गाउँपालिका पेज जेष्ठ २१
राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना
रैनादेवी छहरा गाउँपालिकाले राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाका उपाध्यक्ष युवराज थापाको अध्यक्षता, अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, ४ नं वडाध्यक्ष गोविन्द बहादुर रायमाझी, जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरे, सामाजिक अभियान्ता राजेन्द्र वि.क., कार्यपालिका सदस्यहरू महेश बराल, गिता राना, सुकमाया वि.क., वडा सदस्यहरू मुना परियार, शान्ता बम्रेल, दान बहादुर थामीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका १२ कक्षा उत्तिर्ण (बि+ वा माथि प्राप्त गरेका) दलित समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।सम्मान गरिएको थियो ।सम्मान गरिएको थियो । विद्यार्थीहरूलाई अध्यक्ष, उपाध्यक्ष लगायत अतिथिहरूले सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहायक महिला विकास निरिक्षक छबिता देवकोटाले गर्नुभएको थियो ।



