Category: समाचार

  • दुरसंचार  केन्द्रीय  कार्यालय काठमाडौले  आफ्नो  सामाजिक उत्तरदायित्व    अन्तर्गत  रिडी माविमा झोला वितरण  गर्यो

    दुरसंचार केन्द्रीय कार्यालय काठमाडौले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण गर्यो

    असार १९

    चुरामणि  तिमिल्सिना

    रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम गरिएको हो। । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहयोगमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० कक्षासम्म का १५६ जना विद्यार्थीलाई नेपाल दुरसन्चार लोगो सहितको झोला वितरण बितरण गरिएको हो। । दूरसञ्चार प्राधिकरणको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।

    वितरण कार्यक्रममा दूरसञ्चार प्राधिकरण पाल्पाका कार्यालय प्रमुख राकेश पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफूहरूले सानो भएपनि उपहार प्रदान गर्न आउँदा निकै खुसी व्यक्त गर्नुभयो ।उहाँले आगामी दिनमा पनि दूरसञ्चार प्राधिकरणले विद्यालयको शैक्षिक अवस्था प्राविधिक अवस्था धार्मिक एवं पर्यटन प्रवर्धन समेत टेवा पुर्याउने हिसाबले आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अधिकृत केशव भट्टराई व्यापार अधिकृत कृष्णप्रसाद पौडेल वडा नम्बर १ का वडा सदस्य सुशील श्रेष्ठ टोल विकास संस्था रिडीका प्रेम प्रसाद भण्डारी तथा विद्यालयका शिक्षकहरूको सहभागिता मा कार्यक्रम आयोजना गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक दुर्गा दत्त ढकालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

    वितरण गर्दै बिद्यालयका प्रधानाध्यापक रोहित प्रसाद भण्डारीले यो कार्यक्रम नेपाल दुरसन्चारले यहाँसम्म ल्याइदिनु भएकोमा विद्यालयका तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याइदिन आग्रह गर्नुभयो।

  • रोल्पामा जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुग्यो

    रोल्पामा जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुग्यो

    रोल्पा। माडी गाउँपालिका ३ परेवा छहरामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

    माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान जानेको संख्या ८ पुगेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

  • जनबोध माध्यमिक बिद्यालयले एसइईमा उतिर्ण हुने  विद्यार्थी तथा अभिभावक लाई गर्यो सम्मान

    जनबोध माध्यमिक बिद्यालयले एसइईमा उतिर्ण हुने विद्यार्थी तथा अभिभावक लाई गर्यो सम्मान

    चुरामणि तिमिल्सिना   असार    १७

    जनबोध माध्यमिक विद्यालय रुरक्षेत्र गाउँपालिका गुल्मीमा एक कार्यक्रमको आयोजना गरेर २०८० सालमा एसइई उत्तीर्ण भएका विद्यार्थीलाई तथा विद्यार्थीका अभिभावकलाई खादा माला टिका लगाई सम्मान गरिएको हो।
    कृषि प्राविधिक र साधारण तर्फ गरी २९ जना विद्यार्थीहरू ले एसइई परीक्षा उत्तीर्ण हुन सफल भएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा कार्यक्रम गरिएको हो।

    विद्यालयका प्रधानाध्यापक बामदेव ज्ञवालीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यार्थीको नतिजालाई प्रस्तुत गर्दै आगामी दिनमा उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि पनि केही सल्लाह सुझाव र उत्तीर्ण हुने तौर तरिका समेत कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो। खादा टिका र माला लगाउँदै विद्यार्थीहरूले भने हामीले परीक्षामा सकेको गरेकै हो। नतिजा भनेअनुसारको नआएको ले गर्दा सबैजसो विद्यालय र विद्यार्थीहरू अहिले निराशामा परेको र आगामी हुने मौका परीक्षामा सबै विद्यार्थीहरु सफल हुन सक्नेछन् भन्ने बताए।

