प्रकाश घिले अंग्रेजी शिक्षक मा. वि. २०७१ साल भदौ २ गते सरकारी सेवामा प्रवेश गर्नु भएको हो। उहाँ हाल भवानी मा. वि. स्याङजामा प्रधानाध्यापकको कार्यरत रहनु भएको छ। उहाँले सरकारी सेवामा सेवा अघि पोखराका निजी विद्यालयहरूमा करीब दश वर्ष अध्यापन गर्नु भएको थियो।

    यस्तै गरि माईलो छोरो बिजय प्रकाश घिले सशस्त्र प्रहरी जवान पदमा २०६४ साल भदौ २ गते पाल्पा ३५ नं गुल्मवाट सरकारी सेवामा प्रवेश गर्नु भएको हो। उहाँ हाल माईलो छोरा हवल्दार पदमा कार्यरत हुनुहुन्छ ।

    यस्तै गरि कान्छो छोरो जयप्रकाश घिले
    पनि २०८० चैत २९ गते प्रा. वि शिक्षकको रुपमा सरकारी सेवामा प्रवेश गर्नु भएको हो। कान्छो छोरा प्रा. वि. शिक्षकको रुपमा दरौ मा. वि. अर्जुन चौपारी स्याङ्जामा कार्यरत हुनुहुन्छ। सरकारी सेवामा प्रवेश गर्नु अघि
    उहाँ पनि पोखराका निजी विद्यालयहरूमा करीब दश वर्ष अध्यापन गर्नु भएको थियो।

    साविक आलमदेवी गाविस वडा नं. ६ मा तीनै भाई सरकारी सेवामा प्रवेश गरेको पहिलो रेकर्ड बनेको छ।

    साथै कालीगण्डकी गाउँपालिकाको दलित समुदाय भित्र पनि पहिलो रेकर्ड दीपक प्रकाश घिले भवानी मा वि को SLC मा  प्रथम हुने पहिलो दलित २०५३ सालमा पालिका भरिमै माध्यमिक विद्यालयको प्रधानाध्यापक हुने पहिलो दलित समुदायवाट हुनुहुन्छ । विभिन्न सामाजिक कार्यमा सक्रिय आलमदेवी मन्दिर पूजा व्यवस्थापन समितिमा सचिव पदमा रहेर समेत काम गर्दै आइरहनु भाएको छ।

  • पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र 

    पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र 

    पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र

    चुरामणि तिमिल्सिना

    नेपालकै चारधाम मध्ये एक धाम पशुपति क्षेत्रमा यही श्रावण १ गतेदेखि मासिक ज्ञान महायज्ञ को तयारी तीव्र पारिएको छ। प्रसिद्ध धामहरु मध्य एक धाम पशुपति क्षेत्र नेपालका आरध्य देवताको रुपमा पनि लिने गरिन्छ। भगवान पशुपतिनाथको सानिध्यमा गर्न लागिएको कोटीहोम मासिक यज्ञमा नेपालका ७७ वटा जिल्लाबाट विद्वान गुरुहरु पण्डित वर्गहरु को उपस्थिति रहेको छ। यस यज्ञमा हवन, विभिन्न पाठहरू पारायण , जप तर्पणमार्जन , निःशुल्क भण्डारा, आरती लगायतका थुप्रै कार्यक्रमहरु राखिएको आयोजक संस्थाका प्रबन्धक तथा कार्यक्रम संकल्पकर्ता बालयोगेश्वर विजयी मुर्ति महाराजज्यूले जानकारी दिनुभयो ।

    उहाँले आज सबै ब्राह्मणहरूलाई सम्बोधन गर्दै सबै ब्राह्मणहरूको चाजोपाजो मिलाएको , ब्राह्मणका निम्ति कुनै पनि समस्या नभएको ब्राह्मण गुरुहरूलाई खानपिनदेखि आवासको राम्रो सुविधा मिलाइएको जानकारी गराउनुभयो। उहाँले यस्तो कार्यक्रम नेपालमै पहिलोपटक मानव सेवा फाउन्डेसन नेपाल ले गर्न लागेको र सबै पक्षलाई साथ र सहयोग गर्न आग्रह समेत गर्नुभयो।
    विभिन्न आश्रमहरू निर्माण गर्नका निम्ति यो कोटिहोम यज्ञको आयोजना गरिएको समेत बताउनुभयो।

  • चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या

    चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या

    चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या

    भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।

    सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।

    तीनजना बाहिर निस्किएको बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेक‍ो यात्रुबाहक बस रहेको जनाइएको छ ।

