Category: समाचार

  • चन्द्रकोटमा  अध्यक्ष  कप सकियो

    चन्द्रकोटमा अध्यक्ष कप सकियो

    गाउँपालिका पेज   जेष्ठ   २८

    चन्द्रकोट गाउँपालिका गुल्मीले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र भविष्यमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पु-याउने उद्देश्यले जेठ २७ गतेदेखि संचालन गरेको दोस्रो अध्यक्षकप (चन्द्रकोट गाउँपालिभित्रका अन्तर वडा स्तरीय) खुला पुरुष भलिवल प्रतियोगिताको आज समापन भएको छ।

    गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित समापन शत्रमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडा अध्यक्षहरू , शिक्षा अधिकृत, प्रास लगायतका कर्मचारीहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न क्लव तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

    चन्द्रकोट गाउँपालिका अन्तर्गतका ८ वटा वडाबाट कुल ८ समूहको प्रतिस्पर्धा रहेको प्रतियोगितामा वडा नं. ८ तुराङको समूह प्रथम, वडा नं. २ बिशुखर्कको समूह द्वितीय तथा वडा नं. ४ शान्तिपुरको समूहले तृतीय स्थान हासिल गरेका थिए। प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने समूहलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमशः नगद रु ६० हजार, ४० हजार र २५ हजार सहित पुरस्कृत गरिएको थियो। त्यस्तै विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्पाइकर दिपक सुनार, उत्कृष्ट ब्लकर राहुल सुनार, उत्कृष्ट सेटर सुदिप सुनार , उत्कृष्ट सर्भर ममित राना, उत्कृष्ट लिबेरो खिम बहादुर रोका र सर्बोत्कृष्ट खेलाडी बिसाल सुनरालाई जनही नगद रु १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    सोही प्रतियोगिताको अवसरमा भएको जनप्रतिनिधि तथा कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा विजेता कर्मचारीको समुहलाई समेत शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो।साथै सोही अवसरमा चन्द्रकोट गाउँपालिका वडा नं. १ दिब्रुङ्ग, गुल्मी निवासी ITF तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक एवम तेक्वान्दो खेलाडी श्री नबराज खरेलज्यूलाई नगद पुरस्कार रु. २०००० (अक्षरेपि बीस हजार) सहित यो सम्मान गरिएको थियो।

  • गुल्मीको  चन्द्रकोटमा कर  शिक्षा  कार्यक्रम  प्रभावकारी रुपमा सम्पन्न

    गुल्मीको चन्द्रकोटमा कर शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न

    गाउँपालिका पेज   जेष्ठ  २६

    “मेरो कर मेरै लागि, स्वस्थ र शुद्ध खाद्यमार्फत स्वस्थ नागरिक” भन्ने मूल नारा सहित चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजना तथा उद्योग बाणिज्य संघ शान्तिपुरको सह-आयोजनामा स्थानिय तहमा करको दायरा फराकिलो बनाउने, करदाता लाई कर सम्बन्धी सचेतना बढाउने साथै स्वच्छ र शुद्ध खाद्य मार्फत स्वस्थ नागरिक बनाउने उदेश्यले आयोजित करदाता शिक्षा तथा नागरिक सचेतना कार्यक्रम चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

    कार्यक्रममा प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्रीज्यू, बिशिष्ट आतिथ्यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माज्यु, चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीज्यू, गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेज्यू, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक राजन भुजेलज्यू, अतिथिहरु चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलज्यु घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुरेन्द्र भण्डारी, करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत सुरज बस्याल उद्योग बाणिज्य संघ शान्तिपुर तथा मजुवाका प्रमुख तथा प्रतिनिधिज्युहरु, उद्योगी, व्यवसायी, कर्मचारी लगायत सरोकारवाला सबैको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुरेन्द्र भण्डारी, करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत सुरज बस्यालले प्रस्तुतीकरण मार्फत सहजीकरण गर्नु भएको थियो ।