    कार्यक्रममा विद्यार्थीका अभिभावक शिक्षक कर्मचारी शिक्षकप्रेमी महानुभावहरू लगायतको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले विद्यालयको नतिजा आगामी समयमा पनि थप हुने बिस्वास लिदै कक्षा ११ र १२ तथा माथिल्लो तहमा समेत यही रानीबास आउन आग्रह गर्नुभयो। क्षमतावान एवं दक्षता हासिल गर्नुभएका शिक्षकहरूको उपस्थितिमा हरेक पठनपाठन हुने आधुनिक प्रविधिसँग जोडिने उपकरणहरु पनि यस विद्यालयमा रहेकोले उत्तीर्ण भएका विद्यार्थीहरू सबैलाई यही जनबोधमा अध्ययनका लागि आउन अनुरोध गर्नुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक देवीराम कुवरले  गर्नु  भएको   थियो।

  • ६५ दिने तालिम वामिमा सम्पन्न

    असार   १६

    लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग तथा CTEVT लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट मजुवा गुल्मीले मुसिकोट नगरपालिका -७, वामिटक्सार , गुल्मीमा संचालन गरेको ६५ दिने सिपमुलक बेमौसमी तरकारी उत्पादन तालीमको औपचारिक रुपमा समापन भएको छ ।

    समापन कार्यक्रम शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको अध्यक्षता , मुसिकोट नगरपालिका का नगर प्रमुख जिबलाल खरेल जिबनको प्रमुख आतिथ्यता , उपप्रमुख गङ्गा श्रेष्ठ को बिशिस्ट आतिथ्यता तथा रुद्रावती क्याम्पसका निमित्त क्याम्पस प्रमुख दुर्गा सापकोटा को आतिथ्यतामा सम्पन्न भएको छ ।

    तालीम कार्यक्रममा उपस्थित भै निरन्तर सहभागी भएका २० जना सहभागीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो ।

  • धुर्कोटका उत्कृष्ट पशुपालक किसान सम्मानित

    धुर्कोटका उत्कृष्ट पशुपालक किसान सम्मानित

    असार १६

    धुर्कोटका_उत्कृष्ट_पशुपालक_किसान_सम्मानित
    धुर्कोट गाउँपालिकाको आयोजनामा उत्कृष्ट पशुपालक किसान पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

    आइतबार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा प्रत्येक वडाका १/१ जना गरी ७ जनालाई उत्कृष्ट पशुपालक किसान पुरस्कारबाट सम्मान गरिएको हो।


    धुर्कोट गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार गाउँपालिका भित्र पशुपालन क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत प्रति किसान नगद रु. ५ हजार सहित डोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।
    धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडा अध्यक्ष र कर्मचारीको उपस्थिति रहेको कार्यक्रमको संचालन भरत खड्काले गर्नुभएको थियो।

  • रुरुक्षेत्र गाउँपालिकाका किसानले बजार मागे, यथासिघ्र सहकारी मार्फत बजारिकरणको ब्यवस्था गर्ने अध्यक्ष ज्ञवालीको प्रतिबद्धता

    रुरुक्षेत्र गाउँपालिकाका किसानले बजार मागे, यथासिघ्र सहकारी मार्फत बजारिकरणको ब्यवस्था गर्ने अध्यक्ष ज्ञवालीको प्रतिबद्धता

    असार १६

    रुरुक्षेत्र गाउँपालिका गुल्मीका किसानले कृषि उपजको बजारिकरणको माग गरेका छन ।

    गाउँपालिकामा संचालित “रुरु कृषि परियोजना”को अनुगमनको क्रममा शनिबार अधिकांस किसानले आफुहरुले उत्पादन गरेको कृषि उपजको उचित बजारिकरण नभएकोले गाउँपालिकाले उत्पादनको बजारिकरण गरिदिन आग्रह गरेका हुन ।

