कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध
असा-२८ -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ देउरालीका तिनै जना दाजुभाइ सरकारी सेवामा आवद्ध हुनुहुन्छ ।
हालको कालीगण्डकी-३ आलमदेवी लसर्घा गाउँ साविक आलमदेवी -६ आलमदेवी लसर्घा गाउँ निवासी आमा डिल कुमारी घिले र बाबु हवल्दार नर बहादुर घिलेका तीन छोराहरू जेठो छोरा दीपक प्रकाश घिले, माईलो छोरा बिजय प्रकाश घिले र कान्छो छोरा जयप्रकाश घिले सरकारी सेवामा आवद्ध हुनुहुन्छ ।
बाबु इन्डियन आर्मीमा कर्तव्य पालनाको क्रममा २०४२ साल असार २७ गते ३७ वर्षको अल्पायुमा जम्मु कश्मिरमा रूखले च्यापेर ज्यान गुमाउनु भएको थियो।
बाबु बित्दा जेठो छोरा ९ वर्षको माईलो छोरा ७ र कान्छो छोरा १५ महिनाको मात्र थिए।
जेठो छोरो दीपक प्रकाश घिले अंग्रेजी शिक्षक मा. वि. २०७१ साल भदौ २ गते सरकारी सेवामा प्रवेश गर्नु भएको हो। उहाँ हाल भवानी मा. वि. स्याङजामा प्रधानाध्यापकको कार्यरत रहनु भएको छ। उहाँले सरकारी सेवामा सेवा अघि पोखराका निजी विद्यालयहरूमा करीब दश वर्ष अध्यापन गर्नु भएको थियो।
यस्तै गरि माईलो छोरो बिजय प्रकाश घिले सशस्त्र प्रहरी जवान पदमा २०६४ साल भदौ २ गते पाल्पा ३५ नं गुल्मवाट सरकारी सेवामा प्रवेश गर्नु भएको हो। उहाँ हाल माईलो छोरा हवल्दार पदमा कार्यरत हुनुहुन्छ ।
यस्तै गरि कान्छो छोरो जयप्रकाश घिले
पनि २०८० चैत २९ गते प्रा. वि शिक्षकको रुपमा सरकारी सेवामा प्रवेश गर्नु भएको हो। कान्छो छोरा प्रा. वि. शिक्षकको रुपमा दरौ मा. वि. अर्जुन चौपारी स्याङ्जामा कार्यरत हुनुहुन्छ। सरकारी सेवामा प्रवेश गर्नु अघि
उहाँ पनि पोखराका निजी विद्यालयहरूमा करीब दश वर्ष अध्यापन गर्नु भएको थियो।
साविक आलमदेवी गाविस वडा नं. ६ मा तीनै भाई सरकारी सेवामा प्रवेश गरेको पहिलो रेकर्ड बनेको छ।
साथै कालीगण्डकी गाउँपालिकाको दलित समुदाय भित्र पनि पहिलो रेकर्ड दीपक प्रकाश घिले भवानी मा वि को SLC मा प्रथम हुने पहिलो दलित २०५३ सालमा पालिका भरिमै माध्यमिक विद्यालयको प्रधानाध्यापक हुने पहिलो दलित समुदायवाट हुनुहुन्छ । विभिन्न सामाजिक कार्यमा सक्रिय आलमदेवी मन्दिर पूजा व्यवस्थापन समितिमा सचिव पदमा रहेर समेत काम गर्दै आइरहनु भाएको छ।