    कार्यक्रममा सहभागीहरूले करका विषयमा चासो राख्दै कुन प्रकारको सामान बेच्दा कुन प्रकारको कर बुझाउने संस्था दर्ता प्रक्रिया यस्तै पसल दर्ता वाणिज्य संघ दर्ता लगायतका आफूलाई शङ्का लागेका विषयमा कार्यक्रम समक्ष प्रस्तुतकर्ता समक्ष जिज्ञासा राख्नुभएको थियो।

  • गुल्मीको दौगामा एकदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    गुल्मीको दौगामा एकदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना  रिडी

    गुल्मीको दौगामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड खर्ज्याङ शाखाको आयोजनामा कार्यक्रम गरिएको हो।
    साइन साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड गुल्मीका अपर कलस्टर हेड कृष्ण हरि भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा छत्रकोट गाउँपालिका गुल्मीका वार्ड नम्बर ६ का वडाध्यक्ष नारायण रेश्मी को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा खर्ज्याङ शाखाका प्रबन्धक विष्णु विकेले बैंक तथा वित्तीय बैंक तथा वित्तीय संस्थाहरूले गर्ने काम कर्तव्य अधिकार यसको क्षेत्र यसले प्रदान गर्ने कर्जा ब्याज हुन सक्ने क्षति र यसले ग्रामीण भेगमा पुर्याएको योगदानको विषयमा चर्चा गर्दै बैंकमा कारोबार गर्दा ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरालाई समेत जानकारी गराउनु भएको थियो।

    उहाँले प्रशिक्षण गर्दै पछिल्लो समय विभिन्न स्थानमा सहकारी हरू डुबेका प्रशस्तै उदाहरणहरु पनि जोड्दै सहकारी र बैंक बीचको भिन्नता का विषयमा चर्चा पनि गर्नुभएको थियो।
    कार्यक्रममा जनप्रतिनिधि महिला समूह आमा समूह क्लब बौद्धिक वर्ग व्यापारी बुद्धिजीवी र शाखा कार्यालयमा खातावाला सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    । कार्यक्रममा आफ्ना भनाइ राख्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नारायण रेश्मीले यो कार्यक्रम यस ग्रामिण भेगमा अत्यन्तै उपयोगी भएकोले ५ /७ महिनाको फरकमा सञ्चालन गरिदिने हो भने कुनै पनि दिदीबहिनीहरु र स्थानीय बौद्धिक व्यक्तित्वहरु बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दा ढुक्क तरिकाले कारोबार गर्न सक्ने बताउनुभयो।

  • रुरुक्षेत्र गाउँपालिकामा तिन दिने  तालिमको शुभारम्भ

    रुरुक्षेत्र गाउँपालिकामा तिन दिने तालिमको शुभारम्भ

    चुरामणि तिमिल्सिना

    जेष्ठ   २२

    गुल्मीको क्षेत्र गाउँपालिकामा तीन दिने तालिमको शुभारम्भ गरिएको छ। आधारभूत तह कक्षा १ देखि ५ सम्मका गणित तथा विज्ञान विषयका शिक्षकहरूका लागि क्षमता विकास तालिमको शुभारम्भ गरिएको हो।

    गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मिनादेवी गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारी, शिक्षा समितिका सदस्य नारायण ज्ञवाली , कार्यक्रममा अतिथि रहनुभएको थियो। तीन दिनसम्म चल्ने तालिममा गणित विषयका प्रमुख प्रशिक्षक मोहन घिमिरे, विज्ञान विषयका टीका मल्ल र विकास चन्द्र खरेल प्रशिक्षकको रूपमा रहनुभएको छ।
    ३५ बिद्यालय का ७० जना शिक्षकहरूको सहभागिता रहेको तालिममा प्रयोगात्मक रुपमा पनि प्रशिक्षण गरिने प्रशिक्षक घिमिरेले बताउनु भयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले शिक्षालाई आमूल परिवर्तन गर्दै अगाडि बढाउने र नीति तथा बजेटमा पनि कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो।

