Category: समाचार

  • आइतबार : सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

    आइतबार : सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

    काठमाडौं ।
    हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ ।

    यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ ।

    सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ ।

    किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

    तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ ।
    सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

    हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ ।

    आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन ।व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

    हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ । सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ ।
    धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो ।

    यसलाई नौ ग्रह मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

    त्यसैले कुण्डलीमा सूर्यको स्थिति कमजोर भए मान–सम्मान र सुख–समृद्धिमा कमी हुने मान्यता छ ।

    सूर्यको स्थिति बलियो पार्न र सुर्य देवलाई प्रसन्न पार्न आइतबार पूजा र केहि उपाय अपनाउनु पर्दछः

    १. हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण (अर्घ) गर्नु पर्दछ ।

    २. यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ ।

    ३. उदाउँदो सुर्यलाई जल अर्पण गर्दा यसमा सख्खर मिसाएर अर्घ दिनु शुभ मानिन्छ ।

    ४. सूर्य देवलाई रातो रंग मनपर्ने भएकाले जलमा एक चिम्टि कुमकुम मिसाउन सकिन्छ ।

    ५. आइतबार जल अर्पण गर्दा रातो फूल पनि सूर्य देवलाई अर्पित गर्नु पर्दछ ।

    ६. रातो फुल र कुमकुम हालेका जल बरको रुखमा चढाए सूर्य देव प्रसन्न हुने मान्यता छ ।

    ७. आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्न अत्यन्त प्रभावशाली मानिन्छ ।

    ८. कुण्डलीमा सुर्य मजबुत पार्न आइतबार सुर्य देवको नुन नखाई व्रत बस्नु पर्दछ । एजेन्सीको सहयोगमा

  • पछिल्लो तीन महिनामा विपदका कारण १२१ जनाको मृत्यु

    पछिल्लो तीन महिनामा विपदका कारण १२१ जनाको मृत्यु

    काठमाडौं ।
    पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ ।

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१ जनाको मृत्यु भएको हो ।

    यो तीन महिनाको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५० जनाका मृत्यु भएको छ । त्यस्तै आगलागीबाट १९, पहिरोबाट १७ र जनावर आतंबाट १२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांक छ ।

    विपदका घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् ।
    विपदमा परी एक हजार ४०३ परिवार प्रभावित भएका छन् र ६८ करोड ५२ लाख ४४ हजार ३६० जनाको मृत्यु भएको अनुमान गरिएको केन्द्रको तथ्यांक छ ।

    केन्द्रले विपदका घटनामा बाढी पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आतंक आदिलाई राखेको छ ।

  • गोठ भत्किएर एक बालिकाको मृत्यु

    गोठ भत्किएर एक बालिकाको मृत्यु

    दाङ ।
    दाङको घोराहीस्थित गोठ भत्किएर शनिबार एक बालिकाको मृत्यु भएको छ ।

    घोराही उपमहानगरपालिका ९ निवासी इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • तपाईको आजको राशिफल (असार ३२ गते शनिवार )

    तपाईको आजको राशिफल (असार ३२ गते शनिवार )

    तपाईको आजको राशिफल (असार ३२ गते शनिवार )

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=UND25da73qg

  • आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने त ? (जानी राखौं)

    आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने त ? (जानी राखौं)

    काठमाडौँ ।
    हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ।

    विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ।

    यसरी गरौँ पूजा :
    शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ।

    यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ। शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ।

    यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

  • नेपालमा कोरोना सङ्क्रमण बढ्दै ,२४ घण्टामा दुई सय २९ जना थपिए

    नेपालमा कोरोना सङ्क्रमण बढ्दै ,२४ घण्टामा दुई सय २९ जना थपिए

    काठमाण्डौ ।
    पछिल्लो २४ घण्टामा दुई सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय १७ जनाको नमूना परीक्षण गर्दा दुई सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनङ्सख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

    अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १२ सय ८४ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

    थप ८७ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

  • प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

    प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

    काठमाण्डौ ।
    प्रतिनिधि सभाको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।

    भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । भुसालको विपक्षमा ९३ मत खसेको थियो । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए ।

    भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए ।

    प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गौतमले प्राप्त गर्नुभएको मत बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

    २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

  • पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    पाल्पा ।
    लुम्बिनी प्रदेश सरकारले पाल्पालाई बिहीबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ ।

    पाल्पाले प्रदेशमै पहिलो भएर नमुना काम गरेको लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

