Category: समाचार

  • रुरु क्षेत्र  गाउँपालिकामा नीति कार्यक्रम प्रस्तुत  कार्यक्रम देख्दा  सबै लाई  चित्त बुझ्दो

    रुरु क्षेत्र गाउँपालिकामा नीति कार्यक्रम प्रस्तुत कार्यक्रम देख्दा सबै लाई चित्त बुझ्दो

    चुरामणि तिमिल्सिना  असार  ८

    रुरु क्षेत्र गाउँपालिका बलेटक्सार को गुल्मीमा १४ औं गाउँ सभा सुरु भएको छ । आर्थिक वर्ष २०८० / 0८१ को नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सभामा प्रस्तुत गर्नु भएको थियो।रुरु क्षेत्र गाउँपालिका कृषि उत्पादन ,शिक्षा ,र धार्मिक पर्यटकीय दृस्ठिकोण अगाडी रहेकोले पालिका लाई सुन्दर गाउँपालिका पहिचान गर्ने योजना अगाडी सारिएको छ।

    ।पालिका देखि वडा सम्मका सबै कार्यालयका कामहरुलाई सेवा प्रवाहमा चुस्त दुरुस्त राख्ने , सडक पहुचलाई निरन्तर दिने,युवा रोजगार लाई प्राथमिकतामा राखिने नीति कार्यक्रममा पेस गरिएको छ ।
    कार्यक्रम सम्पादन हुँदै गर्दा पालिका लाई चुनौती समेत रहेको अध्यक्षले कार्यक्रममा प्रस्तुत गर्नु भएको छ । रोजगार उन्मुख सीपमुलक शिक्षाको बिकास , कृषक सामु सुचनाको अभाव , अव्यवस्थित बसोबास , निर्माण सम्पन्न भएको योजना र पुर्वाधार लाई संरक्षणमा चुनौती रहेको उल्लेख गरिएको छ ।


    पालीकाले कृषक लाई अनुदान ,बाली संरक्षण , कार्यक्रम नर्सरी, कर शिक्षा कार्यक्रम, सहकारी कार्यक्रम सङै सहकारी लाई मुल्यांकन गरी पुरस्कृत , बृहत् स्वास्थ शिविर , विभिन्न समयमा आयुर्बेद कार्यक्रम सन्चालन घर घरमा निशुल्क स्वास्थ प्रशिक्षण सङ्गै औषधी वितरण , रुरु धाममा कृषि मेला ,प्रभावकारी समेत भएको उल्लेख गरिएको छ। नीति कार्यक्रममा बिद्युत लाइ ब्यबस्थापन गर्न काठे पुल लाई बिस्थापित गरि स्टिलका पोल राख्ने ,साझेदारी कार्यक्रममाबिधुतीय चुलो बितरण गर्ने ,मुख्य सडक खण्डमा सडकबत्ती सन्चालन गरिने, यस्तै बिध्यालय लाई समायोजनका कार्यक्रम लाई निरन्तरता प्रदान गर्न शिक्षकहरु लाई विभिन्न तालिम प्रदान गर्ने , स्थानीय पाठ्यक्रम लागू गर्ने , आधारभुत तथा माध्यमिक तहका छात्राहरु लाई निशुल्क प्याड उपलब्ध गराउने , हरेक शैक्षिक सस्थाहरुमा प्रबिधि मैत्री कक्षाहरु सन्चालन गरिने, बिद्यार्थी लाई विभिन्न चेतना मुलक कार्यक्रम पनि सन्चालन गरिने कार्यक्रम समाबेश गरिएको छ ।