    रुरुक्षेत्र गाउँपालिकामा, रुरुक्षेत्र गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको लगानी र नव प्रभात युुवा संघको सहजिकरणमा संचालित रुरु कृषि परियोजना अन्तर्गत, कृषि खेती, तरकारी खेती प्रदर्शन तथा स्थलगत अनुगमनको क्रममा किसानले कृषि उपजको बजारिकरणको माग गरेका गरेका हुन । उनिहरुले परियोजनाले दिएको सिप प्रबिधीले उत्पादन बृद्धी भएको तर बजार नपाएको बताए ।

    रिमुवाका किसान चिन्तामणी बस्नेतले आफुले उत्पादन गरेका तरकारी सित्तैमा बांड्नु परेको र धेरै त्यसै खेरा गएको गुनासो गर्नु भयो । उहाले कृषि उपजको उचित बजारिकरण नभएको र यो समयमा निउरो लगायत प्राकृतिक साग जन्य उत्पादन गाउँमै उपलब्ध भएकोले स्थानिय बजारमा तरकारी जन्य उत्पादन बिक्री नभएको बताउनु भयो ।

    बम्घाकी किसान तिलकुमारी क्षेत्रीले आफुले दु:ख गरेर उत्पादन गरेको कृषि उपज बिक्री गर्दा मुल्यको छलफल नगरी पैंचो पसललाई दिन बाध्य भएको र उत्पादन बिक्री गरेको केही समय पछि मात्र आफ्नो उत्पादनको मुल्य पैंचो पसलले नै तोकेर एक क्विन्टल बेच्दा ९० किलोको मुल्य गरि सामान र पैसा पाउने गरेको बताउनु भयो ।

    यस क्षेत्रमा पैचो पसल नामको एक ब्यवसायिक कम्पनीले किसानको उत्पादन खरिद गर्ने गरेको छ । किसानको उत्पादनमा पैचो पसलले मनोमानी मूल्य निर्धारण गरेको र अन्य बिकल्प नभएको गुनासो धेरै किसानको छ , तर स्थानिय सरकारले यस्ता गुनासो सुन्नेर पनि उचित निकास र बिकल्प दिन सकेका छैनन ।

    रुरु कृषि परियोजना अन्तर्गत, कृषि खेती, तरकारी खेती प्रदर्शन तथा स्थलगत अनुगमनको क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले कृषकको मिहिनेत र गाउँपालिकको लगानीले कृषि उत्पादनमा किसान उत्साहित भएको आफुले पाएको र उत्पादनको बजारिकरणमा ध्यान दिन आवस्यक रहेको औल्याउनु भयो ।

    रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले परियोजना अन्तर्गतका डेमोस्टेशनको उचित ब्यवस्थापन गर्न निर्देशन दिदै, अब सिघ्र सहकारी मार्फत कृषि उत्पादनको बजारिकण गर्ने बताउनु भयो ।

    गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले परियोजना अन्तर्गत गाई पालन राम्रो भएको बताउनु भयो । उहाले बजारिकणकै खाँचो रहेको बताउनु भयो ।
    नव प्रभात युुवा संघका प्रमुख धातानन्द भुषालले परियोजनाले दिएको प्रबिधी र अनुदानले उत्पादन बढेको बताउनु भयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले बम्घा दुग्ध सहकारीलाई क्यान हस्त्रान्त्रणका क्रममा दुध उत्पादनले किसानमा दिगो र निरन्तर आम्दानी हुने भएकोले यसलाई ब्यवसायिक बनाउनु पर्ने बताउनु भयो ।

    अनुगमनका क्रममा हेफरका कार्यक्रम अधिकृत पारस बिक, परियोजनाका संयोजक प्रकाश चालिसे, कृषि प्राबिधिक संगिता ज्ञवाली र सामुदायिक सहजकर्ता सीता धिमिरेले स्थलगत अवलोकनमा सहजिकरण गर्नु भएको थियो ।

