गाउँपालिका पेज जेष्ठ २८
चन्द्रकोट गाउँपालिका गुल्मीले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र भविष्यमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पु-याउने उद्देश्यले जेठ २७ गतेदेखि संचालन गरेको दोस्रो अध्यक्षकप (चन्द्रकोट गाउँपालिभित्रका अन्तर वडा स्तरीय) खुला पुरुष भलिवल प्रतियोगिताको आज समापन भएको छ।
गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित समापन शत्रमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडा अध्यक्षहरू , शिक्षा अधिकृत, प्रास लगायतका कर्मचारीहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न क्लव तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।
चन्द्रकोट गाउँपालिका अन्तर्गतका ८ वटा वडाबाट कुल ८ समूहको प्रतिस्पर्धा रहेको प्रतियोगितामा वडा नं. ८ तुराङको समूह प्रथम, वडा नं. २ बिशुखर्कको समूह द्वितीय तथा वडा नं. ४ शान्तिपुरको समूहले तृतीय स्थान हासिल गरेका थिए। प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने समूहलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमशः नगद रु ६० हजार, ४० हजार र २५ हजार सहित पुरस्कृत गरिएको थियो। त्यस्तै विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्पाइकर दिपक सुनार, उत्कृष्ट ब्लकर राहुल सुनार, उत्कृष्ट सेटर सुदिप सुनार , उत्कृष्ट सर्भर ममित राना, उत्कृष्ट लिबेरो खिम बहादुर रोका र सर्बोत्कृष्ट खेलाडी बिसाल सुनरालाई जनही नगद रु १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
सोही प्रतियोगिताको अवसरमा भएको जनप्रतिनिधि तथा कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा विजेता कर्मचारीको समुहलाई समेत शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो।साथै सोही अवसरमा चन्द्रकोट गाउँपालिका वडा नं. १ दिब्रुङ्ग, गुल्मी निवासी ITF तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक एवम तेक्वान्दो खेलाडी श्री नबराज खरेलज्यूलाई नगद पुरस्कार रु. २०००० (अक्षरेपि बीस हजार) सहित यो सम्मान गरिएको थियो।


कार्यक्रममा प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्रीज्यू, बिशिष्ट आतिथ्यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माज्यु, चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीज्यू, गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेज्यू, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक राजन भुजेलज्यू, अतिथिहरु चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलज्यु घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुरेन्द्र भण्डारी, करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत सुरज बस्याल उद्योग बाणिज्य संघ शान्तिपुर तथा मजुवाका प्रमुख तथा प्रतिनिधिज्युहरु, उद्योगी, व्यवसायी, कर्मचारी लगायत सरोकारवाला सबैको उपस्थिति रहेको थियो ।

















कार्यक्रममा प्रमुख प्रहरी निरीक्षक अनिल थापा , प्रहरी चौकी अर्गली पाल्पाका प्रमुख , प्रहरी कर्मचारीहरु, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधीज्यू, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीज्यू, स्वास्थ्य संस्थाका प्रतिनिधीज्यू, स्थानिय आमा समूहका प्रतिनिधीज्यू, मन्दिरका पुजारी गुरुहरुको उपस्थिति रहेको थियो। 