    पालिकाले यश बर्ष बुहारी शिक्षा कार्यक्रम पनि सन्चालन गर्ने छ । स्वास्थ क्षेत्रमा काम सम्पदान गर्न सबै सेवालाई प्रभाव कारी रुपमा अगाडी लैजाने निति अगाडी सारीएको छ। पालिकाले योग शिविर स्वास्थ शिविर महिला सिविर बिमा कार्यक्रम लाई पनि महत्वका साथ अगाडी बढाइने योजना रहेको अध्यक्ष ज्ञवालीले बताउनु भयो। यस्तै बातावरण लाई हराभरा बनाउन र धार्मिक क्षेत्र भएकाले पोखरी खन्ने तथा पिपलको बृक्ष रोपण गरेर आउने पर्यटक लाई रुरुधाम देख्न लायक बनाउने योजना पनि अगाडी सारीएको छ।

  • मजुदुर लाई  दैनिक  पिउने पानी खुवाउदै रुरुका  ज्ञवाली दम्पती

    मजुदुर लाई दैनिक पिउने पानी खुवाउदै रुरुका ज्ञवाली दम्पती

    चुरामणी तिमिल्सिना असार   ८

    रिडी तम्घास सडक खण्डमा करिव ४ महिना यता देखि सडक बिस्तार कार्यक्रम सन्चालन भैरहेको छ । गर्मीको समय उत्तिकै रहेको छ, काम गर्ने मजदुर पनि काम गर्दागर्दै ढल्ने अवस्था रहन सक्छ। गाउँ घरमा यो समयमा पानीको हाकार गाउँ घरभरि उतिकै छ । गाउँमै भएता पनि ती मज्दुर गर्ने १००औ मजदुर लाई पिउने पानी कस्ले खुवाउने नत कतै नजीक पानीको मुहान छ न त धारा नै नजीक छ , नत पानी को लागि कुवा पोखरी छन ती समस्या हरु लाई मध्य नजर गर्दै गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न ३ थानपती वसन्त पोखरी हाल वडा न १ रिडीमा होटल क्राउन्का संचालक नारायण ज्ञवालीले मजुदुर हरुलाई दैनिक काटुनका काटुन् पिउनेपानी खुवाइरहनु भएको छ।

    जिन्दगीमा मरि लानु के छ दुई दिन्को जिन्दगीमा जती सको धर्म कर्म दान पुन्य दिन दुखि लाई सहयोग असाय लाई राहत भोका लागि अन्न नाङगा शरीर भएका लाई केही गर्न सकिन्छ कि भन्ने उद्देश्य ले सक्दो सहयोग गरेको ज्ञवालीले बताउनु भयो। जीवन लाई सजिलै पार लगाउन सकिने बैकुण्ठ वाला पितृहरुले आशिर्वाद देलान भनेर नै उनकी धर्मपत्नि बिष्णु ज्ञवालीले बताउनु भयो।

    सडकमा पसिना बगाउने आफ्नै गाउँको बिकासमा मजदुर नै भएर आयर काम गरेर आफुहरु लाई निकै सन्तुष्टि पार्ने योजना देख्दा अझ थप सेवामा तल्ललिन हुन मन जाग्ने ज्ञवालीले बताउनु भयो ।सानै उमेर देखि सामाजिक सेवा गर्न अति रुचि राख्ने ज्ञवाली पछील्लो समयमा कालीगण्डकी करिडोर रिडीमा सम्पुर्ण सुबिधा सहित राम्रो स्तरिय होटल क्राउन सन्चालन गर्दै आउनु भएको छ । गाउँघरमा महि पनि प्रसस्त पाइन्छ तर ती मजुरदुरु लाई कतै बाट दिय पनि कति खुशी हुन्थिय होला ।काम गरेको ठाउँमा चिसो फ्रीजको  पिउने पानी लियरदम्पती पुग्दा पानी छोेपाछोप गरेर लिने गर्दछन ।

    नत ज्ञवालीका कुनै आफन्त नत नजीकका इस्ट मित्र जे भएपनि यसरी सेवा गर्न पाउनु अझ पानी नै खुवाउन पाउनु आफ्नो परिवारको भाग्य नै हो ज्ञवाली परिवारको भनाइ रहेको छ ।

  • गोर्खाको दुर्घटनामा ५ जनाको ज्यान गयो १२ जना घाइते

    गोर्खाको दुर्घटनामा ५ जनाको ज्यान गयो १२ जना घाइते

     असार ८

    गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
    गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा बिहेका लागि टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् ।