    अवलोकनमा वडा नं. ३ का अध्यक्ष शेषनारायण पौड्याल, वडा नं. ४ का अध्यक्ष मोति प्रसाद श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष हरि ज्ञवाली, वडा नं. ६ का अध्यक्ष रोमनाथ पौड्याल र गाउँपालिकाका बिभिन्न शाखाका पदाधिकारीका्े सहभागिता रहेको थियो ।

    चालु आबमा गाउँपालिकाको ३० लाख र हेफर प्रोजेक्ट नेपालको ७० लाखको लगानिमा रुरु कृषि परियोजना अन्तर्गत, दर्जन बढी कृषि खेती, तरकारी खेती, गाई पालन र बाख्रा पालन गरिएको छ ।
    आगामी आबमा करिब २ करोडको लगानिमा, संचालित कार्यक्रमको निरन्तरता र बजारिकरणमा जोड दिने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो ।

    रुरु कृषि परियोजना लगू भए पछि रुरुक्षेत्र गाउँपालिकामा ब्यवसायिक खेती र कृषिमा अधुनिक प्रबिधिको बिबकास भई उत्पादन बढेको छ ।

  • गुल्मीको कालीगण्डकी दुर्गा भवन मा . वि ले मनायो २१ औं राष्ट्रिय धान दिवस

    चुरामणि तिमिल्सिना  असार  १५

    कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ छापचौरमा रहेको दुर्गा भवन माध्यमिक विद्यालय ले पनि आज २१ औ राष्ट्रिय धान दिवस २०८० लाई सफल पार्नका निम्ति विद्यार्थी ,शिक्षक, अभिभावक र कर्मचारी बिहानैदेखि खेतमा व्यस्त देखिन्थे जलवायु मैत्री कृषि धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ यो विद्यालयले पनि भव्य कार्यक्रमका साथ धान दिवस मनाएको हो। विद्यालयको बाली विज्ञान संकाय द्वारा आयोजित यो कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो। स्थानीय समाजसेवी एवं विद्यालयका सल्लाहकार विश्वास ढकाल ज्यूको खेत भाडामा लिएर रोपाही महोत्सव गरिएको हो।
    ।कार्यक्रम को पुर्व सन्ध्यामा ” जलवायु मैत्री कृषि धान उत्पादन मा वृद्धि ” र २१ औ राष्ट्रिय धान दिवस सफल पारौ ” भन्ने नारा सहित र्याली गर्दै बजार परिक्रमा गरिएको थियो।कार्यक्रम मा बालिविज्ञान का बिद्यार्थी हरुलाइ हातेट्याक्टर चलाउन सिकाइयको थियो । साथै धान खेतिको बारेमा कृषि बिज्ञ द्वारा प्रशिक्षण गराइयको थियो ।
    कार्यक्रम मा प्रमुख अतिथि को रुपमा कालीगण्डकी गा पा वार्ड न ७ का अध्यक्ष घनस्याम थापा हुनुहुन्थ्यो ।

    यस्तै वालिविज्ञान शाखा का प्रमुख मुना वस्याल को सभापतित्वमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रम मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश ढकाल , बिधालय का प्रधानाध्यापक विजय ढकाल शिक्षक कर्मचारीको बाक्लो सहभागीता रहेको थियो।

  • १० वर्ष पछी पूर्णता पायो रुरु १ को  कभर्डहलले

    १० वर्ष पछी पूर्णता पायो रुरु १ को कभर्डहलले

    चुरामणि तिमिल्सिना   असार   १५

    रुरुक्षेत्र गाउँपालिका वडा नं १ रिडीमा नवनिर्मित रुरु कर्भड हल तथा सभाहलको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङ ज्यूले उत्घाटन गर्नुभयो।
    १ करोड २४ लाख को लागतमा निर्माण सम्पन्न भएको कर्भड हल निर्माण समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीले प्रतिवेदनमा जानकारी गराउनु भयो। डबल कोड भएको सुविधा सम्पन्न रहेको छ। झण्डै १० वर्ष को समय अवधिमा यो निर्माण सम्पन्न भएको निर्माण समितिका सचिव रामलाल के कार्यक्रममा स्वागत गर्दै जानकारी दिनुभयो।

    कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली ,उपाध्यक्ष मिनादेवी गौतम ,पूर्व उपाध्यक्ष लक्ष्मी देवि पन्थ ,सव इन्जिनियर माधव माधव देवकोटा , सोकिय सचिव प्रविण थापा , विशिष्ट अतिथि रहनु भएको थियो। यस्तै रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शेषनारायण पौडेल, वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिप्रसाद ज्ञवाली विभिन्न सङ्घसंस्थाका प्रमुखहरू यस्तै महिला समूह ,आमा समूह युवा क्लब सामाजिक अभियन्ताहरू जनप्रतिनिधिहरु शिक्षाप्रेमी महानुभावहरु एवं निर्माण कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमलाई   सम्बोधन गर्दै प्रमुख अतिथि सदस्य सचिव ले यस कभर्ड हल तथा सभाहल लाई सबै प्रकारको सहयोग गर्ने ,खेलकुद क्षेत्रलाई अगाडि बढाउनका निम्ति परिषद्का तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै निर्माण कमिटीलाई धन्यवाद तथा बधाई ज्ञापन।गर्नुभएको थियो। यस्तै विशिष्ट अतिथि अध्यक्ष ज्ञवालीले सभाहलका निम्ति पालिकाबाट पनि बजेट विनियोजन गर्ने र खेलकुदलाई पनि प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउनुभयो।

    कार्यक्रममा योग्दान पुर्याउने निर्माण कमिटिका अध्यक्ष गुरु प्रसाद ज्ञवालीलाई विशेष सम्मान गरिएको थियो कार्यक्रमको संचालन धनन्जय भण्डारीले गर्नु भएको थियो।

  • गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

    गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

    अनिल खत्री
    १५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए ।
    पहिरोमा पुरिएर ५५ को भेष बहादुर कामी, श्रीमती ४८ की सुन्तली कामी, बुहारी २६ वर्षकी सिता बिक, नातिनिहरु ८ वर्षकी सपना बिक, ८ महिनाको बिपना बिक रहेको प्रहरीले जनाएको छ । गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो ।
    घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो । पहिरोले पुरेको बारे जानकारी शनिबार बिहान ७ बजे मात्रै प्राप्त भएको थियो ।
    उनिहरुलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटना स्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली घटना स्थलमा पुगेका छन् ।
    पहिरोमा थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राम कुमार केसीको कमाण्डमा १५ जनाको टोली र रामवाण गुल्म तम्घास गुल्मीबाट उप.सेनानि मिन बहादुर शाहिको कमाण्डमा २२ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

  • गुल्मीको मालिकामा पहिरोमा परि ४ जनाको मृत्यु

    गुल्मीको मालिकामा पहिरोमा परि ४ जनाको मृत्यु

    असार   १५

    गुल्मी । गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता पाँच जना मध्ये चार जनाको शव फेला परेको छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पुरिँदा आफूसहित श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनी बिपना बिक र सपना बिक बेपत्ता भएका थिए । बेपत्ता मध्ये भेषबहादुरकी श्रीमती सुन्तली बाहेक अन्य चार जनाको शव फेला परेको मालिका गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । पहिरोले पुरिएकाे घर कच्ची दुई तले रहेको थियो । रातीको समयमा माथिबाट आएको पहिरोले घर पुर्दा घरपरिवार सबै पहिरोमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले घटनास्थलमा प्रहरी निरिक्षककाे नेतृत्वमा टाेली खटिएको जानकारी दिए । उनले सशस्त्र प्रहरीसँग पनि समन्वय भई घटनास्थलमा खटिएको तर वर्षायामकाे समय भएकोले छिटो पुग्न समस्या भइरहेको बताए ।