    त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।

    अहिले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिजालको टोली तथा सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ ।

  • बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई लोकल भाले र घ्यु उपहार

    बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई लोकल भाले र घ्यु उपहार

    मिलन विश्वकर्मा । पाल्पा
    स्वास्थ्य चौकी सुत्केरी गराउने अभियानलाई स्थानीय तहले प्राथमिकता दिएक छन् । बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुने सुत्केरीलाई लोकल भाले र घ्यु उपहार दिने भएको छ । यसरी स्वास्थ्य चौकीमै पुगेर सत्केरी हुनेलाई कम्तिमा २ किलोको लोकल भाले र १ किलो घ्यु दिने गरी कार्यक्रम बनाएको वडाध्यक्ष टिकाबहादुर थापाले बताउनुभयो ।
    नायरनमतले स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने देश जुनसुकै स्थानको महिलालाई पनि भाले र घ्यु दिइने छ । अहिले पनि कतिपय घरमै सुत्केरी हुने प्रवृत्ति छ । घरमा सुत्केरी हुँदा आमा र बच्चाको अवस्था नै खतरामा पर्न सक्छ । स्वास्थ्य संस्थामा आकर्षण गर्नका लागि यो अभियान थालिएको उहाँले बताउनुभयो ।

    सरकारी स्वास्थ्य संस्थामा गरिब तथा विपन्न परिवारका महिला बढी आउने गर्छन् । सुत्केरी अवस्थामा पोषणयुक्त खाने कुराको अभाव नहोस् भन्दै वडा कार्यालयले भाले र घ्यु उपहार दिन लागेको उहाँले बताउनुभयो । यस स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मी छन् । स्वास्थ्य चौकीमा पुगेर नियमित गर्भवती अवस्था परीक्षण गर्न भनेका छौं । नियमित परीक्षण गरी यहीं स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई थप पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्वस्थ बच्चा हुने आमालाई पनि प्रोत्साहित गर्न छुट्टै पुरस्कार दिइने उहाँले बताउनुभयो । यसका लागि १ लाख रुपैया बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

    वडा भित्रका सुनौलो हजार दिनका आमा तथा बच्चालाई पनि एक क्यारेट अण्डा, घ्यु र लिटो वितरण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष थापाले बताउनुभयो । बगनासाकाली गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएका आमालाई यातायात खर्चवापत १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । आगामी आर्थिक वर्षदेखि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

  • रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक  सुनुवाई कार्यक्रम  सम्पन्न

    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    असार  २१

    चुरामणि तिमिल्सिना

    रुरु क्षेत्र गाउँपालिका गुल्मीको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३ थानपति स्वास्थ्य चौकीको सभाहलमा सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयको बाक्लो सहभागिता रहेको थियो।

    गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मिना देवी गौतम ,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे ,यस्तै वडा नम्बर १ देखि ६ सम्मका वडाध्यक्ष तथा कार्यवाहक अध्यक्षहरू , विभिन्न शाखाका शाखा प्रमुखहरू ,सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफ दिने वक्ताको रुपमा उपस्थित हुनुहुन्थ्यो। गाउँपालिकाले गरेका हरेक विकास निर्माण देखि सामाजिक क्रियाकलापमा पारदर्शिता गराउन हरेक वर्ष पालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने देखिन्छ । यसै अनुसार यस गाउँपालिकाले आज तेस्रो चौमासिक भित्र गरेका कार्यक्रमहरुको सार्वजनिक सुनुवाइ आयोजना गरेको हो।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले तेस्रो चौमासिक भित्र पालिकाले गरेका हरेक क्रियाकलापहरु भइरहेका कार्यहरु र आगामी लक्ष्य समेतका कार्य योजनाहरू प्रस्तुत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो

    कार्यक्रममा स्थानीयले सडक निर्माण , शिक्षा , स्वास्थ्य, खानेपानी , विद्युत , यस्तै प्रशासनिक कार्य ,मागमा आधारित कार्यक्रम वितरण , जस्ता जिज्ञासा एवं पालिकालाई सल्लाह सुझाव समेत प्रदान गरेका थिए। कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका विकास निर्माणदेखि शिक्षा स्वास्थ्य खानेपानी पूर्वाधार जस्ता महत्वपूर्ण योजनाहरूमा तीब्र रुपमा अगाडी बढेकोकाले आगामी दिनमा पनि यो पालिकाले निर्माणको कार्य देखि हरेक योजनालाई क्रमबद्ध रुपमा अगाडि सार्ने प्रतिबद्धता जनाउँदै ग्रामीण भेगमा जनताले भोग्दै आएका बाँदर तथा वन्यजन्तु लाई व्यवस्थापनका निम्ति हरेक सँग सल्लाह र सुझाव प्रतिक्रिया लिँदै आएको बताउनुभयो।

    कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित वडाका अध्यक्षहरु सम्बन्धि शाखा प्रमुख ले समेत दिनु भएको थियो।
    कार्यक्रमको सहजीकरण रुरु संचार मिडिया प्राली रिडी र देशदर्शन मिडिया प्रणाली छत्रकोट ले गरेको थियो।

  • दुरसंचार केन्द्रीय  कार्यालय काठमाडौले  आफ्नो  सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण

    दुरसंचार केन्द्रीय कार्यालय काठमाडौले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण

    चुरामणि  तिमिल्सिना    रिडी

    रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम गरिएको हो। । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहयोगमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० कक्षासम्म का १५६ जना विद्यार्थीलाई नेपाल दुरसन्चार लोगो सहितको झोला वितरण बितरण गरिएको हो। । दूरसञ्चार प्राधिकरणको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।

    वितरण कार्यक्रममा दूरसञ्चार प्राधिकरण पाल्पाका कार्यालय प्रमुख राकेश पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफूहरूले सानो भएपनि उपहार प्रदान गर्न आउँदा निकै खुसी व्यक्त गर्नुभयो ।उहाँले आगामी दिनमा पनि दूरसञ्चार प्राधिकरणले विद्यालयको शैक्षिक अवस्था प्राविधिक अवस्था धार्मिक एवं पर्यटन प्रवर्धन समेत टेवा पुर्याउने हिसाबले आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अधिकृत केशव भट्टराई व्यापार अधिकृत कृष्णप्रसाद पौडेल वडा नम्बर १ का वडा सदस्य सुशील श्रेष्ठ टोल विकास संस्था रिडीका प्रेम प्रसाद भण्डारी तथा विद्यालयका शिक्षकहरूको सहभागिता मा कार्यक्रम आयोजना गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक दुर्गा दत्त ढकालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। वितरण गर्दै बिद्यालयका प्रधानाध्यापक रोहित प्रसाद भण्डारीले यो कार्यक्रम नेपाल दुरसन्चारले यहाँसम्म ल्याइदिनु भएकोमा विद्यालयका तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो

  • दुरसंचार  केन्द्रीय  कार्यालय काठमाडौले  आफ्नो  सामाजिक उत्तरदायित्व    अन्तर्गत  रिडी माविमा झोला वितरण  गर्यो

    दुरसंचार केन्द्रीय कार्यालय काठमाडौले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण गर्यो

    असार १९

    चुरामणि  तिमिल्सिना

    रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम गरिएको हो। । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहयोगमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० कक्षासम्म का १५६ जना विद्यार्थीलाई नेपाल दुरसन्चार लोगो सहितको झोला वितरण बितरण गरिएको हो। । दूरसञ्चार प्राधिकरणको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।

    वितरण कार्यक्रममा दूरसञ्चार प्राधिकरण पाल्पाका कार्यालय प्रमुख राकेश पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफूहरूले सानो भएपनि उपहार प्रदान गर्न आउँदा निकै खुसी व्यक्त गर्नुभयो ।उहाँले आगामी दिनमा पनि दूरसञ्चार प्राधिकरणले विद्यालयको शैक्षिक अवस्था प्राविधिक अवस्था धार्मिक एवं पर्यटन प्रवर्धन समेत टेवा पुर्याउने हिसाबले आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अधिकृत केशव भट्टराई व्यापार अधिकृत कृष्णप्रसाद पौडेल वडा नम्बर १ का वडा सदस्य सुशील श्रेष्ठ टोल विकास संस्था रिडीका प्रेम प्रसाद भण्डारी तथा विद्यालयका शिक्षकहरूको सहभागिता मा कार्यक्रम आयोजना गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक दुर्गा दत्त ढकालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

    वितरण गर्दै बिद्यालयका प्रधानाध्यापक रोहित प्रसाद भण्डारीले यो कार्यक्रम नेपाल दुरसन्चारले यहाँसम्म ल्याइदिनु भएकोमा विद्यालयका तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो।