नेपाली कांग्रेस थानपतीका सभापती भास्कर ज्ञवालीको निधन ।
पुस १५
नेपाली कांग्रेस रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ का सभापती भास्कर ज्ञवालीको ६३ बर्षका उमेरे निधन भएको छ । मुटु तथा फोक्सोको स्वास्थ्य समस्याका कारण रुपन्देही स्थित घरमा हिजो उहाको निधन भएको पारिवारले जनाएको छ । स्थाई बसोबास थानपतीमा भएका ज्ञवाली लामो समय देखि नेपाली कांग्रेसको राजनितिमा आबद्ध हुनुहुन्थ्यो । उहा १४ औं अधिबेसन बाट वडा नं. ३ को सभापती निर्वाचित हुनु भएको थियो । उहा कफी सहकारी संघ रुरुक्षेत्र ४ बलेटक्सारका सचिब समेत हुनुहुन्थ्यो । उहाका श्रीमती र २ छोेरा हुनुहुन्छ ।
Category: समाचार
-

नेपाली कांग्रेस थानपतीका सभापती भास्कर ज्ञवालीको निधन
-

आजबाट छत्रकोट गाउँपालिकामा डाक्टरसहितको अस्पताल थपियो
आजबाट छत्रकोट गाउँपालिकामा डाक्टरसहितको अस्पताल थपियो ।
पुस १४गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गमा विशेषज्ञ डाक्टरसहितको अस्पताल संचालनमा आएको छ ।
लुम्बिनी मेडिकल कलेज, पाल्पा र पब्लिक हेल्थ लिमिडेट गुल्मीले आजबाट ‘पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि’ नामको अस्पताल संचालनमा ल्एकोे हो ।
अस्पतालको आज एक औपचारिक समारोहका बिच छिमेकी पालिकाका अध्यक्षहरुबाट एकसाथ उद्घाटन गरिएको छ । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, गुल्मीदरबारका अध्यक्ष सरोज थापा, छत्रदेवका अध्यक्ष चन्द्रमान श्रेष्ठ र पाणिनीका अध्यक्ष टेकराज न्यौपानेले एकैसाथ मैनबत्ती बाल्दै अस्पतालको उद्घाटन गरेका हुन् ।
अस्पताल उद्घाटनको अवसरमा आज विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर संचालन गरिएको थियो । शिविरमा हाडजोर्नी तथा नाशारोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, पेट तथा छाती रोग विशेषज्ञ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ र मनोरोग विशेषज्ञद्धारा सेवा प्रदान गरिएको थियो ।
शिविरबाट ४८३ जना लाभाम्बित भएका छन् । जसअन्तरगत ८० जनाले ल्याब, १८ जनाले इसिजी, ३५ जनाले अल्ट्रासाउण्ड र ११ जनाले इमर्जेन्सीको सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक नारायण अर्यालले जानकारी दिए ।
उद्घाटनको दिन बिरामीहरुलाई नाम दर्ता र डाक्टरको सेवा निःशुल्क गराइएको थियो । प्रयोगशाला ल्याव, एक्सरे, इसिजी र भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो भने औषधीमा पनि १० प्रतिशत छुट मिलाइएको थियो ।
अस्पतालबाट गुल्मीको छत्रकोट, गुल्मीदरबार, रुरुक्षेत्र, अर्घाखाँचीको छत्रदेव, पाणिनी, पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी छ पालिकाका एक लाखभन्दा बढी जनसंख्या लाभाम्बित हुने बताईन्छ ।
अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, अन्तरंग सेवा, भिडियो एक्सरे, इसिजी र प्रयोगशाला सेवा उपलब्ध गराउने अस्पताल संचालक समिति अध्यक्ष सरोज पाण्डेले जानकारी दिए ।
त्यसैगरी अस्पतालमा शनिबार बाहेक दैनिक ओपिडी सेवा संचालन हुनेछ । अस्पतालको कुल लागत हालसम्म सात करोड लागेको छ भने विभिन्न मेसिनरी सामग्रीको समेत व्यवस्थापन गर्दा १० करोडसम्म खर्च हुने अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिए।
-

साना किसान सहकारी संस्था पाल्पाको १४ औं साधाणसभा सम्पन्न
चुरामणि तिमिल्सिना पुस १४
साना किसान कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १४ औं वार्षिक साधारण सभा राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ । सहकारी का अध्यक्ष नारायण ध्वज रानाको अध्यक्षतामा संचालन भएको सभामा वडा न १४ का वडा अध्यक्ष शोभाखर भट्टराई को प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष चन्द्रकला खनालले स्वागत मन्तव्य राख्नु भएको थियो । सहकारी संस्थाका प्रबन्धक जानकारी पाण्डेले ११ करोड ३७ लाख ७५ हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । यस्तै समारोहमा साना किसान ईलाका बैंक बुटवलका प्रबन्धक गणेश भट्टराईले सहकारीहरु सन्चालन गर्ने तरिका आम्दानि गर्ने योजना सहकारी बिस्तार पुँजी बिस्तार सेयर वृद्धि बिमा कार्यक्रम वित्तीय सचेतना जस्ता कार्यक्रमहरु सहकारी मार्फत हुँदा बिपन्न बर्ग लाइ समेत प्रत्यक्ष फाइदा पुगेकोले यस सहकारी मजबुद बनाएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

यस्तै अध्यक्ष रानाले आगामी योजना र लक्ष्सयहरुलाई सभामा प्रस्तुत गर्दै स्वीकृत गराउनु भएको थियो । समारोहमा सहकारी अभियन्ता दुर्गा दत्त रेग्मी , त्रिभुवन मा.बि.का प्रधानाध्यापक नारायण प्रसाद नेपाल राजनैतिक दलका प्रमुखहरु सेयर सदस्यहरु किसान बर्ग लगायतले सहकारिलाई अझ थप प्रभावकारी रुपमा लैजान सके अझ आयमा वृद्धि हुने कुरामा जोड दिएका हुन कार्यक्रमको सन्चालन सहायक व्यवस्थापक सागर गैरे र मधु गैरले गर्नु भएको थियो।
-

सिजीसिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित
रामचन्द्र रायमाझी पाल्पा पुस १४
,पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि स्थानीय थप आक्रोसित बनेका छन् । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले गत शनिबारदेखि उद्योगमा ताला लगाए पनि कम्पनीले उनीहरुको मागलाई वेवास्ता गर्दै जबर्जस्ती ताला फोरेपछि स्थानीय थप आक्रासित बनेका हुन् ।
आफुहरुको माग सम्बोधन गर्नुको सट्टा कुनै पनि जनतासँग राय नलिई कम्पनीले जर्बजस्त ढंगले ताला फोर्ने काम गरेको भन्दै स्थानीयहरुले थप संघर्षका कार्यक्रम अगाडि बढाएका छन् । अहिले उनीहरुले उद्योगमा धर्ना र नारा जुलुस गर्दै आएका छन् । पिडितहरुले कम्पनीको काम नै अवरुद्ध गर्दै शुक्रबारबाट फेरि धर्ना र नाराजुलुस गरेका हुन् । स्थानीयले ‘स्वास्थ्य माथिको खेलवाड बन्द गर’, ‘ कम्पनी सञ्चालनको मापदण्ड पूरा गर’, ‘प्रदूषण नियन्त्रण गर’ जस्ता नारा लगाउँदै उद्योग क्षेत्रमा प्रदर्शन गरेका छन् ।
पटक–पटक आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरे पनि कम्पनीले स्थानीयलाई बेवास्ता गरेका कारण आफुहरु थप आक्रोसित बन्नुु परेको स्थानीय केशव पोखरेलले बताए । उनले भने‘ हामीले केही दिन अघि शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्न ताला लगायौं, हाम्रा माग पूरा गर्न त कहाँ हो कहाँ उल्टै ताला फोरेर कम्पनीले हामी माथि दमन गर्न खोज्यौं , त्यसका विरुद्ध हामी थप आन्दोलित हुनु परेको हो ।’ अहिले उद्योगका कुनै पनि काम सञ्चालन नभएको र स्थानीयहरु जुलुस, धर्नामा बसिरहेको पोखरेलले शितलपाटी डटकमसँगको कुराकानीमा बताए । आफ्ना माग पूरा नहुञ्जेल आन्दोलन जारी रहने उनले बताए । स्थानीय जनप्रतिधिनि, कम्पनीका कर्मचारीसँग पटक–पटक वार्ता भए पनि त्यसले साथर्तकता प्राप्त गर्न सकेको छैन् । स्थानीयहरु अब सामान्य वार्ता गर्ने पक्षमा नरहेको स्थानीय पोखरेलले बताए । उनले भने ‘ अब हामी कम्पनीको तल्लो लेवलको कर्मचारीसँग वार्ता गर्दैैनौं, कम्पनीको चियर मेन, प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिहरुसँग भए मात्र वार्ता बस्न सक्छौं अन्यथा हामी सशक्त आन्दोलनमै जान्छौं ।’विशेष गरी रिब्दीकोट गाउँपालिका–१ को जोगिथुम, करेचौंर, भाती, रैनादेवी छहरा गाउँपालिका– २ को सोमादी, सर्देवा, छत्रादी, भूतखोला, भोटानी, सिद्देश्वर लगायतका प्रभावित स्थानीयहरु आन्दोलित बन्दै आएका छन् । उद्योगले जवरजस्ती आफ्नो गतिबिधि अगाडि बढाएका कारण स्थानीय तहका जनप्रतिनिधि समेत दिक्क बनेका छन् । ‘सिमेन्ट प्रालीसँग स्थानीयहरु असन्तुष्ट छन्’ रैनादेवी छहरा गाउँपालिकाका–२ वडाअध्यक्ष दानबहादुर पौडेलले भने ‘यहाँको समस्या र गुनासोका विषयमा उद्योग र स्थानीयसँग निरन्तर छलफल गरिरहेका छौं, तर पनि सहमति हुन सकेको छैन ।’ आफु अहिले पनि उद्योग र स्थानीय बिचको विवाद मिलाउने प्रयासमै रहेको उनले बताए । धूलोधूवाबाट स्थानीय आजित भइसकेकाले यसतर्फ ध्यान दिन र स्थानीयका माग सम्बोधन गर्न पहल गरिरहेको अध्यक्ष पौडेलले शितलपाटीलाई जानकारी दिए । कम्पनीका प्रशासन प्रमुख पदमबहादुर सिंहले भने सहमतिमै ताला खोलेको दावी गरेका छन् । उनले भने‘ हामीले आफ्नो ताला खोल्न किन जबर्जस्ती गर्नु पर्यो र ? सबैको सहमतिमा ताला खोलेका हौं ।’ वडा अध्यक्षको रोहवरमा नेपाल प्रहरी, स्थानीयहरुको उपस्थितीमा ताला खोलिएको सिंहको भनाई छ । ‘स्थानीयका मागलाई सम्बोधन गर्ने प्रतिवद्धतासहित हामीले ताला खोलेका हौं, तर केही एक/दुई जना स्थानीयका कारण नारा, जुसुल भएको छ ।’ वडाका जनप्रतिनिधिको विश्वासमा आफुहरुले ताला खोलेको प्रमुख सिंहको दावी छ । स्थानीयले भने आफुहरुसँग कुनै पनि सम्झौता नगरी जबर्जस्ती रुपमा कम्पनीले ताला खोलेको भन्दै नारा, जुलुस गर्दै आएका छन् ।
उद्योगबाट निस्किने धूलोधूवा, तीब्र गतिमा टिपर सञ्चालन, जथाभावी फोहोर जस्ता कुराले वातावरणीय प्रदुषण बढ्दै गएकोले आफुहरु मर्कामा परेको स्थानीयको भनाई छ । सिमेन्ट उत्पादन प्लान्टबाट निस्केको धुलो स्थानीयको घरभित्र पस्ने गरेको छ । धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र बस्तीमा बस्नै नसक्ने स्थिति उत्पन्न भएको स्थानीयको गुनासो छ । सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण तरकारी र गाई बस्तुले खाने घाँसमा समेत असर पुगेको छ ।
-

और्व सहकारी सस्था लिमिटेड ५६ औं वर्षमा प्रवेश
चुरामणि तिमिल्सिना पुस १४ पाल्पा
और्व कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको ५६औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा संचालित कार्यक्रममा वडा १४ का वडा अध्यक्ष शोभाखर भट्टराई प्रमुख अतिथि रहनु भएको थियो। लिमिटेडका अध्यक्ष पाण्डेले वर्षभरि संस्थाले गरेका विभिन्न कार्यक्रममा प्रकाश पार्दै आगामी महत्त्वपुर्ण योजना हरु समेत सेयर सदस्यहरुलाइ जानकारी दिनु भयो ।

कोषाध्यक्ष गिता भट्टराई को स्वागत मन्तब्य बाट सुरु भएकोमा कार्यक्रममा व्यवस्थापक बिष्णु प्रसाद पाण्डेले ६८ लाख ७७ हजार बराबर को आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो। आगामी वर्ष पनि यस वर्ष भन्दा भन्दा पनि नाफा कमाउने योजना राखेको बताउनु भयो। २०२४ सालामा ७५ बाट सन्चालन भएको सहकारीमा अहिले ४११ जना सियर सदस्यहरु रहेक छन । यस सहकारि ले सियर सदस्यहरु तथा अन्यलाई सस्तो मुल्यमा विविध सामाग्री समेत बिक्री समेत गर्द छ ।

यस्तै लेखा समितिका संयोजक केशव भट्टराई ले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा विभिन्न राजनीति दल , सहकारी अभियानताहरु सियर सदस्यहरुले सहकारी प्रति चासो देखाउदै आगामी दिनमा सहकारी लाई अझ ब्यवस्थित ढङ्ग बाट सन्चालन गर्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन सहकारीका सचिव पशुपति शर्माले गर्नु भएको थियो।
-

स्याङ्जाको कालीगण्डकीमा न्यायिक समिति बिच अनुभव आदानप्रदान
चुरामणि तिमिल्सिना पौष १३
स्याङ्जा जिल्लाका स्थानीय सरकारका उपप्रमुख एवं न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धी तथा अनुभव आदान प्रदान कार्यक्रम कालीगण्डकी गाउँपालिकाको आयोजनामा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधिश सुभाष पौड्यालको प्रमुख आतिथ्यतामा न्यायिक कार्यसम्पादन सँग सम्बन्धित सवालका को समाधान तथा मार्गदर्शन प्रदान गर्नु भयो । समारोहमा स्थानिय तह बाट आफुहरुले गरेका न्याय सम्पदान समन्वय भुमिका समझ्दारि जस्ता विषय पनि कार्यक्रममा प्रस्तुत गरेका थिए ।यस्तै केही बक्ताहरुले यस्तो अनुभव आदानप्रदान कार्यक्रमले हरेक कार्य सम्पदान गर्न महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा अति आवस्यक रहेको समेत बताउदै आगामी दिन्मा पनि यो कार्यक्रम निरन्तर हुनु पर्नेमा जोड दिनु भएको थियो। -
शारदा माध्यमिक विद्यालय सराङ मा नतिजा प्रकाशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना पुस १३ गुल्मी
चन्द्रकोट गाउँपालिका वडा नं १ दिब्रुङ साराङ्ग मा रहेको शारदा माध्यमिक विद्यालयले अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन, विश्लेषण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २२गते देखि पालिका स्तरमै एकैसाथ सञ्चालन भएको अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन एक औपचारिक कार्यक्रमका साथ सम्पन्न गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष डिलबहादुर वि .क को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्याल, बिद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद सुबेदी, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थितिमा सम्पन्न गरिएको हो।

कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक सुवेदीले विद्यालयले हरेक कक्षामा उत्कृष्ट नतिजा आएको र आगामी दिनमा सर्वोत्कृष्ट नतिजा ल्याउनका लागि शिक्षक , अभिभावक र विद्यार्थीलाई अनुरोध गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, कुशल शिक्षण गर्ने शिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।
शैक्षीक सत्र २०८० मा सञ्चालन हुने परिक्षामा तहगत रुपमा पालिका तथा बोर्डमा नै उत्कृष्ट नतिजा ल्याउनका लागि शिक्षा सम्बद्द पक्षहरू प्रयत्नशील रहनुपर्ने बताउनु भयो । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल अर्याल, निबर्तमान प्रधानाध्यापक राम प्रसाद अर्याल को मन्तब्य तथा विद्यालयका सहायक प्रधानाध्यापक लालबहादुर रानाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक श्रीराम गौतमले गर्नुभएको हो ।

-

अनेम संघ (क्रान्तीकारी) रुरुक्षेत्रको अध्यक्षमा बम्रेल
पुस १३ गुल्मी
अनेम संघ (क्रान्तीकारी) रुरुक्षेत्रको अध्यक्षमा गिता बम्रेल चयन हुनुभएको छ ।
दोस्रो भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।जसको उपाध्यक्षमा निर्मला श्रेष्ठ,कमला राना रहनुभएको छ । यस्तै सचिवमा सोलु रेग्मी क्षेत्री, सह सचिवमा अमृता ज्ञवाली, कोषाध्यक्षमा इन्दिरा ज्ञवाली सहित २९ सदस्य रहेको कमिटि गठन भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक युवराज केशी, जिल्ला सचिव अशोक थापा, महिला नेत्रीहरु लीला थापा,गीता थापा लगायत जिल्ला स्तरीय र पालिका स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।
-

सत्यवती राष्ट्रपति रनिङ शिल्ड २०८० को उपाधी धर्मपुर मावी लाई
चुरामणि तिमिल्सिना पुस १३
गुल्मीको सत्यवतीमा ४ दिन सम्म सन्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पालिका भित्रका १५ बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा धर्मपुर माध्यमिक विद्यालय ठुलोलुम्पेक १४ स्वर्ण ८ रजत र ५ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो ।