  • कसरी  अगाडी  बढ्दै छ  तुराङ बहुप्राविधिक  शिक्षालय

    कसरी अगाडी बढ्दै छ तुराङ बहुप्राविधिक शिक्षालय

    चुरामणी तिमिल्सिना  असार ८

    तुराङमा अध्ययनरत प्रशिक्षार्थीहरुलाइ मौसम सम्बन्धि जानकारी दिने उद्देश्य अनुसार उदय मा बि शान्तिपूरमा रहेको #Weather_Forecast_Station को अबलोकन गराउने कार्य सम्पम्म भएको छ ।
    । यस्तै गरि प्राबिधिक धारतर्फ ९-१२ कृषि कार्यक्रम संचालनमा रहेको सो मा बि को कृषि फार्म को समेत अबलोकन गराइयको हो । यस्तै गरि चन्द्रकोट धुवाखर्कमा रहेको निखिल मल्टि पर्पोज एग्रो फर्मले उत्कृष्ट ब्यबस्थापनमा संचालन गरेको च्याउ उत्पादन तथा उत्पादन प्रकृया र लागत एबम बजारीकरण सम्बन्धि जानकारी लिइयको हो। रेमि स्थित मौरी घार उत्पादन सम्बन्धि अबलोकन तथा सो बारेमा अध्ययन गर्ने अबसर प्रशिक्षार्थीहरुले प्राप्त गरेका छन ।

    बिद्यार्थीहरु लाई अध्यान संगै फिल्डमै उपस्थिति गरायर अगाडी बढाउने हो भने छिटो सम्झन सक्ने ब्यबहारिक जिवनमा प्रयोग हुने र सजिलै सित प्रसन पत्र समेत समाधान गर्न सकिने हुँदा अध्यान सङै फिल्डमा लाने गरेको शिक्षालयले बताएको छ । पछिल्लो समयमा बिद्यार्थीहरुको ध्यान बहु प्राबिधिक शिक्षालय तर्फ गयकोले अभिभावकमा समेत खुशीछाएको शिक्षालयका प्रमुख प्रतिप राज पाण्डे ले बताउनु भयो।

  • गुल्मीदरबार  गाउँपालिकामा कस्ता कार्यक्रम  समेटीय नीति कार्यक्रममा नाले बेलि सहित

    गुल्मीदरबार गाउँपालिकामा कस्ता कार्यक्रम समेटीय नीति कार्यक्रममा नाले बेलि सहित

    चुरामणी तिमिल्सिना  असार ७

    गुल्मी दरबार गाउँपालिका गौडाकोट गुल्मीको १३ औ गाउँसभा सुरु भएको हो।सभामा बोल्दै अध्यक्ष सरोज कुमार थापाले १५ शैयाको अस्पताल अन्तिम चरणमा पुगेको , मोटर बस्ती स्तर उन्नति गरिएको, सबै वडामा आफ्नै भवन बनाउन लागि परेको १ घर १ खानेपानी धारा , जेष्ठ नागरिक को भत्ता टोल टोलमा पुर्याएको, ९७ प्रति खरका छाना बिस्थापित गरि जस्ता पाता युक्त आवास निर्माण गरिएको , नेपालमै पहिलो पटक पुर्ण पोषण मन्त्री स्वास्थ संस्था युक्त गाउँपालिका घोषण गरिएको , साथी शिक्षा कार्यक्रम , मेरि आमा कार्यक्रम, स्वास्थ आमा कार्यक्रम , प्रभावकारी भएको , गुल्मी दरबार गाउँपालिका नामक पाठयपुस्तक निर्माण ,गरि सन्चालन गरिएको गाइ भैंसी बिज बिद्धीको लागि ए आइ को ब्यबस्था मिलाईएको अध्यक्ष सित नानु बाबू प्रतिभा ,हाम्रो बिद्यालय मेरो बिद्यालय, मेरो फुल बारी कार्यक्रम लाई अगाडी बढाइने सस्कृती संरक्षण का कार्यक्रमहरु अगाडी बढाइने नीति कार्यक्रममा समाबेश गरिने कार्यक्रम तय गरिएको छ ।

    निति कार्यक्रममा उपाध्यक्ष सित बाल बालिका कार्यक्रमहरु पनि अगाडी बढाइने छ। यस्तै स्थानीय मदिरा लाई ब्यबस्थित गर्ने किसान लाई पहिचान गरि किसान परिचय पत्र प्रदान गर्ने कृषिमा बृद्दी गर्न कृषक सित गाउँपालिका कार्यक्रम सन्चालन गरिने, उत्कृष्ट कृषक सम्मान कार्यक्रम सन्चालन गरिने पालिकको कोसेली घर लाई प्रभाव कारी बनाउने , हरेक वडमा हरेक फरक फरक पकेट कार्यक्रम सन्चालन गरिने मौरी उत्पादनको लागि विशेष कार्यक्रम ल्याइने छ ।गाउँपालिकालाई सुचना प्रबिधि मैत्री बनाउइने न्यान सम्पादनको लागि विभिन्न तालिम प्रदान गरिने कार्यक्रममा समाबेश गरिएको छ ।

    , श्रमको सम्मान गुल्मी दरबार अभियान सन्चालन गरिने , बजार अनुगमन लाई निरन्तरता दिईने पालिकामा खाजा खादा दुना टपरी लाई प्रयोगमा ल्याइने छ । पालिकाका हरेक गतिविधि लाई सुचना मुखी बनाइने हरेक बिध्याल् तथा विभिन्न क्षेत्रमा जङ्क फुड निषेध गरिने , नीति अगाडी सारियको बताउनु भयो। हरियो बन भन्ने नार लाई आत्मसाथ गर्दै बन लाई जोगाउने , खेल कुद लाई निरन्तर दिइने छ ।

    सडक काले पत्रे लाई प्राथमिकता मा राखेर बिकास लाई अगाडी सारिने नीति ल्याइयको हो जनता लाई सुचना शीत जोडनको लागि मोबाईल यप्सेस को कार्यक्रम ल्याइने नियामित रुपमा जनताका आवज लाई अध्यक्ष पुर्याइ सम्बोधन गरिने पनि निति कार्यक्रममा उल्लेख गरिएको छ बिदेशमा हैन नेपाल नै केही गरौ भन्ने योजना बनाएका युवाहरु लाई विभिन्न चरणमा राहत कार्यक्रमरु प्रदान संगै बजेट नै बिनियोजन गरिने उत्पादन लाई प्राथमिकतामा राखेर हाड बजार लाई अझ थप ब्यबस्थापनका साथ सन्चालन गरिने निति कार्यक्रममा समाबेश गरिएको छ ।

    । । यस्तै शिक्षकहरुको लागि विभिन्न समयमा क्षमता बिकास तालिम सन्चालन गरिने ,उपाध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम बिपन्न बर्गका बिद्यार्थी लाई निसुल्क स्टेनरी ,पोशाक लगायतका सुबिधा पनि प्रदान गर्ने नितिमा उल्लेख गरिएको छ । गाउँपालिका का सबै बिध्यालयमा बिधुतीय हाजिरीको ब्यबस्थापन गर्ने , खेलाडी सित गाउँपालिका कार्यक्रम ,जेष्ठनागरिक सित गाउँपालिका कार्यक्रम , उपाध्यक्ष सित बाल बालबालिका कार्यक्रम , उपाध्यक्ष उद्दार तथा सहयता कोश स्थापना पनि गरिने कार्यक्रममा समाबेश गरिएको छ ।आयुर्बेद सेवा केन्द्र सन्चालनको आवस्यक पहल पहल समेत गर्ने , प्रसुती सेवा तथा बिपन्न बर्ग लाई निसुल्क यमुलेन्स सेवा लाई निरन्तरा समेत प्रदान गरिने भएको छ ।

  • मुसिकोटमा बोलेरो जिप  दुर्घटनाआठ जना घाइते

    मुसिकोटमा बोलेरो जिप दुर्घटनाआठ जना घाइते

    गुल्मी  असार  ७

    गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर १३ को माछ्मीबाट मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे मन्दिर जादै गरेको जिप दुर्घटना परेको  छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बागबजारमा बोलेरो जीप दुर्घटना भएको हो।बोलेरो दुर्घटना हुँदा आठ जना घाईते भएका छन् ।दुर्घटनामा परेर घाईते भएका आठ जनालाई उपचारका लागि सल्ले अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको छ ।

  • प्रवास नेपाली सम्पर्क विभाग जापान सभापति दिलेन्द्र प्र जोशी

    प्रवास नेपाली सम्पर्क विभाग जापान सभापति दिलेन्द्र प्र जोशी

    चुरामणी तिमिल्सिना असार६

    राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसको उपलक्ष्यमा प्रवास नेपाली सम्पर्क बिभाग जापानले चितवन जिल्लाको भरतपुर ५ स्थित आनन्दपुरमा अवस्थित बालबालिकाहरुकालागि प्रहरी नागरिक अभियान नेपाल सस्थामा रहनु भएका ३१ जाना बाल बालिका हरुलाइ शैक्षिक सामग्री ,युनिफर्म ,जुत्ता , खेलकुद सामग्री र फोहर ब्यबस्थापन सामाग्री हस्तान्तरण गर्नेभएकोछ उक्त सस्थामा रहनु भएका ३१ जाना बालबालिकाहरु लाइ बालबालिकाहरुकालागि प्रहरी नागरिक अभियान नेपाल सस्थाले अभिभाकत्व गरिरहेको र सस्थाको आर्थिक अवस्था देखि उक्त सस्थामा रहेका बिद्यार्थी नानि बाबुहरुको समस्यालाइ अबलोकन गरि तत्काल आवस्यक सम्बन्धितकुराहरु सहयोग गर्ने तयारी गरेको प्रवास नेपाली सम्पर्क बिभाग जापान सभापति दिलेन्द्र जोशीले बताउनुभयो। साथै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसको उपलक्ष्यमा जापानमा रहनु भएका सम्पूर्ण नेपाली आमा बुवा ,दाजु भाइ दिदि बहिनि हरुको बिचार लाइ आत्मासाथ गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको धारणा र सुझाव सल्लाह लाइ ग्रहण गर्ने हेतुले ओपन अनलाइन बैठकको आव्हान गरि समाजमा सकारात्मक भावना र सकारात्मक संदेश प्रवाह गर्ने गरि ,,अनलाइन मार्फत ,,प्रवास आवाज,,कार्यक्रम आयोजना गर्ने जानकारी जोशीले दिनुभएकोछ। जसमा प्रवास नेपाली सम्पर्क बिभाग जापान केन्द्रिय समिति ,क्षेत्रिय समिति हरु सबैको सहकार्यमा यसको ब्यबस्थापन गरिनेछ। क्षेत्रिय समिति कान्तो ,क्षेत्रिय समिति कान्साई क्षेत्रिय समिति सेन्दाई लागायत राष्ट्रिय स्वतन्त्र पार्टी समर्थ ३०० जाना भन्दा बढी संख्यामा बिभिन्न ठाउमा भेटघाट गरि पार्टी प्रतिको चिन्तनमाथि छलफल गर्ने तयारि भैरहेकोकुरा क्षेत्रिय समिति सभापति ज्युहरुले जानकारी दिनु भयो। कार्यक्रम मिति २०२३-६-२२ तारिक साझ १९ बजे बाट २२ बजे सम्म गरिनेछ। स्थापना दिवसको उपलक्ष्यमा प्रवास आवाज अन्तर्गत तपाइले देखेको राष्ट्रिय स्वतन्त्र पार्टीको १ बर्ष भन्ने बिषय वस्तुमा सबैको बिचार ,सुझाव सल्लाह लिने दिने गरिनेछ।