    अध्यक्ष ज्ञवालीले थप्दै भनु भयो गाउँपालिकाका हरेक विद्यालयलाई प्रविधिमैत्री शिक्षालाई जोड्दै प्राविधिक शिक्षालाई अगाडि बढाउने र शिक्षालाई पूर्णरुपमा अगाडि बढाउन तालिममा कुनै पनि कन्जुसाई नगर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख तेजबहादुर कुमाल ले गर्नुभएको थियो। तालिम २५ गतेसम्म सञ्चालन हुनेछ।

  • राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम

    राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम

    गाउँपालिका पेज  जेष्ठ  २१

    राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना

    रैनादेवी छहरा गाउँपालिकाले राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस २०८१ को अवसरमा दलित विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाका उपाध्यक्ष युवराज थापाको अध्यक्षता, अध्यक्ष रुक्माङ्गत भट्टराईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिना, ४ नं वडाध्यक्ष गोविन्द बहादुर रायमाझी, जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरे, सामाजिक अभियान्ता राजेन्द्र वि.क., कार्यपालिका सदस्यहरू महेश बराल, गिता राना, सुकमाया वि.क., वडा सदस्यहरू मुना परियार, शान्ता बम्‍रेल, दान बहादुर थामीको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा रैनादेवी छहरा गाउँपालिकाका १२ कक्षा उत्तिर्ण (बि+ वा माथि प्राप्त गरेका) दलित समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।सम्मान गरिएको थियो ।सम्मान गरिएको थियो । विद्यार्थीहरूलाई अध्यक्ष, उपाध्यक्ष लगायत अतिथिहरूले सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहायक महिला विकास निरिक्षक छबिता देवकोटाले गर्नुभएको थियो ।

  • गुल्मीको पुर्तिघाटमा बजार नजिकै जिप दुर्घटना एक महिलाको मृत्यु , ५ जना घाइते

    गुल्मीको पुर्तिघाटमा बजार नजिकै जिप दुर्घटना एक महिलाको मृत्यु , ५ जना घाइते

    गुल्मीको पुर्तिघाटमा बजार नजिकै जिप दुर्घटना एक महिलाको मृत्यु , ५ जना घाइते ।

    कालीगण्डकी , गुल्मी ।
    गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाट बजार नजिकै सोमबार बिहान जिप दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

    सोमबार बिहान गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको डबल क्याप जिप कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेको थिए । जिप दुर्घटना पछि पुर्तिघाट प्रहरी चौकी र स्थानीयले घटना स्थलमा उदार गरेका छन् ।

  • नेपाल  प्रहरीको  अगुवाईमा धार्मिक  स्थल सरसफाइ  कार्यक्रम

    नेपाल प्रहरीको अगुवाईमा धार्मिक स्थल सरसफाइ कार्यक्रम

    चुरामणि  तिमिल्सिना
    जेष्ठ  २० रिडी
    पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडी हृषीकेश मन्दिर परिसर सरसफाइ गरिएको छ । ईलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा खटेको टोलिले परिसर तथा मन्दिरका विभिन्न स्थानमा सरसफाइ गरेको हो।

    कार्यक्रममा प्रमुख प्रहरी निरीक्षक अनिल थापा , प्रहरी चौकी अर्गली पाल्पाका प्रमुख , प्रहरी कर्मचारीहरु, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधीज्यू, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीज्यू, स्वास्थ्य संस्थाका प्रतिनिधीज्यू, स्थानिय आमा समूहका प्रतिनिधीज्यू, मन्दिरका पुजारी गुरुहरुको उपस्थिति रहेको थियो।   सरसफाइ कार्यक्रममा हृषीकेश मन्दिर तथा उक्त मन्दिर परिसर भित्र रहेका त्रिपुरेश्वर महादेव मन्दिर, दुर्गेश्वर शिवालय, शान्त मुक्तेश्वर शिवालय, सत्यनारायण मन्दिर, दान मुक्तेश्वर शिवालय, विजेश्वर शिवालय, गायत्री मन्दिर, राधाकृष्ण मन्दिर समेतका मठ मन्दिरहरुका परिसर, मन्दिरमा रहेका विभिन्न धातुबाट निर्मित वस्तुहरु, विभिन्न भगवान्-का मूर्तिहरु, पूजा पाठमा प्रयोग हुने सर-सामाग्रीहरु समेत सरसफाइ गरी उक्त सरसफाइ कार्यक्रम समापन गरिएको हो।
    सरसफाइ कार्यक्रम पछी प्रहरीलाई धन्यवाद दिदै मन्दिर समितिका सचिव पदम प्रसाद शर्माले धार्मिक स्थल लाई चासो दियर टोलि नै परिचालन गरेर सबैतिर सरसफाइ गर्नु भएकमा प्रहरी लगाएत सबैलाई धन्यवाद प्रदान गर्नु भएको थियो।

  • रुरुक्षेत्र गाउँपालिका गुल्मीले आउँदो २१ मा जातीय  भेदभाव तथा छुवाछुत उन्मुलन  दिवस मनाउने

    रुरुक्षेत्र गाउँपालिका गुल्मीले आउँदो २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाउने

    चुरामणि  तिमिल्सिना   रिडी  जेष्ठ  १७

    रुरुक्षेत्र गाउँपालिका गुल्मीले आउँदो जेष्ठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने भएको छ ।कार्यक्रममा आधारभुत बिद्यालय तथा माध्यमिक बिद्यालय कक्षा ६-१२ का विद्यार्थीहरु बिच वक्तित्वकला प्रतियोगिता , दलित समुदाय भित्रका प्रचलित सस्कृति झलक्ने सास्कृतिक तथा अन्य जानकारि मुलक कार्यक्रम को आयोजना गरिने गाउँपालिकका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनु भयो। कार्यक्रम उत्घाटन पुर्व सबैको सहभागितामा प्रभातफेरि कार्यक्रम पनि गरिने अध्यक्ष ज्ञवालीले बताउनु भयो।

    यस्ता कार्यक्रमहरु विद्यार्थीहरु माझ गरिदा धेरै महानुभावहरुमा चेतनाको बिकास , प्रचारप्रसार , गाउँ टोल परिवारमा सचेतना जगाउने र सबैका माझ छिटो पुग्ने भएकाले यसरी यो कार्यक्रम बिद्यार्थी माझ गरिन लागेको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले बताउनु भयो।

  • चन्द्रकोटगाउँपालिकाको  शान्तिपुरमा  कपडा बैंक स्थापना

    चन्द्रकोटगाउँपालिकाको शान्तिपुरमा कपडा बैंक स्थापना

    महेश बाेहरा, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिल्ला मै पहिलो पटक कपडा बैंङ्क स्थपना भएको छ । मंगरबार १७ औं गणतन्त्र दिवसको अवसर पारेर शान्तिपुरमा आयोजित एक औपचारिक कार्यक्रम गदै बसर्पाकमा कपडा बैंङ्कको शुभारम्भ गरिएको हो ।

    चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि युवराज केसीले शान्तिपुर बसपार्कमा राखिएको संकल्न बक्स खोली उद्घाटन गर्नुभएको थियो । उद्योग बागिाज्य संघ शान्तिपुरको सहयोगमा कपडा बैंङ्कको स्थापना गरिएको हो । यो गुल्मी जिल्ला मै पहिलो पटक स्थापना गरिएको छ । मानवीय कार्य अन्र्तगत क्लोथ बैंङ्कको स्थापना गरिएको उद्योग बाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो । उहाँले सबैले आफ्ना पुराना कपडाहरु कपडा बैंङ्कमा जम्मा गरी पर्यावरणमा पर्ने नकरात्मक असरलाई समेत न्युनिकरण गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले क्लोथ बैंङ्कमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न सकिने बताउनुभयो । सोही कार्यक्रममा उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंङ्कको सुरुवात यस पालिकामा गर्न पाएकोमा क्लोथ बैंङ्क परिवार प्रति धन्यवाद ब्यक्त गर्नुभयो । चन्द्रकोट गाउपालिका अध्यक्ष युबराज केसीले कार्य निकै प्रसंसनीय र परोपकारी भएको हुदा गुल्मीमा सम्पूर्ण पालिकाहरुमा कपडा बैंक आवश्यकता रहेको औलाउनुभयो । उहाँले भौतिक विकास संगै सामाजिक विकास, मानवीय विकास र चेतनाको विकास हुनुपर्ने बताउनुभयो ।