यस्तै सरस्वति माध्यमिक बिद्यालय लिम्घाले ६ स्वर्ण, ६ रजत र ७ कास्यसहित गर्दै द्वितिय स्थान हासिल गरेको हो । प्रतियोगितामा सत्यवती माध्यामिक बिद्यालय हसराले ४ स्वर्ण, ५ रजत र ४ कास्यपदक प्राप्त गरि तृतीय स्थान हासिल गरेको हो । यस्तै कार्यक्रममा कबड्डीमा सरस्वति माध्यमिक बिधालयकी छात्रा निशा शाहि , भलिबल तर्फ धर्मपुर माध्यमिक विद्यालयका छात्र टोप बहादुर राहाडि ,छात्रा तर्फ दुर्गा फौजा मगर उत्कृष्ट खेलाडीमा पुरस्कृत हुनु भएको हो ।
समारोहमा पालिकाका उपाध्यक्ष निरमाया तरामु प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल विभिन्न वडाका अध्यक्ष हरु वडा सदस्यहरु विभिन्न बिद्यालयका प्रधानाध्यापकहरुको को आतिथ्यता रहेको थियो । समापन सत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे ले बिद्यार्थीको सर्वाङ्गीण बिकास गर्न बिद्यार्थीलाई हौसला प्रदान गर्न खेलप्रति चासो देखाउन यो कार्यक्रममले महत्त्वपूर्ण भुमिका खेलेको ले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गरिने बताउनु भयो
। उहाँले गुल्मीको सत्यवती गाउँपलिका खेल क्षेत्रबाट जिल्लामा आफ्नो पालिकाको नाम समेत राखेर पालिकालाइ शिर उच्च राख्न योगदान दिनुहुने खेलाडी लाई सम्मान गरिने सदैव पालिकाले सम्झने बताउनु भयो। कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवालीले गर्नु भएको थियो।
-

खज्र्याङ्गमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल संचालन हुदै
खज्र्याङ्गमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल संचालन हुदै ।
पुस १०
गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गमा विशेषज्ञ डाक्टरसहितको अस्पताल संचालनमा आउने भएको छ ।लुम्बिनी मेडिकल कलेज, पाल्पा र पब्लिक हेल्थ लिमिडेट गुल्मीद्धारा यही पौष १४ गतेबाट ‘पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि’ नामको अस्पताल संचालनमा आउन लागेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले दैनिक एक जना एम.डि.जि.पी. डाक्टरसहित तीनजना विशेषज्ञ डाक्टरले सेवा दिनेगरी अस्पताल संचालन गर्न थालेको जानकारी दिएको हो ।
अस्पताल संचालनमा आएपछि २४ सै घण्टा आकस्मिक सेवा, अन्तरंग सेवा, भिडियो एक्सरे, इसिजी र प्रयोगशाला सेवा उपलब्ध गराउने अस्पताल संचालक समिति अध्यक्ष सरोज पाण्डेले जानकारी दिए ।
त्यसैगरी अस्पतालमा शनिबार बाहेक दैनिक ओपिडी सेवा सुरु गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको कुल लागत हालसम्म सात करोड लागेको छ भने विभिन्न मेसिनरी सामग्रीको समेत व्यवस्थापन गर्दा १० करोडसम्म खर्च हुने अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिए ।
१४ गते अस्पतालले उद्घाटन समारोहको समेत आयोजना गरेको छ । अस्पताल आसपासका अध्यक्षहरुबाट उद्घाटन गरिने अस्पतालमा सोही दिन विशेषज्ञ शिविरको पनि आयोजना गरिएको छ । शिविरमा हाडजोर्नी तथा नाशारोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, पेट तथा छाती रोग विशेषज्ञ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ र मनोरोग विशेषज्ञद्धारा सेवा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक नारायण अर्यालले जानकारी दिए ।
उद्घाटनको दिन बिरामीहरुलाई नाम दर्ता र डाक्टरको सेवा निःशुल्क गराइएको छ ।
प्रयोगशाला ल्याव, एक्सरे, इसिजी र भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने औषधीमा पनि १० प्रतिशत छुट मिलाइएको अर्यालले जानकारी दिए । अस्पतालबाट गुल्मीको छत्रकोट, गुल्मीदरबार, रुरुक्षेत्र, अर्घाखाँचीको छत्रदेव, पाणिनी, पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी छ पालिकाका एक लाखभन्दा बढी जनसंख्या लाभाम्बित हुने अर्यालले जानकारी दिए ।