  • धुर्कोट गाउँपालिकामा निति  कार्यक्रम  प्रस्तुत

    धुर्कोट गाउँपालिकामा निति कार्यक्रम प्रस्तुत

    चुरामणि तिमिल्सिना   असार ६

    धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक निति तथा कार्यक्रम पेश भएको छ।
    बुधवार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १३ ‍औँ अधिवेशनको दोस्रो बैठकमा गाउँ सभाका सभाध्यक्ष भुपाल पोखरेलले आगामी आर्थिक वर्षको बार्षिक निति तथा कार्यक्रम सभामा पेश गर्नुभएको हो।

    कार्यक्रममा कृषि , पर्यटन,  शिक्षा , स्वास्थ,  रोजगार , पुर्वधाधार खानेपानी   सडक  उत्पादन संगै  विभिन्न  रोजगार  मुलक  तालिम  लगायतका विषय समेटिएका छन अध्यक्ष  पोखरेलले पालिका लाई   सक्षम  र गरेका काम लाई   दिगो बिकासका रुपमा लैजान  आग्रह  गर्दै तालिम   हरेक प्रकारका भएता पनि आगामी  दिन्मा समाजमा उपयोगी  खालका र दैनिकी  प्रयोजनमा  आवस्यक  पर्ने    अवको नितिमा समेत समाबेस  गर्दै  बजेट समेत बिनियोजन गर्ने  बताउनु भयो।

  • सिप सिक्दै  पाल्पा रैना देविका दिदी बैनिहरु

    सिप सिक्दै पाल्पा रैना देविका दिदी बैनिहरु

    चुरामणी तिमिल्सिना असार ६

    रैनादेविछहरा-३, भुवनपोखरी छचुवाका कुमाल समुदाय का दिदिबहिनी हरु सिप सिक्दै   गाउँमा तेसै बस्न भन्दा केही  न केही  आम्दानीका श्रोतमा वृद्धि  गर्ने  र  समयको  सदुपयोग  आफुहरु सीप सिक्न आयको    सहभागीको भनाइ रहेको छ ।

  • कामना सेवा बिकास  बाट सहयोग  हस्तान्तरण

    कामना सेवा बिकास बाट सहयोग हस्तान्तरण

    श्रीराम गौतम  गुल्मी

    हामी सबैको शान, स्वच्छ र सफा अभियान”
    कामना सेवा बिकास बैंक लिमिटेडले आफ्नो संरचनात्मक सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेशको बुटवल मैनाबगर शाखा मार्फत बुटवल २ उजिरसिंह नगर मैनाबगर स्थित नेपालकै पहिलो तथा नमुना अटोभिलेज बुटवल अटोभिलेजलाई सोमबार एक कार्यक्रम आयोजना गरि १० थान डस्टविन यसै कामना सेवा बिकास बैंकका प्रदेश प्रमुख मोहनदक्त खनाल मार्फत यस नमुना तथा पहिलो अटोभिलेज बुटबल अटोभिलेजका अध्यक्ष तुल्सिराम न्यौपाने तथा फोहोर ब्यबस्थापन समितिका संयोजक देविकला पौडेल ज्यु लाई “हामी सबैको शान, स्वच्छ र सफा अभियान” भन्ने मुल नाराका साथ यश बुटवल अटोभिलेजको वरपरको फोहोर व्यवस्थापनका लागि डस्टविन हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बुटवल अटोभिलेज व्यवस्थापन समितिका सल्लाहकार खिम नारायण आचार्य, अध्यक्ष तुल्सिराम न्यौपाने, सचिव पुजा गैह्रे, फोहोर व्यवस्थापन समितिका संयोजक देविकला पौडेल साथै व्यवस्थापक हिमाल खनाल र बैंक बाट मैनाबगर शाखा सन्चालन प्रमुख रीता बस्याल, कर्जा प्रमुख केशव ज्ञवाली र नितेश राज शाक्यको उपस्थिती रहेको थियो