    कपडा बैंकका संचालक कमल जिसीले बैंक संचालन भएको चार महिनाको अवधिमा आगोलागी पिडितहरु सात सय भन्दा बढी घर परिवारलाई कपडा प्रदान गर्दा साच्चिकै पुण्यको काम गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो । उहाँले हाललार्ई शान्पिुरको बसपार्कमा संकलन बक्सलाई राखिएको र केही समय मै चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को मजुवा बजारमा समेत राखिने बताउनुभयो । उहाँले गुल्मी जिल्लाका अन्य स्थानिय तहमा समेत यो कार्य थालनीका लागी पहल भइरहेको बताउुभयो ।

    चन्द्रकोट गाउपालिकाको बसपार्क स्थित संकलन बक्स राखिएको छ भने संकलित कपडाहरुलाइ पुन प्रसोधन (रि साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिने चन्द्रकोट गाउपालिका वडानम्बर २ का वडा अध्यक्ष कमल केसीले बताउनुभयो । कार्यक्रममा विभिन्न संचारकर्मी, नेपाल रेडक्रस, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म एक सय ६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छन ।

     

     

    तपाईलाई यो खबर कस्तो लाग्यो ?

  • रुरुक्षेत्र गाउँपालिकाले  रिडीमा प्रदान गर्यो  कर शिक्षा कार्यक्रम

    रुरुक्षेत्र गाउँपालिकाले रिडीमा प्रदान गर्यो कर शिक्षा कार्यक्रम

    चुरामणि तिमिल्सिना

    जेष्ठ  १५  मंगलवार रिडी

    रिडी माध्यमिक बिद्यालयमा एक कार्यक्रमका बिच कर शिक्षा कार्यक्रमको शुभारम्भ गरिएको छ । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा करदाता सेवा कार्यालय गुल्मी , घरेलु तथा साना उधोग कार्यालय गुल्मी, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा , गुल्मी उधोग वाणिज्य संघ शाखा कार्यालय रिडी र बलेटक्सार गुल्मीको समन्वयमा कार्यक्रम गरिएको हो।

    गाउँपालिका उपाध्यक्ष मिनादेवि गौतमको अध्यक्षता रहेको कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बिक , सामाजिक बिकास समितिका संयोजक तथा वडा न ३ का वडा अध्यक्ष शेषनारायण मरासिनी , कार्यपालिकाका सदस्यहरु ,उधोग बाणिज्य संघ, टोल बिकास सस्थाका पदाधिकारी हरु लगायतको आतिथित्यता रहेको थियो।
    कार्यक्रममा घरेलुका तर्फबाट वरिष्ट उधोग अधिकृत सुरेन्द्र भण्डारी ,कर अधिकृत सुरज बस्याल , खाद्य निरीक्षक , मनोज अधिकारी , सोनिला गौतमले विषयगतमा प्रशिक्षण दिनु भएको थियो

    ग्रामीण भेगमा करका विषय निकै झन्झटिलो र नबुझ्ने भएको ले कर शिक्षा अतिनै आवस्यक रहेको र कर चुक्ता पनि गर्न जादा पनि निकै सास्ति भोग्न परेकोले यस लाई सहजीकरण गर्न यो कार्यक्रम आवस्यक रहेकोले यहाँ सन्चालन गरेको उपाध्यक्ष गौतमले बताउनु भयो।उहाँ ले बजार बढ्दो भएकोले मापदण्ड , मुल्यसुचि ,गुणस्तर का विषयमा पालिकाले जिल्लाका विभिन्न कार्यालय सङै मिलेर पालिकाले आफ्नो नेतृत्वमा अनुगमन जरिवाना , सम्झाइ बुझाइ तथा निर्देशन पनि गर्दै आएको बताउनु भयो ।

    यस्तै कार्यक्रम बुधबार रुरु ४ मा पनि सन्चालन हुने कार्यक्रम संचालक दामोदर ज्ञवालीले बताउनु भयो।