    पाल्पाका सबै स्थानीय तहले बालबालिकाले खोप पाए÷नपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले जिल्ला घोषणा गरेको उनले बताए ।
    बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । सोहीअनुसार पाल्पा पूर्ण खोप सुनिश्चित भएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जानकारी दिए ।

    परिवार कल्याण महाशाखा स्वास्थ्य निर्देशनालयका प्रतिनिधि शिव पौडेल र वसन्त श्रेष्ठले जिल्लाले गरेको कामको अनुगमनपछि घोषणाका लागि अनुमति दिएको बताए ।

    १० स्थानीय तहका ८१ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

    जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि यहाँका पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको उनले बताए ।

    जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

    पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ । सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पूरा गरेको स्वास्थ्य कार्यालयका टीकाराम अधिकारीले बताए ।

  • अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न सैनामैनामा जग्गा नापजाँचको काम सुरु

    अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न सैनामैनामा जग्गा नापजाँचको काम सुरु

    बुटवल ।
    रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ ।

    सैनामैना नगरपालिका १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ । सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाका सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताको सुकुम्बासी समस्या समाधान गर्न संविधानतः सरकारले एक पटकका लागि सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताए ।

    मेयर शर्माले हिजो कसले के गरे, के गरेन भन्दा पनि आफूले आफ्नै कार्यकालमा लालपुर्जा आमनागरिक एवम् सर्वसाधारणको हातहातमा थमाउने कुरा व्यक्त गरे ।

    आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताउँदै सबै राजनीतिक दल, जनप्रतिनिधिहरू, कर्मचारी र स्थानीय नागरिक, पत्रकारहरू सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न नगर प्रमुख शर्माले आग्रह गरेका छन् ।

  • भारतको जागिर छोडेर रिडीमा अटोरिेक्सामा रमाउदै फर्स कुमाल

    भारतको जागिर छोडेर रिडीमा अटोरिेक्सामा रमाउदै फर्स कुमाल

    चुरामणि तिमिल्सिना ,रुरु ।

    भारतमागयर अर्कैका जुठा भाडा माझन तथा भारतीय नागरिकको गुलामी बन्न भन्दा आफ्नै प्यारो देश नेपालमा दुई चार पैसा कमाइ गरी आफ्ना जहान परिवार पाल्ने भनेर नै आफुले भारतको पन्जाबमा लागेको नोकरी लाई त्याग्ग्दै अटोरिेक्सा चलाउन लागेको फर्स बहादुर कुमालले बताउनु भयो।

    पाल्पा रिब्दीकोट गाउँलालिका वडा न् १ जोगिथुममा जन्मिएका फर्स उमेरले ३५ बर्ष पुगेका छन ।
    परिवारका ५ छोरा मध्ये जेष्ठ छोरामा रुपमा उनी रहेका छन । अन्य भाइको पेशा भन्दा फर्र्सको पेशा फरक खालको भएकोले सबैले चाखका साथ हेर्ने गर्दछन ।

    बिध्यालमा कक्षा २ मात्र पढेका सानै देखि पेपे टिटि भनेर गुर्जी गानो र चप्पलका साना साना प्राङ्ग्रा बनाइ आफ्नै घर वरिपरि ओरालोमा प्राङगा बाला जिप भन्दै कुदाउने गर्थे। खास गरी उनको लक्ष पनि सवारी चलाउने मन भएकोले सानै देखिको इच्छा आफैले कमाएर पूरा गरेको बताउछन ।
    अहिले उनि बिहान झन्डै ८ बज्दा घर बाट रिडी आइपुग्ने गर्दछन,रिडी थोर्गा भट्कुवा रातामाटा हुँदै पानी टन्किअर्गली यस्तै कालीगण्डकी करिडोर र खर्ज्याङ सडकमा दैनिकी जीवन बितेको फर्सले बताउछन ।


    पछिल्लो समयमा यात्रा कम गर्ने,सोचे अनुसार आम्दानी नहुने दैनिक जसो १२ सयको हारहारिमा मात्र आम्दानी भएको बताउछन।

    उनले थप्दै भनछन् अहिले बजारमा ९ ओटा अटो रेक्सा दैनिक सन्चालनमा रहेका छन।यसरी नै यात्रीहरु कम हुँदै जाने हो भने बैंकमा किस्ता तीर्न पनि धौ धौ हुने बताउछन ।

    फर्सले अब बिदेश तथा भारतमा नफर्की नेपालमा यहीँ अटो रेक्सा लाई नै दैनिक गुजाराको बाटो बनाउने बताउनु भयो।